Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बुद्धको विष्णु-अवतार र आजको अँध्यारो

सीताले महानायक रामसँग जानुको सट्टा धर्तीमै बिलिन हुन श्रेयस्कर ठान्छिन् भने रामले पनि अन्त्यमा जलसमाधी लिनुपर्ने अवस्था आइपर्छ। कथाको त्रासद अन्त्य हो यो। यसमा रामको देवत्व कमजोर परेको देखिन्छ।

nepal_readers nepal_readers
बैशाख १३, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    -लेखक पंकज श्रीवास्तव-

    अचेलका कतिपय सनातनी हिन्दूहरू बुद्धलाई त्रिदेवमध्येका एक विष्णुको अवतार भन्दै व्याख्या गर्ने गर्छन्। तर भारतीय सामाजिक अभियन्ता तथा त्यहाँको संविधानका प्रणेता डा. बिआर अम्बेडकरको भने यसबारे अलग मत थियो। उनी भन्थे, ‘बुद्ध विष्णुको अवतार थिए भन्ने कुरा म कहिल्यै मान्दिनँ। यस्तो प्रचारलाई म पागलपन र झूठा प्रचार मान्दछु।’ अम्बेडकरले बुद्धलाई विष्णुको अवतार नमानेपनि ‘प्रोजेक्ट हिन्दूत्व’को सबैभन्दा महत्वपूर्ण एजेण्डा हो यो। भारतीय अतिवादी धार्मिक संस्था–आरएसएस र उसँग जोडिएका संगठनहरू लगातार ‘बौद्ध दर्शन या धर्मलाई हिन्दू धर्मको एक शाखा हो र अम्बेडकरले धर्म परिवर्तन गरेर आफ्नो धर्म नछोडेको’ भन्दै प्रचार गरिरहेका छन्।

    यो दुष्प्रचार त्यही अभियानको आधुनिक स्वरुप हो, जसअन्र्तगत बुद्धलाई विष्णुको नवौँ अवतार बताइयो र तर्क बुुद्धीलाई प्रमुख मान्ने बौद्ध मतालम्वीहरूलाई समेत अन्धविश्वासतर्फ धकेलियो। स्मरणीय छ, जतिखेर अम्बेडकरले हिन्दू धर्म छाडेर बौद्ध धर्मलाई स्विकार्ने क्रममा केही महत्वपूर्ण प्रतिज्ञाहरू गरेका थिए, जसको पाँचौ बुँदामा उल्लेख थियो कि, ‘विष्णुलाई हामी बुद्धको अवतार मान्ने छैनौँ।’

    दुस्प्रचारकै परिणामका कारण मान्छेहरू रामायणलाई दस या बीस हजारमात्रै नभएर लाखौँ सालअघिको रचना हो भन्दै त्यस ग्रन्थमाथि गर्व गर्ने गर्छन्। तर सोचनीय विषय यो छ कि बौद्ध परम्परापछि मात्रै रामायण लेखिएकोजस्तो देखिन्छ। किनकि रामकथाको आदिकाव्य रामायणमा बौद्ध मताम्वीहरूलाई तिखो आलोचना मात्रै गरिएको छैन, बौद्ध मत धारण गर्नेहरूलाई ‘चोरलाई जसरी दण्डित गर्नका लागि योग्य’ भनेर बताइएको छ। यस्तो लाग्छ कि रामायणको रचना कमसेकम तेस्रो या चौथो शताव्दि इसा पूर्वमा भएको हुनुपर्छ, किनकि उतिखेर बौद्ध मत प्रवल हुँदै थियो। सोही कारण वैदिक धर्म मान्नेहरू तनावमा थिए।

    र, यसको स्वयं प्रमाण रामायण नै हो। रामायणको एउटा किस्सा धेरै नै दिलचस्प छ। जब भरतको तमाम अनुनय विनयका वावजुद बनबाट रामचन्द्र अयोध्यातर्फ फर्कन तयार हुँदैनन्, त्यतिखेर दशरथका याजक ‘ब्राम्हणशिरोमणि’ जाबालिले रामसँग जे भने त्यसलाई यसरी अर्थ लगाउन सकिन्छ, ‘नाता–सम्बन्ध भन्ने कुरा केही पनि होइन। हरव्यक्ति दुनियाँमा एक्लै आउँछ। र, कुनै परलोक या वरलोक भन्ने कुरा पनि हुँदैन। यसर्थ, जाउ र अयोध्यामा गएर शासनको सुखभोग गर।’ यस्तो नास्तिकता र ‘बुद्धको प्रभाव’मा आएका जाबालीलाई राम धेरै गालि गर्छन्। गालि गरिएमध्ये एउटा श्लोक त ज्यादै कडा छः

