Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पश्चिम र ‘बाँकी’ दुनियाँबीचको रहस्य खुल्यो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख २३, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
Nurses protest against the lack of personal protection equipment amid the covid-19 pandemic in front of the White House in Washington, DC, on April 21, 2020. (Photo by NICHOLAS KAMM / AFP)

Nurses protest against the lack of personal protection equipment amid the covid-19 pandemic in front of the White House in Washington, DC, on April 21, 2020. (Photo by NICHOLAS KAMM / AFP)

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यस महामारीले विकसित विश्व र विकासशील विश्वसम्बन्धी राजनीतिक आकलनहरु भ्रामक हुन् भनी सावित गरिदिएको छ।

    • फैजल अल याफल

    कोभिड–१९  महामारीको बेला धेरै राजनीतिक नेताहरूले “यसबेला हामी सबै सँगसँगै छौं” भन्ने नारा भट्याइरहेपनि, जति दिन बित्दैछ, त्यति नै यो नारा खोक्रो भएको प्रष्ट हुँदैछ।

    जसरी राष्ट्रव्यापी तालाबन्दीले हरेक समाजका सबभन्दा धनी र गरिब बीचको भिन्नताको खाडल र मध्यम वर्गका बीचमा पनि रहेको अन्तरलाई नाङ्गो पारेको छ, त्यस्तै यसले विभिन्न मुलुकहरूबीचको अन्तर पनि उजागर गरिसकेको छ। केही देशले यस संकटलाई जितेको घोषणा गरिसकेका छन्।  केही यस लकडाउनबाट सतर्कताका साथ मुक्त हुने नापजोख गर्दैछन् र अरु कैयनले यस आँधीबेहरी कति झेल्नुपर्ने हो थाहा छैन।

    पहिले भन्दा अझ बढी, यस महामारीले विकसित विश्व र विकासशील विश्व सम्बन्धी राजनीतिक आकलनहरु भ्रामक रहेछन् भनी सावित गरिदिएको छ। यसबीच केही सहायताबाहेक अरु केहि उदाहरण नै छैन।

    जब युरोपमा महामारी पुग्यो त्यसबेला त्यहाँका केही मुलुकहरुमा अप्रत्याशित क्षेत्रहरूबाट सहायता पुर्‍याइए। टर्कीले स्पेन र इटालीमा मेडिकल सहायता पठायो, ती दुवै टर्की भन्दा ठूला जीडीपी भएका धनी देशहरू थिए। रुसले नाटो गठबन्धनको एक सैन्य कमाण्डर इटालीलाई धुमधाम प्रचारका साथ एउटा जहाजभरी सहायता पठायो– टोड वाल्टर्सले, “कनसर्न” मिडियामा व्यक्त गरेका छन्।

    यस हप्ता मात्र, संयुक्त अरब एमिरेट्सले २७ देशलाई कम्तिमा ४५० मेट्रिक टन भन्दा बढी सहायता पठाएको थियो। हिसाव नै गर्ने हो भने यसले गरेको सहायता भन्दा बढी अरू देशले गरेका छैनन्।

    यी गन्तव्यहरू पनि उत्तिकै चाखलाग्दा छन्: संयुक्त अरब एमिरेट चीनमा महामारी प्रकोप हुनासाथ चिनलाई चिकित्सा उपकरणहरू दान गर्ने पहिलो मुलुक हो। त्यसपछि युएईले नै ब्रिटेनलाई लन्डनमा कोरोनासम्बन्धी आकस्मिक विशाल अस्पताल निर्माण गर्न सहयोग पुर्‍यायो। युएईले इटाली र अन्य युरोपियन देशहरूमा पनि सहयोग पठायो।

    चीन – एउटा धनी तर असमान रूपमा विकसित देश हो – यसले इटाली, स्पेन, फ्रान्स र युरोपको अन्यत्र उपकरण र चिकित्सा विशेषज्ञ पठाइरहेको छ।

    २० औं शताब्दीको परिप्रेक्ष्यले हेर्दा, यी सबै कुराहरु उदेकलाग्दा छन्। हालसम्म तुलनात्मक रूपमा तेस्रो विश्वको हिस्सा मानिने ती देशहरू (वा रूस र चीनलाई विरलै “दोस्रो विश्व” भनिने गरिएकोछ), बाट  पहिलो विश्वलाई सहयोग पठाइएको छ, यस्तो कसरी भएको हो?

