Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हातखुट्टा बाँधेर ओलीलाई काम गर्न दिएनन् भन्ने कसले पत्याउँछ? : शत्रुधन् महतो

शत्रुधन् महतो शत्रुधन् महतो
पुस १४, २०७७
- history, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको कदम चल्नुभयो । असंवैधानिक कदम चाल्नुभयोे । संविधानत : बहुमत हुँदाहुँदै संसद विघटन गर्न पाइँदैन । अहिलेको परिस्थितिमा राष्ट्रपतिज्यूले पनि यो विषयमा विचार गर्नुपथ्र्यो । संसद विघटन गरेर तुरुन्तै निर्वाचनको घोषणा आवश्यक थिएन । ओलीको असंवैधानिक कदम विरोध र भत्सर्नायोग्य छ । म विश्वस्त छु, प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमलाई सर्वोच्च अदालतले बदर गर्छ । चुनाव हुँदैन, संसद पुनस्थापना हुन्छ । अर्को प्रधानमन्त्री बनेर फेरि सरकार चल्छ । पाँच वर्ष पूरा भइसकेपछि मात्रै चुनाव हुन्छ ।

    कम्युनिष्ट पार्टी विचार, सिद्धान्त, नीति र सामूहिक भावनाले चल्छ, चल्नुपर्ने हो । तर प्रधानमन्त्री ओली कहिल्यै पनि पाटी बैठकका निर्णयहरूलाई मान्नुहुन्न थियो । उहाँमा तानाशाही सोच पहिलेदेखि नै थियो । विचार र सिद्धान्तलाई समेत नमान्ने ओली हठका कारण नै संसद विघटन भएको हो । संसद विघटनका अरु कुनै कारण छन् जस्तो लाग्दैन । पार्टीको पद्धतीअनुसार महाधिवेशनबाट उहाँ तत्कालिन् नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचित भइसकेपछि उहाँको पार्टी चलाउने तौरतरिका नै गलत भयो ।

    उहाँभन्दा अघि अध्यक्षका रूपमा माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी चलाउनुभएको थियो । कुनै समस्या भइसकेपछि पार्टीको बैठक बस्ने, बैठकबाट सामूहिक निर्णय गर्ने, बहुमतको निर्णय मान्ने र अल्पमतको निर्णयलाई सबैले सम्मान गर्ने पद्धती हुन्छ । त्यो नै प्रजातान्त्रिक पद्धती हो । तर, ओली न बैठकमा आउनुहुन्थ्यो, न बैठक नै बसाउनुहुन्थ्यो । बैठकले गरेका निर्णय पनि उहाँ मान्न तयार हुनुहुन्न थियो । त्यसैले उहाँले भनेजस्तो उहाँलाई काम गर्न नदिइएको भन्ने आरोप सत्य होइन । बरु उहाँको आदेश र हुकुमहरूबारे पार्टीमा छलफल हुन थालेपछि त्यो सहन नसकेर र उहाँको आफ्नै कारणले संसद विघटनको घोषणा गर्नुभएको हो ।

    तर, ओली न बैठकमा आउनुहुन्थ्यो, न बैठक नै बसाउनुहुन्थ्यो । बैठकले गरेका निर्णय पनि उहाँ मान्न तयार हुनुहुन्न थियो ।

    पार्टीमा उहाँकै एकलौटी छ । मन्त्रिमण्डल गठन गर्दा पनि एकलौटी गर्नुभएको छ । के मा उहाँलाई काम गर्न दिइएन ? उहाँलाई कसले केमा बाधा ग-यो ? कहाँ हत्कडी लगाइयो ? कहाँ हातखुट्टा बाँध्ने काम भएको छ ? उहाँले आरोप लगाउँदैमा हुन्छ ? पार्टीदेखि लिएर संसदसम्म हरेक ठाउँमा उहाँले एकलौटी गर्नुभएको छ । सामूहिक निर्णय नमान्ने, एकलौटी गर्ने र पार्टीको निर्णयलाई पालना नगर्ने उहाँको स्वभावकै कारण यो अवस्था सिर्जना भएको हो । खड्ग ओलीको हातखुट बाँधेर काम गर्न दिएनन् भन्ने कुरा कसैले कसैले पनि पत्याउँदैन ।

    उहाँले सर्वसत्तावाद र विसर्जनको बाटो रोज्नुभएको छ । तर हामीमा अदालतप्रति अहिलेसम्म भरोसा छ । हामीले न्यायिक संस्थालाई मान्नैपर्छ । मलाई लाग्छ, अदालतले यो असंवैधानिक कदमलाई बदर गर्छ र फेरि पनि सरकार दुई वर्ष चल्छ । दुई वर्षपछि मात्रै अर्को चुनाव हुन्छ । अहिले नै सम्मानित अदालतले जनअपेक्षाअनुसार फैसला गर्दैन भनेर अनुमान नगरौँ । हिजो पनि संसद विघटन गर्दा अदालतले सदर गरिदिएको थियो तर जनमतले त्यसलाई उल्टायो । अहिले पनि अदालतले जनअपेक्षाअनुसार निर्णय गरेन भने त्यसलाई जनताले उल्टाइदिन्छन् । जनताले नै सर्वोपरी हो । संविधानको अपव्याख्या भयो भने हामी सडकमा जान्छौँ ।

    अहिले पनि अदालतले जनअपेक्षाअनुसार निर्णय गरेन भने त्यसलाई जनताले उल्टाइदिन्छन् । जनताले नै सर्वोपरी हो । संविधानको अपव्याख्या भयो भने हामी सडकमा जान्छौँ ।

    प्रधानमन्त्री ओलीको यो कदमले संविधानको मर्ममाथि प्रहार भएको छ । संविधानमाथि जसले कुठाराघात गर्छ, त्यसबारे जनताले आफ्नो फैसला गर्छ । जनताको अपेक्षामाथि तुषारापात भएको छ । जनताको अपेक्षा थियो, देशमा राजनीतिक अस्थिरता समाप्त भएको छ । अब देश समृद्धितर्फ जाओस् । देश आर्थिक र सांस्कृतिक समृद्धितर्फ अगाडि बढोस् । संविधानले पनि समाजवादउन्मुख कार्यक्रमहरूको परिकल्पना गरेको छ । तर, त्यतातिर हामी जानुको सट्टा बिल्कुल राजनीतिक ढंगले देश अगाडि बढ्यो । एक व्यक्तिको सनकका कारण देश दुर्घटनातर्फ जालाजस्तो देखिएको छ । तर त्यसलाई सच्याउँदै, त्यसको प्रतिरोध गर्दै फेरि पनि हामीले समृद्धि र समताका लडाईँ लड्न बाँकी छ ।

    (नेकपा केन्द्रीय सदस्य महतोसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शत्रुधन् महतो

      शत्रुधन् महतो

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.