Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026
Sunday, June 28, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतको खस्कँदो अर्थतन्त्र

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सफल भट्टराई। विश्वको पाँचौँ तथा एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा अहिले आर्थिक वृद्धिदरमा सङ्कुचन आएको छ । कुनै बेला आर्थिक वृद्धिदरमा चीनलाई उछिनेको भारतको अर्थ व्यवस्था एकाएक सुस्ताएको छ । सन् २०१८/१९ को पहिलो त्रैमासिकमा आठ प्रतिशतले वृद्धि भएको कुल गार्हस्थ उत्पादन (जीडीपी), २०१९/२० को पहिलो त्रैमासिकमा पाँच प्रतिशतले र दोस्रो त्रैमासिकमा ४.५ प्रतिशतले मात्र बढेको छ । सम्पूर्ण आर्थिक सूचकहरूलाई हेर्दा आगामी त्रैमासिकमा पनि वृद्धिदरमा गिरावट आउने प्रबल सम्भावना छ । यसरी छ वर्षयताकै न्यून वृद्धिदरले सन् २०२४ सम्ममा ५० खर्ब डलरको अर्थतन्त्र बन्ने नरेन्द्र मोदी सरकारको योजना सफल हुने देखिँदैन । यो योजना पूरा हुनका लागि वार्षिक रूपले मौद्रक जीडीपी १३ देखि १४ प्रतिशतले बढ्नुपर्छ भने वास्तविक जीडीपी आठ देखि ८.५ प्रतिशतले वृद्धि हुनुपर्छ ।

    भारतीय अर्थ व्यवस्थामा कमी आउनुको प्रमुख कारण घरेलु उपभोक्ताको माग र पुँजीगत लगानीमा गिरावट आउनु हो । उपभोक्ताको खर्चले भारतको जीडीपीको करिब ६० प्रतिशत ओगटेको छ । सन् २०१८/१९ को पहिलो र दोस्रो त्रैमासिकमा ७.३ र ९.७ प्रतिशतले वृद्धि भएको उपभोक्ताको खर्च २०१९/२० को पहिलो र दोस्रो त्रैमासिकमा ३.१ र ५.१ प्रतिशतले मात्र बढेको देखिन्छ । उपभोक्ताको खर्चमा आएको न्यून वृद्धिदरले वस्तुको उत्पादनमा असर परेको छ । सन् २०१७/१८ मा पाँच प्रतिशत र २०१८/१९ मा चार प्रतिशतले बढेको उपभोग्य वस्तुको उत्पादन, २०१९/२० को दोस्रो त्रैमासिक सम्ममा एक प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ । २०१९/२० को दोस्रो त्रैमासिकमा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आयातमा छ प्रतिशतले ऋणात्मक छ भने पेट्रोलियम पदार्थबाहेकका निर्यात वस्तुमा पनि एक प्रतिशतले ऋणात्मक छ ।

    हार्वड विश्वविद्यालयका प्रोफेसर अर्बिन्ड सुब्रमन्यनका अनुसार समग्र मागमा गिरावट आउनुका कारण भारतको वित्तीय क्षेत्रमा सङ्कट आउनु हो । विशेषगरी सार्वजनिक क्षेत्रका बैङ्कहरूमा आएको खराब कर्जाका कारणले गर्दा यो समस्या आएको हो । सार्वजनिक बैङ्कहरूले पूर्वाधार सम्बन्धित कम्पनीहरूलाई दिएको ऋण उठाउन नसकेकाले समग्र बैङ्कको वित्तीय अवस्था र पूर्वाधार विकासका क्षेत्रहरूमा असर परेको हो । पूर्वाधार कम्पनीहरूले सडक, पुल, विमानस्थल आदि बनाउने कार्य गर्दछन् । सन् २०१९ सम्ममा पब्लिक र निजी बैङ्कहरूको खराब कर्जा भारु। २० ट्रिलियन (खर्ब) भन्दा बढी रहेको छ ।

