Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पार्टिगत राजनीतिले अमेरिकालाई असफल राज्यमा परिणत गर्दैछ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
साउन ३२, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकाले आफूलाई “प्रजातन्त्रको मसिहा” को रूपमा दावा गर्दछ। इराकमा आक्रमण गर्दै, अरबी बसन्तलाई उराल्दै र हङ्कङ्ग, तिब्बत र झिनजियांगका कानूनका छिद्रहरुलाई खोतल्दै वाशिंगटनले बारम्बार विश्वभरिका देशहरूमा “प्रजातन्त्रको रक्षा” गर्न खोज्ने गर्छ। तर विडम्बना के छ भने,  अमेरिकी प्रणालीले “सबैभन्दा विकसित प्रजातन्त्र” मुलुकलाई नै असफल राज्यमा परिणत गरिरहेको छ।

    पार्टी राजनीति भनेको संयुक्त राज्य अमेरिकामा लोकतन्त्रले कसरी काम गर्दछ भन्ने हो। हरेक मुलुकका पार्टीको संरचना देशको नीतिहरुमा निष्पक्ष तय गर्नका लागि विभिन्न राजनीतिक समूहहरुलाई अवसर दिन गरिएको हुन्छ। तर व्यवहारमा, व्यवस्थापिकाको सिट हाता पार्न गरिने लडाईले राजनीतिलाई एक कटुतापूर्ण युद्धको हतियार जस्तै बनाइरहेको हुन्छ। दशकौं अभ्यासले डेमोक्राट र रिपब्लिकन दुबैलाई कुशल खेलाडी बनाएको छ – उनीहरु के मा विश्वस्त छन् भने जनमत विभाजन गर्नु नै खेलको नम्बर १ नियम हो। कंग्रेसमा हुने बहस जनहितको लागि होईन, प्रतिद्वन्द्वीलाई पराजित गर्नका लागि हो।

    प्रशासनिक अक्षमता

    राजनीतिक ध्रुवीकरण अपरिहार्य परिणाम हो। यस्तै परिणामबाट वाशिंगटनले तत्काल समाधानहरू गर्नुपर्ने कोभिड–१९ जस्ता समस्याहरुको अनुक्रियालाई ढिलाई हुने गर्दछ। विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई जनवरी ३० मा नै सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेको थियो, तर व्हाइट हाउसले ४३ दिन पछि मात्र राष्ट्रिय आपतकालको घोषणा गर्‍यो।

    विश्वका बाँकी विश्वले भाइरससँग लड्न राज्यको शक्ति प्रयोग गरिरहेको छ, विश्वको “सबैभन्दा विकसित प्रजातन्त्र” का रिपब्लिकन राष्ट्रपतिले भाइरसलाई डेमोक्राट्सहरुको “नयाँ हौआ” हो भन्दै जनमत विभाजन गर्ने खेल खेलेर झण्डै दुई महिना खेरा फाले। अमेरिका आधुनिक चिकित्सा उपकरण हुने मध्ये नम्बर १ अगुवा हो, तर यो कोभिड–१९ का पुष्टि भएका घटना र मृत्युलाई रोक्न नसकी संक्रमित र मृत्यु हुनेमा १ नम्बरको भयो। यस्तो असक्षमताका कारण “प्रजातान्त्रिक” सरकारबाट अमेरिकी नागरिकहरूले राखेको आशालाई कुठाराघात गरेको छ।

    कानून बनाउनमा अपांग कार्यक्षमता

    पार्टिगत राजनीतिले अक्सर विधायिकाको कामलाई (कानून निर्माणको) अपाङ्ग बनाउने कामसँग समतुल्य बनाउछ। जातिवाद जति बढि सक्रिय हुन्छ, देशले विल पास गर्ने र कार्यान्वयन गर्ने सम्भावना त्यति नै न्यून हुन्छ। यसको उपयुक्त उदाहरणका रुपमा एफोर्डेबल केयर एक्ट (ए सि ए) को घटनालाई लिनसकिन्छ। सन् २०१० मा डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाले उनको कोशेढुङ्गा ठानिएको स्वास्थसेवालाई व्यापक परिवर्तन गर्न २२ पटक हस्ताक्षर गर्नु पर्‍यो। यो एतिहासिक हस्ताक्षरको प्रसस्ति गाइरहँदा डेमोक्र्याटहरुले आउँदा दिनका कानुनी झमेलाहरुको अनुमान गरेका थिएनन् होला ।

