Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषि विकास रणनीति

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ १५, २०७७
- कृषि, यो हप्ता, समाज, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    डा. सर्वराज खड्का। विपद्बाट सुरक्षित रहन आत्मनिर्भर र दिगो कृषि विकास रणनीतिमा नै विशेष ध्यान दिनुपर्ने देखिन्छ । कोरोना पछाडि नेपालले अवलम्बन गर्नसकिने केही रणनीतिक तथा कार्यगत सुझावहरू यहाँ छन् ।

    कोरोनाप्रभावित कृषक, भूमिहीन तथा कृषि मजदुरहरूलाई कम्तीमा साविकको उत्पादन वा आम्दानीमा नफर्किन्जेलका लागि मर्यादित जीवन निर्वाह भत्ताको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो गर्दा एचआईभी एड्स पीडित, एकल महिला/पुरुष, फरक क्षमता भएका, वृद्धावस्थाका र दुर्गमका किसानहरूलाई प्राथमिकता दिनुपर्दछ ।

    कुनै पनि अवस्थामा खाद्यसुरक्षा र खाद्य आपूर्ति गर्ने कृषि व्यवसाय अति आवश्यक सेवाभित्र पर्दछ । त्यसैले हालको कृषि विकास रणनीति, योजना तथा कार्यक्रमलाई कोरोना महामारीको असरको सन्दर्भलाई दृटिगत गर्दै आवश्यकतानुसार तत्कालै पुनरवलोकन तथा परिमार्जन गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम लागू गर्ने व्यवस्था मिलाउनुपर्छ । अल्पकालीन कार्यक्रमलाई साना तथा मझौला किसान, भूमिहीन र कृषि मजदुरहरूको खाद्य तथा अन्य जीविकोपार्जनको आवश्यकता परिपूर्ति गर्नेलगायत आर्थिक उत्थानमा केन्द्रित गर्नुपर्छ । अनौपचारिक, असङ्गठित तथा सङ्गठित क्षेत्रका मजदुरको तत्कालको खाद्य अधिकार हननको अवस्था आउन नदिन उपयुक्त राहत कार्यक्रम सञ्चालन गर्न र साना तथा मझौला कृषक, भूमिहीन तथा कृषि मजदुरहरूको उपयुक्त पोषणसहितको खाद्य सुरक्षा सुनिश्चित गर्न, उनीहरूको उत्पादन बिचौलियाहरूको अप्राकृतिक मुनाफाखोरीलाई पूर्णरूपमा निस्तेज र निरुत्साहित गरी उपभोक्तासम्म पुर्‍याउन र खाद्यपदार्थमा भइरहेको अस्वाभाविक मिसावट तथा मूल्यवृद्धि नियन्त्रण तथा नियमन गर्न आवश्यक छ ।

    हाल बन्दाबन्दीका कारण किसानहरूले बाली भित्र्याउने-बेच्ने र लगाउने कामहरू सहज हुन सकेका छैनन् । किसानका उत्पादन बजारसम्म पुग्न नपाई किसान स्वयं लाभ लिनबाट वञ्चित छन् । आकाशिँदो मूल्यका कारण उपभोक्ता आर्थिक मारमा छन् । बीउ र पशुपन्छीको चारा वा दानामात्रै होइन पशुपन्छी सम्बन्धित सेवाहरू अवरुद्ध हुनगर्ई किसानको अर्को वर्षको उत्पादन तथा आम्दानीसमेत डुब्ने अवस्थामा छ । त्यसकारण पशुपन्छी तथा कृषिमा उत्पादन सामग्री र सेवा तथा उत्पादित वस्तुको बजार व्यवस्थापन र वितरणसँग सम्बन्धित शृङ्खलालाई अविच्छिन्न राख्नुपर्नेछ ।

    साना तथा मझौला किसानहरू र साना कृषि व्यवसायीको कृषि ऋणको साँवा तथा ब्याज अधिकतम रूपमा मिनाहा गर्ने व्यवस्था गर्नु जरुरी छ ।कोरोना महामारीको प्रभावलाई समेत उपयुक्त किसिमले सम्बोधन गर्ने गरी परिमार्जन गरिएको आगामी कृषि विकास रणनीतिले नेपाललाई शीघ्रातिशीघ्र आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक पर्ने ज्ञान, सीप, प्रविधि र व्यवस्थापनलाई ध्यान दिनु जरुरी छ । आफैँले गर्नसक्ने तर सोचे अनुसार नभइरहेको कृषि उत्पादनमा समेत वैदेशिक आयातमा भरपर्नु हाम्रो ठूलो समस्या हो । आफ्नै स्रोत साधनको सदुपयोग गरी खाद्यमा आत्मनिर्भर हुन कृषि विकास अभियानलाई तीव्रता दिन अब ढिलो गर्नुहुन्न ।

