Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संविधानत: संसद जिउँदै छ – बलावती शर्मा

बलावती शर्मा बलावती शर्मा
पुस ८, २०७७
- history, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म कानुनको विद्यार्थी पनि हुँ । संसद विघटनका लागि संविधानका जुन–जुन धारा तोकिएका छन्, त्यसमा बहुमतको सरकारलाई संसद विघटनको अधिकार नै छैन । निर्वाचित भइसकेपछि कुनै दलले बहुमत पुर्‍याउन सकेन र फेरि पनि आह्वान गर्दा बहुमत पुगेन भने मात्र प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने प्रावधान संविधानमा छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको कदम नेपालको संविधान अनुसार नभएकाले अहिले संसद विघटन भएको छैन । संविधानका प्रष्ट प्रावधानमा टेकेर, जनतासँग गएर चुनावमा मत प्राप्त गरेर आएको संसद कुनै व्यक्तिले कुनै व्यहोरा लेख्दैमा र घोषणा गर्दैमा मर्दैन ।

    यसर्थ, प्रधानमन्त्री ओलीले जुन ढंगले कदम चाले, यो प्रतिशोधात्मक रुपमा आएको हो । राजनीतिलाई अस्थिरतातिर धकेल्नका लागि र राजनीतिक वादविवादलाई संवाद्तर्फ लैजान नसकेर देशलाई नै दुर्घटनातर्फ लैजानका लागि उनले यो कदम चालेका हुन् । यसले प्रधानमन्त्री ओली र उनलाई पछ्याउनेहरूलाई नै राम्रो गर्दैन ।

    हामीले घोषणापत्र लिएर जाँदा दुई वटा पार्टी सँगै लडेर १५ वर्षमा मध्यमस्तरको देश बनाउछौँ भनेर जनताको बिचमा सपना बाँडेका थियौँ । तर, अहिले तीन वर्ष नहुँदै संसद विघटन गरेर ताजा जनादेशमा जाने भनिदैछ, यो पाखण्डी कुरा हो । यस कदमले ओलीलाई त हित गर्दैन नै, देशलाई पनि अन्धकारतर्फ धकेल्ने काम गरेको छ ।

    पाखण्ड

    १४ बर्षसम्म जेल बसेर राजनीतिक जीवनमा समेत योगदान दिएको एउटा नेतृत्वलाई झण्डै दुई तिहाईको मतले अहिले केहि गरेर देखाउने अवसर दिएको थियो । हामीले घोषणापत्र लिएर जाँदा दुई वटा पार्टी सँगै लडेर १५ वर्षमा मध्यमस्तरको देश बनाउछौँ भनेर जनताको बिचमा सपना बाँडेका थियौँ । तर, अहिले तीन वर्ष नहुँदै संसद विघटन गरेर ताजा जनादेशमा जाने भनिदैछ, यो पाखण्डी कुरा हो । यस कदमले ओलीलाई त हित गर्दैन नै, देशलाई पनि अन्धकारतर्फ धकेल्ने काम गरेको छ ।

    हिजो दुइवटा पार्टी एकता हुँदा प्रधानमन्त्री ओली तत्कालिन् नेकपा एमालेका अध्यक्ष थिए र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल थिए । त्यसअगाडि हामीले ७० बर्षको इतिहासमा व्यवस्था परिवर्तन गर्‍यौँ । नेपाली जनताको अवस्था परिवर्तन गर्न कम्युनिष्टहरुले केहि गरेर देखाउनुपर्छ भन्ने आम लहर थियो । र, ओलीप्रति आम जनताको विश्वास पनि थियो । कडा र रुखो बोल्ने ओलीले कम्युनिष्ट आन्दोलनलाई उस्तै प्रस्टताका साथ अघि बढाउँछन् र यसका लागि उनीसँग क्षमता छ भन्ने विश्वास हामी कार्यकर्ताहर्रू पनि थियो ।

    ओलीको भनाई र गराईमा आकाश जमीनको अन्तर रहेछ । बोलीमा रुढता भए पनि हामीले हेर्ने भनेको कामलाई हो । राजतन्त्र फालेर गणतन्त्र ल्याउने बेलामा ओलीले ‘बयलगाढा चढेर अमेरिका जान संभव छैन’ भनेर भनेका थिए । ‘यति छिट्टै राजतन्त्र फालेर गणतन्त्र आउन गार्‍हो छ’ भन्ने असल मनसायैले उनले त्यसो भने होलान् भन्ने लाग्यो उतिखेर । तर, जनताको शक्तिका कारण गणतन्त्र स्थापित भयो ।