    त्यसैगरी सन् २०१८ मा भएको छायाँ बैङ्किङ सङ्कटका कारणले गर्दा २०१८/१९ मा आर्थिक वृद्धिदर कमी हुन गएको हो । भारतमा छायाँ बैङ्किङ भन्नाले गैरबैङ्किङ फाइन्नासियल कम्पनी भन्ने बुझिन्छ । भारतमा करिब ११ हजार छाँया बैङ्क रहेका छन्, जसले अर्थत्रन्त्रमा ठूलो भूमिका खेलेका छन् । यस्ता बैङ्कहरूले परम्परागत बैङ्किङ काम गर्न पाउँदैनन् जस्तै व्यक्ति वा संस्थाबाट निक्षेप सङ्कलन गर्न र केन्द्रीय बैङ्कबाट ऋण लिन पाउँदैनन् । यस्ता कम्पनीसँग बैङ्किङ लाइसेन्स हुँदैन तर बैङ्कका विभिन्न सेवाहरू जस्तै बीमा, ऋण, फाइनान्सिङ, हेज फन्ड आदि अफर गर्न सक्छन् । यी कम्पनीहरूले बैङ्कबाट अल्पकालीन फन्डहरू उठाएर दीर्घकालीन ऋण प्रवाह गर्छन् ।

    सन् २०१८ मा इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज नामक संस्थालाई टाट पल्टेको घोषणा गरेलगतै निजी र सार्वजनिक बैङ्कहरूले गैरबैङ्किङ फाइन्नासियल कम्पनीलाई फन्ड ट्रान्सफर गर्न बन्द गरे, जसले गर्दा यस्ता संस्थाहरूलाई प्रवाह गर्नका लागि तरलता अभाव हुन पुग्यो । विशेषगरी तरलताको अभाव रियल स्टेट क्षेत्रमा पर्‍यो । सन् २०१८/१९ मा बैङ्क तथा छायाँ बैङ्कले हाउजिङ ऋण २० प्रतिशत अर्थात् भारु २२ लाख करोडले प्रवाह गरेकोमा २०१९/२० को छ महिनामा मात्र एक लाख करोड कर्जा वित्तीय क्षेत्रले प्रवाह गरेका छन् । यस्तो कमी हुनुमा हाउजिङको बिक्रीमा गिरावट आउनु हो । सन् २०१९ मा दस लाख करोडमध्ये दुई लाख करोडको मात्र हाउजिङ बिक्री भयो भने आठ लाख करोडको बिक्री हुन सकेन, जसले गर्दा कर्जा तिर्न व्यवसायीहरूले सकेनन् । त्यसैले बैङ्किङ क्षेत्रमा तरलताको अभाव भयो । यसको असर सिमेन्ट, स्टील, डन्डी, फर्निचर, पेन्टिङ उद्योगहरूलाई पनि पर्‍यो ।

    तरलताको प्रभाव अटो मोबाइल क्षेत्रमा पनि पर्‍यो । भारतमा नयाँ मोटरसाइकल र व्यावसायिक साधनहरूमा क्रमशः ७० र ६० प्रतिशत फाइनान्सिङ गर्ने कार्य गैरबैङ्किङ फाइन्नासियल कम्पनीले गर्दछन् । ग्रामीण क्षेत्रका मानिसले यी कम्पनीमार्फत साधन किन्ने गर्दथे तर तरलताको अभावले गर्दा ब्याजदर उच्च हुन पुग्यो । फलस्वरूप साधनहरूको मागमा कमी हुन थाल्यो । बिक्रीमा कमी आएकाले ठूला उद्योगहरूले गाडीको उत्पादन बन्द गरे, जसले गर्दा दुई लाखभन्दा बढी बेरोजगार हुन पुगे । छायाँ बैङ्किङका कारणले गर्दा अटो उद्योगहरूको उत्पादन ३० प्रतिशतले गिरावट आयो ।

    नेपालजस्तै भारत पनि मिश्रित अर्थतन्त्र भएको मुलुक हो, जहाँ वस्तु विनिमयका लागि नगदको प्रयोग बढी हुन्छ । सन् २०१६ मा मोदी सरकारद्वारा गरिएको नोटबन्दीका कारणले ठूलो सङ्ख्यामा नगद बजारबाट बाहिरियो । यसले गर्दा उपभोक्ताहरूले आफ्नो खर्चमा न्यूनीकरण गर्न बाध्य भए र उपभोग्य वस्तुको मागमा गिरावट आयो । नोटबन्दीको सबैभन्दा ठूलो असर ग्रामीण भेगको बजारमा हुन पुग्यो, जहाँ नगदमा वस्तुहरू खरिद बिक्री हुन्छन् । यसले गर्दा कृषि क्षेत्रको वृद्धिदरमा पनि कमी भयो । कृषिको वृद्धिदर दुई प्रतिशतमा झरेको छ । यसले किसानको आम्दानीलाई मात्र होइन, कृषिसँग सम्बन्धित कम्पनीलाई पनि असर गरेको छ । भारतमा कृषि क्षेत्र मनसुनमा आधारित छ । मनसुन सुधार नभएकाले पनि उत्पादनमा असर परेको हो ।

