Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति

अस्तित्वको पुननविकरण र उत्कृष्टताका नीतिहरू पहिचान गर्नुपर्ने

डा. प्रकाशचन्द्र लोहनी डा. प्रकाशचन्द्र लोहनी
चैत्र २३, २०७९
- अर्थतन्त्र, यो हप्ता, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    हाम्रो विकासको महत्वपूर्ण विन्दू नै नेपालमा स्थायित्व र लगानीमैत्री वातावरण सिर्जना गर्नु हो। हाम्रा पुर्खाले विशेषतः राणाकालीन सामन्ती व्यवस्थामा त्यसबेलाका शासकहरूले ब्रिटिस इण्डियासँग केही कुरामा सम्झौता गरेर सार्वभौमसत्ता सुरक्षा गर्ने रणनीति लिएका थिएँ। तर यसबेला हाम्रो अर्थव्यवस्था, सुरक्षा र राजनीतिलाई पुनरावलोकन गर्दै हाम्रो अस्तित्वलाई पूनर्नविकरण गर्ने बारेमा सोच्नु पर्छ। अर्थ व्यवस्थाको अर्थमा हाम्रो पुँजीवादको विकास सिन्डिकेट र कार्टेलसँग जकडिएको भ्रष्ट छ। हामीले वर्षेनी भारतलाई खरबौं डलर भुक्तान गरिरहेका छौं- यो दिगो कुरा होइन- यस्तै स्थिति चीनसँग पनि छ । हाम्रो अर्थव्यवस्था रेमिटेन्सले धानेको छ- जुन रेमिटेन्स नेपाली युवाले विदेशमा फोहोर, अति कठिन र जोखिमपूर्ण काम गरेर ल्याइरहेको छन्‌ । कुनैवेला मलेसिया र मध्य एसियामा केही भइहाले, नेपालले अकल्पनीय दुष्परिणाम भोग्नु पर्ने छ र त्यसबेला देशमा व्यापक अशान्ति र अराजकता मच्चिनेछ।

    हाम्रो अर्थव्यवस्था अस्थिर छैन तर समावेशी र विकाससँग तालमेल हुने सकेको छैन । सामन्तवादबाट पूँजीवादमा संक्रमण हुदा हाम्रो अर्थतन्त्र भ्रष्ट पूँजीवादमा बदलियो । निजी लाभका लागि राज्य स्रोतको दरूपयोग, निजी क्षेत्रका लागि अमैत्रीपूर्ण वातावरण, एकाधिकार, स्वच्छ प्रतिस्पर्धाको विपरित कार्टेल र सिन्डिकेटले गर्दा नेपाली अर्थतन्त्रलाई अप्रतिस्पर्धामुखी र निजी लगानीका लागि अमैत्री बनायो। हाम्रो अर्थतन्त्र परनिर्भर छ। हाम्रा छिमेकीहरूसँगको सम्बन्धका कारण विभाजित आर्थिक र राजनैतिक सहुलियतले गर्दा पनि त्यस्तो परनिर्भरतालाई केही मात्रामा बढाएको छ। विभिन्न अवसरहरूलाई मुलुकको पक्षमा यस्तो एकताबद्ध हुनु भन्दा शासकवर्गहरू आफ्नो स्वार्थ सिद्धिका लागि बाह्‌य सहलियत उपयोग गर्ने गर्दछन्‌।

    हाम्रा छिमेकीहरूका लागि सुरक्षा महत्वपूर्ण मुद्रा हो । हामीलाई हाम्रो राष्ट्रिय सुरक्षा गर्न त हम्मेहम्मे छ, बाहय मुलुकका सुरक्षाका सरोकारलाई कसरी सम्बोधन गर्न सक्छौ र ! तैपनि हाम्रो सुरक्षा प्रणाली हाम्रा छिमेकीहरूको सुरक्षा स्वार्थ रक्षा गर्ने गरी सुदृढ गर्नै पर्छ । यस सन्दर्भमा, प्रष्टताका साथ, हाम्रो अस्तित्वको पुननविकरण र उत्कृष्टताका लागि हामीले हाम्रा नीतिहरू पहिचान गर्नु आवश्यक छ। पहिलोकुरा, मानवअधिकारको आस्वस्तता सहित समावेशी लोकतन्त्रको सुदृढिकरण हो। आधारभूत कुरा के भने सबै राजनैतिक शक्तिहरूको संलग्नताका साथ निर्वाचनको वातावरण सिर्जना गर्नु हो। कसैलाई पनि पाखा पार्ने कामले वैचारिकताको प्रस्न उठन सक्छ र अर्को राजनैतिक ध्रुविकरणको कारण बन्न सक्छ।

    अर्को कुरा, हामीले राज्य र बजारका बीचमा नयाँ मोडेल बनाएका छौं- जुन हालसम्म अस्पष्ट छ। महत्वपूर्ण कुरा त व्यापार मैत्री वातावरण सिर्जना गर्नु हो। सम्पत्तिसम्बन्धी अधिकार, करारसम्बन्धी कानूनी स्पष्ट व्यवस्था, कम कारोवार खर्च, पारदर्शी कानुनी तथा प्रशासनिक यन्त्र र सिन्डिकेट कार्टेल प्रथाको अन्त लगानी /व्यवसाय मैत्री वातावरणका मुख्य पक्षहरू हुन्‌। सम्पत्ति अधिकार र करार सम्बन्धी अधिकारहरू भएका मुलुकहरूमा वैदेशिक लगानी र व्यवसायको अवसर बढ्छ। एउटा नेपाली उद्यमीले सिंगापुरलाई उपयुक्त ठान्यो किनकी सिंगापुरले ठूला उद्यमीलाई टिकाउन नागरिकतासम्म दियो । यस मामलामा हाम्रो मुलुकको अवस्था उपयुक्त छैन । यहाँ भनाई र गराईमा फरक छ । अग्रगामी भनाउने दलहरू निजी शिक्षा लगानीका बिरोधी छन्‌- तर विडम्बना भनौं त्यही दलका कार्यकर्ताहरूको त्यस क्षेत्रमा बढी लगानी छ । राजनैतिक दलहरूले यसबारे प्रष्ट धारणा सार्नुपर्छ। यसैगरी स्वास्थ्य क्षेत्रका बारेमा पनि।

