Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोवध : एक दार्शनिक विमर्श

गाईबादीहरूले बुझ्नुपर्ने कुरा के हो भने गाईलाई धर्मशास्त्रले होइन, अर्थशास्त्रले बचाउँछ।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
मंसिर १७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा बेलाबेला गौहत्या र यसैको आलोकमा धार्मिक अतिबादी तर्क र हिंस्रक बिचार प्रकट हुनेगर्छ। यो ज्यादै निराशाजनक कुरा हो। पहिलो निराशा यस मानेमा कि नेपालजस्तो कृषि र पशुपालन आधारित समाजमा गाई र गोवशंको जति महत्व हुनुपर्ने थियो, अनावस्यक अध्यात्मिक कुतर्कका कारण त्यो भएन। दोस्रो निराशा यस अर्थमा कि गाई वा गोवशंप्रति अहिस्रक बन्ने होडमा मनुस्य स्वयंमा हिंस्रक विचारको विजारोपण गरिँदैछ। तसर्थ, यो लेख मुल रूपमा त्यो वर्गप्रति लक्षित छ जो मुलतः गाईप्रेमीका रूपमा चिनिन्छन्।

    पुर्वीय चिन्तनधारामा इतिहासकालदेखि नै मूलभुत रूपमा दुई किसीमका साधना पद्धतीहरू रहेको मानिन्छ, एक ब्राम्हण र दोस्रो श्रमण। श्रमणको अर्थ ‘कर्म गर्ने, परिश्रम गर्ने, वा परिश्रम गर्ने’ वा ‘साधक, तपस्या गर्ने, तपस्वी’ भन्ने बुझिन्छ। प्रारम्भिक वैदिक साहित्यमा यो शब्द मुख्यतया ऋषिहरूका लागि अनुष्ठानात्मक परिश्रमसँग सम्बन्धित श्रमको सन्दर्भमा प्रयोग गरिन्छ।
    बैदिक वा ब्राम्हण परम्परामा भक्तीबाद प्रमुख रहेको छ, जहाँ परमात्माको कृपालाई नै मोक्षको एक मात्र बाटो मानिन्छ।

    अर्थात् बैदिक साधना परम्परा मूलभुत रूपमा इसाई र मुसालमानजस्तै अर्को एउटा भक्ति समुदाय हो। यसको ठीक बिपरित श्रमण परम्परामा स्वः या श्रमलाई ‘कैवल्य’ अथवा निर्वाणको साधन मानिन्छ। यहाँ परमात्माको कुनै अस्तित्व देखिँदैन। यस परम्परा अन्र्तगत जैन र बौद्ध समुदायहरू पर्दछन्, जसले कालान्तरमा बैदिक धर्मभन्दा पृथक अस्तित्व निर्माण गरे। श्रमण परम्पराअन्र्तगत जैन समुदायमा गोवशंको मुद्दालाई विशेष रूपमा व्याख्या गरेको पाइन्छ। जैन दर्शनले आत्मालाई परम् मुल्यवान ठान्दछ र ईश्वर वा सृष्टिकर्ताको अवधारणालई नकार्छ। तसर्थ, जैन परम्परामा ईश्वरको सट्टा प्रकृतीलाई नै परम मूल्यवान सत्ता ठानिन्छ।

    जैन दर्शनमा आत्मा र व्यक्तिको कर्म नै त्यस व्यक्तिको बन्धनको कारण मानिन्छ। कुनै बाहिरी माया वा ईश्वरीय तत्वको यहाँ कुनै ठाँउ छैन। दिगम्बर समुदायका प्रतिभाशाली तिर्थाकंर कुन्दकुन्दले आफ्नो पुस्तक समयसारमा लेखेका छन्, ‘न कुनै बन्धन, न कुनै मुक्ति, रागले भरिएको मन स्वयम् आफैँमा बाँधिन्छ।’ आध्यात्मिक जगतमा यो भनाईलाई क्रान्तिकारी ठानिन्छ। यही बिषयलाई बुद्ध, बसुबन्धु, नार्गाजुनलगायतका बौद्व चिन्तकहरूले मुक्ति र बन्धन दुबै मनको स्वभाव हो भनी ब्याख्या गरेका छन्।

