Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या

नेपाल रिडर्स नेपाल रिडर्स
जेष्ठ २८, २०७७
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराउनुभयो । दुई छोरी र एक छोराकी आमा उहाँले भन्नुभयो, “१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्यान लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।” स्वास्थ्य समस्याले अस्पताल आएकी उहाँले आफ्नो अवस्थाका बारेमा सुनाउनुभयो ।

    यति पीडा सहेकी उहाँको अर्को अझै अर्को असह्य पीडा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छकि उहाँका श्रीमान् सरकारी कर्मचारीसमेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उजुरी गर्न पुग्नुभएको छ । उहाँले रुँदै भन्नुभयो, “परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नुभएन । आज मेरो शरीरको यो अवस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ ।”

    उहाँ उपचारका लागि हप्तैपिच्छेजस्तो अस्पताल जानुपर्छ । औषधि पनि धेरै खाइसक्नुभयो । तर रगत बग्न रोकिएको छैन । सानै उमेरमा विवाह गर्नुभएकी उहाँलाई विवाहको २० वर्षपछि श्रीमान्ले छाडेको बताउनुहुन्छ । उमेर ढल्किँदै गर्दा शरीरमा रोग देखिन थालेपछि उहाँलाई बाँकी जीवनको बारेमा चिन्ता बढेको छ । हर्मनको गडबडीले शरीरमा देखिएका समस्या समाधान गर्न औषधि खाउन्जेल सन्चो हुने र औषधि खान छोडेपछि बल्झिने गरेको उहाँको भनाइ छ । श्रीमान् सरकारी कर्मचारी भए पनि आफ्नो शारीरिक समस्याका कारण आफूलाई छाडेर अर्की श्रीमती ल्याएको उहाँको दुखेसो उहाँको छ ।

    हाम्रो समाजमा उहाँजस्ता धेरै महिला छन् जो गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पु¥याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताउनुभयो । चिकित्सक ठाकुरका अनुसार गर्भपतनपश्चात् अत्यधिक रक्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्नुहुन्छ, “पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल रगत दिएर उपचार गर्छौं । यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । “हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।”

    ठाकुरका अनुसार औषधिको प्रयोगले गर्भपतन गराउनु सुरक्षित मानिए पनि १० हप्ता नाघेपछि औषधि प्रयोग गर्नाले महिलाको स्वास्थ्यमा विभिन्न प्रकारका जटिलता निम्त्याउँछ । दश हप्ता नाघेको बच्चा औषधिले फाल्न समस्या हुने र केही टुक्रा गर्भाशयमा नै बस्नाले समस्या आउने उहाँ बताउनुहुन्छ । अस्पतालमा आउने धेरैजसोले परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको उहाँको भनाइ छ ।

    सरकारले नै सुरक्षित गर्भपतन गराउँदै आएको भए पनि समाजमा हुने मान्यता, चेतनाको कमी, बलात्कार तथा अन्य आपराधिक घटनाले गर्दा महिलालाई असुरक्षित गर्भपतन गराउन बाध्य बनाएको देखिन्छ । यसको अर्को उदाहरण हुनुहुन्छ हेटौँडा अस्पतालमा ६ महिनाको गर्भ फाल्न पुगेकी १७ वर्षीया एक किशोरी । नाम बताउन नचाहने उहाँले आफ्नो पेटमा बच्चा रहेको भर्खर थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “साथीलाई घर पु¥याएर फर्कंदा बाटोमा देखेर घर नजिकैको दाइले आफ्नो घर बोलाउनुभयो र मैले नाई नाईभन्दा पनि जान बाध्य भएँ र बलात्कारमा परेँ, रुँदै भन्नुभयो ।”

    उहाँले थप्नुभयो, “महिनावारी रोकिएको धेरै भएकाले ममी हस्पिटल आउँदासँगै ल्याउनुभयो । जचाउँदा त बच्चा रहेछ ।” उहाँ अहिले हेटौँडा अस्पतालले सञ्चालन गरेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको निगरानीमा हुनुहुन्छ । उनी नाबालिक रहेको र जबर्जस्ती करणीबाट गर्भ रहेकाले गर्भपतन गराउन लागेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    यस्तै गरिबीका कारणले हेटौँडा–८ की अर्की १४ वर्षीया किशोरी पनि माइती नेपाल हेटौँडा कार्यालयको सहयोगमा आफ्नो गराउनुभएको छ । चौध वर्ष नपुग्दै १९ वर्षीय युवकसँग भागी विवाह गर्नुभयो । गर्भ बसेपछि श्रीमान्ले छाडेर भागेको उहाँले बताउनुभयो । सार्वजनिक यातायातका ती सहचालकले पुनः अर्की १७ वर्षकी किशारीसँग विवाह गरेपछि न्याय खोज्दै माइती नेपालको सम्पर्कमा आउनुभएकी उहाँलाई बल्ल आफ्नो बालविवाह भएको थाहा भयो । त्यसपछि उहाँका सामु पनि गर्भपतनबाहेकको अर्को उपाय थिएन ।

    मकवानपुरको सेवाप्रदायक संस्था सुनौलो भविष्यकी गर्भपतनसम्बन्धी परामर्शदाता कल्पना शर्माले भन्नुभयो, “आफूलाई शङ्का लागेर मेडिकलबाट औषधि खान्छन्, मेडिकलले पिसाब जाँच गर्छ पोजेटिभ देखेपछि औषधि दिन्छ तर कति समयको हो भन्ने जानकारी नै राख्दैन ।” सरकारले औषधिमार्फत १० हप्तासम्मको गर्भपतन सुरक्षित भएको बताए पनि १५ हप्ता नागिसकेको गर्भवतीले औषधि पसलबाट जथाभावी औषधि सेवन गर्नाले चुनौती थपिएको शर्माको भनाइ छ ।