    वितेका १० बर्षमा ए सि ए कानूनबारे पार्टीगत झगडा अन्त हुने सम्भावना देखिदैन। वाशिंगटन पोष्टका अनुसार रिपब्लिकनले यस ऐनलाई रद्द गर्न वा काम रद्दी बनाउन कम्तिमा ७० पटक प्रयास गरेको छ। यस्तो काममा डोनाल्ड ट्रम्प नै अगुवा भएका छन्। कानूनको कार्यान्वयन भएको १० औं वार्षिकोत्सवमा, रिपब्लिकन राष्ट्रपतिले यस ऐनलाई व्यक्तिगत आदेश “असंवैधानिक” हो भन्ने तर्क गर्दै सर्वोच्च अदालतलाई ऐन उल्ट्याउन भन्दै, आफ्नो पूर्ववर्ती सरकारको विरासत बिरूद्ध विधायकीबाट हमला गर्ने नयाँ दौर सुरु गरे। यसो गर्नुको कारण यो कानून बेकार होओस्।

    यो चाल, यदि सफल भयो भने, ए सि ए को स्थायी अन्त्य हुनेछ। अति नै ध्रुविकृत डेमोक्र्याट– रिपब्लिकनबीच हुने यस्ता किचकिच अमेरिकामा सामान्य हो तर यस्ता कुराबाट नागरिकहरूले मूल्य चुकाई रहनुपर्ने हुन्छ। स्वास्थ्य बीमा कवरेज विस्तार गर्न डिजाइन गरिएको, ओबामाकेयरले बिमा नगर्ने अमेरिकी वयस्कहरूलाई ऐतिहासिकरुपमा वीमित गरायो। “कानून आएपछि पहिले हाल करिब थप २ करोड नागरिकहरुमा कभरेज पुगेकोछ” न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ।

    ओबामा केयरलाई पङ्गु बनाउन खोज्दा रिपब्लिकनले यसको विकल्पमा केही ल्याएको छैन।  यसको परिणाम के हुन्छ कि यदि ए सि एलाई कोभिड–१९ महामारीको बिचमा समाप्त पारियो भने न्यु योर्क टाइम्सका अनुसार २ करोड ३० लाख अमेरिकीहरूले स्वास्थ्य कवरेज “पूरै” गुमाउनेछन् र १३ करोड “जीवनरक्षाका अत्यावश्यक सुविधाहरु” बञ्चित हुनेछन्। ” यो कुनै गोप्य कुरा छैन कि महामारीबाट तुलना गर्नै नसकिने गरी अस्वेत समुदायहरू प्रभावित हुनेछन्। पार्टीगत राजनीतिले प्रजातान्त्रिक सरकार प्रभावकारी हुन्छ भनेर विश्वास गर्नेहरुको अवस्थालाई झन् खराब बनाउँछ।

    एउटा दुष्चक्र

    पार्टीगत राजनीतिले विश्वको “सबैभन्दा विकसित प्रजातन्त्रलाई” असफल राज्यमा प्रवेश गर्ने मार्ग प्रशस्त गरिसकेको छ। तर यति कुरा नै सबैभन्दा खराब कुरा होइन। कुनै पनि पार्टीगत लडाईमा विजयी हुन राजनीतिज्ञहरूले ठूला व्यवसायिक घरानाको समर्थन लिन थाल्छन्। अन्तत, अमेरिकी राजनीतिमा धनाढ्य वा सम्भ्रान्तले सरकार चलाउनु पर्छ भन्ने प्लुट्रोक्रेटको मान्यताले खेलेको भूमिकालाई कसैले पनि इन्कार गर्ने गर्दैनन्। यस सन्दर्भमा, सांसदहरूले आफ्ना चन्दादाताहरुको इच्छालाई अपमान गर्न सक्दैनन् भनेर बुझ्न गाह्रो छैन। परिणामतः, अमेरिकी नागरिकहरूको आवाज सुन्न सुनिश्चित गरिएको राज्य संचालन प्रणाली नै धनीहरूको लागि अति नै सहयोगी भएको छ।

