Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विज्ञानको हुर्मत लिने हावा–विज्ञान : छद्मविज्ञान

विज्ञानको बिल्ला टाँसेर छद्मविज्ञानवालाहरूले दुनियाँलाई उल्लु बनाएको कुरासँग चाहिँ हाम्रो असहमति हो। कार्ल पपरको चर्चित भनाइलाई व्याख्या गर्दै भन्ने हो भने, ‘छद्म विज्ञानले जसरी भए पनि आफ्नो पुष्टि गर्न चाहन्छ तर विज्ञानचाहिँ आफनो तथ्यलाई कसैले गलत प्रमाण गरिदियोस् भन्ने चाहन्छ।’

झंकेश्वर दास झंकेश्वर दास
चैत्र २७, २०७८
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दक्षिण एसियामात्रै होइन, विश्वका सबै समाजहरूमा अनेक खालका अन्धविश्वासहरू थिए र छन्। तिमध्ये धेरैजसो अन्धविश्वासहरू मिथक (पूराना कथा)मा आधारित छन्। सोही कारण युरोप÷अमेरिकाजस्ता विकसित भनिने मुलुकहरूमा समेत ‘स्थानीय अन्धविश्वास’हरूका अनेक अभ्यासहरू अझै जिउँदै छन्। दक्षिण एसियाको कुरा गर्ने हो भने त यहाँ आजका दिनमा पानी नपर्दा भ्यागुताको बिहे गर्ने चलन होस् या ‘दोस हटाउन’ भन्दै कुकुरसँग विवाह गर्नेजस्ता अनौठा प्रचलनसमेत छन्।

    तर यस्ता अवैज्ञानिक विचारधारा हटाउनमा यहाँका सरकारी निकायहरूको सक्रियता र जागरुकता छैन। सरकारी हाकिमहरू स्वयं नै ‘झारफुके’हरूकोमा धाउँछन्। बाबाजी र माताजीकोमा गएर आर्शिवाद थाप्छन्। ‘बढुवा होला कि त’ भन्दै वा अवैध तरिकाले संचय गरेको धनमा ‘सरकारी अनुगमनकारी संस्थाको नजर नपरोस्’ भन्दै जोगी र हात हेराउनेहरूका सुझाव र सल्लाह माग्न पुग्छन्, पाउ लाग्छन्। यो भयो अन्धविश्वासका कुरा।

    अन्धश्रद्धा र अन्धविश्वासमा तर्क र विज्ञानका कुरा हुन्न। अन्धविश्वास मान्ने र अभ्यास गर्नेहरूले यसमा प्रायः विज्ञान पनि खोज्दैनन्। ‘उहिलेदेखि अभ्यास गरिआएको कुरो किन छाड्नु’ भन्दै त्यसलाई अपनाउँछन्। आफ्ना अन्धश्रद्धाबारेका कथा या अभ्यासलाई विज्ञानको कसीमा जाँच्नु आवश्यक पनि ठान्दैनन्। तर विज्ञानका बढ्दा आविस्कार र सफलताहरूसँगै झाँक्री, पुरोहित, पादरी र मुल्लाहरूमात्रै होइन, परम्परा र धर्मको अभ्यास गर्नेहरूले अचेल ‘आफ्ना मिथक र परम्परागत अभ्यास विज्ञानको कसीमा सही छ’ भन्दै प्रमाणित गर्ने चेस्टा गर्ने गरेका छन्। सामाजिक संजालहरूमा त्यस्ता कुप्रचारहरू प्रशस्त भेट्न पाइन्छ।

    विज्ञानको जामा

    र, यसरी तमाम खालका अवैज्ञानिक कुराहरूलाई विज्ञानको जामा पहिराउन थालिएको छ। सामाजिक संजालमार्फत फैलने यस्ता उडन्ते कुरा त छँदैछन्, कतिपय मिडियाकर्मी र मिडिया नै विज्ञान र छद्म विज्ञानको फरक बुझ्दैनन्। या स्वयं अभ्यास गर्छन्। हुँदै नभएको कुरालाई विज्ञानसम्मत भएको दावी गरिन्छ भने त्यसलाई नै ‘छद्म विज्ञान’ (सुडो साइन्स) भनिन्छ। हुँदै नभएको तथ्यलाई ‘फलानो विज्ञान संस्थाद्वारा यो प्रमाणित छ’ अथवा ‘फलानो विज्ञान सिद्धान्तद्वारा यो कुरा प्रमाणित छ’ भन्नु नै छद्मविज्ञान फैलाउनु हो।

