Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

एलेण्ड आयरल्याण्ड एलेण्ड आयरल्याण्ड
मंसिर ७, २०७६
- इतिहास, दस्तावेज, यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन् २९ अगस्त १८४२ मा भएको नानकिङ् सम्झौताले चीनलाई एउटा नयाँ युगको संघारमा ल्याई पुर्‍यायो। यसले संयुक्त राज्य र चिनबीच  सन् १८३९-१८४२ को अवधीभर चलिरहेको पहिलो अफिम युद्धको समाप्ति भयो।  मुठभेटहरूले सिर्जना गरेका प्रभावहरू खुइलिन थालेपछि यस शान्ति सम्झौतालाई चिनले असमान सन्धी भन्न थाल्यो। चीनियाँँहरूले आफूलाई विदेशीहरूसँगको हिमचिमको अति विपक्षमा रहेको देखाए र सम्झौताका दायित्वहरू लागू गराउन ठूला अफ्ठ्याराहरू अनुभव गरिए। जति समय वित्दै गयो, दुई राष्ट्रबीचको सम्बन्ध तनावग्रस्त बन्दै गयो। क्यान्टन नजिकै थुप्रै अङ्ग्रेजहरू मारिए; सांघाइस्थित विदेशीहरूको वस्तीमा आक्रमण गरियो; व्यापारिक जहाजहरूका निम्ति चीनियाँ सामुद्रिक डाकाहरूको विगविगी वढ्यो; र क्यान्टनका स्थानीय अधिकारीहरूले सम्झौतामा सहमति गरिए अनुसार विदेशीहरूका निम्ति शहर खुल्ला गर्न अस्वीकार गरे।

    इङ्गल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्स र रुसको संयुक्त आक्रमणको पृष्ठभूमि

    अक्टोबर ८, १८५६ मा जब ब्रिटिस दर्तावाल तथा ब्रिटेनको झण्डा भएको एरो नामक एउटा सानो जहाजलाई चीनियाँहरूका जहाजी वेडाका केही चीनियाँहरूले चढेर नियन्त्रणमा लिए र त्यहाँ कार्यरत चीनियाँ कर्मचारीहरूलाई आफुसँग लिएर गए तब स्थितिले गम्भीर मोड लियो। साम्राज्यका आयुक्त ये ले एरोमा लगाइएको ब्रिटिस झण्डा उतार्ने आफ्ना अधिकारीहरूको कार्य प्रति क्षमा माग्‍न अस्वीकार गरेका थिए। उनीसँगको केही पत्राचार पछि, मुठभेट हुन शुरु भयो र स्थानीय लडाइँको वातावरण तयार भयो। ब्रिटिस सेनाले क्यान्टन घेरेर बसेका किल्लाहरू कब्जा गरे; र ये ले सबै विदेशी कारखानाहरूमा आगजनी गरेर, एउटा अंग्रेज मारेको वा पक्रेको मूल्य तीस टिल पुरस्कार दिने घोषणा गरेर र एक स्थानीय पाउरोटी उत्पादकको एजेन्सी मार्फत् पाउरोटीमा आर्सेनिक विष हाली हङकङका सबैै विदेशी समुदायलाई विष ख्वाउने प्रयत्न गरेर, बदला लिए।

    डिसेम्वर १८५६ मा, मुठभेटहरूमा अस्थायी विराम लाग्यो, किनभने ब्रिटिस एडमिरल सर माइकल सेमोरले ५ हजार फौजलाई घर जाने छुट्टि दिई इङ्गल्याण्ड पठाएका थिए र उनीहरू फर्की नआउन्जेल क्यान्टनमा औपचारिक रुपमा थप कारवाही गर्न नसक्ने परिस्थिति बन्यो।

    थाती रहेका प्रश्‍नहरूको स्थायी समाधान खोज्‍न प्रेरित भएर ब्रिटिस सरकारले पेकिङ्‍का अधिकारीहरूसँग सम्झौता वार्ता गर्ने पूर्ण अधिकार दिई फौजसहित एक राजदूत पठाउने निर्णय गर्‍यो। यस महत्वपूर्ण पदका निम्ति, अप्रिल १८५७ मा, एल्गिन र किनकार्डिनका अर्ललाई नियुक्त गरियो । लर्ड क्लारेन्डनले उनलाई दिएका निर्देशनहरू सुस्पष्ट थिए । अंशतः ती निम्‍न वमोजिम थिए –

    “चीनका सम्राटले तपाईंसँग सरसल्लाह गर्नका निम्ति सर्वाधिकार सम्पन्न अधिकारी नियुक्त गरे र उनीसँग औपचारिक रुपमा वार्ताको थालनी भयो भने, महामहिमले आफ्ना पक्षबाट निम्न बूँदाहरू प्रस्तुत गर्नु हुनेछ। …ब्रिटिस जनताहरूलाई पुर्‍याएको शारीरिक हानीको क्षतिपूर्ति; बिभिन्न सम्झौताहरूमा व्यवस्था गरिए अनुरुपका क्यान्टन लगायत अन्य बन्दरगाहहरूमा सम्झौता–कार्यान्वयन; हालसालै भएका उपद्रवका परिणामस्वरुप ब्रिटिस जनताहरू तथा ब्रिटिस संरक्षणमा रहेका अन्यहरूलाई भएको हानीको क्षतिपूर्ति; ब्रिटेनकी महारानीले चीनका सम्राट समक्ष दूतका रुपमा आधिकारिक रुपमा नियुक्त गरिएका मन्त्रीलाई ब्रिटिस सरकारको रोजाई मुताविक पेकिङ्‍मा वसोवास गर्न पाउने वा त्यस राजधानीमा समय समयमा भ्रमण गर्न पाउने चीनियाँँ सरकारको अनुमति र ब्रिटेनका सर्वाधिकार सम्पन्न अधिकारी एवं व्यापारका मुख्य सुपरिवेक्षकको चीनियाँ राजधानीका उच्चपदस्थ कर्मचारीहरूसँग पत्राचारका माध्यमले प्रत्यक्ष सम्वाद गर्न पाउने तथा त्यस्तो पत्रवाहकहरू उसले आफै छान्न पाउने अधिकारलाई मान्यता – यस्तो प्रवन्ध कि, कार्यान्वयन नभएका विद्यमान सम्झौताहरूको कार्यान्वयनको सुनिश्चितता होस् र भविष्यमा हुनसक्ने असमझदारीहरू रोकथाम होउन्; व्यापारका निम्ति थप सुविधाहरू प्राप्त गर्ने अभिप्रायले चीनसँग भएका सम्झौताहरूको पुनरावलोकन, जस्तो कि –ठूला नदी किनारमा रहेका शहरहरूमा जाने अनुमतिका साथ साथै टापू एवं समुन्द्री किनारका अन्य बन्दरगाहहरूमा जान पाउने अनुमति र चीनियाँँ साम्राज्यका सबैै बन्दरगाहहरूबाट चीनियाँ जहाजहरूको व्यापारका निम्ति हङ्‍कङ आवागमनमा भेदभावरहीत अनुमति ।”