    वाग्मती प्रदेशमा वार्षिक १८ हजारभन्दा बढी महिलाले गर्भपतन गराउने गरेका छन् । यसमध्ये आठ प्रतिशतको त मृत्यु नै हुने गरेको छ । गर्भपतन गराउने महिलामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतनबारे प्रचारप्रसारको अभावका कारण यो चुनौती अझै जटिल देखिएको छ । मकवानपुरमा अघिल्लो वर्ष ८८९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । यस वर्षमात्र दुई हजार ३२६ जनाले गर्भपतन गरिसकेका छन् ।

    महिलालाई प्रजनन स्वास्थ्यको अधिकार छ । त्यसैले सुरक्षित गर्भपतन सेवा पनि सरकारले प्रदान गर्दै आएको छ । सरकारले निजी स्वास्थ्य संस्थामा १२ हप्ता र सरकारी अस्पतालमा २८ हप्तासम्मको सुरक्षित गर्भपतन गराउँदै आएको छ । बाह्र हप्तासम्मको गर्भ स्वेच्छाले फाल्न पाउने अधिकार महिलालाई छ । हाडनाता करणी, जबर्जस्ती करणी, बच्चा विकलाङ्ग हुनसक्ने अवस्था, बच्चाको कारणले आमाको स्वाथ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थामा हेटौँडा अस्पतालमा २८ हप्तासम्मको गर्भपतन सेवा उपलब्ध छ । यद्यपि, १८ वर्षभन्दा मुनिका किशोरीको हकमा नातेदार लिएर आउनुपर्ने व्यवस्था छ ।

    मुलुकी ऐनको ११औँ संशोधनपछि नेपालमा गर्भपतनले कानूनी मान्यता प्राप्त गरेको हो । गर्भपतन सेवा सञ्चालन गर्न २०६० मा सुरक्षित गर्भपतन सेवा प्रक्रिया थालनी भएको थियो । मकवानपुरमा सूचीकृत सरकारी स्वास्थ्य संस्था १५ वटा र सूचीकृत निजी तीनवटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेका छन् ।

    नेपाल सरकारले २०५९ सालमा गर्भपतनलाई कानूनी मान्यता प्रदान गरेको थियो । त्यसयता गर्भपतनलाई महिला अधिकारसँग जोडेर वकालत गर्ने गरिए पनि यो महिलाको प्रजनन समस्याका रुपमा झनझन जटिल बन्दै गएको जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले बताउनुभयो । उपप्रमुख पुडासैनीले सुरक्षित गर्भपतनबारे महिला र पुरुषलाई सँगै राखेर अभिमुखीकरण गरिनुपर्ने बताउनुभयो । सुरक्षित गर्भपतनबारे आमधारणामा परिवर्तन आएमात्र सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न महिला सहजै स्वास्थ्य संस्थामा आउने पुडासैनीको धारणा छ ।

    वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा यस प्रदेशका सात हजार १६९ जनाले औजार प्रयोग गरेर गर्भपतन गराएको कार्यालयका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा यस प्रदेशका ११ हजार ३३६ जनाले औषधिको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालू आवमा ६ हजार ६८२ जनाले औषधिको प्रयोग गरेर र पाँच हजार ४५९ जनाले औजारको प्रयोगले गर्भपतन गराएको अधिकृत भण्डारीले जनाउनुभयो ।

    भण्डारीका अनुसार गत आवमा २० वर्षमुनिका पाँच हजार ९६८ जनाले औषधिको प्रयोग र एक हजार १५० जनाले औजारको प्रयोगले गर्भपतन गराएका छन् । त्यसैगरी चालू आवमा ७१४ जनाले औषधि र ९२२ जनाले औजारबाट गर्भपतन गराएका छन् र ती सेवाग्राही २० वर्षमुनिका रहेको तथ्याङ्कमा उल्लेख छ । गर्भपतनका लागि आएकालाई सरकारी सेवा केन्द्र्रले परिवार नियोजनको प्रयोगबारे सचेतना गराएपछि गत वर्ष दुई हजार ८३४ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको अधिकृत भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी गर्भपतन गराएकामध्ये चालू आवमा एक हजार ६०८ जनाले परिवार नियोजनको साधन प्रयोग गरिरहेका छन् । मकवानपुरमा मात्र दुई हजार ३२६ जनाले गर्भपतन गराएको तथ्याङ्कमा उल्लेख छ ।

    गर्भपतन परिवार नियोजनको विकल्प होइन तर महिलाले सन्तानको रहर पुगेपछि थप सन्तानको बोझ कम गर्नका लागि स्वेच्छाले वा श्रीमान्को करमा गर्भपतन गर्ने गरेका छन् । जसका कारण वर्षेनी गर्भपतन गराउनेमध्ये आठ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ । गर्भपतनको जोखिम कम गर्न गर्भपतनकै लागि जथाभावी औषधिको उपलब्धता हुन नहुने र महिला पुरुष दुवैलाई परिवार नियोजनको साधनसम्बन्धी आवश्यक जानकारी गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।रासस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.