    अस्पष्ट, असंगत, अतिरंजित या अप्रमाण्य दावी छद्म विज्ञान हो। अर्थात् अविज्ञान नै छद्म विज्ञान हो। तर बकम्फुसे र मनोगत विषयलाई पनि विज्ञानसम्मत छ भनेर अनेकौँ मनगढन्ते तर्क गर्छन् छद्मविज्ञान समर्थकहरू। प्रयोगबाट प्रमाणित अनुसन्धानमार्फत प्राकृतिक जगतको बारेमा बताउने संकाय हो विज्ञान। र, आधुनिक विज्ञानका लागि देउता, परलोक र अध्यात्मको विषय मनोगत हो। स्वैरकाल्पनिक हो। तर छद्म विज्ञानवालाहरू भने भगवानलाई समेत स्वयं ‘विज्ञान’ले प्रमाणित गरेको छ भन्दै भ्रम छर्ने कोसिस गर्छन्।

    भारतको कुरा गर्ने हो भने छद्म विज्ञानका प्रचारक स्वयं त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी छन्। उनले भन्ने गरेका छन्, ‘गणेशको टाउको काटिएपछि शिवले हात्तिको टाउको जोडिएको विषय नै इतिहासको पहिलो सल्यक्रिया हो।’ यस्तो काल्पनिक कथा काट्न अनेकौँ तर्क गर्न सकिन्छ। जस्तो किः हात्ति र गणेशको आकार एउटै थियो? जबकि हामीले पढेका कथाहरूमा गणेश त आम मान्छेका आकारका थिए। यदि त्यसो हो भने गणेशको सानो गीँडमा भीमकाय हात्तिको टाउको कसरी जोड्न मिल्यो?

    धेरै पर पुगेर शिवका गणले हात्ति मारेर ल्याएपछि त्यही हात्तीको टाउको जोडिएको कथा हामीले सुनेका छौँ। हात्तिको टाउको जोड्न सक्ने महादेवले किन गणेशकै टाउको ल्याएर जोड्न सकेनन्? मोदी तिनै हुन् जसले २ वर्षअिघको कोरोना महामारीका बेला थाल ठटाएर कोरोनाविरुद्ध लड्न सर्वसाधारणलाई आह्वान गरे।

    प्रश्न

    उसो त हात्तिको टाउको जोडिएको कथालाई ‘सर्जरी’ भन्नेलाई अनेकन् अन्य प्रश्नहरू गर्न सकिन्छ। ‘उसो भए एकलब्यको काटिएको औँलाचाहिँ किन कसैले जोड्न सकेन? त्यतिमात्रै होइन, दक्षप्रजापतिको गीँडमा बोकाको टाउको जोडिएको कुरालाई पनि छद्म विज्ञानवालाहरू पूवीर्य सल्यचिकित्साको उदाहरण भन्दै डिङ हाँक्छन्। साँच्चै त्यसो हो भने यस्ता गफ लडाउनेहरूले किन आजसम्म किन कुनै अर्को मान्छेको गीँडमा बोका या अन्य पशुको शल्यक्रिया गराउन सकेनन्? हाम्रा पुराण र शास्त्रमा किन केबल दुईवटा ठाउँमात्रै उल्लेख भयो गीँड र टाउको जोडेको प्रसंग?

    लौ, ती दुई वटा कथाका कुरा सही नै हुन् रे ! उसोभए मानव इतिहासमा भएका युद्धहरूमा अर्बौँ मान्छेहरू टाउको या शरीरका अन्य अंग काटिएर मरे। किन हाम्रो प्राचिन शल्य चिकित्साले ती मान्छेहरुको शल्यक्रिया गर्न सकेन? स्मरण रहोस्, आजसम्म आधुनिक चिकित्सा विज्ञानले अत्यन्तै जटिल सल्यक्रियाहरू गरेपनि टाउको छिनेको व्यक्तिको टाउको सफलतापूर्वक जोड्न अझै सकेको छैन। यद्यपि, यस विषयमा विज्ञानले नियमित खोज र अध्ययनहरू गरिरहेकै छ। चिकित्सा विज्ञानले छुटिटएको टाउको र गीँड जोड्ने सम्भावनातर्फ पनि काम गर्ने अपेक्षा गर्न सकिन्छ।

