Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्वका मजदुरहरू एक होऔं!

हवार्ड जीन हवार्ड जीन
बैशाख १९, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “सन् १८५८ सालमा पनि यस्तै खोकी डाक्टरहरूले केही हप्तामा नै हराउनेछ भनेका थिए। छाड्दिउँ त्यस्तो मामुली खोकीबारे। म तपाईंहरूलाई पेइपरको बारेमा बताउँदै थिएँ। युरोप महादेश भरीका शरणार्थीहरू हाम्रो डेरामा आउजाउ गरिरहन्थे। पेइपर उनै मध्ये एक थियो। उ मेरो वरिपरी अरिङ्गाल जसरी भुन्भुनाई रहन्थ्यो। उ अरुलाई फुर्क्याउनमा उस्ताद चाटुकार थियो। उ म देखि छ इन्चको दुरीमा बस्थ्यो ताकी म उसलाई छलेर भाग्न नसकुँ र मेरा लेखहरूबाट उद्धरण लिएर मलाई नै सुनाउँथ्यो। म भन्थेँ “ए पेइपर मलाई मेरै उद्धरणहरू नसुनाउ न।”

    “उ यस्तो ढिट थियो कि म खुसी हुन्छु भनेर दास क्यापिटललाई अंग्रेजीमा अनुवाद गर्छु भन्थ्यो। तर, उ अंग्रेजी भाषालाई सर्वनाश नगरी एक वाक्य पनि बोल्न सक्दैनथ्यो। बा बा, अंग्रेजी त शेक्सपियरको भाषा हो नि! यदि शेक्सपियरले उसले बोलेको एक वाक्य अंग्रेजी सुन्थे भने विष पिएर आत्महत्या गर्थे होलान्।”

    “तर जेनीलाई उसमाथि दया लाग्थ्यो। उनी उसलाई हाम्रो पारिवारिक रात्रीभोजमा निम्त्याउँथिन्। एक दिन बेलुकी पेइपर आयो र “लण्डन मार्क्सवादी समाज” गठन गरिएको कुरा सगर्व सुनायो। “मार्क्सवादी समाज? त्यो के हो ? मैले सोधेँ।
    “हामी प्रत्येक हप्ता भेला हुन्छौँ र तपाईंका लेखहरूमाथि छलफल गर्छौँ। हामी सस्वर वाचन गर्छौं र प्रत्येक वाक्यको विश्लेषण गर्छौँ। त्यसैले, हामी आफूलाई मार्क्सवादी भन्दछौँ — हामी तपाईंले लेखेका प्रत्येक कुरा पूर्णरूपले र हृदय देखि नै विश्वास गर्छौँ।”
    “पूर्णरूपले र हृदय देखि नै?” मैले सोधेँ।
    “हो र हामी त्यसमा गर्व गर्छौँ, हर (श्रीमान) डक्टर मार्क्स— उसले सधैँ मलाई “हर डक्टर मार्क्स” भनेर सम्बोधन गर्थ्यो— तपाईले मार्क्सवादी समाजमा आएर सम्बोधन गर्नुपर्ने छ।
    “म त्यसो गर्न सक्दिन”
    “किन?” उसले सोध्यो।
    “किनभने म मार्क्सवादी होइन।”
    मैले उसको खराब अंग्रेजीलाई उति महत्व दिन्नथे। मेरो अंग्रेजी पनि त्यति स्तरीय छैन। मलाई मन नपरेको उसको सोचाई हो। उसले लाजमर्दो बनाउँथ्यो, मेरा शब्द वरिपरी घुम्ने एउटा स्याटलाइट थियो ऊ, उसले तिनै शब्दको प्रयोग गर्थ्यो तर तोडमरोड गरेर। त्यसपछि ती बङग्याइएका कुराहरूको एउटा धर्मान्धले जसरी रक्षा गर्दथ्यो र ती कुरालाई भिन्न ढङ्गले विवेचना गर्नेहरूको भर्त्सना गर्दथ्यो।

    मैले एक पटक जेनीलाई सोधेको थिएँ, “तिमीलाई थाहा छ मलाई के कुराको सबैभन्दा बढी डर लाग्छ?”
    र उनले भनिन्, “मजदुरहरूको क्रान्ति कहिल्यै साकार हुने छैन भनेर।”

