Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Thursday, May 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मुद्रास्फीतिजन्य मन्दी के हो? उच्च मुद्रास्फीति सहितको स्थीर आर्थिक वृद्धिका बारेमा के थाहा पाउनु आवश्यक छ?

अर्थशास्त्रीहरू अनुमान गर्छन्- अमेरिकी अर्थतन्त्र बढ्दो मुद्रास्फीतिजन्य मन्दीको चेतावनी दिदैं दोस्रो त्रैमासिकमा मुश्किलले बढेको छ।

ह्यारिएट टोरी ह्यारिएट टोरी
अशोज ३, २०७९
- अर्थतन्त्र, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मुद्रास्फीतिजन्य मन्दी (स्ट्यागफ्लेसन) – स्थिर वृद्धि र मूल्यबृद्धिसहितको– लाई सामान्यतया १९७० को अवशेषको रूपमा हेरिएको छ। तर अर्थशास्त्रीहरुले १९७० पुनरागमन हुनसक्ने चेतावनी समेत दिएका छन्।

    के हो मुद्रास्फीतिजन्य मन्दी?
    यो (मुद्रास्फीतिजन्य मन्दी) शब्दलाई व्यापक रूपमा बढ्दो मुद्रास्फीतिसँग जोडिएको सुस्त वृद्धिको रूपमा परिभाषित गरिएको छ। यो शब्द १९७० को दशकमा व्यापक रूपमा प्रयोग भएको थियो, जब अमेरिकामा महँगाइ उच्च थियो । उपभोक्ताहरू उच्च मूल्यको पेट्रोल आफ्नो कारमा भर्न लाइनमा थिए र बेरोजगारी दर ९% मा पुगेको थियो।

    तर आर्थिक वृद्धिबारे अपेक्षित हलुका बुझाइले फेरि मुद्रास्फीतिजन्य मन्दीको त्रासले सताउन सक्छ।

    मुद्रास्फीतिजन्य मन्दीले अर्थतन्त्रको लागि समस्या निम्त्याउँछ। बढ्दो मुद्रास्फीतिले उपभोक्ताको क्रयशक्ति घटाउँछ, र मागको कमी/कमजोर मागले कम्पनीहरूको नाफामा हानी पुऱ्‍याउँछ। यसका कारण कर्मचारीहरुलाई रोजगारी कटौती वा जागिरबाट निकाल्नुपर्ने हुन्छ।

    मुद्रास्फीतिजन्य मन्दीले अमेरिकी फेडरल रिजर्भलाई पनि पकडमा राख्छ। किनभने केन्द्रीय बैंकको काम मुद्रास्फीति र बेरोजगारी दुवैलाई कम अवस्थामा राख्नु हो। यस फेडरल रिजर्भले खर्च, भर्ती र लगानीलाई निरुत्साहित गरेर मुद्रास्फीतिलाई रोक्न ब्याज दर बढाउँन सक्छ । अमेरिका यो बाटोमा गएको पनि छ र यो वर्षभरी जारी राख्न चाहन्छ। तर यदि यो धेरै आक्रामक रूपमा अघि बढ्यो भने यसले अर्थव्यवस्थालाई मन्दीमा पुर्‍याउने जोखिम हुन्छ।

    अहिले किन मुद्रास्फीतिजन्य मन्दीको जोखिम छ?
    वार्षिक अमेरिकी मुद्रास्फीति पछिल्लो ४० वर्ष यता सबैभन्दा उच्चमा छ र ब्याजदर बढ्दा अर्थतन्त्रका अंगहरु कठिनाइमा परेका छन्। हालैका महिनाहरूमा घर बिक्रीदर घटेको छ, उपभोक्ता खर्च वृद्धि सुस्ताएको छ र वर्षको सुरुदेखि नै रोजगारी घटेको छ। युक्रेनमा भइरहेको युद्ध र कोभिड-१९ महामारीसँग सम्बन्धित उत्पादन समस्याले आपूर्ति श्रृङ्खलाहरू अवरुद्ध छन्।

    के हामी मुद्रास्फीतिजन्य मन्दीको अवधिमा छौं?
    हामी हुन सक्छौं। द वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरू वर्षको पहिलो त्रैमासिकमा (ब्याजदर) १.६% वार्षिक दरमा संकुचन भएकोमा दोस्रो त्रैमासिकमा अर्थतन्त्र बृद्धि हुने अनुमान गर्छन्। तिनीहरू मुद्रास्फीतिमा विस्तारित भएको र अप्रिलदेखि जुन महिनासम्म ०.३% वार्षिक दरमा मौसमअनुसार समायोजित भएको कूल गाह्रस्थ उत्पादन, (समग्र अर्थव्यवस्थामा उत्पादित वस्तु र सेवाहरूको एक व्यापक मापदन्ड) पूर्वानुमान गर्छन्।

    हामीले मुद्रास्फीतिजन्य मन्दीको अनुभव गरिरहेका छौं कि छैनौं भनेर परिभाषित गर्ने कुनै गणितीय सूत्र छैन, तर अर्थशास्त्रीहरू यस्तो मन्दी सामान्यतया उच्च मुद्रास्फीति र सुस्त वृद्धि दुवै एक दुई त्रैमासिक मात्र होइन, लामो अवधिका लागि हुनेछ भन्नेमा सहमत छन्।

    सन् १९७० र अहिलेको अवस्थाबीच समानता छ। तेल र खाद्यान्नको बढ्दो मूल्यले जीवनयापनको लागतलाई बढाइरहेको छ, र व्यवशायिक कार्यकारीहरूले अर्थव्यवस्थाको दृष्टिकोणको बारेमा चिन्ता व्यक्त गरिरहेका छन्।