    यो प्रश्न नै समस्याको पाटो हो। २० औं शताब्दीको स्थापित राजनीतिक संरचना यथार्थमा अब उपयुक्त भएको देखिएन। यति मात्र भन्न सकिन्छ कि अब उप्रान्त विकसित र विकासशील देशहरूबीचको पुरानो ढाँचा लागू हुँदैन। अब पश्चिम र “बाँकी दुनियाँ” बीचको रेखा धुमील भएको छ।

    यसतो संकेत गत महिनाको २० औं जी २० समूहको भर्चुअल बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। नरेन्द्र मोदीले किन, सोधे, “जी २० देशहरूको हातमा विश्वको जीडीपीको ९० प्रतिशत छ, तर” ग्लोबल कोभिड -१९ मामला ९० % र मृत्यु ८८ % देखिन्छ?  “जी २० का जनसंख्या विश्वको दुई तिहाई मात्र हुँदा यस्तो असंतुलन यति धेरै बढी हुनु डरलाग्दो देखिन्छ।

    गैर-पश्चिमी देशहरूले सहायता प्रदान गर्ने घटना यस संकटमा मात्र सीमित रहेको छैन। विदेशी सहायताको सबैभन्दा ठूलो दाता अमेरिका हो। तर त्यसपछि दोस्रो दाता गल्फ कोपरेशन काउन्सीलको रूपमा साउदी अरेबिया, युएई, कुवेत र कतार थिए। यी युरोप बाहिरका देशहरू हुन्। अन्तर्राष्ट्रिय विकासको अनुगमन गर्ने आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को सहायता सहयोग समितिका अभिलेखले यही बताउँछ।

    स्पष्टतः परिवर्तन भएको छ। तर व्याख्यालाई पुष्टि गर्न किन किन कठिनाई भइरहेको छ।

    एउटा तरिका भनेको केहि कारकहरूलाई ध्यानमा राख्नु हो। जसले महामारीको क्रममा बिभिन्न देशहरूमा अपनाइएका उपायहरुले व्याख्या गर्न सक्दछन्। उदाहरणका लागि,  जनताहरुले सरकारी निगरानीलाई स्वीकार गरेकाले एसियाली मुलुकहरु सम्पर्क ट्रेसिङ तत्कालै सुरु गर्न र त्यसलाई विस्तार गर्न सक्षम भए।

    त्यसपछि पनि आश्चर्यलाग्दा स्पष्टीकरण आइरहेका नै छन्। विश्लेषकहरू अझै पनि पश्चिमी देशहरूले अरूले भन्दा राम्रो गर्छन् भन्ने धारणामा अमेरिकामा मर्नेहरूको संख्यालाई ध्यान दिएर विसंगतताको खोजी गर्दैछन्। त्यस्ता विश्लेषकहरु भनेका व्हाइट हाउसका मानिस हुन्।

    तर पश्चिमी दुनियाँभन्दा बाँकी दुनियाँको उदय हुनु कुनै अनौठो होइन, पछिल्लो आधा शताब्दीले देखाएको छ कि उदार लोकतन्त्र र पूँजीवादको “पश्चिमी मोडेल” अनुसरण गर्ने देश मात्र सफल भएका छैनन्। साना देशहरू सिंगापुर र युएई जस्ताले आफ्नै मोडेलहरू बनाएका छन् र यो यति राम्रोसँग गरेका छन् कि अरूले उनीहरूको अनुकरण गरिरहेका छन्। धेरै जनसंख्या भएका देशहरू, विशेषगरी टर्की, दक्षिण कोरिया र विशेषगरी चीनको पनि आफ्नै प्रणाली छ र तिनीहरुका मोडेलहरु विश्वका अरु मुलुकका लागि उपयोगी हुनसक्ने विश्वास गरिएकोछ।

    पुरानो राजनीतिक मान्यताहरू खस्किएको छ भन्ने धारणा पहिला नै आइसकेका थिए तर यसलाई स्पष्ट गर्न यो महामारीलाई केवल केही हप्ताहरुमात्र लाग्यो। धेरै गैर-पश्चिमी राजनीतिक संरचनाहरूले उनीहरूलाई प्रतिस्थापित गर्न खोजेजस्तो लागेपनि अन्ततः यी केही नसाङ्ग्रालिएका सफलताका कथाहरू हुन्। पश्चिमी दुनियाँ थकित र लज्जास्पद देखिएको छ र आन्तरिक विभाजनले ग्रस्त भएको छ। यस्तो बेला कुनै पनि देशहरूका नयाँ समूहबाट पश्चिमी मोडेललाई प्रवर्धन गर्ने कुनै विकल्प देखा परेको छैन।

    पश्चिमी दुनिया नै वास्तवमा थकित हुनुका साथै लोप हुँदै गइरहेको छ तापनि “बाँकी दुनियाँ” अझै यसलाई प्रतिस्थापन गर्न तयार भइसकेका छैनन्। महामारीले हामीलाई स्पष्ट रूपमा देखाएको यही हो। अब महामारीबाट पार पाइसकेपछि हालको विकासबारे हामीले अझ गहिराइका साथ पुनरावलोकन गर्नु पर्नेछ।

    मइ ३, २०२० को एशिया टाइम्स. कममा फैजल अल याफलको टिप्पणी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.