    यथा हि चोरः स तथा हि बुद्धःस्तथागतं नास्तिकमत्र विद्धि।
    तस्माद्धि यः शक्यतमः प्रजानां स नास्तिके नाभिमुखो बुधः स्यात ।।

    अर्थात्- चोर जति दण्डनीय हुन्छ, उत्तिकै दण्डनीय हुन्छन् वेदविरोधी बुद्ध (बौद्धतावलम्बी। तथागत (नास्तिकविशेष) र नास्तिक (चार्वाक)लाई पनि यही श्रेणीमा राख्नुपर्छ। यसकारण प्रजाप्रति दया गर्दै राजाले नास्तिकलाई चोरसमान दण्ड नै दिनु उचित छ। यदि राजाको वसभन्दा बाहिर कुनै नास्तिक छ भने विद्वान ब्राह्मणहरूले त्यस्ता नास्तिकहरूसँग भेटघाट नगर्नु, कुराकानीसम्म नगर्नु। (अयोध्याकांड, श्लोक ३४,१०९औँ सर्ग, पेज ५२८, वाल्मीकि रामायण, गीताप्रेस, गोरखपुर)

    प्रष्ट छ कि रामायणका रचनाकार बौद्धमतको बढ्दो प्रभावबाट दुखि थिए र सोही कारण आफ्नो श्लोकमार्फत बौद्धहरूलाई चोरझैँ दण्ड दिने कुरा गरिरहेका छन्। गौतम बुद्ध छैठौँ शताव्दि इसा पूर्व यताका भएका हुनाले रामायणको यो रचना त्यही समयको हुनसक्छ, जतिखेर बौद्ध मत प्रबल भइरहेको थियो। समाजका प्रभावशाली मान्छेहरूमा पनि यसको असर परिरहेको थियो। जबालि नै दशरथको याजक हुनुको अर्थले पनि सो कुरा प्रष्टन्छ। जाबाली यसो भन्दै कथाको अन्त्य गर्छन्, ‘म मौका अनुसार नास्तिक या आस्तिक हुन्छु।’ रामलाई अयोध्या फर्काउने सारा तर्कहरू विफल भएपछि नास्तिकताको तर्कबाटै अन्त्यमा रामलाई फकाउने प्रयत्न भएको कुरा बुझ्न सकिन्छ।

    ‘प्रोजेक्ट हिन्दूत्व’ यस्तै तमाम ‘खेलहरू’को नाम हो। रामचरित मानस अकबरकालिन रचना हो। यसको मतलव रामायणभन्दा करिब २ हजार वर्षपछि तुल्सीदासले लेखेका हुन् रामचरितमानस। रामायणको राम राजकुमार र राजा हुन्। उनी कुनै देउता होइनन्। किनकि उनलाई पुजा गरिएको भनेर कतै प्रमाण मिल्दैन। कालिदासको रघुवंशम् जस्तो काव्य र भवभूतिले लेखेका ‘उत्तररामचरितम्’जस्ता नाटकले पनि रामलाई साधारण मनुष्यका रूपमै चिनाएको छ।

    र, राम आस्थाको सम्बन्ध तुलसीदासको सोचसँग सम्बन्धित छ। रामायणमा जसरी सीताको बनवासदेखि सम्बुक हत्याको प्रसंग उल्लेख छ, यिनै विषयले अनेकौँ प्रश्नहरू खडा गर्छ। सीताले महानायक रामसँग जानुको सट्टा धर्तीमै बिलिन हुन श्रेयस्कर ठान्छिन् भने रामले पनि अन्त्यमा जलसमाधी लिनुपर्ने अवस्था आइपर्छ। कथाको त्रासद अन्त्य हो यो। यसमा रामको देवत्व कमजोर परेको देखिन्छ। त्यही कारण तुलसीदास भने यी सबै चक्करमा पर्न चाहँदैनन्। उनले राजगद्धीको प्रसंगैबाट रामचरितमानसलाई समाप्त गर्छन्। उल्लेख्य छ, तुलसीदासले आफ्नो समयमा रामलिलाको परम्परा पनि सुरु गराए।