    तर १९७० र आजको अवस्थाबीचको मुख्य भिन्नता भनेको रोजगारी दरको हो । १९७० र ८० को दशकको सुरुतिर बेरोजगारी दर लगभग १०% थियो। तर जुन, २०२२ को लगातार चौथो महिनामा यो केवल ३.६ % थियो। अमेरिकामा रोजगारी कटौती भएको यदाकदा सुनिइन्छ।

    मुद्रास्फीतिजन्य मन्दी र मुद्रास्फीतिबीच के भिन्नता छ?
     मुद्रास्फीतिले वस्तु र सेवाहरूको मूल्य वृद्धिलाई जनाउँछ। मुद्रास्फीतिजन्य मन्दी अर्थतन्त एक यस्तो अवस्था हो जसमा मूल्यहरू द्रुतरूपमा बृद्धि भइरहेको हुन्छ, तर मागमा कमी आइरहेको हुन्छ र आर्थिक वृद्धि सुस्त वा संकुचित भइरहेको हुन्छ। फलस्वरूप, व्यवसायले कम पैसा जम्मा गर्ने र रोजगारी कटौती गर्ने हुनाले बेरोजगारी बढ्छ। परिणाम ज्यादै खराबभएमा, यसले अर्थव्यवस्थालाई मन्दीमा धकेल्छ।

    केन्द्रीय बैंकले थोरै मुद्रास्फीति हुनुलाई सकारात्मक नै मान्छ। यसले वर्षमा २% मुद्रास्फीतिको लक्ष्य राख्छ, किनभने यसले अर्थतन्त्रमा स्वस्थ मागको सङ्केत गर्छ। तर यदि मुद्रास्फीति धेरै चाँडो बढ्यो भने,  द्रुत मूल्य वृद्धिले परिवारको क्रयशक्तिलाई घटाउँछ।

    व्यक्तिगत-उपभोग व्यय मूल्य सूचकाङ्क र उपभोक्ता-मूल्य सूचकाङ्क दुवैले उपभोक्ता मूल्य क्रमश ६.३% र ९.१% लेबढेको देखाउँछ।

     मुद्रास्फीतिजन्य मन्दी पहिले पनि भएको छ?

    हो, मुद्रास्फीतिजन्य मन्दी १९७० को प्रारम्भ देखि १९८० को दशकको शुरुवातसम्म भएको थियो। त्यसबेला वस्तुहरुको मूल्यहरु र दोहोरो अंक मुद्रास्फीति उच्च बेरोजगारीसँग टकराएका थिए।

    सन् १९६५ मा पहिलो पटक स्ट्यागफ्लेसन (मुद्रास्फीतिजन्य मन्दी) शब्द प्रयोग गर्ने श्रेय बेलायती सांसद इयान म्याक्लियोडलाई दिइएको छ। “अहिले हामीसँग संसारको सबैभन्दा खराब दुबैखालका अवस्था छ- एकातर्फ मुद्रास्फीति वा अर्कोतिर स्थिर वृद्धि मात्र होइन, दुवै सँगसँगै छन्। हामीसँग एक प्रकारको ‘स्ट्यागफ्लेसन’ अवस्था छ।’’

    यसको बिजारोपण राष्ट्रपति लिन्डन बी. जोन्सनले भियतनाम युद्ध र उनको महान समाज कार्यक्रमहरूमा खर्च गरेर वृद्धिलाई प्राप्त गर्न खोजेका बेला १९६० को दशकको अन्तमा भएको थियो। त्यसबेलाका फेडरल रिजर्भका अध्यक्ष विलियम म्याकचेस्नी मार्टिनले त्यो वृद्धिमा पर्याप्त नियन्त्रण गर्ने मौद्रिक नीतिलाई कडाइ गर्न असफल भए।

    १९७० को प्रारम्भमा, राष्ट्रपति रिचर्ड निक्सन, फेड रिजर्भका अध्यक्ष आर्थर बर्न्सको सहमतिमा, ज्याला र मूल्य वृद्धिमा नियन्त्रण लगाएर मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरियो। १९७३ मा अरब तेल नाकाबन्दीले ऊर्जाको मूल्य र समग्र मुद्रास्फीतिमा ठूलो वृद्धि गरेपछि नियन्त्रण गर्ने काम गाह्रो भयो। बर्न्सले निरन्तर रूपमा मुद्रास्फीतिको दबाबलाई कम आकलन गरे: आंशिक रूपमा, उनले अर्थतन्त्रको सम्भावित वृद्धि दर घटेको र युवाहरु रोजगारीका लागि आएको अनुभवहीन बेबी बुमर्स (दोस्रो विश्वयुध्दपछि बढेको जनसंख्याको अत्यधिक चाप) को कारणले बेरोजगारीलाई १९६० को दशकको शुरुवातको स्तरमा ल्याउन गाह्रो बनाएको महसुस गरेनन्।

    फलस्वरूप, सन् १९७४-७५ मा अर्थतन्त्रलाई गम्भीर मन्दीमा धकेल्दै फेड रिजर्भले ब्याजदर बढाउँदा पनि मुद्रास्फीति र बेरोजगारी अघिल्लो दशकको स्तरमा फर्किएन।

    यसरी १९७० को स्टगफ्लेसन पीडादायी रह्यो र समाप्त भयो। फेडका अध्यक्ष पल भोल्करले १९८१ मा ब्याज दरलाई २०% सम्म बढाए, जसले मन्दी र दोहोरो अंकको बेरोजगारीलाई  बढाव गरेको थियो ।

    – द वाल स्ट्रिट जर्नलबाट अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ह्यारिएट टोरी

      ह्यारिएट टोरी

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.