    “चीनियाँ सरकारले पहिलो तीन वटा मागहरू स्वीकार गरेको खण्डमा महामहिमले वार्ताका माध्यमबाट पछिल्ला दुई वटा बुँदाहरू समेत हासिल गर्ने प्रयत्न गर्नु पर्छ; तर उनीहरूले कुनै पनि प्रकारको सम्झौता वार्ता गर्नै अस्विकार गरे भने वा शुरुका तीनवटा मागहरू मान्‍न  अस्विकार गरे भने महामहिम जबर्जस्तीका तौरतरिका अपनाउन स्वतन्त्र हुनुहुन्छ ।”

    “महामहिमलाई राजकीय सरकारले अंगीकार गरेका सिद्धान्तहरूका बारेमा प्रष्टै जानकारी छ कि चीनसँगको व्यापारमा ब्रिटिस सरकारलाई कुनै पनि प्रकारको विशेषाधिकार हत्याउने लालसा पटक्कै छैन र त्यसलाई यहाँले मनन गर्नु हुनेछ । ब्रिटिस सरकार शुरुमा उसको व्यापारका निम्ति प्राप्त गर्नसक्ने सुविधाहरू सबै राष्ट्रहरूसँग बाँढन इच्छुक छ ।”

    लर्ड एल्गिनले मे १८५७ मा इङ्गल्याण्ड छाडे र त्यसै वर्षको जून ३ मा उनी सिङ्गापुर पुगे। त्यहाँ उनले इन्डियाका गभरनर जनरल लर्ड क्यानिङ्ले लेखेको पत्र पाए, जसमा भारतमा विद्रोह शुरु भएको तथा चीनको अभियानमा निस्केका फौजलाई कलकत्तातिर मोड्ने बारेमा आग्रह गरिएको थियो। यस्तो अवस्थामा लर्ड एल्गिनले उपयुक्त तथा निर्णायक कार्य गरे। उनले तुरुन्तै सिँगापुर पुगेका चीन अभियानमा निस्केका फौजलाई कलकत्ता रवाना मात्र गराएनन् वल्कि, हङकङ पुगेपछि कलकत्तामा विद्रोह झन् फैलिएको समाचार पाएपछि उपलब्ध सबैै सैन्य–शक्तिलाई जोरजाम गर्दै तथा तात्कालिन समयका लागि चीनको लक्ष्यलाई स्थगित गरी, उनी कलकत्तातिर लागे। जहाँ उनी ८ अगस्त १८५७ मा यस्तो अवस्थामा पुगे कि तल्लो वङ्गालका शासकीय मामलाहरूमा सबैभन्दा राम्रो फाइदाजनक प्रभाव पर्‍यो। सेप्टेम्वर ३, १८५७ मा लर्ड एल्गिनले पुनः कलकत्ता छाडे र त्यसै महिनाको २० गते उनी हङ्‍कङ पुगे। त्यसै वर्षको १६ अक्टोवरमा फ्रान्सका सर्वाधिकार सम्पन्न अधिकारी वेरोन ग्रस आइपुगे।

    (पियरे च्यापडेलाइनलाई सन् १८५६ मा पहिलो यातना दिए पछि टाउको गिंडेर मारेका विषयमा फ्रान्सको पनि चीनसँग हिसावकिताव गर्नु थियो) र लर्ड एल्गिनसँगको सरसल्लाह पछि, उनले पनि हङकङ् भन्दा केही माइल पर आफ्नो जहाज अड्याए।

    डिसेम्वर १२, १८५७ मा लर्ड एल्गिनले साम्राज्यका आयुक्त ये लाई सबै सम्झौताहरू अनुरुपका व्यवस्थापन क्यान्टनमा पूर्णरुपमा कार्यान्वयन गर्न तथा भर्खरै भएका गडवडीहरूमा ब्रिटिस प्रजाहरू तथा ब्रिटेनको संरक्षणमा रहेका ब्यक्तिहरूलाई भएको हानी–नोक्सानीको क्षतिपूर्ति उपलव्ध गराउन माग राख्दै चेतावनी–पत्र पठाए। यस कुरामा सोचबिचार गर्न येलाई दश दिनको अवधि दिइएको थियो, तर त्यसै मेसोमा अन्य थप पाँच दिन त्यसै बितेर गए। यसरी डिसेम्वर २८, १८५७ पछि मात्रै, सम्झौता गर्न येले लगातार अस्विकार गरेपछि, फ्रान्स र इङ्गल्याण्डको संयुक्त फौजी टुकडीले क्यान्टनमा बमबारी गर्न शुरु गरे। त्यसको अर्को दिन क्यान्टनलाई कब्जा गरियो र ये पक्राउ परे।

    त्यसै बीचमा क्यान्टनमा संयुक्त राज्य अमेरिकाका चीनका लागि मन्त्री विलियम बी. रिड र रुसका सर्वाधिकार सम्पन्न अधिकारी काउन्ट पुटिएटिन चिनको क्यान्टन आइपुगे। अमेरिकी मन्त्रीको उद्देश्य, वाङघीयाको सम्झौताको संशोधन सुनिश्चित गर्नु र ये ले विदेशी कोठीहरूमा आगजनी गरेका बेला अमेरिकी नागरिकहरूलाई पुगेको क्षतीको क्षतिपूर्ति पाउनु थियो। काउन्ट पुटिएटिन (जसलाई गत बर्ष पेइहो नदीको मुखमा अत्यन्त बेइज्जतीपूर्ण व्यवहार गरिएको थियो) ले सीमा सम्बन्धी एउटा विवाद र तार्बागाते स्थित रुसी कारखानामा गरिएको आगजनी तथा विध्वंशको पुनर्निमाणको इच्छा राखेका थिए।

    अगस्तस मार्गेरीको स्केच

    संयुक्त कार्वाही गर्नका निम्ति वातावरण परिपक्‍क भए जस्तो देखिन्थ्यो र त्यसै अनुरुप नै इङ्गल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्स र रुसका सर्वाधिकार सम्पन्न अधिकारीहरूले साम्राज्यका अधिकारीहरू समक्ष एकै खाले सन्देशहरू प्रेषित गरे।

    यी पत्रहरूमा त्यस्तो केही थिएन, जसले साम्राज्यका अधिकारीहरूका मनमा असजिलो छाप छोडोस्। दृढ तर आदरवाचक भाषामा लेखिएका ती मागहरूले विगतमा भएका चोटपटकका निम्ति क्षतिपूर्ति, उचीत व्यापारिक सुविधाहरू, साम्राज्यका उच्च अधिकारीहरूसँग पहुँच, सम्झौतामा प्रतिज्ञा गरिएका कुराहरूको कार्यान्वयन र क्रिस्चीयन धर्ममा परिवर्तित भएकाहरूको आस्थाको स्वतन्त्रता जस्ता पुरानै कुराहरू दोहोर्‍याइएका थिए।

