Sunday, February 5, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » मुद्रास्फीतिजन्य मन्दी के हो? उच्च मुद्रास्फीति सहितको स्थीर आर्थिक वृद्धिका बारेमा के थाहा पाउनु आवश्यक छ?

मुद्रास्फीतिजन्य मन्दी के हो? उच्च मुद्रास्फीति सहितको स्थीर आर्थिक वृद्धिका बारेमा के थाहा पाउनु आवश्यक छ?

अर्थशास्त्रीहरू अनुमान गर्छन्- अमेरिकी अर्थतन्त्र बढ्दो मुद्रास्फीतिजन्य मन्दीको चेतावनी दिदैं दोस्रो त्रैमासिकमा मुश्किलले बढेको छ।

ह्यारिएट टोरी by ह्यारिएट टोरी
September 19, 2022
- अर्थ, यो हप्ता
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मुद्रास्फीतिजन्य मन्दी (स्ट्यागफ्लेसन) – स्थिर वृद्धि र मूल्यबृद्धिसहितको– लाई सामान्यतया १९७० को अवशेषको रूपमा हेरिएको छ। तर अर्थशास्त्रीहरुले १९७० पुनरागमन हुनसक्ने चेतावनी समेत दिएका छन्।

के हो मुद्रास्फीतिजन्य मन्दी?
यो (मुद्रास्फीतिजन्य मन्दी) शब्दलाई व्यापक रूपमा बढ्दो मुद्रास्फीतिसँग जोडिएको सुस्त वृद्धिको रूपमा परिभाषित गरिएको छ। यो शब्द १९७० को दशकमा व्यापक रूपमा प्रयोग भएको थियो, जब अमेरिकामा महँगाइ उच्च थियो । उपभोक्ताहरू उच्च मूल्यको पेट्रोल आफ्नो कारमा भर्न लाइनमा थिए र बेरोजगारी दर ९% मा पुगेको थियो।

तर आर्थिक वृद्धिबारे अपेक्षित हलुका बुझाइले फेरि मुद्रास्फीतिजन्य मन्दीको त्रासले सताउन सक्छ।

मुद्रास्फीतिजन्य मन्दीले अर्थतन्त्रको लागि समस्या निम्त्याउँछ। बढ्दो मुद्रास्फीतिले उपभोक्ताको क्रयशक्ति घटाउँछ, र मागको कमी/कमजोर मागले कम्पनीहरूको नाफामा हानी पुऱ्‍याउँछ। यसका कारण कर्मचारीहरुलाई रोजगारी कटौती वा जागिरबाट निकाल्नुपर्ने हुन्छ।

मुद्रास्फीतिजन्य मन्दीले अमेरिकी फेडरल रिजर्भलाई पनि पकडमा राख्छ। किनभने केन्द्रीय बैंकको काम मुद्रास्फीति र बेरोजगारी दुवैलाई कम अवस्थामा राख्नु हो। यस फेडरल रिजर्भले खर्च, भर्ती र लगानीलाई निरुत्साहित गरेर मुद्रास्फीतिलाई रोक्न ब्याज दर बढाउँन सक्छ । अमेरिका यो बाटोमा गएको पनि छ र यो वर्षभरी जारी राख्न चाहन्छ। तर यदि यो धेरै आक्रामक रूपमा अघि बढ्यो भने यसले अर्थव्यवस्थालाई मन्दीमा पुर्‍याउने जोखिम हुन्छ।

अहिले किन मुद्रास्फीतिजन्य मन्दीको जोखिम छ?
वार्षिक अमेरिकी मुद्रास्फीति पछिल्लो ४० वर्ष यता सबैभन्दा उच्चमा छ र ब्याजदर बढ्दा अर्थतन्त्रका अंगहरु कठिनाइमा परेका छन्। हालैका महिनाहरूमा घर बिक्रीदर घटेको छ, उपभोक्ता खर्च वृद्धि सुस्ताएको छ र वर्षको सुरुदेखि नै रोजगारी घटेको छ। युक्रेनमा भइरहेको युद्ध र कोभिड-१९ महामारीसँग सम्बन्धित उत्पादन समस्याले आपूर्ति श्रृङ्खलाहरू अवरुद्ध छन्।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

