Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मुर्ख, पटमुर्ख, महामुर्ख – तपाईं, म र हामी

हाम्रा हरेक उपभोग्य सामानमा प्राकृतिक संसाधन प्रयोग भएकै हुन्छ। पानी, खनिज पदार्थ, फोसिल इन्धन, वनजङ्गल, जनावरको आदिको कम वा बेसि दोहनबाट नै हामीले उपभोग गर्ने बस्तुको उत्पादन हुने हो। र, यस्तो दोहनबाट फैलिने कार्वन उत्सर्जन र त्यसले निम्त्याउने पर्यावरण प्रदुषणको कुरा हामीले थाहा पाउनुपर्छ।

विपिन आचार्य विपिन आचार्य
जेष्ठ ८, २०७९
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानिलिनुस्, बैङ्कको मुद्दती खातामा दश लाख बचत छ। त्यसको बार्षिक ब्याज रु एक लाख बीस हजार अर्थात मासिक दस हजार छ। त्यो दश लाखलाई स्थिर बचतमा राखी वर्षभरी त्यही ब्याज एक लाख बीस हजार अर्थात् मासिक दश हजार रुपैयाँबाट फारो गरी आफ्नो आवस्यकता पुर्ती गर्ने गरी योजना बनेको छ।

    तर पछि आउने जोखिमको ख्यालै नगरी बर्षभरिको ब्याज (आम्दानी) पहिलो नौ महिनामै खर्च गरेर सक्काइयो भने के होला? यदि नौ महिनामै बचतको व्याज सकाइयो भने बाँकी ३ महिनाका लागि फेरि त्यो स्थिर–बचतबाट पैसा झिक्नुपर्‍यो। मानिलिउँ, बाँकी तीन महिनाको खर्चको जोहो गर्न हामीले तीस हजार त्यही स्थिर बचतबाट झिक्यौँ भने आउने बर्षको स्थिर मौज्दात त केबल नौ लाख सत्तरी हजार मात्र बच्न पुग्छ। यसरी अधिक खर्च गर्नाले स्थिर बचत भण्डार बर्सेनि रित्तिँदै जान थाल्छ। स्थिर बचत नै घट्दै गएपछी क्रमशः ब्याजबाट प्राप्त हुने आम्दानी पनि घट्ने नै भयो। पहिलो वर्षमा बर्षभरीको ब्याज (आम्दानी) नौ महिनामै खर्च भएको थियो भने अब आठ महिनामै सक्किने भयो।

    ‘यसरी खर्च गर्ने प्रवृत्ति अत्यन्तै घातक र अविवेकी हो’ भन्नका लागि हामीले दोहोर्याएर सोच्नै पर्दैन। यसरी खाता रित्तिदै जाँदा जो कोही एक दिन टाट पल्टिने निश्चित छ। कोही यही कारणले टाट पल्टिएको अवस्थामा उस/उनको विकल्प भनेकै मागेर खाने हो। आफू मात्र टाट पल्टिए त त्यस व्यक्तिले दुनियाँसँग हात फैलाएरै जीवन चलाउला तर सबैको खर्च प्रवृत्ति यस्तै रही टाट पल्टिएमा चाहिँ त्यस व्यक्तिले कोसँग आर्थिक सहयोग माग्ने?

    अहिले प्राकृतिक संसाधानको प्रयोगको हिसाबले युरोप, अमेरिका, चीन, जापान र मध्यपुर्वका देशजस्ता औद्योगिक र विकसित राष्ट्रहरु टाट पल्टिएका राष्ट्रहरु हुन् भने नेपाल, भुटान र बर्माजस्ता कम बिकसित र न्यून उपभोग प्रवृत्ति भएका राष्ट्रहरू भने दाता राष्ट्र हुन्। त्यो कसरी भन्ने कुरा जान्ने प्रयास गरौँ। New Economics Foundation का शोधकर्ता तथा प्रसिद्ध अर्थ–पर्यावरण लेखक एन्ड्रयू सिम्सले सन् १९८७ मा ‘उपभोग प्रवृत्ति र पर्यावरण असन्तुलन’सम्बन्धी एउटा नयाँ अवधारणा अगाडि सारे। त्यसु अवधारणलाई पछि Earth overshoot Day भनियो। यसलाई सजिलो गरी यसरी बुझौँः

    पृथ्वीले बर्षभरी आफ्नो नवीकरणीय वस्तु वा पदार्थको कति उत्पादन गर्छ र त्यो उत्पादन कति अबधिमा मानवीय क्रियाकलापबाट उपभोग हुन्छ। यो बिचको अन्तर अवधी नै Earth overshoot Day अर्थात ’पृथ्वीको अधिक दोहन दिवस’ हो।

    १) एक बर्षभरीमा समुन्द्रमा जति माछा मारिन्छन्, के त्यति नै माछा त्यो बर्ष भरी उत्पादन हुन्छन् त ?

    २) बर्षभरी जति रुख काटिन्छन्, के त्यति नै मात्रामा नयाँ बिरुवाहरू रोपिन्छन्/हुर्काइन्छन त?

    ३) वर्षभरी जति कार्बनडाइअक्साइडजस्ता उष्ण ग्यास वातावरणमा छोडिन्छन्, के त्यस्ता ग्यास सोस्ने पर्याप्त जङ्गल क्षेत्र उपलब्ध हुन्छ त?

