Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रुसी युद्धविरामको बदलामा युक्रेनद्वारा तटस्थ नितिसहित पाँच प्रमुख प्रस्ताव

सहयोगीबाट सहयोगीबाट
चैत्र १८, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युक्रेनले रुसी सेना पूर्ण युद्धविराम गर्न सहमत भएमा तटस्थ निति र रुसले कब्जा गरेको क्रिमियाको भविष्यबारे १५ वर्षको परामर्श अवधि अपनाउनेसहित पाँच प्रमुख प्रस्ताव गरेको छ । मंगलबार टर्कीको इस्तानबुलमा शान्ति वार्ताको समापनमा वार्ताकारहरूले उक्त तथ्य सार्वजनिक बताएका हुन् ।

    इस्तानबुलमा द्विपक्षिय वार्ता लगत्तै फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए । वार्ता समाप्त भएपछि साँझ युरोपको समय अनुसार साँझ साँढे सात बजे बाइडेन, र युरोपेली सहयोगीहरूले वार्ताकालागि दवाव बढाउने र युक्रेनलाईस् सहयोग जारिर राख्ने सहमति गरेका छन् ।

    ‘अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रमुख पश्चिमी युरोपेली सहयोगीहरूले मंगलबार फोन कलमा युक्रेनमा आक्रमण गरेकोमा रुसमाथिको प्रतिबन्ध जारी राख्न सहमत भए’ ह्वाइट हाउसले भनेको छ ।

    “नेताहरूले युक्रेनमा रुसको क्रूर आक्रमणको लागि लागत बढाउने र युक्रेनलाई आफ्नो रक्षाको लागि सुरक्षा सहायताको आपूर्ति जारी राख्ने आफ्नो दृढ संकल्पलाई पुष्टि गरे” बाइडेनले बेलायती, फ्रान्सेली, जर्मनी र ईटालीका नेताहरूसँग कुरा गरेपछि जारी गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

    “उनीहरूले प्रतिबन्धका कारण वर्तमान अवरोधहरूको सन्दर्भमा स्थिर ऊर्जा बजारहरूलाई समर्थन गर्ने महत्त्वबारे पनि छलफल गरे” विज्ञप्तिमा भनिएको छ । फ्रान्सेली राष्ट्रपती माख्रोंले ‘यस चरणमा मारिउपोलमा कुनै मानवीय मिशन सम्भव नभएको’ उल्लेख गरेका छन् । राष्ट्रपति एमानुएल माखोंले रुसी राष्ट्रपती पुटिनसित फोनमा वार्ता गरेपछि माखोंको कार्यालयले जारि गरेको बिज्ञप्तीमा भनिएको छ “फ्रान्सले युक्रेनी बन्दरगाह मारिउपोल जाभमा नागरिकहरूलाई मद्दत गर्न खोजेको मानवीय अपरेशनको सर्तहरू यस चरणमा पूरा भएन।”

    माख्रोंले टर्की र ग्रीससँगै खोजिएको मिशनबारे पुटिनलाई रूपरेखा दिएको र पुटिनले प्रतिक्रिया दिनु अघि यसबारे सोच्न गइरहेको माख्रोंकोलाई बताएको फ्रान्सको राष्ट्रपती कार्यालयको स्रोतलाई उल्लेख गर्दै फ्रंस २४ न्युजले जनाएको छ । फ्रंस २४ का अनुसार रुसी सेनालाई युक्रेनी सेनाले हाल स्थिर राखेको मात्रै होइन कि पछि पछि धकेल्दै गएकोपनि उल्लेख गरेको छ ।

    संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले मंगलबार मस्कोले युक्रेनी सहरको वरिपरि लडाई घटाउने संकेत गरेपनि रुस विरुद्ध आफ्नो निगरानी नहटाउन पश्चिमी देशहरु सबैलाई आग्रह गरेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको डाउनिङ स्ट्रिट कार्यालयबाट पठाइएको लेखोट अनुसार ‘उनीहरूले युक्रेनमा ल्याएको त्रासदी समाप्त नभएसम्म पश्चिमी संकल्पमा कुनै ढिलाइ हुन नसक्ने’ बताएका छन् ।

    रुसका आफ्नो तर्फबाट राजधानी वरिपरि, कीभ र चेर्निगिभ सहर वरपर सैन्य गतिविधिमा कमी ल्याइने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही घटाउन कुनै कदम चाल्छ चाल्दैन भन्ने हेर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले अमेरिका र आफ्ना सहयोगीहरूले युक्रेनलाई सहयोग गर्न रुसमाथि कडा प्रतिबन्ध र सहायता जारी राख्ने बताएका छन् ।