    एउटा पुरानो भनाइ छ- अर्थव्यवस्थालाई बचत र लगानीले समृद्ध पार्छ र यदि त्यसो हो भने, सोभियत संघको कहिल्यै पतन हुने थिएन । मुख्य कुरा प्रविधि परिवर्तन हो । अमेरिकामा प्रत्यक्ष पूँजी र श्रमलाई छाडेर प्रविधिसँग सम्बन्धित योगदान ७५ प्रतिशत छ । प्रविधिगत स्थापना र परिवर्तनहरूका लागि व्यापार मैत्री वातावरण अति महत्वपूर्ण हुन्छ । भारतमा पनि यस्तै समस्या छ, जसले गर्दा भारतीय उद्यमकर्ताहरू विदेशतर्फ पलायन हुन थालेका छन्‌- स्वदेशमा व्यवसाय मैत्री वातावरण नभएपछि यस्तो त हुने नै गर्छ।

    अर्को महत्वपूर्ण कुरा, भारत र चीनसँगको सम्बन्धको कुरामा पानी बाँडफाँडको महत्वपूर्ण सन्दर्भ छ। कोशी र गण्डक सम्झौताको प्रसंग आउनासाथ हाम्रो मनमा चिसो पस्छ । यदि भारतलाई यसका ४५ करोड गंगा मैदानवासीलाई सिचाइ, बिजुली र बाढी नियन्त्रणको आवश्यकता छ र यसका लागि हामीसँग प्रसस्त स्रोत छ भने दुई देशको आपसी हितका लागि हामीले हाम्रो शर्तको परिभाषा गर्नु महत्वपूर्ण बेला यही हो। नेपालीहरूले चाहेको १९५० को मोडल होइन, नेपाल भारत सीमालाई डुबान गर्ने बाध होइन । आपसी हित प्राप्त गर्न र सीमा धारणाबारे नेपालीको विश्वास नेपालका लागि फाइदाजनक हुनुपर्छ। यो हाम्रो जिम्मेवारी हो- भारतको होइन । हुन त लगानी बोर्ड स्थापनाले केही आशा जगाएको छ तर त्यति मात्र प्रर्याप्त होइन। एउटा महत्वपूर्ण कुरा स्वीकारिएको छ, नेपालमा बिजुली उत्पादन विदेशी लगानी वा स्वदेशी दुवैले गर्न सक्छन्- तर यसको प्राथमिक प्रयोगकर्ता नेपाल हुनुपर्छ- बचेखुचेको मात्र निर्यात गरिनुपर्छ।

    नेपालको सुरक्षा प्रणाली दुवै छिमेकी भारत र चीनको लागि महत्वपूर्ण छ- त्यसकारण यसलाई सुदृढ गरिनुपर्छ। यसरी नै कुनै पक्षबाट आक्रमण भइहाले अल्पकालिन नै भएपनि प्रतिरोध गर्न सक्ने गरी पनि तयार गरिनु पर्छ।

    हामी नविकरण गर्ने चरणमा छौं- परिवर्तन गर्ने अवस्थामा पुगेका छैनौ। जन हामी यस अवस्थामा प्रवेश गछौं-तब हामीले चीन र भारत दुबैबाट अनपेक्षित विदेशी लगानी प्राप्त गर्ने सक्नेछौ। यदि चीनले अमेरिकी ट्रेजरी बिलिका लागि शुन्य प्रतिशत व्याजमा खरबौ डलर लगानी गर्न सक्छौँ भने नेपालमा चीनले लगानी गर्न पर्छ भनेर दावी गर्न संकिदैन र। चिन प्राचिन सभ्यतादेखि उच्च स्तरीय समझदारी भएको मित्र हो। चीनको नेपालमा लगानी अवश्य हुनेछ र यसरी नै भारतको पनि। परिवर्तित  नेपालको नविनिकृत अस्तित्वका लागि उपयुक्त नीतिहरूलाई कसरी व्यवस्थित र दिगो बनाउने कुरा हाम्रो सामु चुनौती हो।

    (अगस्ट १६, २०१३ मा नेपाल अध्ययन केन्द्रले आयाेजना गरेको ‘दुई विश्व अर्थतन्त्र चीन र भारतबीच नेपालको विकास रणनीति’ बिषयक कार्यक्रममा डा. लोहनीले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. प्रकाशचन्द्र लोहनी

      डा. प्रकाशचन्द्र लोहनी

      नेपालका एक परिचित राजनीतिज्ञ, अर्थशास्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधी गरेका लोहनीले नेपालको विधायक र अर्थ तथा विभिन्न मन्त्रालयको मन्त्रीका रुपमा नीति निर्माण तथा कार्यान्वयनका विभिन्न क्षेत्रमा योगदान गरेका छन् ।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.