    यसलाई अझ गहिराईमा बुझ्दा, यसको दुई अर्थ लाग्छ। एक अर्थ हुन्छ : बन्धन या दुःख खासमा मनका कर्महरूको प्रत्यितसमुत्पाद हुन्। तसर्थ मोक्षका लागि मन(भाव)लाई निर्मुल पार्नु अपरिहार्य छ। दोस्रो अर्थ : मन जुनजुन अर्थ बिशेषमा कर्मबन्ध वा संस्कार निर्मित हुन्छ, उसउस अर्थ विशेषमा उस–उस मार्गमा बिराम लगाउनु पर्छ। बस्तुतः बिराम लगाउने प्रकृयाबाट बौद्व र जैन दर्शनको बाटो छुटिन्छ। मार्गमा विराम लगाई भौतिक शरीरको अनुशासनलाई अत्यधिक महत्व जैन दर्शनले दिन्छ भने बौद्व दर्शनले मात्र मनको त्यो मार्गमा बिराम दिन केन्द्रित रहन्छ।

    जैनमुनिहरू भौतिक शरीरको ब्यवहार/अनुशासनको मान्यतालाई अन्तिम उचाईसम्म बिकसित र्गदछन् भने बौद्व दर्शनचाहिँ मन र मनोविज्ञानको गहिरो प्रकृयाको तत्वबोधलाई नै निर्वाण मार्ग ठान्छ। तसर्थ, जैन र बौद्व दर्शन दुबैमा मन र शरीरको चेष्टालाई सम्झिएर त्यसलाई नियन्त्रण गर्नु नै मुक्तिमार्ग मान्छ। यी दर्शनमा बैदिक धारामा रहेको ईस्वरभक्ती वा भक्तीभावको कतै कुनै अस्तित्व छैन। कालान्तरमा ‘ब्राम्हण’ संस्कृतीको अतिक्रमणले जैन र बौद्ध दर्शनमा केही भक्तीबादको सुत्रपात भएपनि ती दर्शनको पतनको सुचक हुन् ती।

    यसलाई अझ गहिरिएर चिन्तन गरौँ। जब शरीर र मनको चेष्टामा बन्धन वा मोक्ष निर्भर रहन्छ, तब मनको बन्धनका कारणहरूको खोजी गर्नु अनिर्वाय हुनजान्छ। दुबै श्रमण परम्परामा मनको बन्धनको कारणका लागि पुर्नजन्मको मान्यता बिकसित रहेको पाइन्छ। बिशेष गरी जैन दर्शन सर्वाधिक आत्मकेन्द्रित भएकाले यसमा पुर्नजन्मप्रतिको लगाव गहिरो देखिन्छ। यसमा पुर्नजन्मको श्रृंङखलाको पिछा गरी विद्यमान मनको पछिल्लो अवतार वा भावको अवलोकन गर्ने गरिन्छ। तसर्थ, पुर्नजन्मको स्मृति–विज्ञान श्रमण परम्परामा एक विकसित विज्ञानको रूपमा लिइन्छ।

    तसर्थः पुर्नजन्मको अलग अवधारणा मूलत: जैन तथा बौद्व परम्पराद्वारा पुर्वीय दर्शनमा सुत्रपात भएको देखिन्छ। जैन मान्यता अनुसार प्रत्येक तिर्थंकर मनुस्य योनीमा आउने क्रममा कुनै न कुनै पशुयोनिमा रहेको बिश्वास गरिन्छ। जैन दर्शनको यसै मान्यताअनुरुप सामान्य मानिस मनुस्य योनिमा आउनुपूर्व गाई–योनीमा रहेको बिश्वास गरिन्छ। तसर्थ, मनुस्य योनीमा आउनुपूर्व प्रत्येक मनुस्यले गाईयोनि पार गर्नुपर्ने हुनाले नै गाईलाई पवित्र तथा अबध्य(मार्न नमिल्ने) मानिएको हो।