    मोदीजस्तै भारतको त्रिपुरा प्रदेशका मुख्यमन्त्री विप्लव देवले त महाभारत कालमा इन्टरनेट र सेटेलाइटको सुविधा थियो भनेर समेत गफ दिए। मोदी सरकारकै पूर्व मानव संसाधन मन्त्रीले त डार्विनको उद्विकास सिद्धान्तलाई नै नकारे। थाल बजाएर र ताली बजाएर कोरोनासँग लड्न मोदीले नै आह्वान गरे। मोदीको हावा तर्क थियो, ‘ध्वनीका कारण कोरोना बिमारी भाग्छ।’ हद त त्यतिखेर भयो जतिखेर मोदीले दियो बालेर कोरोना हटाउने कुरा गरे। उनको तर्क थियो, ‘दियो बाल्नु यौगिक क्रिया हो।’ दियो बालेर कोरोना हटाउने कुराको व्यापक आलोचना भएपछि मोदीले त्यसबारेको आफ्नो ट्विट फिडबाट हटाए। भारतमा विश्वासलाई विज्ञानसँग जोडेर अफवाह फैलाइने कुरा सामान्य हो।

    नेपालमै पनि अन्धविश्वासका अभ्यास देशका प्रमुख कार्यकारीदेखि लिएर अन्यत्र पनि प्रष्टै देखिन्छ। विमानस्थनमा उतारेको विमानमा बोका काटेर रगत छ्याप्ने होस् या प्रधानमन्त्री हुँदा या मुख्यमन्त्री हुँदा आफ्ना अड्डामा बोको काट्ने अभ्यासहरू हाम्रोमा पनि छ। विज्ञान र चेतनाको अभावमा परमात्मा या कुनै अदृश्य शक्तिको भर पर्नेहरूसँग यस्ता अभ्यासभन्दा अरु बिकल्प हुँदैनन् पनि।

    कोरोना महामारीकै प्रारम्भिक दिनहरूमा चलेका अनेक हल्ला र हौवाहरूलाई स्मरण गरौँ न। कतिपयले भने, ‘घाममा बसेपछि कोरोना निको हुन्छ।’ कतिपयले गाईको मलमुत्रको सेवनले कोरोना निको हुने भने। भारतमा त गोबरकै केक बनाएर खाएका र गहुँतले नुहाएका भिडियोहरू सामाजिक संजालमा पनि देखिए। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले विभिन्न जडिबुटीको सम्मिश्रणबाट कोरोनाको औषधी बनाएको बताउँदै दुनियाँलाई उल्लुसमेत बनाए। वास्तवमा उनले बनाएको कुरो औषधी थिए, भ्रमपूर्ण झोलमात्रै थियो।

    मजाक र हनुमान चालिसा

    सबैभन्दा दिलचस्प कुराचाहिँ के छ भने ‘छद्मविज्ञान गलत हो’ भन्नेहरूलाई मान्छेहरू उल्टै मजाक गर्छन्। विश्वासलाई प्राथमिकता दिइने नेपाल, भारत, पाकिस्तान, वंगालादेश, खाडी तथा अफ्रिकी मुलुकहरूमा विज्ञानको मजाक उडाइनु स्वभाविक पनि हो। उसो त जुन देशको कार्यकारी स्वयं अन्धविश्वासी छन्, त्यहाँको जनताको चेतना पनि त्यही स्तरको हुनु अनौठो होइन।

