Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मुर्तीकी देवीको पुजा, जिउँदाको अपमान र हत्या

तपाईँले कहिल्यै विचार गर्नुभएको छ? प्राचीन ग्रन्थ र महाकाव्यमा गालीको एक शब्द छ र? छैन। महाभारतमा मारकाट र रक्तपात छ। तर कोही कसैलाई त्यहाँ गाली गरिएको छैन। यहाँ सम्मकी ग्रीक ग्रन्थ, होमरको महाकाव्य ‘इलियड र ओडिसी’मा पनि गाली गरिएका शब्द छैनन्।

शैलेन्द्र चौहान शैलेन्द्र चौहान
जेष्ठ २२, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्लो समय सामाजिक सञ्जालमा दुई प्रकारका मानिसहरू सक्रिय छन्। एकथरी लेख्छन् र अर्कोथरी बक्छन् मात्रै। लेख्ने मानिसहरूमध्ये कतिले राम्रो लेख्छन् त कतिले नराम्रो। तर बक्ने मानिसहरू भने केबल बोल्छन् मात्र। उनीहरू धर्म र संस्कृतिको रक्षाको ठेक्का आफैँले लिएकाझैँ गरी बक्छन्। उनीहरू एकातर्फ संस्कारको नाम दिँदै आमा र दिदीबहिनीहरूलाई सबैभन्दा ठूलो स्थान दिएझैँ गर्छन् भने अर्कोतर्फ सामाजिक सञ्जालमा परिवर्तन र सुधारका कुरा गर्ने महिलामाथि अनेक अपशब्दसहित गालीको वर्षा गराउँछन्।

    जुन देशको संसदमा महिलालाई ३० प्रतिशत आरक्षण दिलाउनका लागि मात्रै तीन दशकदेखि लडार्इँ चरिहेको छ। आरक्षणका बारेमा सहमति हुन नसकेका कारण यो मुद्दा अहिलेसम्म असफल रहेको छ। यद्यपि हामी भनिरहेका छौँ कि आमा र दिदीबहिनीहरूलाई हामी उच्च सम्मान दिन्छौँ। महिलालाई आरक्षण दिनेबारे हामी सहमत हुन सक्दैनौँ, तर उनलाई देवत्वकरण चाहिँ गर्ने गरेका छौंँ।

    आस्थाको विषय

    यस कुरालाई लिएर महिलाहरू खुशी छन् त? महिलाहरू उल्टै लज्जित छन्। किनकि महिलालाई देवत्वकरणको कुनै आवश्यकता छैन। उनीहरूलाई त समान अवसर चाहिएको छ। हजारौँ वर्षदेखि पछि परेका उनीहरूलाई क्षतिपुर्ति चाहिएको छ। र, यसैकारण पछिल्लो केही वर्षदेखि आरक्षणको विषय चर्कोसँग उठाउन थालिएको छ। विगतमा पनि नउठेको होइन, विगतमा महिलाहरूका लागि पहिलोपटक आवाज उठेका बेला त्यस आवाजलाई आधिकारिक स्तरमै दबाइएको थियो।

    त्यसबेला केन्द्रीय मन्त्री मेनका गान्धीले सामाजिक सञ्जालमा यी ‘बक्नेवालाहरू’माथि अर्थात् महिलालाई लक्षित गरिएका ट्रोलहरूमाथि नियन्त्रण गर्नुपर्ने बताएकी थिइन्। तर लगत्तै उनीभन्दा शक्तिशाली मानिने अर्का केन्द्रीय मन्त्री अरुण जेटली भनेका थिए– ‘सहनुपर्छ, यो भावना र आस्थाको विषय हो।’

    यी ‘बक्नेवाला’हरू आफूलाई लोकतान्त्रिक र समताको पक्षधर मान्छन्। गाली गर्ने समय उनीहरू आफ्नो अगाडि को छ भनेर समेत देख्दैनन्। महिला होस् वा पुरुष, वृद्ध होस वा बालक, जोसुकैका अगाडि पनि महिलालाई गाली गर्न तम्सिन्छन्। त्यसरी गाली गर्नेमध्येका पुरुषहरू अक्सर आरादायी ढङ्गले ओच्छ्यानमा पल्टिएर महिलाहरूलाई गाली गरिरहेका हुन्छन्, तर त्यसै समय उनकै घरकी महिला भने ज्यान फालेर काम गरिरहेकी हुन सक्छिन्। र, संजालमा यस्तो गाली सबैभन्दा बढी महिला पत्रकारहरूले भोगेका हुन्छन्, किनकी उनीहरू नै सार्वजनिक मुद्धाहरूका बारेमा लेख्छन्, आवाज उठाउँछन्।