    यहाँ बुझ्नुपरने मुख्य कुरा केहो भने गोबधलाई अपवित्र मानिने परम्परा मूलतः बौद्ध र जैन परम्पराबाट बिकास भएको संस्कृती हो। दोस्रो कुरा, जैन र बेौद्व परम्परामा कुनै एक पशुबलिलाई मात्र अपवित्र मानिएको छैन। बौद्व र जैन दर्शनको अहिंसाबादी चिन्तनको दार्शनिक पाटो नै यहि हो कि यी दुबैले गाईसहित सम्पूर्ण पशुबधलाई निषेध गर्दछ। त्यसमा पनि गाईयोनी मनुस्य र पशुयोनीबीचको अनिवार्य कडी भएकाले गौहत्यालाई अझ बढी महत्व दिएको हो। श्रमण परम्पराको यो खोजसँगै उनीहरूले सबै प्रकारका पशुबलिलाई गलत ठहर्रयाए। ब्राम्हण परम्परामा भने यति गहन चिन्तन भएको थिएन। बैदिक धर्मको सुरुवातताक त्यस धर्ममा पशुबली र गोबधको अभ्यास थियो। बौद्व तथा जैन दर्शनको विकासपश्चात ब्राम्हणद्वारा आचरण ग्रहण गरेको देखिन्छ।

    जुन मौलिक/दार्शनिक मान्यतामा गाई वा गाईबशंलाई पुर्वीय समाजमा एक सम्मानित गरिएको छ, त्यो मुलतः सम्बेदनशीलता र अहिंसा हो। पशुयोनीबाट मनुष्य योनीमा प्रविष्टी हेतु बाधा नहोस् भन्नकै लागि गोहत्यालाई अपवित्र ठानिएको हो। अर्थात् गाई एक कडी मात्र हो। तर मनुष्य गाईभन्दा महत्वपुर्ण हो। गाई एक सम्भावना हो भने मनुष्य त्यो सम्भावनाको शाकार रूप हो। त्यसैले गाई र मानिसबीच चुन्नु परे मनुस्यलाई नै बचाउनुपर्छ।

    गोमाशंको मुद्दालाई उचालेर हिंस्रक बन्नु सामाजिक, मानवीय तथा धार्मिक एवम् आध्यात्मिक दृष्किोणले पनि गलत देखिन्छ। यो मात्र राजनैतिक नाटक हो। अहिंसाबादी दार्शनिक चिन्तनले सबै किसिमका पशुहत्यालाई निषेध गर्छ। एकातिर मन्दिर र शक्तीपीठमा हजाराँै पशुको हत्या हुने, अर्कातिर गोबधको विषयमा उचालिनु र हिंसात्मक विचार प्रस्तुत गर्नु पाखण्डको फगत एक द्वैध चरित्र मात्र हो। यसले मानिसहरूमा साम्प्रदायिक ध्रुवीकरण बढाउँछ।

    बिभाजित मानसिकता तथा धार्मिक आदर्शबादी कुराले गोवंशको रक्षा हुन सक्दैन। गाईको रक्षाका लागि मृतभन्दा जिउँदो गाईको उपयोगिता ज्यादा बनाउने उपायहरु अबलम्बन्न गर्नुपर्छ। आज गाई काटिन्छ किनकी जिबित गाई भन्दा काटिएको गाई मुल्यवान छ।जुन दिन जिबित गाईद्बारा मृतगाई भन्दा धेरै आम्दानी हुन थाल्छ, गाई आफै संरक्षित हुन्छ।कुनै धार्मिक अभियानको आवश्यकता नै पर्दैन।

    त्यसैले, गाईको नश्ल सुधारका आन्दोलन हुनुपर्छ। गाईको दुध दिन सक्ने क्षमता बृद्धिका उपाय सोच्नुपर्छ। राज्यद्वारा पनि अधिक मात्रामा दुध केन्द्रित उद्योग र कारखाना खोल्नुपर्छ। दुधको मुल्य बढाइनुपर्छ। त्यसो भएपछि यो जिबित नै मुल्यवान हुन्छ। गाईबादीहरूले बुझ्नुपर्ने कुरा के हो भने गाईलाई धर्मशास्त्रले होइन, अर्थशास्त्रले बचाउँछ। जुन दिन जिबित गाई एक मरेको गाईभन्दा मुल्यवान हुन्छ, त्यस दिन गोरक्षाका लागि कुनै धार्मिक, नैतिक एवं प्रशासनिक कानूनको आवश्यकता पर्दैन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.