    ‘हनुमान चालिसाको श्लोकमै पृथ्वी र सूर्यबीचको दुरी उल्लेख छ,’ ‘वेद, कुरान वा बाइबलमै अहिलेका सबै आविस्कारबारे उल्लेख छ’ भन्ने कुराहरू झुट र अपव्याख्या हो। विज्ञानको सहारा लिएर पुराना ग्रन्थहरूको प्राधिकार स्थापित गर्ने प्रयास हो। सन् २०१२ मा संसार ध्वस्त हुन्छ भन्दै गरिएको हल्ला, ज्योतिषशास्त्र, पृथ्वी गोलो छैन भन्ने मान्यता, चन्द्रमामा मान्छे पुगेको कुरा गलत हो भन्ने हल्ला, पूरानो ‘वैमनिक शास्त्र’मै विमानको विज्ञान थियो भन्ने प्रचार, जलवायु प्रदुषणको कुरा नै गलत हो भन्ने खासगरी अमेरिकन परम्परागत क्रिश्चियनहरूको प्रचार, पानीलाई पेट्रोलियम पदार्थ बनाउन सकिन्छ भन्ने हल्ला, वास्तुशास्त्र, एक्युपन्चर, एरोमाथेरापी, चिरोप्राक्टिस, डिटक्सीङ, इलेक्ट्रोहोमियोप्याथी, इनर्जी हिलिङ, व्रत(फास्टिङ), म्याग्नेट थेरापी, मोक्सिभुसन उपचार पद्धति, नेचुरोप्याथी, रेकी, परम्परागत चीनियाँ उपचार विधि, मुत्र थेरापी (स्वमुत्रपान) वास्तुशास्त्र, हिप्नोथेरापी, न्युमोरोलोजि, क्वान्टम मिस्टिसिजम्लगायतका विषय वैज्ञानिक छ भनेर गरिने दावि पूर्णतः भ्रमपूर्ण हो। यसको अर्थ हो, यी र यीलगायत सबै संकायहरू अविज्ञान या छद्म विज्ञान हुन्।

    हाम्रा जीवनका सबै कुरा पूर्णतः विज्ञानसम्मत नै हुनुपर्छ भन्ने छैन। सबै कुरा युक्तिसंगत नै हुनुपर्छ भन्ने जिद्धि जीवनसंगत नहोला। किनभने हाम्रो जीवन आफैँमा अनेक विरोधाभास, असंगती, जटिल मनोविज्ञान र रहरहरूले युक्त छन्। तर त्यसो भन्दैमा के कुरा विज्ञानसम्मत छ र कुनचाहिँ होइन भन्ने छुट्याउन भने आवश्यक छ। त्यसो हो भने ठगहरूले ओच्छ्याएको जालोमा हामी सहजै फस्नेछैनौँ। किनकि आज सबैभन्दा बढी विश्वास गर्न सकिने कुनै क्षेत्र छ भने त्यो हो विज्ञान। तर विज्ञानकै हुर्मत लिएर अनेक खालका व्यापारी र धर्म प्रचारकहरूले मान्छेहरूलाई मुर्गा बनाइरहेका छन्।

    विज्ञानको बिल्ला टाँसेर छद्मविज्ञानवालाहरूले दुनियाँलाई उल्लु बनाएको कुरासँग चाहिँ हाम्रो असहमति हो। कार्ल पपरको चर्चित भनाइलाई व्याख्या गर्दै भन्ने हो भने, ‘छद्म विज्ञानले जसरी भए पनि आफ्नो पुष्टि गर्न चाहन्छ तर विज्ञानचाहिँ आफनो तथ्यलाई कसैले गलत प्रमाण गरिदियोस् भन्ने चाहन्छ।’ पपरको व्याख्यालाई अझै प्रष्ट पार्नुपर्दा ‘छद्म विज्ञानवालाहरूलाई आफ्ना झुट्टा तर्कहरूलाई विज्ञानसम्मत प्रमाणित गरेर व्यापार गर्नु छ या आत्मसन्तुष्टि लिनु छ। जबकि विज्ञानलाई सत्य र तथ्यसँग मात्रै सरोकार छ। कसैले आफ्ना तथ्य या सिद्धान्तलाई गलत सावित गरिदियोस् भन्दै सधैँ चुनौति दिएर बस्छ विज्ञान। सोही कारण विज्ञान सबैभन्दा बलवान छ। अतः छदम् विज्ञान र वास्तविक विज्ञानबीचको भेद छुट्याउने प्रयास गरौँ। कसैले विज्ञानको हवाला दिनेबित्तिकै त्यसमा विश्वास नगरौँ। विज्ञानको बिल्ला टाँस्दैमा कुनै पनि कुरा विज्ञानसम्म हुँदैन। छद्म विज्ञानवाला जोगी, धर्मगुरु र प्राकृतिक चिकित्साका नाममा हुने ठगीहरूबाट बचौँ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.