February 2, 2023
माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

January 31, 2023
के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

January 26, 2023
के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

January 11, 2023

के हामी मुद्रास्फीतिजन्य मन्दीको अवधिमा छौं?
हामी हुन सक्छौं। द वाल स्ट्रिट जर्नलले गरेको सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरू वर्षको पहिलो त्रैमासिकमा (ब्याजदर) १.६% वार्षिक दरमा संकुचन भएकोमा दोस्रो त्रैमासिकमा अर्थतन्त्र बृद्धि हुने अनुमान गर्छन्। तिनीहरू मुद्रास्फीतिमा विस्तारित भएको र अप्रिलदेखि जुन महिनासम्म ०.३% वार्षिक दरमा मौसमअनुसार समायोजित भएको कूल गाह्रस्थ उत्पादन, (समग्र अर्थव्यवस्थामा उत्पादित वस्तु र सेवाहरूको एक व्यापक मापदन्ड) पूर्वानुमान गर्छन्।

हामीले मुद्रास्फीतिजन्य मन्दीको अनुभव गरिरहेका छौं कि छैनौं भनेर परिभाषित गर्ने कुनै गणितीय सूत्र छैन, तर अर्थशास्त्रीहरू यस्तो मन्दी सामान्यतया उच्च मुद्रास्फीति र सुस्त वृद्धि दुवै एक दुई त्रैमासिक मात्र होइन, लामो अवधिका लागि हुनेछ भन्नेमा सहमत छन्।

सन् १९७० र अहिलेको अवस्थाबीच समानता छ। तेल र खाद्यान्नको बढ्दो मूल्यले जीवनयापनको लागतलाई बढाइरहेको छ, र व्यवशायिक कार्यकारीहरूले अर्थव्यवस्थाको दृष्टिकोणको बारेमा चिन्ता व्यक्त गरिरहेका छन्।

तर १९७० र आजको अवस्थाबीचको मुख्य भिन्नता भनेको रोजगारी दरको हो । १९७० र ८० को दशकको सुरुतिर बेरोजगारी दर लगभग १०% थियो। तर जुन, २०२२ को लगातार चौथो महिनामा यो केवल ३.६ % थियो। अमेरिकामा रोजगारी कटौती भएको यदाकदा सुनिइन्छ।

मुद्रास्फीतिजन्य मन्दी र मुद्रास्फीतिबीच के भिन्नता छ?
 मुद्रास्फीतिले वस्तु र सेवाहरूको मूल्य वृद्धिलाई जनाउँछ। मुद्रास्फीतिजन्य मन्दी अर्थतन्त एक यस्तो अवस्था हो जसमा मूल्यहरू द्रुतरूपमा बृद्धि भइरहेको हुन्छ, तर मागमा कमी आइरहेको हुन्छ र आर्थिक वृद्धि सुस्त वा संकुचित भइरहेको हुन्छ। फलस्वरूप, व्यवसायले कम पैसा जम्मा गर्ने र रोजगारी कटौती गर्ने हुनाले बेरोजगारी बढ्छ। परिणाम ज्यादै खराबभएमा, यसले अर्थव्यवस्थालाई मन्दीमा धकेल्छ।

केन्द्रीय बैंकले थोरै मुद्रास्फीति हुनुलाई सकारात्मक नै मान्छ। यसले वर्षमा २% मुद्रास्फीतिको लक्ष्य राख्छ, किनभने यसले अर्थतन्त्रमा स्वस्थ मागको सङ्केत गर्छ। तर यदि मुद्रास्फीति धेरै चाँडो बढ्यो भने,  द्रुत मूल्य वृद्धिले परिवारको क्रयशक्तिलाई घटाउँछ।

व्यक्तिगत-उपभोग व्यय मूल्य सूचकाङ्क र उपभोक्ता-मूल्य सूचकाङ्क दुवैले उपभोक्ता मूल्य क्रमश ६.३% र ९.१% लेबढेको देखाउँछ।

 मुद्रास्फीतिजन्य मन्दी पहिले पनि भएको छ?

हो, मुद्रास्फीतिजन्य मन्दी १९७० को प्रारम्भ देखि १९८० को दशकको शुरुवातसम्म भएको थियो। त्यसबेला वस्तुहरुको मूल्यहरु र दोहोरो अंक मुद्रास्फीति उच्च बेरोजगारीसँग टकराएका थिए।

सन् १९६५ मा पहिलो पटक स्ट्यागफ्लेसन (मुद्रास्फीतिजन्य मन्दी) शब्द प्रयोग गर्ने श्रेय बेलायती सांसद इयान म्याक्लियोडलाई दिइएको छ। “अहिले हामीसँग संसारको सबैभन्दा खराब दुबैखालका अवस्था छ- एकातर्फ मुद्रास्फीति वा अर्कोतिर स्थिर वृद्धि मात्र होइन, दुवै सँगसँगै छन्। हामीसँग एक प्रकारको ‘स्ट्यागफ्लेसन’ अवस्था छ।’’