    चीनियाँँ प्रणालीको काम गर्ने साह्रै सुस्त तौरतरिकाका साथै कुटनीतिक प्रतिनिधित्वका माध्यमबाट कुनै पनि कुरा हासिल गर्ने प्रयत्नको चरम उपादेयहीनतालाई पेकिङ्‍का राजकीय सचिव युबाट लर्ड एल्गिनले प्राप्त गरेको जबाफबाट प्रष्टसँग बुझ्‍न सकिन्छ। लर्ड एल्गिनले टो क्‍वाङ्‍काका गभरनर जनरल हो तथा क्‍वाङ् सूका गभरनर–जनरल चाउ मार्फत् युलाई चिठ्ठी पठाएका थिए ।

    युले लर्ड एल्गिनको पत्रको जवाफ पठाउन आवश्यक ठानेनन्, बरु उनले हो र चाउलाई यस्तो लेखे–“मैले प्राप्त पत्र ध्यानपूर्वक पढें र यससँग सम्वन्धित सबै मामलाहरूसँग मैले आफुलाई परिचित गराएँ… महाराजधिराज सम्राट उदार तथा विचारवान होइवक्सन्छ। महाराजधिराजबाट सहर्ष बक्स भएको त्यो आज्ञा सिरोपर गरेर हामी गौरवान्वित भएका छौ कि कुप्रशासनको आरोपमा येलाई क्‍वाङ् तुङ्‍को  गभरनर–जनरलको पदबाट घटुवा गरिएको छ तथा उनको स्थानमा साम्राज्यको आयुक्तका रुपमा महामहिम ह्वाङ्लाई पठाइएको छ, उनले निष्पक्ष भएर जाँचपड्ताल तथा निर्णय लिने छन्; र यसले वास्तवमा इङ्गल्याण्डका ती मन्त्रीलाई  क्‍वाङ् तुङ्‍मा पर्खन तथा आफ्नो प्रवन्ध गर्न प्रेरित गर्नेछ। सांघाइमा कहिल्यै पनि कुनै पनि साम्राज्यको आयुक्तले व्यापार सञ्चालन गर्ने गरेको छैन। दिव्य साम्राज्यको प्रशासनतन्त्रमा हरेक अधिकारीका खास खास अधिकार–क्षेत्रहरू तोकिएका हुने हुनाले र चीन सरकारका कर्मचारीहरूले विदेशीहरूसँग कहिल्यै पनि कुनै पनि प्रकारको हिमचिम गर्नु नहुने सिद्धान्त सधै कडाइका साथ पालना गर्नु पर्ने भएकाले, इङ्गल्याण्डका मन्त्रीको पत्रको जबाफ व्यक्तिगत रुपमा मैले दिनु उपयुक्त हुँदैन । त्यसकारण तपाईंं महामहिमहरूले नै मैले माथि भनेका कुराहरू सुनाइदिनु होला।”

    यो पत्राचारको जबाफ पाइसकेपछि, सर्वाधिकार सम्पन्न अधिकारहरूका निम्ति आगामी सर्वोत्तम बाटो पेकिङ्‍मा धावा बोल्न सकिने दूरीमा रहेको उत्तर दिशा तिरको पे–चि–लि को खाडीमा जाने निर्णय गरियो ता कि साम्राज्यका अधिकारीहरूसँग फाइदाजनक हिसाबको सम्वाद पुनः शुरु गर्न सकियोस्। यसै नीति अनुरुप चारै जना मन्त्रीहरू पेइ होका मुखमा जम्मा भए र अप्रील, १८५८ को अन्त्य देखि पुनः सम्झौता–वार्ता शुरु भयो।

    तर यहाँ पनि समस्याको ठोस निराकरणका बारेमा चीनियाँँ अधिकारीहरूबाट अनेकौ वाधाहरू खडा गरिए। अन्त्यमा, उपादेयताहीन वार्तामा एक महिना वर्वाद गरेपछि, लर्ड एल्गिन र व्यारोन ग्रोस के नतिजामा पुगे भने, पेकिङ्‍को  अझ नजीक नगई उनीहरूका प्रयत्नहरूबाट कुनै पनि परिणाम प्राप्त हुनेवाला छैन। तर, नदी मार्गबाट तिएनत्सीन तिर जाँदै गर्दा उक्त संयुक्त फौजी टुकडीमाथि ताकुका किल्लाहरूबाट गोलीबारी गरियो । गोलीबारीको बिरुद्धमा गोलीबारी गरियो र केही घण्टाको लडाइँँपछि, मे २०, १८५८ मा, ती किल्लाहरू कब्जा गरिए।

    दश दिन पछि लर्ड एल्गिन र अन्य सर्वाधिकार सम्पन्न अधिकारीहरू सम्झौता गर्न पूर्णाधिकार पाएका चीनियाँ आयुक्तहरूको प्रतिक्षा गर्न तिएनत्सीन प्रवेश गरे। असभ्यहरूको भनाई सुन्‍न र त्यस परिस्थितिमा आवश्यक व्यवस्थालाई टुङ्गोमा पुर्‍याउन साम्राज्यका अधिकारीहरूद्वारा अधिकार प्रत्यायोजित गरिएका क्‍वेइलियाङ् र ह्‍वासाना व्यक्तिगत रुपमा तुरुन्तै उपस्थित भए। जून १८५८ को अन्त्य सम्ममा चारवटा सम्झौताहरूमा हस्ताक्षर गरिए, तर ती सम्झौताहरू पनि बाध्यकारी प्रावधानहरूबाट बच्न चीनियाँहरूका हर प्रयत्न असफल भएपछि मात्र भएका थिए। आम विषयवस्तुका हिसावले ती सम्झौताहरू एकै प्रकृतिका थिए।

    जून २६, १८५८ मा ब्रिटेनसँग तिएनत्सीनमा गरिएको सम्झौतामा, क्यान्टनमा ब्रिटिस प्रजाहरूलाई पुग्‍न गएको हानी वापत २० लाख टिल तथा चीन अभियानको खर्च वापत २० लाख टिल गरी कूल ४० लाख टिलको क्षतिपूर्ति चीनले तिर्नुपर्ने थुप्रै पुरक समझदारीहरू सहित, ५६ वटा धाराहरू समाविष्ट थिए।

    यस सम्झौता अनुरुप इङ्गल्याण्डले पेकिङ्‍मा आवासीय राजदूत राख्‍न पाउने अधिकार सुरक्षित गर्नुका साथै उच्च चीनियाँ अधिकारीहरूसँग सम्वाद गर्न पाउने अधिकार सुनिश्चित गर्‍यो। अब आइन्दा ब्रिटिस राजदूतले चीनियाँ सम्राटलाई आमने–सामने भेट्न पाउने तथा त्यसो गर्दा घुँडा टेक्नु नपर्ने वा त्यस प्रकारका बेइज्जतीपूर्ण परम्पराको निर्वाह गर्नु नपर्ने गरियो।