    समुदायमाथि दमनको अस्त्रः महिला हिंसा

    कुनै समाजमा प्रचलित गाली वा अपशब्दले त्यस समाजमा सबैभन्दा तल्लो स्तरको अपमान कसरी गरिन्छ भन्ने कुरा देखाउँछ। यस्ता गाली र अपशब्दले सामाजिक व्यवहारको सीमा र यसमा लुकेको लैंगिक हिंसालाई झल्काउँछ। हाम्रो समाजमा महिलाको शरीर नै गालीको निसाना हुन्छन्। यसकारण युद्ध वा साम्प्रदायिक दंगाहरूमा सबैभन्दा पहिले महिलाहरूलाई नै निशाना बनाइन्छ। हाम्रो समाजमा प्रचलित अधिकांश गाली महिलाको यौन अंगसँग सम्बन्धित हुने गरेको छ। बरु समाजको आदिम समयमा यसप्रकारको अपशब्दको भाषा नै थिएन, किनकि त्यस समय महिला र पुरुषबीच आजजस्तो विभेद थिएन।

    समाजमा निजी सम्पत्तिको विकास भएपछि महिलाहरू घरभित्रै बन्दी हुन थाले। पुरुष वर्चस्व हावी हुन गयो। स्त्रीलाई पुरुषको अधिनमा राख्न थालियो। घरमा बन्दी बनेकी महिलासँग परिवारको तथाकथित इज्जतलाई जोडिन थालियो। आदिम समाजमा महिलाहरू शारीरिक सम्बन्धमा स्वतन्त्र मात्रै थिइनन्, सबै कार्यमा आत्मनिर्भर पनि थिए। पछि सभ्यताको विकास हुँदै जाँदा महिला परिवारमाथि निर्भर रहन पुगिन्। महिला एकैदिनमा दासी बनाइएकी पनि होइनन्। स्वतन्त्र व्यक्तिबाट एक महिला दोस्रो दर्जाको व्यक्तिसम्म पुग्ने सिलसिला हजारौं वर्षसम्म चल्यो। त्यसपछि महिलामा परिवारको तथाकिथत मान मर्यादाको रक्षाको जिम्मेवारी पनि थोपरिन थालियो।

    अपशब्द र लैंगिक हिंसा

    यदि कुनै द्रोही पुरुषले कुनै समुदायलाई आफ्नो अधिनमा राख्न खोज्छ भने सबैभन्दा पहिला उसले त्यस समुदायका महिलाहरूलाई उठाएर लान्छ, बलात्कार गर्छ र बन्दी बनाउँछ। चलचित्रहरूमा मात्रै होइन, यस्ता घटनाहरू वास्तविक जीवनमा पनि हामी देख्छौँ। उसले महिलालाई हीन भावनाको शिकार बनाउँछ र उनको अरु कसैसँग शारीरिक सम्बन्ध भएको भन्ने आरोप लगाएर उनको परिवारलाई समेत अपमानित गर्ने प्रयास गर्छ। यद्यपि यौन सम्पर्कको विषयमा आफैँमा कुनै इज्जतको विषय होइन। यो दुई व्यक्तिबीचको समझदारीमा हुने नित्तान्त निजि सवाल हो।

    यसरी महिला र उनको परिवारलाई अपमानित हुनेखालका अभिव्यक्ति पुरुषले सगर्व दिने गर्छ। जुन समुदाय या परिवारका पुरुषहरू अलि कमजोर छन् भने द्रोही पुरुषले उसका आमा वा दिदीबहिनीलाई जोडेर तेरो बहिनी या आमासँग यौन सम्पर्क राख्छु भनेर समेत धम्क्याउने गरेको भारतीय समाजमा देखिन्छ। भारतीय समाजमा महिलाको योनीलाई जोडेर गाली गर्ने चलन त व्यापक नै छ ।
    महिलाको योनीको नाममाथि बनेको गालीले मूर्ख व्यक्तिको संकेत गर्छ। यस्तो शब्दले पूरै महिला समाजमाथि नै प्रहार गर्छ। यस्ता शब्द कतिसम्म पितृसत्तात्मक छन् भनेर कल्पना पनि गर्न सकिंँदैन। हाम्रो समाजमा यस्ता पञ्चायती र साँस्कृतिक सेनाहरू छन्, जो हरेक कुरामा धर्म संस्कृतिको नाम लिन्छन्।

    यदि उनीहरू कुनै पार्कमा महिलालाई कुनै पुरुषको साथमा देख्छन् भने डण्डा लिएर उनीहरूलाई लखेट्न थाल्छन्। जो महिलालाई उनीहरू देवीको उपमा दिइएको भाषण छाँट्छन्, तिनै मानिसहरू महिलाको योनीलाई लिएर गरिने गाली गर्न हिच्किचाउँदैनन्। यही मानिस सामाजिक सञ्जालको ‘ट्रोल सेना’मा सक्रिय छन्।

    के धर्मग्रन्थमा अपशब्द छ ?