    उनले कुरा सक्न नपाउँदै मैले भने-“हैन क्रान्ति त अवश्य नै हुनेछ, पेइपर जस्ता मान्छेले त्यसको अपहरण गर्नेछन् —जसले सत्तामा नहुँदा चापलुसी गर्नेछन् र सत्तामा हुदाँ टपर्टुइयाँ बनेर गुण्डागर्दीमा उत्रनेछन्। जडशुत्रवादीहरु र उनीहरूले सर्वहाराको पक्षमा बोल्नेछन् र मेरा विचारहरूको विवेचना गर्दै विश्वलाई सुनाउनेछन् । उनीहरूले म्याद गुज्रेका सूचना र सूचिबाट लामो बैचारिक मन्थनबाट प्राप्त भएझैँ एउटा नयाँ पुरोहित पन्थको निर्माण गर्नेछन् ।

    यो पनि पढ्नुहोस्

    कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता https://t.co/I5SzS8ipUqकार्ल-मार्क्सको-दूर्लभ-अ/ via @NepalReaders

    — Nepal Readers (@NepalReaders) May 1, 2020

    यी सबै काम कम्युनिज्मको नाममा गरिनेछन्, स्वतन्त्रताको कम्युनिज्मलाई सय वर्षपछि धकेल्दै, र विश्वलाई पूँजीवादी साम्राज्य र कम्युनिस्ट साम्राज्यमा विभाजन गर्दै। उनीहरूले हाम्रो सुन्दर सपनालाई फोहोर तुल्याउनेछन् र त्यो फोहोर सफा गर्न अर्को एउटा क्रान्ति, हुनसक्छ दुई-तीनवटा क्रान्ति गर्नुपर्ने हुन्छ । मलाई यस कुराको डर लाग्छ ।”

    जेनीलाई बिफरले भेट्टायो। उनी निको भइन् तर उनको अनुहारमा बिफरका दाग बसे। मैले त्यसपछि पनि उनी सुन्दर छिन् भनी सम्झाउन प्रयत्न गरें तर त्यसले खासै मद्दत पुर्‍याएन।

    हुन त तपार्इंहरू जेनीबारे त्यति जानकार हुनुहुन्न होला। उनले मेरो लागि जे जति गरिन् त्यसलाई तौलन सकिन्न। मैले अन्य पुरुष सरह काम पाउने छैन भन्ने तथ्यलाई उनले स्वीकार गरेकी थिइन्। हो, मैले एकपल्ट कोशिस गरेको थिएँ। एकपल्ट मैले क्लर्क पदका लागि रेलवेमा निवेदन दिएँ-उनीहरूले यस प्रकारको जवाफ पठाए: “डक्टर मार्क्स तपाईंको निवेदनले हामीलाई गौरवान्वीत तुल्याएको छ। आजका मितिसम्म हाम्रो मातहत कुनै डाक्टर अफ फिलोसफीले क्लर्कको रूपमा काम गरेको छैन। तर यो पदका लागि बुझिने अक्षर लेख्‍ने मानिस चाहिन्छ अतः खेदका साथ हामी तपाईंको निवेदन अस्वीकार गर्छौं। 

    जेनी मेरो सोचप्रति विश्वास गर्थिन् तर उनी उनले पूँजी पुस्तकको क्लिष्टताबारे अधैर्य थिईन्। ”धर्ती टेक्नुस् डाक्टर साब,” उनी भन्थिन्।

    उनी मैले भन्ने गरेको अतिरिक्त मूल्यको सिद्धान्तलाई सामान्य मजदुरहरूले बुझ्नसक्ने गरी व्याख्या गरोस् भन्ने चाहन्थिन्। “तर मूल्यको श्रम सिद्धान्त भनेको के हो र श्रम शक्ति कसरी विशेष वस्तु हो भन्ने नबुझी यस सिध्दान्तलाई बुझ्न सकिदैन। श्रम शक्ति किन विशेष वस्तु हो भने जसको मूल्य जीवीकाका साधनको मूल्यले निर्धारण गर्छ र यसका साथै अन्य कुनै बस्तुहरूलाई मूल्य दिन्छ, यस्तो मूल्य जो सधैं श्रम शक्तिको मूल्य भन्दा बढी हुन्छ।

    उनी आफ्नो टाउको हल्लाउँथिन् र भन्थिन्, “यसरी हुँदैन। तिमीले जम्माजम्मी यसो भन्नु पर्छ: तपाईंको मालिकले तपाईंलाई अति न्यून मात्रामा ज्याला दिन्छ्, केवल बाच्न र काम गर्न पुग्ने मात्र; तर तपाईंको श्रमबाट उसले तपाईलाई दिने तलब भन्दा कैयौं गुणा बढी कमाउँछ। त्यसकारण ऊ अझ धनी बन्दै जान्छ र तपाई गरीबको गरीबै रहनुहुन्छ।”