यसको बिजारोपण राष्ट्रपति लिन्डन बी. जोन्सनले भियतनाम युद्ध र उनको महान समाज कार्यक्रमहरूमा खर्च गरेर वृद्धिलाई प्राप्त गर्न खोजेका बेला १९६० को दशकको अन्तमा भएको थियो। त्यसबेलाका फेडरल रिजर्भका अध्यक्ष विलियम म्याकचेस्नी मार्टिनले त्यो वृद्धिमा पर्याप्त नियन्त्रण गर्ने मौद्रिक नीतिलाई कडाइ गर्न असफल भए।

१९७० को प्रारम्भमा, राष्ट्रपति रिचर्ड निक्सन, फेड रिजर्भका अध्यक्ष आर्थर बर्न्सको सहमतिमा, ज्याला र मूल्य वृद्धिमा नियन्त्रण लगाएर मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरियो। १९७३ मा अरब तेल नाकाबन्दीले ऊर्जाको मूल्य र समग्र मुद्रास्फीतिमा ठूलो वृद्धि गरेपछि नियन्त्रण गर्ने काम गाह्रो भयो। बर्न्सले निरन्तर रूपमा मुद्रास्फीतिको दबाबलाई कम आकलन गरे: आंशिक रूपमा, उनले अर्थतन्त्रको सम्भावित वृद्धि दर घटेको र युवाहरु रोजगारीका लागि आएको अनुभवहीन बेबी बुमर्स (दोस्रो विश्वयुध्दपछि बढेको जनसंख्याको अत्यधिक चाप) को कारणले बेरोजगारीलाई १९६० को दशकको शुरुवातको स्तरमा ल्याउन गाह्रो बनाएको महसुस गरेनन्।

फलस्वरूप, सन् १९७४-७५ मा अर्थतन्त्रलाई गम्भीर मन्दीमा धकेल्दै फेड रिजर्भले ब्याजदर बढाउँदा पनि मुद्रास्फीति र बेरोजगारी अघिल्लो दशकको स्तरमा फर्किएन।

यसरी १९७० को स्टगफ्लेसन पीडादायी रह्यो र समाप्त भयो। फेडका अध्यक्ष पल भोल्करले १९८१ मा ब्याज दरलाई २०% सम्म बढाए, जसले मन्दी र दोहोरो अंकको बेरोजगारीलाई  बढाव गरेको थियो ।

– द वाल स्ट्रिट जर्नलबाट अनुवाद

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
ह्यारिएट टोरी

ह्यारिएट टोरी

Related Posts

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

by शशि ढकाल
February 2, 2023

‘रवी लामिछानेबारे सर्बोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाइ झस्काएको छ ।’ ‘सर्वोच्चको फैसलाले एनआरएनए निरास ।’ यी दुइ भनाइ...

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

by डिकेलेदी मोकोएना र साराह सेटलाएलो
January 31, 2023

१९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री...

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

by जयती घोष
January 26, 2023

स्विट्जरल्यान्डको डाभोसमा वर्षेनी हुने गरेको विश्व आर्थिक मञ्च(डब्ल्यू ई एफ)को बैठक सधैं समस्याग्रस्त नै हुने गरेको छ। विश्वका धनाढ्यहरूको भेला...

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

by एन्ड्र्यू कोरीब्को
January 11, 2023

युक्रेनमा रुसको आक्रमण र त्यसमाथि अमेरिका तथा पश्चिमाहरूको प्रतिक्रियाका कारण सन् २०२२ एउटा अभूतपूर्व अनिश्चितताको वर्ष बन्न पुग्यो। कोभिड १९...

समाजवादी ध्रुवीकरण आजको आवश्यकता

समाजवादी ध्रुवीकरण आजको आवश्यकता

by बाबुराम भट्टराई
January 10, 2023

देश अहिले पनि गम्भीर संकटबाट गुज्रिरहेको छ। इतिहासदेखि थेग्रिएर बसेका राजनीतिक, भू–राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय समस्याहरु झन्झन्गम्भीर बन्दै गइरहेका...

संघ र प्रदेशको निर्वाचन-२०७९ संक्षिप्त समीक्षा

संघ र प्रदेशको निर्वाचन-२०७९ संक्षिप्त समीक्षा

by बाबुराम भट्टराई
January 10, 2023

नयाँ संविधान जारी भए यता संघ र प्रदेशको दोस्रो निर्वाचन २०७९ मङसीर ४ गते एकै चरणमा सम्पन्न भएको छ। लोकतन्त्रको...

Leave Comment

सिफारिस

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

5 days ago
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

6 months ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In