    बन्दुक नियन्त्रण गर्ने कार्यमा ट्रम्प प्रशासनको असफलतालाई नै उदाहरणमा लिनुहोस्। टेक्सास देखि शिकागोमा गोलीबारीबाट भएका रक्तपातपूर्ण सामूहिक हत्या हिंसाले संयुक्त राज्य अमेरिकामा पिरोलिरहेको छ। प्यू रिसर्च सेन्टरका अनुसार २०१६ मा अमेरिकामा बन्दुकबाट हुने मृत्यु प्रति लाख १०.६ थियो। यो क्यानाडामा २.१, अष्ट्रेलियामा १.० र जर्मनीमा ०.९ रहेको छ। अधिकांश अमेरिकीहरू बन्दुक राख्न नपाउने कानूनका पक्षधर छन्।

    यो कुरा ट्रम्पलाई थाहा छ। तर बन्दुकबाट भइरहेका हिंसामा कडा शव्दमा बोलेपनि, राष्ट्रपतिले बन्दुकको स्वामित्व अधिकारलाई कायम राख्ने दोश्रो संशोधनमा उल्लेखित बूँदाको महत्त्वमाथि बारम्बार जोड दिने गर्छन् र त्यसैले बन्दुक नियन्त्रण गर्ने कडा कानूनमा हस्ताक्षर गर्न अनिच्छुक छन्। तर ट्रम्पको यस्तो निर्णय पछाडि “बन्दूकको स्वामित्व अधिकार” नै वास्तविक कुरा हो त?

    यसलाई बुझ्न नेशनल राइफल एसोसिएसन (एनआरए) सँग ट्रम्पको सम्बन्धलाई हेर्नुपर्ने हुन्छ। संघीय चुनाव आयोगका अनुसार एनआरएले ट्रम्पको २०१६ चुनावी अभियानलाई समर्थन गर्न ३ करोड भन्दा बढी अमेरिकी डलर खर्च गरेको छ। त्यसैकारण राष्ट्रपतिले आफ्ना चन्दादाताहरुको अपमान गर्न सक्दैनन्।

    र, घनिभूत पार्टिगत खेलले सम्पन्न एलिटहरुलाई फकाउने राजनीतिज्ञहरुका प्रयत्नहरुलाई जोडबल पुर्‍याए। यसले एउटा दुष्चक्र निर्माण गर्छ : पार्टिगत लडाइँ जित्नैपर्ने आवश्यकताको अर्थ राजनीतिज्ञहरुले सत्ताका संभ्रान्तहरुको सहयोग/समर्थन प्राप्त गर्न जिउज्यान लगाउनु पर्ने हुन्छ; ब्यापारिक घरानाहरुका स्वार्थहरु एकआपसमा बाझिनाले कङ्ग्रेसका पहिले देखिका विद्यमान कडा राजनीतिक लडाइँ थप जटिल बन्दछ। अमेरिकाको राजनीति निजी स्वार्थपूर्तिका औजारको तहमा गिरेको छ। कोभिड-१९ महामारीलगायत कुनै पनि घटनालाई राजनीतिकरण गर्न सकिन्छ।

    अत: अचम्म मान्नु पर्दैन अमेरिकाको कानून निर्माण, सार्वजनिक सरोकारका मुद्दाहरु समाधानार्थ पदीय जिम्मेवारी वहन र राष्ट्रपतिमाथि लगाम लगाउने कार्यहरुको गति अति मन्द छ।

    आफ्नो स्थापना भएदेखि नै अमेरिकाले प्रजातन्त्रको दुहाई दिदै आइरहेको छ र आफू यसको गढ भएको दावी गर्दै आएको छ। तर दुःखको कुरा, अमेरिकाको कोभिड–१९ को अनुक्रिया असफल हुनु, बारबार बन्दुके हिंसा हत्या भइरहनु र गरीवले अत्यधिक मेडिकल बिलको तिर्न नसक्नुका कारण नै, अमेरिकी कथित “प्रजातन्त्र” नै दोषी भएको भनिदैंछ। लोकतन्त्र जनताका लागि संरचना गरिएको हो। तर यो संयुक्त राज्य अमेरिकामा, कधनाड्यको खेल भएको छ, जुन आम अमेरिकीहरूको मूल्यमा खेलिने गरिन्छ।

    १४ अगस्त २०२० मा प्रसारित सिजिटिएनबाट।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.