Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एयरबसले नेपाली अधिकारीलाई घूस दिएको स्वीकार

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २७, २०७६
- history
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो)घूस दिएको स्वीकार गरेको छ ।युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी एरबस ए३२० विमानहरूको सम्झौता सुरक्षित गर्न कम्तीमा ३ लाख ४० हजार युरो तिर्नुपरेको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख छ।

    १८ लाख डलरको कुल वित्तीय प्रतिबद्धतालाई संकेत गर्ने उक्त सम्झौताका अनुसार सो भुक्तानी ‘विदेशी सरकारी अधिकारीका लागि घूसका रूपमा उल्लेख गर्न योग्य हुन सक्छ।’ एयरबसले दिएको कूल १८ लाख डलर (झण्डै नेपाली २० करोड रुपैयाँ) नेपाली बिचौलिया र अधिकारीहरुलाई भुक्तान गरिएको थियो या थिएन भन्ने विषय यकिन नभए पनि ३ लाख ४० हजार युरो भने तेश्रो पार्टीमार्फत नेपाली अधिकारीहरुसम्म आइपुगेको विश्वास छ।

    नोभेम्बर २००९ मा दुबईमा भएको एयर शोमा नेपाल एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्‍न कंसाकारले एयरबससँग वाइड बडी ए३३०-२०० र न्यारो बडी ए३२० विमान खरिदका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिपत्रअनुसार ए३३० र ए३२० दुई वर्षमा बुझाउनुपर्ने तय भएको थियो। तर अग्रिम भुक्तानीको रूपमा ७ लाख ५० हजार डलर एयरबसलाई भुक्तानी दिएपछि कंसाकारलाई अनियमितता गरेको आरोपमा पक्राउ गरिएको थियो।

    २०१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर २०१२ मा विशेष अदालतले कंसाकारलाई निर्दोष ठहर गर्दै सफाइ दियो। संसदीय लेखा समितिले पनि सुरुदेखि नै अनियमितता भएको आशंकामा यसको छानबिन गरिरहेको थियो। लेखा समितिका सदस्य सांसद धर्मशीला चापागाईंका अनुसार सो अनुसन्धान समाप्त भइसकेको छैन र भ्रष्टाचारको आरोप छ भने फेरि पनि अनुसन्धान हुनसक्छ।

    ‘समितिले उजुरी प्राप्त गरेको थियो र औपचारिक अनुसन्धान सुरु गर्ने कि नगर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेको थियो, तर यो कहिल्यै पनि कार्यान्वयन भएन,’ चापागाईंले भनिन्, ‘अब मुद्दा पुरानो भएको छ। तर यदि रिपोर्टले एयरबस सम्झौतामा भ्रष्टाचार भएको वा कमिसन लिइएको देखाउँछ भने नेपाली अधिकारीहरूले यो मुद्दालाई गम्भीरताका साथ लिनुपर्दछ।’

    सुरुमा नेपाल एयरलाइन्सको ४२ मिलियन डलरको सम्झौता, जुन २०१३ मा संशोधन गरेर ४७ मिलियन डलर पुर्‍याइएको थियो र त्यसमा दुई ए३२० ल्याउने बताइएको थियो।नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणको फाइल औपचारिक रुपमा २०१५ बन्द भएको थियो। यद्यपि एयरबस आफूले २००४ देखि २०१६ सम्म बिक्री गरेका विमानमा भ्रष्टाचार भएको आशंकामा फ्रान्सेली, बेलायती र अमेरिकी अधिकारीहरूको रडारमा थियो।

    फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जनवरी २९ मा अदालतमा बुझाएको कागजात अनुसार टुलूजस्थित कम्पनीले २०१४ फेब्रुअरीदेखि २०१५ अप्रिलसम्ममा ३ लाख ४० हजार युरो (३ लाख ७६ हजार १ सय ४० डलर) नेपाली व्यापारीले बनाएको तेस्रो पक्षलाई आर्थिक कारोबार सुविधाजनक बनाउन नेपाली सरकारी अधिकारीलाई दिने गरी घूस दिएको देखिन्छ।

    उक्त प्रतिवेदनअनुसार एयरबसले सुरुमा तेस्रो पक्षलाई रकम भुक्तान गर्‍यो र सो तेस्रो पक्षले नेपालका साथै ताइवान, श्रीलंका, मलेसिया, इन्डोनेसिया, जापान र रसियालगायत १६ राष्ट्रका सरकारी अधिकारीलाई पैसा दिएको हो।