    पूर्वी युक्रेनमा रहेको रुस समर्थित स्वघोषित डोनेट्स्क ‘जनगणतन्त्र’ले युक्रेनको सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई नियन्त्रण गरेपछि रुससँग सामेल हुने विचार गर्न सक्ने बताइएको छ । “मुख्य कार्य भनेको गणतन्त्रको संवैधानिक सिमानामा पुग्नु हो । त्यसपछि हामी त्यो निर्धारण गर्नेछौं” डोनेट्स्क समाचार एजेन्सीले डोनेट्स्क जनगणतन्त्रका प्रमुख डेनिस पुशिलिनलाई उद्धृत गर्दै भनेको छ ।अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले युक्रेन शान्ति प्रयासमा रूस ‘गम्भीर’ भएको कुनै संकेत नरहेको बताएका छन् । “टर्कीमा रूसी र युक्रेनी अधिकारीहरू बीचको वार्ताले युद्ध अन्त्यतर्फ प्रगतिको आशा जगाए पनि युक्रेनमा आक्रमण गरेपछि शान्ति तिर डोर्‍याउन रसियाबाट वास्तविक गम्भीरताको संकेत वाशिंगटनले देखेको छैन” राज्य सचिव एन्टोनी ब्लिन्केनले मंगलबार भने ।

    ब्लिन्केनले यो वार्तामा वास्तविक प्रगति भएको छ कि छैन भनेर वर्णन गर्ने काम युक्रेनमा निर्भर रहने तर संयुक्त राज्य अमेरिका रुसको बोलीमा नभएर कार्यमा केन्द्रित हुने बताएका छन् । मारिउपोलका जनतालाई राष्ट्रवादीको नाममा हतियार दिने काम बन्द गर्नुपर्ने पुटिनले माख्रोंलाई बताएका थिए । रुसी सैन्य कार्यालयले एक विज्ञप्तिमा भन्यो “यस सहर (मारिउपोल) मा कठिन मानवीय अवस्थाको समाधान गर्न युक्रेनी राष्ट्रवादी लडाकुहरूले प्रतिरोध गर्न छोड्नुपर्छ र हतियार बिसाउनुपर्छ भन्नेमा जोड दिइएको थियो ।”

    रुसले युक्रेनलाई लक्षित गरेर बारम्बार हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको अमेरिकी जनरलले बताएका छन् । “रुसले युक्रेनी सैन्य लक्ष्यहरूमा बारम्बार हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको छ” युरोपका अमेरिकी शीर्ष सैन्य कमाण्डर, वायुसेना जनरल टोड वोल्टर्सले मंगलबार सिनेटको सुनुवाईमा भने “ती धेरै जसो आक्रमणहरू विशेष सैन्य क्षेत्रमा लक्षित गरिएको छ ।”

    रुसले मार्च १९ मा युक्रेनको पश्चिमी इभानो-फ्राङ्किभस्क क्षेत्रमा रहेको ठूलो हतियार भण्डारलाई नष्ट गर्न हाइपरसोनिक किन्जल (डागर) मिसाइल प्रयोग गरेको घोषणा गरेको थियो । मङ्गलवार टर्कीमा रुससँग भएको वार्तामा युक्रेनले एक महिना लामो द्वन्द्व समाधानका लागि विभिन्न प्रस्तावहरू राखेको थियो ।

    प्रमुख प्रस्तावहरूको सारांश यस्तो छ:
    १) सुरक्षा ग्यारेन्टीहरू: युक्रेन पश्चिमी देशहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी चाहन्छ जुन उसले नाटोको सामूहिक सुरक्षा ग्यारेन्टीसँग बराबर वा राम्रो हुने बताएको छ ।

    “हामी सुरक्षा ग्यारेन्टीको अन्तर्राष्ट्रिय संयन्त्र चाहन्छौं जहाँ ग्यारेन्टर देशहरूले नाटोको बुँदा नम्बर पाँच र अझ त्यो भन्दा बढी दृढताका साथ काम गर्नेछन्” युक्रेनी वार्ताकार डेभिड अरखामियाले रूसी प्रतिनिधिमण्डलसँगको वार्तापछि पत्रकारहरूलाई भने ।

    २) नाटो होइन तटस्थता : यस्तो सुरक्षा ग्यारेन्टीसँग युक्रेन तटस्थ हुनसक्छ जसको प्रभावमा यसले नाटोमा सामेल हुने आफ्नो आकांक्षा त्याग्नेछ ।