    धारा ८ मा क्रिस्चियन धर्मलाई यसरी मान्यता प्रदान गरियो –“प्रोटेस्टेन्ट तथा क्याथोलिकहरूले मानी ल्याएको क्रिस्चियन धर्मले सदाचारका अभ्यासमा संस्कारित गर्दछ र मानव जातिलाई उसको कर्तव्य बोध गराउँछ। यसकारण यो धर्मको शिक्षा दिने वा त्यसमा आस्था राख्‍ने व्यक्तिहरूलाई, चीनियाँ अधिकारीहरूको संरक्षण पाउने समान हक हुनेछ; शान्तिपूर्ण ढंगले र कानूनको उल्लङ्घन नगरिकन यस्तो कार्यमा लागेका कसैलाई पनि दंडित गरिने छैन वा उनीहरूका काममा हस्तक्षेप गरिने छैन ।’’

    न्यू–छवाङ्, ताङ् चोउ, ताई वाउ (फर्मोसा) चाउ चोउ (स्वातोआ) र किउङ् चोउ (हाइनान) का बन्दरगाह लगायत याङ्–त्सी नदीलाई विदेशी व्यापारका निम्ति खुला गरियो।

    अन्त्यमा, धारा ५६ अनुसार जून २६, १८५८ मा सम्झौतामा हस्ताक्षर भएको एक वर्ष भित्र, पेकिङ्‍मा, सन्धीको पुनर्पुष्टीको आदानप्रदान गर्न दुवै पक्ष सहमत हुने व्यवस्था गरियो।

    फ्रान्स र रुससँग भएका सम्झौतामा पनि एक वर्षभित्र पेकिङ्‍मा पुनर्पुष्टिको आदानप्रदान गर्ने व्यवस्था गरियो।

    “रगत पानी भन्दा बाक्लो हुन्छ” भन्ने भनाईको जन्म र संयुक्त फौजहरूको आक्रमण 

    सिलसिलेवार घटनाहरूले के देखाए भने, चीनियाँहरू जुनसुकै मूल्यको वाचा गरेर भए पनि असभ्यहरूबाट तत्कालका निम्ति छुट्टि पाउने नियतले परिचालित थिए। तिएन्त्सीनबाट ती मन्त्रीहरू आफ्ना संयुक्त फौज र जल सेना लिएर हिड्नु मात्र के थियो, उनीहरू आफ्ना सम्झौताहरूको पुनर्पुष्टि गर्न पेकिङ् आउने समय अगावै पेइहोको मुखलाई किलाबन्दी गर्न रातोदिन लागि परे।

    लर्ड एल्गिन १८५९ को शुरुवात तिरै इङ्गल्याण्ड फर्के र पुनर्पुष्टि गरिएको तिएन्त्सीनको सम्झौताको प्रति हस्तान्तरण गर्न एवं सम्राटबाट पनि त्यस्तै प्रति लिन पेकिङ् जाने कार्यादेश सहित व्रुस (पछि सर फ्रेडेरिक) चीनका लागि विशेष दूत नियुक्त गरिए।

    उनी चीन आइपुगेपछि व्रुसलाई के लाग्यो भने, साम्राज्यका अधिकारीहरूको उनलाई पेकिङ् भ्रमणको अनुमति दिने नियत नै थिएन। धेरै छलफल गरेपछि उनी एम. वोर्दोलोन (उस्तै खालको काम लिएर आएका फ्रान्सका दूत) सँगै पेइहोको मुखमा पुगे। यहाँबाट जसै उनले पेकिङ् तिरको यात्रा गर्न शुरु गरे, चीनियाँँहरूको किल्लाबाट उनको जहाजमा गोलीबारी शुरु भयो र ब्रिटिस जहाजीहरूका प्रयत्‍नका वावजुद नदीको मुखबाट उनी पछि हट्न बाध्य भए। यही बेलामा नै हो संयुक्त राज्य अमेरिकाका कमोडोर टाटनलले साना जहाज भरी भरी ब्रिटिस जलसेनालाई लडाइँको मैदानमा ओसार्ने मित्रतापूर्ण कामको औचित्यता पुष्टि गर्दै भनेको प्रसिद्ध वाक्य – “रगत पानी भन्दा बाक्लो हुन्छ।”

    अहिले आएर सन् १८५९ को ताकुका किल्लाहरूको घटना क्रमको खास महत्व यस वास्तविकतामा छ कि त्यहाँ तैनाथ गरिएका फौजहरूलाई, तिनीहरू कुनै किसिमले ब्रिटिसहरूसँग पराजित भएको खण्डमा, पेकिङ्‍को आज्ञा र जानकारी बेगर आफ्नै उत्तरदायित्वमा काम गर्ने नागरिक सैन्य दलका रुपमा मात्र प्रस्तुत हुन आदेश दिइएको थियो। यसरी चीनियाँहरू पराजित भएको खण्डमा, साम्राज्यका अधिकारीहरू उत्तरदायित्वबाट पन्छन सक्थे। यो घटना र पेकिङ्‍का “बक्सर” फौजहरू बीचको समानता शिक्षाप्रद छ।

    ताकुमा भएको बेलायतको हारले लर्ड एल्गिनले गरेका कामहरू पुनः दोहोर्‍याउनु पर्ने अवस्था सिर्जना भयो। त्यसो भएका हुनाले लर्ड एल्गिनलाई ब्रिटेनका तर्फबाट र व्यारोन ग्रोसलाई त्यसै गरी फ्रान्स सरकारका तर्फबाट विशेष दूत पुनर्नियुक्त गरियो।

    लर्ड एल्गिन तथा उनको टोली जून २१, १८६० मा हङ्‍कङ पुग्यो। यहाँ उनले के थाहा पाए भने व्रुसले लर्ड जन रसेल को निर्देशन अनुरुप चीनियाँँ अधिकारीहरूलाई एउटा समय सीमा तोकेर चेतावनी पत्र दिएका थिए र त्यसको जबाफ सांघाइमा यथाशक्य छिटो लिई आउन धम्क्याएका थिए। चेतावनी–पत्रका शर्तहरू, ताकुमा ब्रिटिस दूतका जहाजहरूमाथि भएको गोलाबारीका निम्ति माफी माग्‍नु पर्ने, १८५८ को सम्झौतालाई विना कुनै ढिलाई पेकिङ्‍ले पुनर्पुष्टि गर्नु पर्ने र सम्झौतामा गरिएको व्यवस्था अनुरुप क्यान्टनमा ब्रिटिस प्रजाहरूलाई भएको नोक्सानी वापत ४० लाख टिल तिर्नु पर्ने, थिए।