    पृथ्वीको नवीकरणिय स्रोतको यो उत्पादन र उपभोगको असन्तुलनको मापन गर्दै पहिलो पटक सन् १९८७ मा यसरी मापन गरियो।

    पृथ्वीको जैविक क्षमता                    ×३६५
    पृथ्वीको जैविक उत्पादनको उपभोग

    त्यो समयमा EOD २३ अक्टोबर थियो। अर्थात पृथ्वीको वार्षिक उत्पादन हामी ३७ दिन अगाडि नै सक्काउथ्यौँ। र, बाँकी अबधिमा हामी पृथ्वीको स्थिर भण्डारणबाट झिकेर पृथ्वीको साधनस्रोतको उपभोग गर्ने गर्थ्यौँ। यो असन्तुलन बढ्दै जादा अघिल्लो बर्ष (२०२१) मा जुलाई २९ मै Earth Overshoot Day आयो। अर्थात् पृथ्वीको वार्षिक नवीकरणीय उत्पादन हामीले ७ महिनामै अर्थात् १५० दिन अगावै सक्कायौँ। अत्यन्तै अविवेकी र मुर्खतापुर्ण उपभोग प्रवृत्ति (कन्जम्सन प्याटर्न) को परिणाम हो यो।

    जनसंख्या र उपभोग–परिमाणको सिधा सम्बन्ध भएपनि सबै कारक जनसंख्या होइन, बरु उपभोग प्रवृत्ति कति किफायती र विवेकपुर्ण छ भन्ने हो। भारतिय लेखक चन्द्र भुषनद्वारा ‘सन डाउन टु अर्थ’ म्यागेजिनमा प्रकाशित रिपोर्ट अनुसार एक औषत भारतीयको तुलनामा एक औषत अमेरिकनले ३७ गुणा बढी पृथ्वीको साधन–स्रोतको उपभोग गर्छ। ख्याल गर्नुपर्ने कुरा छ, हाम्रा हरेक उपभोग्य सामानमा प्राकृतिक संसाधन प्रयोग भएकै हुन्छ। पानी, खनिज पदार्थ, फोसिल इन्धन, वनजङ्गल, जनावरको आदिको कम वा बेसि दोहनबाट नै हामीले उपभोग गर्ने बस्तुको उत्पादन हुने हो। र, यस्तो दोहनबाट फैलिने कार्वन उत्सर्जन र त्यसले निम्त्याउने पर्यावरण प्रदुषणको कुरा त छदैँछ।

    सयुक्त राष्ट्र संघ–खाध्य तथा कृषि सङ्गठनका अनुसार अमेरिकामा सन् २०१८ मा दस करोड तीस लाख ट्रक खाना खेर फालियो। यो कुल उपभोग्य खानाको ३५% हुन आउँछ। यस्तो खानाको अंशमा अत्यधिक प्राकृतिक संशाधन खपत हुने मासु तथा दुग्धजन्य पदार्थको हिस्सा ठूलो छ। यसका अतिरिक्त अनियन्त्रित रूपमा सौन्दर्य प्रशाधनका सामाग्री, प्लास्टिकजन्य सामाग्री, इलेक्ट्रोनिक ग्याजेट, अत्यधिक पानी खपत गर्ने र जल प्रदुषण निम्त्याउने गार्मेन्ट सामाग्रीको उपभोग अत्यावश्यकको तुलनामा सैयौँ गुणा बढी छ। निम्न देशहरूको जस्तो उपभोग शैली कायम राख्दा पर्यावरण सन्तुलन राख्न हामीलाई कतिवटा पृथ्वीको आवश्यकता पर्छ, हेरौँ:
    १) अमेरिका–५.१ पृथ्वी
    २) अस्ट्रेलिया–४.५ पृथ्वी
    ३) नेपाल–०.८ पृथ्वी
    ४) जर्मनी–३ पृथ्वी

    विकसित र धनी भनिएका र अघिल्लो शताब्दीमै औद्योगिक क्रान्ति गरिसकेका राष्ट्रहरूको कुकर्मको परिणामअ हामी गरीब देशका गरिब जनता भोग्दै छौँ। यदि प्राकृतिक न्यायको सिद्धान्त अनुसार स्वस्फूर्त गणना (spontaneous measurement) गर्ने हो भने हामीले ती धनी र औद्योगिक राष्ट्रबाट ठूलो धनराशि क्षतिपुर्ती पाउनुपर्छ। र,एमसीसीमा आएको अनुदान त एउटा पित्को मात्र हो। यसलाई दान, भिक्षा र भिख भन्नेहरुले एकपटक मनन समेत गर्नुहोला। मैले यो लेख लेख्दा आमाको मुख हेर्ने दिन पर्दै थियो। र, हामीहरू धर्तीलाई ‘धर्तीमाता’ पनि भन्ने गर्छौँ। आजका दिनमा धर्तिमाता निख्रिँदै छिन्। रित्तिँदै छिन्। हामी ‘धर्तिमाता’लाई निचोर्दैछौँ। यो निचोर्ने र रित्याउने क्रम यही दरमा अघि बढ्ने हो भने केही दशकमै पृथ्वी बस्न योग्य हुनेछैन। आमाको मृत्युपछि हाम्रो हालत के होला? आमाको स्वास्थ्य खराब भएपछि दुध चुस्ने बच्चाको हालत के होला?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विपिन आचार्य

      विपिन आचार्य

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.