    बेलायतस्थित गम्भीर आर्थिक अपचलनको अनुसन्धान गर्ने कार्यालयले मलेसिया, श्रीलंका, ताइवान, इन्डोनेसिया र घानामा घुसखोरीको सम्बन्धमा अनुसन्धान गरेको थियो भने फ्रान्सेली पार्क्वेट नेसनल फाइनान्सियरले चीन, कोलम्बिया, नेपाल, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ताइवान र रसियामा घूस र भ्रष्टाचार सम्बन्धी अपराधको अनुसन्धान गरेको थियो।

    एयरबसले ३०० मिलियन डलरको वार्षिक बजेट भएको विभागलाई प्रयोग गरेर सरकारी अधिकारीहरू तथा विमान खरिदमा निर्णायक भूमिका भएकाहरुलाई रकम दिने गरेको थियो। यसका कारण दिर्घकालिन रुपमा कम्पनीलाई एक बिलियन डलर मुनाफा भएको थियो।

    २०१६ एरबस कम्पनी आफैंले आर्थिक अनियमितताका बारे रिपोर्ट गरेपछि त्यसको अनुसन्धान सुरु गरिएको थियो। त्यसपछिको अनुसन्धानमा अमेरिका र फ्रान्सका विभागहरू पनि समावेश भएका थिए। जसका कारण एयरबसले आपराधिक कार्य गरेवापतको सजायबाट मुक्ति पाएपनि उसले ४ बिलियन डलर जरिवाना मात्रै तिर्नुपर्ने छ।

    भ्रष्टाचारको अनुसन्धान गर्नेहरुले अदालतले दिएको जरिवानाको आदेशलाई भ्रष्टाचारका लागि कुनै पनि ठूलो कर्पोरेटलाई गरिएको ठूलो जरिवानाका रुपमा व्याख्या गरेका छन्।नेपालको मामलामा भने दुईजना नेपाली व्यवसायीहरुले बिचौलियाका रूपमा कार्य गरिरहेका थिए।

    ‘एयरबसका कार्यकारीहरूले दुई नेपाली व्यापारीसँग सम्बन्ध रहेको र उनीहरुको नेपाल सरकार तथा सरकारी अधिकारीहरू र नेपाल एयरलाइन्सका अधिकारीहरूसँग सम्पर्कमा रहेको दाबी गरेको बताएका थियो,’ कागजातमा भनिएको छ।’यो खुलासासँगै विमान खरिद प्रक्रियाको पुनस् अनुसन्धान गर्न सकिन्छ,’ नेपाल एयरलाइन्सको बोर्डमा रहेर कार्य गरेका एक व्यवसायीले भने। कान्तिपुर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

      शिवप्रसाद तिवारी
      पुस २६, २०७७

      जस्तोसुकै प्रजातन्त्रको हिमायती हुँ भन्ने देशहरूमा पनि चुनावका माध्यमबाट केही व्यक्तिवादी, अलोकतान्त्रिक प्रवृत्तिका मान्छेहरू चुनिने सम्भावना हुँदोरहेछ। डोनाल्ड ट्रम्प पनि...

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

      टंक कार्की
      पुस २४, २०७७

      महान फ्रेन्च क्रान्तिको ११/२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्तिमाथि बुट बजार्दै आफूलाई सम्राट घोषणा गरेका थिए।...

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

      शत्रुधन् महतो
      पुस १४, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको कदम चल्नुभयो । असंवैधानिक कदम चाल्नुभयोे । संविधानत : बहुमत हुँदाहुँदै संसद विघटन गर्न...

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

      दिलु पन्त
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पूर्ण रूपमा असंवैधानिक छ । उनले जुन कदम चाले, त्यसले मुलुकलाई अधोगतितर्फ लैजान्छ । त्यो...

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      ओलीले विना जानकारी केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाद्वारा पद अस्वीकार

      पत्रपत्रिकाबाट
      पुस ९, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीले विना जानकारी र सोधनी बालुवाटार समूहको केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २७ जनाले उक्त पद अस्वीकार...

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

      बलावती शर्मा
      पुस ८, २०७७

      म कानुनको विद्यार्थी पनि हुँ । संसद विघटनका लागि संविधानका जुन–जुन धारा तोकिएका छन्, त्यसमा बहुमतको सरकारलाई संसद विघटनको अधिकार...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.