    कृषि अर्थतन्त्रलाई बचाइराख्न तथा जनताको खाद्य सम्प्रभुता बलियो गर्न अनावश्यक परनिर्भरतालाई कम गर्ने यो एक अवसर पनि हो । त्यसैले स्थानीय रैथाने बाली र पशुपन्छी नश्लको संरक्षण गर्न सामुदायिक बीउ तथा पशुपन्छी नश्ल सङ्कलन, संरक्षण तथा प्रवद्र्धन केन्द्रहरूको स्थापना र सबलीकरण गर्न आवश्यक छ ।

    हालको कृषि विकास सेवाको सरकारी संरचनालाई परिमार्जन गरी केन्द्रमुखी होइन, किसानमुखी बनाउनुपर्ने देखिन्छ । रूपान्तरणकारी कृषि विकासलाई मूर्तरूप दिन कृषि प्रसार तथा उपयुक्त प्रविधि हस्तान्तरणलाई सशक्त र प्रभावकारी बनाउन हरेक स्थानीय सरकार (पालिका)मा मुकाम रहने गरी कम्तीमा एक एकजना अधिकृत स्तरको कृषि (बालीविज्ञान) तथा पशुपन्छी विज्ञानको कर्मचारीको व्यवस्था गर्ने तथा हरेक वडामा एक– एकजना मध्यमस्तरको कृषि (बालीविज्ञान) तथा पशुपन्छी विज्ञानको कर्मचारीको व्यवस्था गर्नुपर्दछ ।

    सिर्जनशीलतालाई प्रोत्साहन गरी कृषि विकासमा अग्रगामी बाटो निर्देश गर्न अध्ययन, अनुसन्धान र खोजमूलक कार्यलाई कम्तीमा पनि सबै प्रदेशमा व्यवस्थित गर्नु आवश्यक छ ।स्थानीय तहको कृषि विशेषमा कार्यदक्षता आवश्यक छ । सङ्घीय ढाँचाका तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने र कृषि विकासका लागि योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता क्षेत्रमा स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने देखिन्छ ।

    साना तथा मझौला किसानलाई कृषि सामग्री तथा सहुलियत दरको कृषि ऋण सहज र निजले उत्पादन गरेको पारिवारिक उपभोगभन्दा अधिक उत्पादनका लागि उपयुक्त बजारको व्यवस्था गर्न आवश्यक छ । यसो हुन नसकेमा उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी सरकारले नै किन्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।

    कृषि उत्पादनलाई प्रतिस्पर्धी तथा कृषि पेशालाई मर्यादित बनाएर देशका सिर्जनशील युवा जनशक्तिलाई कृषिपेशामा आकर्षित गर्ने र जनशक्तिको अभाव तथा कृषिमा घट्दो आकर्षणका कारण क्रमशः बाँझो हुँदै गएका खेतबारीलाई पुनः उत्पादनमा फर्काउने यो एक उपयुक्त अवसर पनि हो । विदेशबाट फर्कने युवालाई कृषिमा आकर्षित गर्न उपयुक्त रणनीति र कार्यक्रम लागु गर्नुपर्दछ ।

    कृषिलाई सामूहिकीकरण-सहकारीकरण गर्ने, भूमिको चक्लाबन्दी गर्ने र अनावश्यक रूपमा कृषि भूमिको खण्डीकरण र अन्य प्रयोजन रोक्नुपर्ने हुन्छ । कृषिमा सम्भावित जोखिम कम गर्न मुख्य बालीनाली तथा पशुपन्छीको उत्पादन प्रतिफलमा आधारित बीमाको व्यवस्था सर्वसुलभ रूपमा लागु गर्दा कृषि पेशामा प्राकृतिक प्रकोपका कारण हुने हानिबाट केही हदसम्म भए पनि संरक्षण पुग्छ  ।

    यी सुझावहरू यथोचित समयमा अवलम्बन तथा कार्यान्वयन गरेमा कृषिक्षेत्रले नवजीवन प्राप्त गर्ने र यसले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सहयोग पुग्ने देखिन्छ ।-गोरखापत्र

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.