    उक्त चेतावनी पत्रका सबैै बुँदाहरू खारेज गरी पूर्ण अस्विकृती जनाइयो।

    यसरी एल्गिन र व्यारोन ग्रोस चीनमा दोश्रो पटक आइपुग्दा मामलाहरू पुरै अड्किएका थिए। त्यसकारण विना कुनै ढिलाई राजदूतहरू संयुक्त जल तथा थल सेनाहरूका साथमा उत्तरमा स्थित पे–चि–लिको खाडीमा पुगे। १३ हजार जवानहरू रहेको ब्रिटिस टुकडीको कमाण्ड लेफ्टिनेन्ट जनरल सर होप ग्रान्ट र भाइस–एडमिरल होपले गरेका थिए भने नौ हजार भन्दा केही कम जवान रहेको फ्रेन्च टुकडीको कमाण्ड जनरल डे मोन्टाउवान र भाइस एडमिरल चारनरले गरेका थिए।

    पेइहोको मुख नजिकै जहाज अड्याएर बसेका राजदूतहरू चीनियाँ अधिकारीहरूसँग एक पटक फेरि झिंझो लाग्ने पत्राचार गर्न बाध्य भए। चिह–लीका गभरनर–जनरल हाङ्, (जसको एकमात्र इच्छा राजदूतहरूलाई तिएन्त्सीन तिर बढ्नबाट रोकेर दरबारलाई रिझाउनु थियो) ले उनलाई यस मामलामा छलफल गर्न र सम्झौताहरूको पुनर्पुष्टिको व्यवस्था मिलाउन सम्राटले अधिकार प्रत्यायोजन गरेका छन् भन्ने कुराको जानकारी दिंदै पत्र पठाए। तर के कुरा छिट्टै पत्ता लाग्यो भने, हाङ्लाई उचित तवरमा त्यस्तो कुनै अधिकार दिइएको थिएन। आफ्ना यस्तो असफलता पछि, हाङ्ले पुनः के पत्र पठाए भने, यदि लर्ड एल्गिन पेह–ताङ् (पेइहो को मुख भन्दा केही माइल पर) मा पर्खन मन्जुर गर्छन् भने राजदूतलाई पेकिङ् लैजान साम्राज्यका आयुक्तहरू वान–त्सीउन तथा हाङ्–ती तुरुन्तै आउने छन्।

    यसै बीचमा संयुक्त फौजहरूले ताकुका किल्लाहरूमा आक्रमण गरे र तिनलाई कब्जा गरे। त्यस हारको दवावमा परेर चिह–लीका गभरनर–जनरलले लर्ड एल्गिनलाई नदी मार्गबाट तिएन्त्सीन जान र त्यहाँ साम्राज्यका आयुक्तहरूको आगमनका निम्ति प्रतिक्षारत् रहन आग्रह गरे। लर्ड एल्गिनको कामका तौरतरिकाबाट पेकिङ्‍का अधिकारीहरू धेरै नै सशंङ्कित भएको जस्तो देखिन्छ; र उनीहरूले क्वेइलियाङ्लाई अतिरिक्त आयुक्त नियुक्त गरी तत्कालै तिएन्त्सीन तिर लाग्न निर्देशन दिए।

    क्‍वेइलिङ् (जो १८५८ को तियन्त्सीनको सम्झौतामा हस्ताक्षर गर्ने साम्राज्यका आयुक्तहरू मध्ये एक रहेको सम्झना पाठकलाई होला नै) ले उनका नियुक्तिको बारेमा लर्ड एल्गिनलाई पत्र पठाए र त्यसमा उनले के लेखे भने विवादका सबैै विषयहरूमा छलफल गर्न तथा तिनको निरुपण गर्न उनलाई सबै अधिकारहरू दिइएको छ। एउटा अर्को पत्र पठाउँदै क्‍वेइलिङ्ले लर्ड एल्गिनलाई ‘ब्रिटिस चेतावनी–पत्रमा उठाइएका सबैै बुँदाहरूमा स्वीकृति जनाउन उनलाई अधिकार दिइएको छ र यस्तो परिवेशमा संयुक्त शक्तिहरूका फौजी कारवाहीहरू स्थगित गरिनु पर्दछ’ भन्ने कुरा लेखे।

    लर्ड एल्गिनले त्यसको उत्तरमा ‘युद्ध विराम–पत्रमा भएका व्यवस्थाहरू अंगिकार गर्दैै साम्राज्यका आयुक्तहरू हस्ताक्षर गर्छन् भने उनी तुरुन्त युद्ध–विराम गर्न तयार छन्’ भन्ने कुरा लेखे। तर, जब त्यस बारेमा ठोस निर्णय गर्ने घडी आयो, ती आयुक्तहरूले आफुसँग त्यसो गर्ने अधिकार नभएको स्वीकार गरे। यी सम्पूर्ण गतिविधिहरू समय तन्काउने वहानामात्र थिए।

    त्यस पछिका घटनाहरूको लम्वेतान वर्णन गर्नु झंझटिलो हुन्छ  जसै साम्राज्यका अधिकारीहरूले क्‍वेइलिङ्र उनका सहकर्मीहरूले लर्ड एल्गिनलाई उनको प्रगति अबरुद्ध पार्न असफल रहेको पत्तो पाए, उनीहरूले आई नामक राज्यका राजकुमार त्साई र युद्धको वोर्डका अध्यक्ष मुह–यीनलाई नयाँ आयुक्त नियुक्त गरे। ती नयाँ आयुक्तहरूले पनि हरेक कुरा पुरा गर्ने वाचा गरे तर अरुहरू झै कार्यान्वयनमा असफल रहे। अन्त्यमा आयुक्तहरूसँग यस विषयमा छलफल गर्न, चीनियाँहरूसँगको सरसल्लाह मुताविक, चीनियाँ क्याम्पमा गएका पत्र–वाहकहरू पार्कर्स र लोखलाई उनीहरूका अंगरक्षकहरू सहित पक्राउ गरिएपछि यो स्थिति अत्यन्त तनाव ग्रस्त बन्यो। त्यो संपूर्ण टोलीलाई नै गिरफ्तार गरियो र बाटामा चरम दुर्व्यवहार गर्दै पेकिङ् पुर्‍याइयो। यसरी गिरफ्तार गरिएका २६ व्यक्तिहरू मध्ये तेह्रजनाको चीनियाँहरूबाट या त तुरुन्तै हत्या गरियो वा चीनियाँहरूले दिएका यातनाका कारणले ती मरे।

    जब आफ्ना पत्र–वाहकहरू माथि गरिएको व्यवहारका बारेमा लर्ड एल्गिनले थाहा पाए। उनले तुरुन्त पेकिङ् तिर धावा बोल्ने निर्णय गरे। जब उनी पा–लि–चिआउ पुगे, उनले सम्राटका भाई राजकुमार कुङ्‍कोको सन्देश पाए। उनको सन्देशमा त्साई र मुह–यीनले संतोषप्रद ढंगले सम्झौता–वार्ता सञ्चालन गर्न नसकेका कारणले उनीहरूका ठाँउमा उनलाई साम्राज्यको आयुक्त नियुक्त गरिएको जानकारी दिइएको थियो।