    ल ठिकै छ, मानौं विश्व इतिहासमा केवल, सय जना मानिसले मात्र मेरो अतिरिक्त मूल्यको सिद्धान्त बुझे रे। (अलि जोसिन्छन्) तर पनि यो सिद्धान्त साँचो नै हो। अस्तिको हप्ता मात्रै म अमेरिकाको श्रम विभागको प्रतिवेदन पढ्दै थिएं। त्यहीं तपाईं देख्‍न सक्नुहुन्छ। तपाईंहरूका श्रमिकहरूले बढी भन्दा बढी बस्तु उत्पादन गरिरहेका छन् र कम भन्दा कम ज्याला पाइरहेका छन्। परिणाम के हुन्छ ? मैले पूर्वानुमान गरे जस्तै नै हुन्छ। अहिले अमेरिकी जनसङ्ख्याको सबैभन्दा धनी एक प्रतिशत व्यक्तिको हातमा राज्यको कुल सम्पत्तिको चालिस प्रतिशत सम्पत्ति थुप्रिएको छ। र यो विश्व पूँजिवादको टड्कारो नमुना हो, अमेरिकाले आफ्नै नागरिकहरूलाई मात्र लुटेको छैन, बाँकी विश्वको सम्पत्ति पनि चुसेर खाएको छ …।
    जेनी सधैं जटिल प्राविधिक शव्दहरु र विचारहरूलाई सरल रुपमा बुझाउने तरिका खोजिरहन्थिन्। उनी मलाई बढी बुद्धिजिवी र त्यसबाट बचेखुचेको क्रान्तिकारी हौ भन्ने आरोप लगाउँथिन्। उनी भन्थिन्, “तिम्रा बौद्धिक पाठकहरूलाई बिर्स। श्रमिकहरूलाई सम्बोधन गर।”

    उनी मलाई घमण्डी र असहिष्णु भएको आरोप लगाउँथिन्। “किन तिमी बुर्जुवाहरूलाई भन्दा क्रान्तिकारीहरूलाई बढी आक्रमण गर्छौ”, उनी सोध्थिन्।

    यो पनि पढ्नुहोस्

    उदाहरणका लागि प्रुधों। यी महानुभाव हामीले ठूला उद्योगहरू विकास गरेकामा पूँजीवादको प्रशंसा गर्नुपर्छ र पछि ती उद्योगमाथि अधिकार जमाउनु पर्छ भन्ने बुझ्दैनथे। प्रुधों हामी अझ सरल समाजतर्फ फर्किनु पर्छ भनी सोच्थे। उनले “गरिबीको दर्शन” भन्ने किताब लेखे मैले त्यसको जवाफ “दर्शनको गरिबी” लेखेर दिएं । त्यही किताब नै ऐतिहासिक भौतिकवादी सिद्धान्तका लागि प्रारुप बन्यो । तर जेनीले ठाडो खण्डनले प्रुधोंको अपमान गरेको ठानिन्। मेरो विचारमा जेनी म भन्दा धेरै असल मानव थिइन्, म त्यस्तो हुन सकिन।

    उनी मलाई बसेको ठाउँबाट उठेर लण्डनका मजदुरहरूका मुद्दामा संलग्न हुन प्रेरित गरिरहन्थिन्। मलाई अन्तरराष्ट्रिय मजदुर संघको पहिलो बैठकलाई सम्बोधन गर्न निम्त्याईदा उनी पनि मसँगै गइन्। यो सन् १८६४को अन्त्य तिरको कुरा थियो। सेन्ट मार्टिन हल दुई हजार मानिसले खचाखच भरिएको थियो।

    “सबै देशका मजदुरहरू हामी त्यस्ता विदेश नीतिहरूका विरुद्ध एकजुट हुनुपर्छ, जो अपराधी छन्, राष्ट्रिय स्वार्थमाथि घात गर्छन्, जसले युद्धको समयमा जनताको रगत र धन व्यर्थ बहाउँछन्। अन्तरराष्ट्रिय मामिलामा सरल कानुन, नैतिकता र न्यायका लागि पैरवी गर्न हामीले मुलुकको सीमा भन्दा बाहिर एकता गर्नुपर्छ । विश्वका मजदुरहरू एक होऔं!”

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हवार्ड जीन

      हवार्ड जीन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.