Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

विश्वका मजदुरहरू एक होऔं!

by हवार्ड जीन
May 1, 2020
- यो हप्ता, सामयिक
विश्वका मजदुरहरू एक होऔं!
Share on FacebookShare on TwitterEmail

“सन् १८५८ सालमा पनि यस्तै खोकी डाक्टरहरूले केही हप्तामा नै हराउनेछ भनेका थिए। छाड्दिउँ त्यस्तो मामुली खोकीबारे। म तपाईंहरूलाई पेइपरको बारेमा बताउँदै थिएँ। युरोप महादेश भरीका शरणार्थीहरू हाम्रो डेरामा आउजाउ गरिरहन्थे। पेइपर उनै मध्ये एक थियो। उ मेरो वरिपरी अरिङ्गाल जसरी भुन्भुनाई रहन्थ्यो। उ अरुलाई फुर्क्याउनमा उस्ताद चाटुकार थियो। उ म देखि छ इन्चको दुरीमा बस्थ्यो ताकी म उसलाई छलेर भाग्न नसकुँ र मेरा लेखहरूबाट उद्धरण लिएर मलाई नै सुनाउँथ्यो। म भन्थेँ “ए पेइपर मलाई मेरै उद्धरणहरू नसुनाउ न।”

“उ यस्तो ढिट थियो कि म खुसी हुन्छु भनेर दास क्यापिटललाई अंग्रेजीमा अनुवाद गर्छु भन्थ्यो। तर, उ अंग्रेजी भाषालाई सर्वनाश नगरी एक वाक्य पनि बोल्न सक्दैनथ्यो। बा बा, अंग्रेजी त शेक्सपियरको भाषा हो नि! यदि शेक्सपियरले उसले बोलेको एक वाक्य अंग्रेजी सुन्थे भने विष पिएर आत्महत्या गर्थे होलान्।”

“तर जेनीलाई उसमाथि दया लाग्थ्यो। उनी उसलाई हाम्रो पारिवारिक रात्रीभोजमा निम्त्याउँथिन्। एक दिन बेलुकी पेइपर आयो र “लण्डन मार्क्सवादी समाज” गठन गरिएको कुरा सगर्व सुनायो। “मार्क्सवादी समाज? त्यो के हो ? मैले सोधेँ।
“हामी प्रत्येक हप्ता भेला हुन्छौँ र तपाईंका लेखहरूमाथि छलफल गर्छौँ। हामी सस्वर वाचन गर्छौं र प्रत्येक वाक्यको विश्लेषण गर्छौँ। त्यसैले, हामी आफूलाई मार्क्सवादी भन्दछौँ — हामी तपाईंले लेखेका प्रत्येक कुरा पूर्णरूपले र हृदय देखि नै विश्वास गर्छौँ।”
“पूर्णरूपले र हृदय देखि नै?” मैले सोधेँ।
“हो र हामी त्यसमा गर्व गर्छौँ, हर (श्रीमान) डक्टर मार्क्स— उसले सधैँ मलाई “हर डक्टर मार्क्स” भनेर सम्बोधन गर्थ्यो— तपाईले मार्क्सवादी समाजमा आएर सम्बोधन गर्नुपर्ने छ।
“म त्यसो गर्न सक्दिन”
“किन?” उसले सोध्यो।
“किनभने म मार्क्सवादी होइन।”
मैले उसको खराब अंग्रेजीलाई उति महत्व दिन्नथे। मेरो अंग्रेजी पनि त्यति स्तरीय छैन। मलाई मन नपरेको उसको सोचाई हो। उसले लाजमर्दो बनाउँथ्यो, मेरा शब्द वरिपरी घुम्ने एउटा स्याटलाइट थियो ऊ, उसले तिनै शब्दको प्रयोग गर्थ्यो तर तोडमरोड गरेर। त्यसपछि ती बङग्याइएका कुराहरूको एउटा धर्मान्धले जसरी रक्षा गर्दथ्यो र ती कुरालाई भिन्न ढङ्गले विवेचना गर्नेहरूको भर्त्सना गर्दथ्यो।

मैले एक पटक जेनीलाई सोधेको थिएँ, “तिमीलाई थाहा छ मलाई के कुराको सबैभन्दा बढी डर लाग्छ?”
र उनले भनिन्, “मजदुरहरूको क्रान्ति कहिल्यै साकार हुने छैन भनेर।”