    चिन साम्राज्यलाई ब्रिटिस राजदूत एल्गिन र फ्रेन्च राजदूत किनकार्डिनको  संयुक्त  चेतावनीपत्र

    अक्टोबर १९, १८६० मा चीनले आत्मसमर्पण गर्नु ठीक अघि पेकिङ्सँगको तात्कालीन मामलाहरूका बारे लर्ड एल्गिनले राजकुमार कुङ्लाई पठाएको चिठ्ठीको निम्न संक्षिप्त उद्दरणले पाठकहरूलाई बुझ्‍न मद्दत गर्ने मैले ठानेको छुः

    “पत्र–प्रेषकले मौसुफलाई थप के जानकारी गराउन चाहेको छ भने सेना प्रमुखले पेकिङ्लाई ध्वस्त नगर्नका लागि शर्त सहितको जुन पत्र पठाएको थिएँ, त्यो ब्रिटिस र फ्रेन्च प्रजाहरूलाई गरिएको दुर्व्यवहारको जानकारी प्राप्त हुनु अगावै लेखिएको थियो। युद्ध विरामका सीमाहरूको उल्लङ्घन गर्दै अघिल्लो महिनाको १८ गते तिनीहरूलाई गिरफ्तार गरियो, थुनियो र पत्र–प्रेषकलाई जब त्यस मामलाका बारेमा राजकुमार स्वयंबाट पत्र प्राप्त भयो, त्यसमा हजुरले ती थुनुवाहरूलाई कुनै सांघातिक चोटपटक नपुर्‍याइएको, वसोवासको राम्रो प्रवन्ध गरिएको र उचित ध्यान दिई उनीहरूलाई राम्रो व्यवहार गरिएको बारम्बार लेख्नु भयो ।”

    “त्यस दिन यता तथा यो पत्र लेखुन्जेलसम्म प्राप्त सूचनाहरूले के प्रमाणित गर्दछन् भने युद्धका बेलामा समातिएका नभएर युद्ध–विरामका सहमति अनुरुप सुरक्षा दिइने कुरामा ढुक्क भएका तथा कुनै पनि प्रकारको प्रतिरोध नगरेका ब्रिटिस सेवामा रहेकाहरूलाई गिरफ्तार गरियो तथा तिनलाई बाँधियो। ती मध्ये कतिपय, थुनुवा भएकै अवस्थामा उनीहरूलाई दिइएको क्रुरतापूर्ण असभ्य व्यवहार गरिएको परिणाम स्वरुप मारिइसकेका छन्। यो मामलालाई भ्रमपूर्ण ढंगले पेश गर्ने कोशिस, जसका लागि तपाईंं राजकुमार स्वयं जिम्मेवार हुनुहुन्छ, ले त्यो शहरको ढोकाले आत्मसमर्पण गर्नु पर्ने भनी सेनापतिले राखेको शर्तको न्यायसँगतताको औचित्य पूष्टि मात्र नगरेर सम्भव भएसम्म आम जनताको जीउधनमा क्षति नपुर्‍याउने उनको इच्छा समेत व्यक्त गर्दछ।

    “पत्र लेखक महामहिमहरु राजकुमारलाई नम्रतापूर्वक के कुरा याद दिलाउन चाहन्छौं भने, राजकुमारलाई सम्बोधन गरी लेखिएको पहिलो पत्रमा पत्र–लेखकले, युद्धमा अझै हराइरहेका ब्रिटिस सेवाका अधिकारी तथा प्रजाहरू फिर्ता नपठाउन्जेलसम्म युद्ध–विराम तथा शान्ति–वार्ता गर्नु असम्भव हुन्छ। उक्त घोषणामा यो पत्र लेखक निरन्तर दृढ छ।”

    “शान्ति स्थापनाका निम्ति वार्ताका पुनर्थालनीका निम्ति पत्र–लेखकले अनिवार्य शर्तका रुपमा निरन्तर जोड दिइरहेको यो शर्तलाई राजकुमार कुङ् र उनले प्रतिनिधित्व गरेको सरकारले कसरी कार्यान्वयन गरेको छ?”

    “मानवीय प्रतिष्ठा र राष्ट्रहरू बीचका कानूनहरूको घोर उल्लङ्घन गर्दै गिरफ्तार गरिएका २६ जना ब्रिटिस प्रजाहरू मध्ये १३ जना मात्र बाँच्न सफल भएका छन्। बाँचेका तेह्र जनाले उनीहरूलाई गरिएको दुर्व्यवहार र अमर्यादित यातनाको शारीरिक प्रमाण, कसैको धेरै कसैको कम, लिएर आएका छन् र अन्य तेह्र जनालाई यसरी क्रुरतापूर्वक तरिकाले हत्या गरिएको छ कि वर्तमान परिवेशमा त्यसलाई यो पत्र–लेखकले स्वीकार्न त परै जाओस्, त्यस क्रुरतापूर्ण व्यवहारलाई यो प्रकृतिको सम्वादमा शब्दहरूमा अभिव्यक्त गर्न पनि अशोभनीय हुन्छ।”

    “जबसम्म यी आपराधिक क्रियाकलापको पश्चाताप गरिंदैन, चीनको वर्तमान राजवंश र ग्रेट ब्रिटेनका बीचमा शान्ति असंभव छ।”

    “त्यसकारण आफु माथि पर्ने सन्निकट महान विपत्तिबाट बच्‍ने एकमात्र उपाय, निम्न शर्तहरूलाई तुरुन्तै स्वीकार गर्नु रहेको छ” –

    “थुप्रै ब्रिटिस थुनुवाहरूलाई अमर्यादित व्यवहार गरिएको ठाँउ भनिएको थुएन–मिङ्–युएन को दरबारका बाँकी सबैै हिस्सालाई तुरुन्तै ध्वस्त बनाई जमीनमा मिलाइनेछ। यस कामका निम्ति महामहिम राजकुमारको स्वीकृति आवश्यक पर्ने छैन, किनभने सेनापतिले यो काम तुरुन्तै कार्यान्वयन गर्ने छन्।”

    “पत्र–लेखकले तोकेका अधिकारीलाई तीन लाख टील क्षतिपूर्ति तत्काल दिनु पर्ने छ, जुन दुर्व्यवहारित व्यक्तिहरू तथा मृत व्यक्तिका परिवारहरूलाई ब्रिटिस सरकारले आफ्नो मर्जी अनुरुप वितरण गर्नेछ।”

    “तात्कालीन समझदारी जुन तिएन्त्सीनमा तयार गरिएको थियो…

    हस्ताक्षरकर्ताहरू एल्गिन र किनकार्डिन ( क्रमशः ब्रिटिस राजदूत र फ्रेन्च राजदूत)