    राचरितमानसपूर्वको समय भारतवर्षमा विष्णुमन्दिर त भेटिन्थ्यो तर त्यहाँ राम रहेको कुनै संकेत भेटिन्न। अर्को कुरा, तोडिएको भनिएको राम मन्दिर अयोध्यामा छ भनेर तुलसीदासले कहिँ पनि दावा गरेका छैनन्। उनीजस्ता भक्त कवि यति संवेदनशील मामलामा अवश्य पनि चुप लागेर बस्न सक्दैनथे। यदि बाबरले मन्दिर तोडेका हुन्थे भने त्यस समाजमा अवश्य नै हाहाकार हुन्थ्यो र तुलसीले त्यसबारे अवश्य नै लेख्थे। तर रामचरितमानसमा तुलसीदासले काशीका पण्डितहरूबाट प्रताडित भएका कारण आफूले मागेर खाना खानुपरेको र मस्जिदका सुतेको सन्दर्भ उल्लेख गरेका छन्। कविताको यो छन्दले धेरै कुरा बोल्छः

    धूत कहौ, अवधूत कहौ, रजपूत कहौ, जोलहा कहौ कोऊ ।
    काहूकी बेटी सो बेटा न ब्याहब, काहू की जाति बिगार न सोऊ॥
    तुलसी सरनाम गुलामु है रामको, जाको रुचै सो कहै कछु ओऊ।
    माँगि कै खैबौ, मसीत को सोइबो, लैबो को एकु न दैबे को दोऊ॥

    अर्थात्- चाहे कसैले धूर्त भनोस् या अवधूत, राजपूत भनोस् या जुलाहा, मलाई (तुलसीदासलाई) कसैको छोरीसँग मेरो छोराको बिहे गराउनुछैन। न म कसैसँग सम्पर्क (शारिरीक) राखेर उसको जात नै बिगार्नेछु। म तुलसीदास त रामको प्रसिद्ध गुलाम हुँ, जसलाई जे लाग्छ, त्यो भनुन्। मलाई त मागेर खानु छ, मस्जिदमा सुत्नुपरेको छ। न कसैसँग केही लिनुछ, न कसैलाई दिनुछ।

    प्रष्ट छ कि छलको जुन सिलसिला बुद्धबाट सुरु भयो, त्यो तुल्सीदास हुँदै डा. अम्बेडकरसम्म पुग्यो। ‘मर्यादा पुरूषोत्तम राम’को नाममा सत्यको संहार र मर्यादाको नास नै यो सिलसिलाको उदेश्य हो। स्मरणीय छ कि उतिखेर रामलाई पुज्नेहरूको कमि थिएन तर राममन्दीरको विषयमा भने आजको जस्तो विवाद थिएन। सन् १८५७ को भारतीय क्रान्तिको तयारीबाट डराएका अंग्रेजको नीतिका कारण यो विवाद सुरु भएको हो। पहिलो विवाद १८५३ मा उठ्यो। प्रश्न उठ्छ, के त्योभन्दा पहिले रामका बारे कुनै आस्था थिएन? यहाँनेर हामीले यो परम्परालाई भुल्नुहुँदैन, जहाँ अवधका नवाब आसफुद्दौलाले हनुमानगढी बनाए र वाजिद अली शाहले अयोध्यामा जिहादको नारा लगाउने अमेठीका मौलवीको टाउको काटिदिए।

    हिन्दूत्वको नाममा अहिले चलिरहेको हाहाकारको उदेश्य सिर्फ घृणा फैलाएर सत्ताको तर मार्ने हो। सर्वतमा बिष हालेर पानी र चिनीलाई अलग बनाउने उदेश्य हो। मान्छेहरू गुलाम बनुन् र उनीहरूलाई गुलाम बनाएर शासन गर्न आनन्द आओस्। धर्मको नाममा पिलाइएको नसाको लक्ष्य नै यही हो। यो कठिन समयमा बत्तिहरू निभिरहेझैँ देखिन्छ। उज्यालो हुनै आँटेको हो या झनै अँध्यारो हुन खोजेको हो, पहिल्याउन गा-हो छ। यस्तो अवस्थामा तपाईँ आफैँ गम्भीर भएर सोच्नुहोस्। गौतम बुद्धले भनेकै छन्, ‘आफ्नो ज्योति आफैँ बन।’

    (मियिाभिजिलबाट नेपाल रिडर्सका लागि अनुवाद गरिएको। /लेखक मीडिया भिजिलका संस्थापक सम्पादक हुन्।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.