उनले कुरा सक्न नपाउँदै मैले भने-“हैन क्रान्ति त अवश्य नै हुनेछ, पेइपर जस्ता मान्छेले त्यसको अपहरण गर्नेछन् —जसले सत्तामा नहुँदा चापलुसी गर्नेछन् र सत्तामा हुदाँ टपर्टुइयाँ बनेर गुण्डागर्दीमा उत्रनेछन्। जडशुत्रवादीहरु र उनीहरूले सर्वहाराको पक्षमा बोल्नेछन् र मेरा विचारहरूको विवेचना गर्दै विश्वलाई सुनाउनेछन् । उनीहरूले म्याद गुज्रेका सूचना र सूचिबाट लामो बैचारिक मन्थनबाट प्राप्त भएझैँ एउटा नयाँ पुरोहित पन्थको निर्माण गर्नेछन् ।

यो पनि पढ्नुहोस्

कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता https://t.co/I5SzS8ipUqकार्ल-मार्क्सको-दूर्लभ-अ/ via @NepalReaders

— Nepal Readers (@NepalReaders) May 1, 2020

यी सबै काम कम्युनिज्मको नाममा गरिनेछन्, स्वतन्त्रताको कम्युनिज्मलाई सय वर्षपछि धकेल्दै, र विश्वलाई पूँजीवादी साम्राज्य र कम्युनिस्ट साम्राज्यमा विभाजन गर्दै। उनीहरूले हाम्रो सुन्दर सपनालाई फोहोर तुल्याउनेछन् र त्यो फोहोर सफा गर्न अर्को एउटा क्रान्ति, हुनसक्छ दुई-तीनवटा क्रान्ति गर्नुपर्ने हुन्छ । मलाई यस कुराको डर लाग्छ ।”

जेनीलाई बिफरले भेट्टायो। उनी निको भइन् तर उनको अनुहारमा बिफरका दाग बसे। मैले त्यसपछि पनि उनी सुन्दर छिन् भनी सम्झाउन प्रयत्न गरें तर त्यसले खासै मद्दत पुर्‍याएन।

हुन त तपार्इंहरू जेनीबारे त्यति जानकार हुनुहुन्न होला। उनले मेरो लागि जे जति गरिन् त्यसलाई तौलन सकिन्न। मैले अन्य पुरुष सरह काम पाउने छैन भन्ने तथ्यलाई उनले स्वीकार गरेकी थिइन्। हो, मैले एकपल्ट कोशिस गरेको थिएँ। एकपल्ट मैले क्लर्क पदका लागि रेलवेमा निवेदन दिएँ-उनीहरूले यस प्रकारको जवाफ पठाए: “डक्टर मार्क्स तपाईंको निवेदनले हामीलाई गौरवान्वीत तुल्याएको छ। आजका मितिसम्म हाम्रो मातहत कुनै डाक्टर अफ फिलोसफीले क्लर्कको रूपमा काम गरेको छैन। तर यो पदका लागि बुझिने अक्षर लेख्‍ने मानिस चाहिन्छ अतः खेदका साथ हामी तपाईंको निवेदन अस्वीकार गर्छौं। 

जेनी मेरो सोचप्रति विश्वास गर्थिन् तर उनी उनले पूँजी पुस्तकको क्लिष्टताबारे अधैर्य थिईन्। ”धर्ती टेक्नुस् डाक्टर साब,” उनी भन्थिन्।

उनी मैले भन्ने गरेको अतिरिक्त मूल्यको सिद्धान्तलाई सामान्य मजदुरहरूले बुझ्नसक्ने गरी व्याख्या गरोस् भन्ने चाहन्थिन्। “तर मूल्यको श्रम सिद्धान्त भनेको के हो र श्रम शक्ति कसरी विशेष वस्तु हो भन्ने नबुझी यस सिध्दान्तलाई बुझ्न सकिदैन। श्रम शक्ति किन विशेष वस्तु हो भने जसको मूल्य जीवीकाका साधनको मूल्यले निर्धारण गर्छ र यसका साथै अन्य कुनै बस्तुहरूलाई मूल्य दिन्छ, यस्तो मूल्य जो सधैं श्रम शक्तिको मूल्य भन्दा बढी हुन्छ।

उनी आफ्नो टाउको हल्लाउँथिन् र भन्थिन्, “यसरी हुँदैन। तिमीले जम्माजम्मी यसो भन्नु पर्छ: तपाईंको मालिकले तपाईंलाई अति न्यून मात्रामा ज्याला दिन्छ्, केवल बाच्न र काम गर्न पुग्ने मात्र; तर तपाईंको श्रमबाट उसले तपाईलाई दिने तलब भन्दा कैयौं गुणा बढी कमाउँछ। त्यसकारण ऊ अझ धनी बन्दै जान्छ र तपाई गरीबको गरीबै रहनुहुन्छ।”