    राजकुमार कुङ् सबैै शर्तहरू मान्न राजी भए

    ब्रिटिस राजदूत र फ्रेन्च राजदूतहरूको दृढताका अघि झुक्दै, अन्त्यमा, राजकुमार कुङ् सबैै शर्तहरू मान्न राजी भए।
    अक्टोवर २४, १८६०, मा पेकिङ्‍को आलंकारिक सभा भवनमा, ब्रिटेनकी महारानी तथा चीनका सम्राटका बीचमा एउटा समझदारी–पत्रमा हस्ताक्षर भयो र १८५८ को तिएन्त्सीन सम्झौताका पुनर्पुष्टीको कागजातहरू आदान–प्रदान गरिए। यसरी लर्ड एल्गिनको दोश्रो चीनियाँँ राजनयिक यात्रा समाप्त भयो।

    मार्गरीको हत्या बाहेक सन् १८६० देखि १८९५ सम्म चीन बेलायतको वैदेशिक सम्बन्ध सामान्य

    सन् १८६० देखि चीन–जापान युद्ध समाप्त भएको अन्त्य तिर १८९५ सम्म, चीनको वैदेशिक सम्बन्ध संक्रमणको अवधिमा गुज्रियो । त्यस्तो सम्बन्धको विशेषता, शुरु र अन्त्यमा भयहीनताको रुपमा प्रष्फुटित भयो। जहाँ सम्म युरोपेली शक्तिहरूसँगको सम्बन्धको कुरा छ, त्यो भयहीनता शुरु र अन्तमा करीव करीव वेइज्जतीपूर्ण ढंगको तर बीचमा कस्सिलो र सहमतीतिर उन्मुख थियो, जसले चीन एवं जापान बीचको युद्धको घोषणाका बिन्दूमा आइपुग्दा चरम आक्रामक स्वरुप ग्रहण गर्‍यो, तर द्वन्दका कारणहरू ज्ञात भएपछि, त्यो आक्रामकता अचानक साम्य भएर गयो।

    यस अवधिमा आँग्ल–चीनियाँँ सम्बन्ध, त्यो सम्बन्धलाई यसै रुपमा मात्र सीमित गरिने हो भने र त्यसलाई आँग्ल–फ्रेन्च–रुस एवं चीनबीचको सम्बन्धमा घोलमेल नगर्ने हो भने, तुलनात्मक रुपमा सन्तोषप्रद रहे। त्यस अवधिमा याङ् चाउ विद्रोह र अगस्तस मार्गेरी (Augustus Raymond Margary) को हत्या मात्र दुई देश बीचको सम्बन्धमा खलल् पुर्‍याउने ध्यान दिनयोग्य घटनाक्रम रहे।

    अगस्त १८६८ मा घटेको याङ् चाउको घटना, धर्म–प्रचारकहरू माथि भइरहने आक्रमणको एउटा थप घटना मात्र थियो र लामो पत्राचार पछि सम्पत्तिमा भएको क्षति र केही मामूली चोटपटका निम्ति क्षतिपूर्ति सुरक्षित गरिएको थियो।
    मार्गरीको हत्या अलि गम्भीर प्रकृतिको थियो र त्यसको उल्लेख गर्नु सान्दर्भिक हुन सक्छ।

    चीनका पश्चिमी प्रान्तहरू मध्ये एक युनानको सीमाना ब्रिटिस वर्मासँग जोडिएको छ र यसरी त्यस क्षेत्रमा व्यापारको साह्रै राम्रो सम्भावना विद्यमान छ। सन् १८६८ मा मेजर स्लादेनको नेतृत्वमा एउटा खोजी दस्ता वर्माको सीमाना नाघ्दै युनानको राजधानी मोमाइन पुग्यो। त्यस अभियानको उद्देश्य एउटा व्यापारिक मार्गका सम्भाव्यताहरू पहिल्याउनु र साथसाथै राजनीतिक स्थिति पत्ता लगाउनु थियो। तर त्यति बेला युनानमा धेरै उथलपुथल भइरहेको थियो, किनभने मुस्लीम धर्मावलम्वीहरूको एउटा समूहले चीनियाँँ अधिकारीहरू बिरुद्ध शसस्त्र विद्रोह छेडेको थियो तथा लडाइँँ जारी थियो। त्यसको परिणाम स्वरुप, मेजर स्लादेन मोमाइन भन्दा अघि बढ्न सकेनन्।

    सन् १८७४ मा विद्रोहीहरूलाई पूर्ण रुपमा पराजित गरेर विद्रोह दवाइयो र त्यहाँ पहिले भन्दा अझ दह्रो गरी चीनियाँँ प्रभुत्व स्थापित भयो। भारतीय सरकारले तुरुन्तै अर्को अभियान त्यहाँ पठाउने निर्णय गर्‍यो र त्यो यात्रा सुसम्पन्न गर्न कर्णेल होरास ब्राउनलाई छानियो। उक्त कार्यलाई अझ राम्ररी सम्पन्न गर्न चीन सम्बन्धी ज्ञाता तथा चीनस्थीत ब्रिटिस राजदूतावासका अटाचे अगस्तस रेमण्ड मर्गरीले सांघाईबाट यात्रा शुरु गरी, चीनका भूभाग छिचोल्दै इरावदी नदीको किनारमा अवस्थित भामोमा कर्णेल व्राउनको टोलीलाई भेट्ने र मर्गरीले छिचोलेको बाटो हुँदै त्यो संयुक्त टोलीलाई सांघाई फर्कने तारतम्य मिलाइयो।

    मर्गरीले २३ अगस्त १८७४ मा सांघाई छाडे र उनी अर्को वर्षको जनवरी १७ मा भामो पुगे। कर्णेल ब्राउन त्यहाँ पहिले नै पुगिसकेका थिए र त्यहाँ केही समय आराम गरेपछि, चीनियाँँ सरकारले उपलव्ध गराएका उपयुक्त राहदानी लिएर त्यो संयुक्त टोली चीन छिचोली सांघाइ तर्फ हिड्यो। वर्माको सीमाना नाम्फोङ् पुगेपछि के जानकारी प्राप्त भयो भने काख्येन कविलाले उक्त अभियानमा वाधा पुर्‍याउन खोज्दैछ। मर्गरीले आफु अघि जाने र जाँचपडताल गर्ने प्रस्ताव राखे र उनी त्यो काम गर्न फेव्रुअरी १९, १८७५ मा अघि बढे। उनलाई मात्र एक जना चीनियाँ सचिव र उनका नीजि सहायकद्वारा भेट दिइयो। दुई दिन पछि उनको र उनका दुई सहायकहरूको हत्या गरियो। उक्त हत्या लि शि ताई नाम गरेका एक उच्चपदस्थ कर्मचारीका भतिजाका मातहतमा रहेका चीनियाँहरूद्वारा गरिएको थियो।