    निजी लगानीलाई अर्थतन्त्रको मेरुदण्ड भनिन्छ । आर्थिक वृद्धिदर बढाउन लगानीको ठूलो योगदान रहेको हुन्छ । नयाँ लगानीबाट रोजगारीको सिर्जना हुन्छ र व्यवसायको आकार पनि बढ्छ । तर नोटबन्दी, तरलताको अभाव, कठिनाइ कर नीति आदिले गर्दा भारतमा निजी क्षेत्रको लगानीको वृद्धिदरमा गिरावट आएको छ । सन् २०१८ को तुलनामा २०१९/२० को दोस्रो त्रैमासिकसम्ममा लगानी ७० प्रतिशतले कमी आएको छ । यो कमीले गर्दा भारतमा बेरोजगारी दर ६.१ प्रतिशत पुगेको छ, जुन ४५ वर्षकै उच्च हो । यसरी आम्दानीको स्रोत नहुँदा खर्चमा कमी आयो र वस्तुको मागमा पनि कमी भयो ।

    सन् १९२९ मा विश्वमा आर्थिक मन्दीको भएको बेला समग्र मागलाई बढाउन नवशास्त्रीय अर्थशास्त्री जोन मेर्याड किन्सले काउन्टर साइक्लिकल फिस्कल र मौद्रिक नीतिको प्रयोग गर्नुभएको थियो । भारतमा पनि यो नीति प्रयोग गरेको देखिन्छ । माग बढाउनका लागि वित्तीय नीतिमार्फत सरकारी खर्च बढाइएको छ भने करको दरलाई कम गरेको छ । त्यसैगरी मौद्रिक नीतिमार्फत मुद्राको प्रवाह वृद्धि गरी ब्याजदरलाई कम गर्ने प्रयास गरिएको छ । अघिल्लो वर्षमा १३.२ प्रतिशतले बढेको सरकारी खर्चमा २०१९/२० को दोस्रो त्रैमासिक सम्ममा १९.१ प्रतिशतले वृद्धि भएको छ । सरकारले प्रत्यक्ष करअन्तर्गत कर्पोरेट करलाई ३० प्रतिशतबाट २० प्रतिशतमा घटाएको छ ।भारतको केन्द्रीय बैङ्क, रिजर्भ बैङ्क अफ इन्डियाले ब्याजदरलाई कम गर्नका लागि रिपो रेटलाई १.३५ प्रतिशतले घटाएका छन् । यसरी करको दरलाई कम गर्दा सरकारी आयमा गिरावट आउने र रिपो रेटलाई घटाउँदा भारतीय मुद्राको मूल्यमा कमी आउने चुनौती मोदी सरकारलाई रहेको छ ।

    भारतीय अर्थतन्त्रको असरमा नेपाल अछुतो हुन सक्दैन । नेपाल र भारतको मुद्राको विनिमय दर स्थिर छ । भारतको मुद्रा कमजोर हुँदा नेपालमा आयातीत वस्तुहरू महँगो हुन्छ, जसले गर्दा वैदेशिक मुद्राको सञ्चिति घट्ने सम्भावना हुन्छ । कृषिजन्य वस्तुहरू, अटो क्षेत्र, पेट्रोलियम पदार्थ, सिमेन्ट, स्टिल, आदिका वस्तुहरूमा यसको असर पर्दछ । बेरोजगारीको समस्याले गर्दा भारतमा बसेर काम गर्ने नेपालीको आम्दानीमा गिरावट आउँछ र विप्रेषणमा पनि कमी आउँछ । यसले नेपालको भुक्तान सन्तुलनमा असर पार्दछ । भारतका उपभोक्ताहरूको मागमा कमी आउँदा नेपालबाट निर्यात हुने वस्तुहरूमा कमी आउने सम्भावना रहन्छ । जसले गर्दा निर्यातमुखी उद्योगलाई समस्या पर्दछ । गोरखापत्र

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.