ल ठिकै छ, मानौं विश्व इतिहासमा केवल, सय जना मानिसले मात्र मेरो अतिरिक्त मूल्यको सिद्धान्त बुझे रे। (अलि जोसिन्छन्) तर पनि यो सिद्धान्त साँचो नै हो। अस्तिको हप्ता मात्रै म अमेरिकाको श्रम विभागको प्रतिवेदन पढ्दै थिएं। त्यहीं तपाईं देख्‍न सक्नुहुन्छ। तपाईंहरूका श्रमिकहरूले बढी भन्दा बढी बस्तु उत्पादन गरिरहेका छन् र कम भन्दा कम ज्याला पाइरहेका छन्। परिणाम के हुन्छ ? मैले पूर्वानुमान गरे जस्तै नै हुन्छ। अहिले अमेरिकी जनसङ्ख्याको सबैभन्दा धनी एक प्रतिशत व्यक्तिको हातमा राज्यको कुल सम्पत्तिको चालिस प्रतिशत सम्पत्ति थुप्रिएको छ। र यो विश्व पूँजिवादको टड्कारो नमुना हो, अमेरिकाले आफ्नै नागरिकहरूलाई मात्र लुटेको छैन, बाँकी विश्वको सम्पत्ति पनि चुसेर खाएको छ …।
जेनी सधैं जटिल प्राविधिक शव्दहरु र विचारहरूलाई सरल रुपमा बुझाउने तरिका खोजिरहन्थिन्। उनी मलाई बढी बुद्धिजिवी र त्यसबाट बचेखुचेको क्रान्तिकारी हौ भन्ने आरोप लगाउँथिन्। उनी भन्थिन्, “तिम्रा बौद्धिक पाठकहरूलाई बिर्स। श्रमिकहरूलाई सम्बोधन गर।”

उनी मलाई घमण्डी र असहिष्णु भएको आरोप लगाउँथिन्। “किन तिमी बुर्जुवाहरूलाई भन्दा क्रान्तिकारीहरूलाई बढी आक्रमण गर्छौ”, उनी सोध्थिन्।

यो पनि पढ्नुहोस्

उदाहरणका लागि प्रुधों। यी महानुभाव हामीले ठूला उद्योगहरू विकास गरेकामा पूँजीवादको प्रशंसा गर्नुपर्छ र पछि ती उद्योगमाथि अधिकार जमाउनु पर्छ भन्ने बुझ्दैनथे। प्रुधों हामी अझ सरल समाजतर्फ फर्किनु पर्छ भनी सोच्थे। उनले “गरिबीको दर्शन” भन्ने किताब लेखे मैले त्यसको जवाफ “दर्शनको गरिबी” लेखेर दिएं । त्यही किताब नै ऐतिहासिक भौतिकवादी सिद्धान्तका लागि प्रारुप बन्यो । तर जेनीले ठाडो खण्डनले प्रुधोंको अपमान गरेको ठानिन्। मेरो विचारमा जेनी म भन्दा धेरै असल मानव थिइन्, म त्यस्तो हुन सकिन।

उनी मलाई बसेको ठाउँबाट उठेर लण्डनका मजदुरहरूका मुद्दामा संलग्न हुन प्रेरित गरिरहन्थिन्। मलाई अन्तरराष्ट्रिय मजदुर संघको पहिलो बैठकलाई सम्बोधन गर्न निम्त्याईदा उनी पनि मसँगै गइन्। यो सन् १८६४को अन्त्य तिरको कुरा थियो। सेन्ट मार्टिन हल दुई हजार मानिसले खचाखच भरिएको थियो।

“सबै देशका मजदुरहरू हामी त्यस्ता विदेश नीतिहरूका विरुद्ध एकजुट हुनुपर्छ, जो अपराधी छन्, राष्ट्रिय स्वार्थमाथि घात गर्छन्, जसले युद्धको समयमा जनताको रगत र धन व्यर्थ बहाउँछन्। अन्तरराष्ट्रिय मामिलामा सरल कानुन, नैतिकता र न्यायका लागि पैरवी गर्न हामीले मुलुकको सीमा भन्दा बाहिर एकता गर्नुपर्छ । विश्वका मजदुरहरू एक होऔं!”

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
हवार्ड जीन

हवार्ड जीन

Discussion about this post

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

4 years ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.