    कर्णेल ब्राउन र उनका टोलीमाथि पनि आक्रमण गरियो तर उनीहरू लड्दै भिड्दै वर्मा फर्कन सफल भए। सुंगली यामेन र ब्रिटिस मन्त्रीका बीचमा यो घटना एउटा लामो छलफलको विषय बनिरह्यो । , जसले निकालेको समाधान, इङ्गल्याण्डलाई २ लाख टिलको क्षतिपूर्ति दिने र साम्राज्यका तर्फबाट औपचारिक क्षमायाचनाको पत्र पठाउने गरी सेप्टेम्वर १३, १८७६ मा सर थोमस वेड तथा लि हुङ् चाङ्ले हस्ताक्षर गरेको चीफको समझदारी–पत्रबाट भयो। उक्त समझदारीमा, सर थोमस वेडले पेकिङ् छाडी गएपछि र पे–चि–ली को खाडीमा ब्रिटिस युद्ध पोतहरू प्रवेश गरे पछिमात्र, (र यसको निष्कर्ष ७-१३ सेप्टेम्वर १८७६ सम्मको छलफलबाट Convention of Chefoo बाट निकालियो) पुगिएको थियो।
    सन् १८७६ देखि यता आजसम्म, आँग्ल–चीनियाँँ सम्बन्धलाई समग्र चीनियाँँ प्रश्नको एउटा भागका रुपमा छलफल गर्न अझ सहज भएको छ।

    रुस–चीन सम्बन्धका बारेमा विचार गर्न थाल्नु अघि, ब्रिटिस उपनिवेसहरूमा रहेका चीनियाँहरूका बारेमा केही चर्चा गर्न सकिन्छ।

    ठाँउ ठाँउका परिस्थिति अनुसार ब्रिटिस उपनिवेशहरूमा चीनियाँहरूलाई अभिशाप वा वरदानका रुपमा हेरिन्छ। ब्रिटिस गायना, मलेशीयाली प्रायद्वीपका वस्तीहरू र अन्य उष्ण उपनिवेशहरूमा, चीनियाँँहरूलाई श्रमिकका रुपमा स्वागत गरिएको छ। सामान्यतया अल्छी र अविश्वसनीय जनसमुदायहरू भएका यी राष्ट्रहरूमा उसको उद्यमशीलता र मितव्ययीताले उसलाई उजेल्याएको छ।

    तर गैर–उष्ण उपनिवेशहरूमा चीनियाँँहरूले त्यस्तै स्वागत पाएको छ, जस्तो उसले संयुक्त राज्य अमेरिकामा पाएको थियो। अष्ट्रेलिया र क्यानाडामा पनि उसको वहिष्करणका निम्ति तिनै तर्कहरू प्रयोग गरिए, जुन क्यालिफोर्नियामा प्रयोग गरिएका थिए र तिनका परिणाम पनि समान नै रहे।

    भिक्टोरिया, न्यू साउथ वेल्स, क्वीन्स लेण्ड, साउथ अष्ट्रेलिया, वेष्टर्न अष्ट्रेलिया, न्यूजिलेण्ड र क्यानाडामा चीनियाँँहरूको आप्रवासनलाई नियन्त्रण गर्ने कानूनहरू समय समयमा पारित गरिएका छन्। अष्ट्रेलियामा चीनियाँँ–विरोधी जनमत क्यालिफोर्निया जत्तिकै हिंसात्मक थियो।

    सन् १८८७ मा अष्ट्रेलियामा वसोवास गरिरहेका चीनियाँँ प्रजाहरूको अवस्थाका बारेमा छानवीन गर्न एउटा चीनियाँँ आयोगले त्यहाँका भ्रमण गर्‍यो। सेन्ट जेम्स स्थित आवासीय चीनियाँँ मन्त्रीले अष्ट्रेलियामा वसोवास गर्ने आफ्ना देशका जनताहरूलाई छुट दिइएको १० पाउण्डको चुनावी कर तिर्न बाध्य बनाइएको बारेमा लर्ड स्याल्सबरीको तत्काल ध्यान आकर्षित गराए। उनले यसलाई “महारानीका अन्तर्राष्ट्रिय सम्झौताहरूको प्रतिकुल” भएको घोषणा गरे। त्यसो भएता पनि समग्र ब्रिटिस साम्राज्यको सरकारले के पायो भने कुनै प्रकारको हस्तक्षेप कार्यान्वयन गर्नका निम्ति चीनियाँँ विरोधी भावना अत्यन्त तीव्र छ।

    यसबारे न्यू साउथ वेल्सका तत्कालीन गभरनर लर्ड क्यारिङ्टनले विदेश मन्त्रालयलाई यस्तो लेखे–“ सम्झौता गर्ने शक्तिको प्रयोग गर्नेहरूले हाम्रा हितहरूको ख्याल गरुन् र त्यसको रक्षा गरुन् भन्ने चाहनु न्यायपूर्ण देखिन्छ।’’

    न्यू साउथ वेल्सका प्रधानमन्त्री सर हेरी पार्कर्सको भाषा अझ वढी प्रष्ट र सटीक थियो। लन्डन स्थित चीनियाँँ मन्त्रीद्वारा त्यसको लगत्तै गरिएको विरोधको अवसरमा यी महान अष्ट्रेलियाली राजनेताले घोषणा गरे–“न त महारानीका युद्ध पोतहरूका निम्ति, न त उक्त स्थानका उनका प्रतिनिधिका निम्ति, न त उपनिवेशहरूका निम्ति महारानीका सरकारी मन्त्रीका निम्ति, हामी हाम्रा उद्देश्यबाट च्यूत हुने आशय राख्छौ।”

    अन्य ठाँउहरूमा जस्तै ब्रिटिस उपनिवेशहरूमा पनि चीनियाँँ–विरोधी कानूनहरू ल्याउन बाध्य पार्न जनमतको शक्ति पर्याप्त रहिआएको छ।

    (हामीले सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंशलाई हरेक शनिवार क्रमश: प्रसारण गर्दै आएका छौं।  यो पुस्तक प्रकाशन भएको करीव १०२ वर्ष भइसकेकोछ तर पश्चिमाको  थुसिडाइट्स रणनीति यसैमा आधारित छ। र यही पुस्तकमा  प्रस्तुत धारणा नै हालको पश्चिमा राष्ट्रहरुको चिनलाई व्यवहार गर्ने रणनीति बन्दै आएको छ। फ्रान्सिस फुकियामाका हालका धारणाले पनि यस पुस्तकको घेरा नाँघ्न सकेको छैन। जम्माजम्मी १५० प्रति छापिएको यो पुस्तक खासखास व्यक्तिलाई वितरण गरिएको थियो र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेटहरु नष्ट गरिएको थियो।  हामीले यस पुस्तकका  महत्वपूर्ण र वर्तमानमा सान्दर्भिक हुने ऐतिहासिक अंश प्रशार  गर्दैछौ‌ं र यसलाई आगामी हप्तामा पनि दिइनेछ। ) विगतका श्रृङ्खलाहरुका लागि तलका लिङ्कहरुमा गई पढ्नुहोस्।

     

    चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित) 

    स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक 

    संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

    संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु 

     

    इङ्गल्याण्ड- चीनका शुरुवाति सम्बन्ध र पहिलो शसस्त्र मुठभेट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एलेण्ड आयरल्याण्ड

      एलेण्ड आयरल्याण्ड

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.