    “यदि सुरक्षा ग्यारेन्टीले काम गर्छ भने युक्रेनले तटस्थ स्थिति स्वीकार गर्नेछ” अरखामियाले भने ।

    ३) विदेशी सैन्य आधारहरू नरहने : वार्ताका अर्का युक्रेनी वार्ताकार ओकेसान्डर चालीले भने “विदेशी सुरक्षा ग्यारेन्टीहरू भएका कारण युक्रेनले आफ्नो भूमिमा कुनै पनि विदेशी सैन्य अड्डा राख्न दिँदैन “।

    ४) ईयु सदस्यता : कीभले देशको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले युक्रेनले इयुको सम्भावित सदस्यतामा अवरोध नगर्ने कुरामा जोड दिए ।

    ५) क्षेत्रीय अखण्डता : युक्रेनले क्राइमिया र पूर्वी डोनबास क्षेत्रमा छुट्टिएका क्षेत्रहरूको प्रश्नलाई त्याग्न प्रस्ताव गरेको छ ।

    सुरक्षा ग्यारेन्टीहरू चाँडै लागू हुनको लागि सम्झौताले यी क्षेत्रहरूलाई अस्थायी रूपमा बहिष्कार गर्नेछ” अरखामियाले भने। दिउँसो साँढे तीन बजे भएको वार्तालाई टर्कीले युद्ध सुरु भएदेखिको ‘सबैभन्दा महत्त्वपूर्ण प्रगति भएको बताएको छ ।

    टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको वार्तालाई दुई देशबीच युद्ध सुरु भएयताको सबैभन्दा महत्त्वपूर्ण प्रगति भएको बताएका हुन् ।मस्को र कीभ दुवैका प्रतिनिधिमण्डलबीच तीन घण्टाको वार्तापछि बोल्दै काभुसोग्लुले रुसले युक्रेनमा आक्रमण गरेपछि वार्ता सुरु भएदेखिको सबैभन्दा महत्त्वपूर्ण प्रगतिलाई प्रतिनिधित्व गरेको उल्लेख गरे । बुधबार वार्ता पुनः सुरु नहुने उनले बताए ।

    रूसले कीभ वरिपरि सैन्य गतिविधिलाई घटाउने

    रुसले इस्तानबुलमा अर्थपूर्ण वार्ता गरेपछि राजधानी किभ लगायत उत्तरी युक्रेनमा आफ्नो सैन्य गतिविधिलाई अर्थपूर्ण रूपमा कम गर्ने मस्कोका वार्ताकारहरूले मंगलबार बताएका छन् । “युक्रेनको तटस्थता र गैर-आणविक स्थिति सम्बन्धी सम्झौताको तयारीका लागि भएको वार्ता व्यावहारिक देखिएपछि अर्थपूर्ण रूपमा कीभ र चेर्निगिभका क्षेत्रमा सैन्य गतिविधि घटाउने निर्णय गरिएको छ” रूसका उप रक्षामन्त्री अलेक्जेंडर फोमिनले भने । मुख्य वार्ताकार भ्लादिमिर मेडिन्सकीले वार्तामा “अर्थपूर्ण छलफल” भएको र युक्रेनी प्रस्तावहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष राखिने बताए ।

    “आजको अर्थपूर्ण छलफल पछि हामी सहमत भएका छौं र समाधानको प्रस्ताव राखेका छौं । जसअनुसार सन्धिको प्रारम्भिक मस्यौदा विदेश मन्त्रीहरूसँग एकैसाथ राष्ट्र प्रमुखहरूको बैठकमा राख्न सम्भव छ” मेडिन्स्कीले थपे। ‘सम्झौतामा छिट्टै काम गर्ने र आवश्यक सम्झौता हुने अवस्थामा शान्ति स्थापनाको सम्भावना झन् नजिकिने छ’ उनले भने । युक्रेनले रुसलाई ईयूमा सामेल हुने कुनै पनि विरोध त्याग्न प्रस्ताव गरेको रुसी अधिकारीले बताएका छन् ।

    रुसी प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मङ्गलबार इस्तानबुलमा भएको वार्तामा युक्रेनले रुसलाई दिएको प्रस्तावमा रुसले युक्रेनलाई युरोपेली संघमा सामेल हुने कुराको विरोध नगर्ने कुरा समावेश गरेको बताए । इस्तानबुलमा रुस र युक्रेनबीचको वार्तापछि सरकारी टेलिभिजनमा प्रसारित फुटेजमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    (नेपालप्लससँगै फ्रंस २४, एएफपी, एपी र रोयटर्स)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.