    तर हाम्रो अपेक्षा गलत सावित भएको छ । ओलीको भनाई र गराईमा आकाश जमीनको अन्तर रहेछ । बोलीमा रुढता भए पनि हामीले हेर्ने भनेको कामलाई हो । राजतन्त्र फालेर गणतन्त्र ल्याउने बेलामा ओलीले ‘बयलगाढा चढेर अमेरिका जान संभव छैन’ भनेर भनेका थिए । ‘यति छिट्टै राजतन्त्र फालेर गणतन्त्र आउन गार्‍हो छ’ भन्ने असल मनसायैले उनले त्यसो भने होलान् भन्ने लाग्यो उतिखेर । तर, जनताको शक्तिका कारण गणतन्त्र स्थापित भयो । अब कार्यान्वयनमा जाने बेलामा उनको काँधमा ठूलो अवसर र जिम्मेवारी इतिहासले सुम्पिएको थियो । त्यसलाई उनले निर्वाह गर्न सकेनन् र यसमा उनीबाट गम्भिर गल्ती भयो ।

    केही समयअघि राजावादीहरू सडकमा उत्रिए । यो पनि हामीप्रतिकै असन्तुष्टिकै उपज हो । देश र जनतालाई जसरी अगाडि बढाउनुपर्ने कार्यभार सत्तारुढ पार्टीलाई थियो, सोही अनुरुप काम हुन नसक्दा दक्षिणपन्थी र राजावादीहरू सक्रिय भए । हुनत ः अहिले नै देश पश्चगमनतिर फर्किन्छ भन्ने मलाई विश्वास नै छैन । विज्ञानसम्मत समाजको व्याख्या गर्ने हो भने समाज जहिले पनि अघि बढ्छ । पछाडि फर्कँदैन । नेपाली जनताको चेतना उन्नत भइसकेको छ , उनीहरू अब त्यति मुर्ख छैनन् । हामीलाई दिएको सत्तासञ्चालनको अधिकारको सबै प्रयोग गर्न नसक्नु नै यसको कारण हो । गत वैशाखमा जब पार्टी विभाजनसम्बन्धी अध्यादेश आयो, त्यसयता पार्टीमा बढेको विवाद र बहसकै उपज, राजावादीहरुको आन्दोलन हो ।

    आँखा अदालततर्फ

    सम्मानित सर्वोच्च अदालतले अब के गर्छ त भन्ने सवाल छ । संविधानलाई अदालतले अपव्याख्या गर्दैन । विभिन्न संविधानविद् एंव पूर्वन्यायधिशहरूले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिरहेका बेला अदालतले संविधानको अपव्याख्या गर्दैन भन्ने मलाई विश्वास छ । अस्थितरता तर्फ नलैजानका लागि संविधानले जस्तो परिकल्पना गरेको छ, त्यसअनुसार अदालतले पक्कैपनि संसद पुनस्र्थापना गर्छ । यदि अदालतले त्यसो गरेन भने विपक्षीसहितका हामीहरू एक ठाउँमा छौँ र त्यहि ढंगले हामी आवाज उठाउछौँ ।

    संविधानलाई अदालतले अपव्याख्या गर्दैन । विभिन्न संविधानविद् एंव पूर्वन्यायधिशहरूले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिरहेका बेला अदालतले संविधानको अपव्याख्या गर्दैन भन्ने मलाई विश्वास छ ।

    अप्ठ्यारो अवस्था आयो भने जनताको बिचमा जानुको विकल्प नै रहँदैन । एउटा भनाई छ ‘यदि संविधानमा लेखिएका कुरा लागु गर्ने व्यक्ति गलत छ भने संविधानमा जति राम्रो लेखिएको भएपनि त्यसले खासै फरक पर्दैन ।’ संविधानमा लेखिएका कुरा लागु गरिएन भने त्यसपछिको बाटो यसअघि नै उल्लेख गरीसकेको छु । तर, हामीले अदालतलाई जसरी स्वायत्त निकायको रुपमा बुझेका छौँ, त्यहीअनुसार फैसला हुन्छ भन्ने विश्वास छ । यदि संविधानको अपव्याख्या भयो भने त्यसपछिका विकल्प त छदै छन् । हामी जनतामा जान्छौँ ।

    (नेपाल रिडर्सले केन्द्रीय सदस्य शर्मासँग गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बलावती शर्मा

      बलावती शर्मा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.