    दुःखद कुरा के छ भने यस्तै स्त्रीद्वेषी मानिसहरूलाई भारतीय सत्ताको राजनीतिक संरक्षण पनि प्राप्त छ। यो धेरै लज्जास्पद कुरा हो। तर यहाँ कसलाई लाज कहाँ छ र ? यदि तपाईँ यिनलाई गाली गर्नुहुन्छ भने उनको अहमतामा उल्टै ठेस लाग्छ। उल्टै तपाईँलाई यिनले गाली गर्छन् र धम्क्याउँछन्। उनीहरू यस्ता शब्दहरू हाम्रो समाजको भाषा भएको तर्कसमेत गर्छन्।

    तपाईँले कहिल्यै विचार गर्नुभएको छ? प्राचीन ग्रन्थ र महाकाव्यमा गालीको एक शब्द छ र? छैन। महाभारतमा मारकाट र रक्तपात छ। तर कोही कसैलाई त्यहाँ गाली गरिएको छैन। यहाँ सम्मकी ग्रीक ग्रन्थ, होमरको महाकाव्य ‘इलियड र ओडिसी’मा पनि गाली गरिएका शब्द छैनन्। बिहारी कालिदासजस्ता महान कवि नायिकाको अंग–अंगका मादक वर्णन गर्छन्, तर कुनै गालीलाई आफ्नो रचनामा समेट्दैनन्। केही अपशब्दहरू जरुर छन्। अपशब्द पुलिङ्ग हुन्छ, जबकि गाली स्त्रीलिङ्ग शब्द हो। यहाँसम्म कि शरीरको अंग विशेषका नाम लिएर अपराधलाई सजाय तोकेको प्राचिन संहिता मनुस्मृतिमा पनि कुनै गालीको नाम लिइँदैन।

    शोषणमा टिकेको संस्कृति

    भारतीय साहित्यमा पिछडिएका जाति र महिलामाथि नै नराम्रो गाली वा अपशब्दको प्रहार गरिन्छ। अझ चाखलाग्दो कुरा, अलग–अलग संस्कृतिमा नराम्रो गालीको मापदण्ड पनि अलग –अलग छ। कुनै समाजमा नजिकको सम्बन्धका मानिससँग यौन सम्पर्कको कुरा जोड्नुलाई नराम्रो गालीका रुपमा लिइन्छ। जस्तैः आमा, दिदीबहिनीलाई जोडेर गरिने गाली। कुनै समाजमा शरीरको खास अंग वा उत्पादन (अंग विशेष वा फोहोर)आदिको नाम जोडेर गरिने गालीलाई धेरै नराम्रो मानिन्छ।

    कुनै समाजमा जनावर या किरा/माकुरासँग तुलना गरिएका गाली सबैभन्दा नराम्रो मानिन्छ भने कुनै समाजमा नश्ल वा जातिसँग जोडिएको गाली प्रचलित छन्। लिङ्गसँग जोडिएको गाली भने प्रायः हरेक समुदायमा पाइन्छ।

    गालीको पनि लिङ्ग हुन्छ। उदाहरणका लागि पोर्चुगिस वा स्पेनिसको गाली –‘वाका’ र ‘जोर्रा’ को अर्थ ब्वाँसो र गाई हुन्छ। यदि यो गाली कुनै महिलालाई दिइन्छ भने यसको मतलब खराब चरित्रको महिला भन्ने बुझिन्छ। तर यदि यही गाली पुरुषलाई दिइन्छ भने यसको अर्थ ‘चलाख’ अथवा ‘बलियो साँढे’ भन्ने बुझिन्छ।

    यस्तो लिङ्ग विभाजन धेरैजसो भाषा र सँस्कृतिमा छ। हामीलाई विदेशी त अनैतिक नै हुन्छन् जस्तो लाग्न सक्छ, तर हाम्रो यो ‘महान्’ संस्कृति, जसले महिलालाई घरमै बन्दीजस्तो बनाएर राख्छ, यसले चाहिँ महिलाको कति पूजा गरेको छ र कति नै रक्षा गरेको छ त?
    समाजमा महिलालाई प्रेम गर्ने छुट त परको कुरा भयो, हाम्रो ‘महान्’ संस्कृतिले प्रेम गरेवापत उल्टै प्रेममा संलग्नहरूलाई मृत्यु दिन्छ।

    अझ प्रायः महिला यसका शिकार हुन्छन्। सांस्कृतिक सेनाहरूको डण्डा दिइन्छ। यहाँ त मीरालाई समेत भक्तिको अधिकार दिइएन। यसै ‘महान्’ संस्कृतिमा महिलालाई जिउँदै जलाइएको छ। छोरा होइन भन्ने ठहर भएपछि अचेल गर्भभित्रको छोरीलाई समेत मारिन्छ। हो, आज पनि भ्रुण हत्या हुन्छ र दाइजो नल्याएको निहुँमा बुहारीहरूको हत्या गरिन्छ। महिलामाथिको शोषणमा टिकेको छ यो ‘महान्’ सभ्यता र संस्कृति। मुखबाट महिलाविरुद्ध अपशब्द निकाल्ने मान्छेहरू एक रत्ति पनि सरम मान्दैनन्। के यिनै मान्छेहरू महान् संस्कृतिको बाहक हुनसक्छन्?

    सबलोगडटआइएनबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शैलेन्द्र चौहान

      शैलेन्द्र चौहान

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.