Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सकाे ठहर : प्रतिक्रान्तिकारीहरूको प्रतिक हो नेपोलियन बोनापार्ट

टंक कार्की टंक कार्की
पुस २४, २०७७
- history, यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महान फ्रेन्च क्रान्तिको ११/२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्तिमाथि बुट बजार्दै आफूलाई सम्राट घोषणा गरेका थिए। त्यसको ४८ वर्षपछि आफूलाई बोनापार्टका भतिजा बताउने लुई बोनापार्ट राष्ट्रपतिमा निर्वाचित भए। काकाको सिको गर्दै उनले चार वर्ष पछि २ डिसेम्बर १८५१ मा राज्यविप्लवद्वारा आफूलाई सम्राट घोषणा गर्न पुगे। शासकहरूमा यस्तो तानाशाही प्रवृत्ति आएपछि कस्तो सामाजिक परिस्थितिको उद्भव हुन्छ भन्नेबारे, लुई बोनापार्टको उक्त प्रतिक्रान्तिको सुक्ष्म एवं सविस्तार वर्णन कार्ल माक्र्सले आफ्नो कृति ‘लुई बोनापार्टको १८ औं ब्रुमेर’मा बडो सजीव ढंगले गरेका छन्। त्यसको एक अंश:

    फ्रान्समा सानासाना किसानहरूको संख्या धेरै ठुलो छ । उस्तै–उस्तै अवस्थामा बाँचेका छन्। तर उनीहरूबीच बहुआयामिक सम्बन्ध हुँदैन। उनीहरूका उत्पादन प्रणालीले नै उनीहरूलाई एकअर्काको सम्पर्कमा आउनुको साटो एक अर्काबाट पृथक राखेको हुन्छ। उनीहरूको यो पृथकता फ्रान्समा संचार साधनको दयनीय अवस्था र किसानहरूको गरिवीले गर्दा अझ चर्को छ । उनीहरूका उत्पादन क्षेत्र, उनीहरूको खेतको सानो टुक्राले गर्दा खेतीमा श्रम विभाजन र विज्ञानको प्रयोग गर्ने सम्भावना रहँदैन । फलतः यहाँ किसानको विविधता हुँदैन, प्रतिभाको विकास हुन सक्दैन । सामाजिक सम्बन्धहरूको सम्पन्नता हुँदैन।

    प्रत्येक किसान परिवार प्रायजसो स्वावलम्बी हुन्छ। त्यसले आफ्नो उपभोगका अधिकांश वस्तुहरू आफैले उत्पादन गर्छ र यस प्रकारले आफ्नो जीविकाका साधन सामाजिक संसर्गद्वाराभन्दा बढी प्रकृतिसँगको अन्तरक्रियाद्वारा प्राप्त गर्दछ। सानो टुक्रा खेत, एक किसान र उसको परिवार। उसका छिमेकमा फेरि अर्को सानो टुक्रा खेत, अर्को किसान र उसको परिवार। यता केही किसानहरूबाट गाउँ बनेको हुन्छ। केही गाउँबाट प्रदेश। यस प्रकारले, जसरी बोरामा जम्मा गरिएको आलुबाट एक बोरा आलु तयार हुन्छ, त्यसैगरी समपरिणामहरूको सामान्य जोडद्वारा फ्रान्सेली राह्त्रको विराट जनसमुदाय बनेको छ । जब लाखौँलाख परिवार एक यस्तो आर्थिक अवस्थामा बाँच्नुपर्ने हुन्छ, जहाँ उनीहरूको जीवन, विधि, रुचि र संस्कृति अन्य वर्गको भन्दा पृथक हुन्छ र अन्य वर्गको विरुद्धमा तिनीहरू उभिन पुग्दछन्, तब भने उनीहरू एउटा वर्गको रुपमा देखा पर्दछन्।

    तर जबसम्म यस्ता ससाना किसान स्थानीय स्तरमा मात्रै अन्तरसम्बन्धित हुन्छन र आफ्ना हितको समरुपता भएर पनि उनीहरू एक छुट्टै समुदायको रुपमा बाँधिएका हुँदैनन्, उनीहरू बीचमा कुनै राष्ट्रिय बन्धन अथवा राजनीतिक संगठन हुँदैन, तबसम्म उनीहरूलाई एउटै वर्गमा बाँधिनु पर्ने आवश्यकता हुँदैन। तसर्थ उनीहरू आफ्नै नामबाट, चाहे त्यो संसदको नामबाट होस् या कन्भेन्टको नाममा होस्, आफ्नो वर्गको हितको रक्षा गर्न सफल हुँदैनन्। उनीहरू आफैँ आफ्नो प्रतिनिधित्व गर्न सक्दैनन्। अरु कसैले उनीहरूको प्रतिनिधित्व गरी दिनुपर्दछ।

    त्योमात्रै उनीहरूको प्रतिनिधि बन्न काविलीयत हुन्छ, जो उनीहरूको मालिक छ, उनीहरूमाथि हुकुम छाट्ने मालिक हुन्छ । जो एक निरंकुश सत्ताको प्रतिनिधि हुन्छ, जसले उनीहरूलाई अन्य वर्गबाट बचाउँछ र आकाशबाट घामपानी पठाउँछ। तसर्थ कार्यकारी सत्ताद्वारा समाजमाथि आधिपत्यको स्थापना नै साना किसानहरूको राजनीतिक प्रभावको अन्तिम अभिव्यक्ति हो।

    बोनापार्ट वंश क्रान्तिकारी किसानको होइन। रुढिवादी किसानहरूको प्रतिनिधि हो। यो वंश ती किसानहरूको प्रतिनिधि होइन, जो आफ्नो सामाजिक अस्तित्वको अवस्था अर्थात् सानो जोत बन्धनबाट मुक्त हुन चाहन्छन्, अपितु ति किसानहरूको प्रतिनिधि हो, जसले यस अवस्थालाई(सानो जोतलाई) कायम राख्न र अझ सुदृढ तुल्याउन चाहन्छ। उ त्यो ग्रामिण जनसंख्याको प्रतिनिधि होइन, जो शहरिया जनसंख्यासंग मिलेर आफ्नो शक्तिको बलमा पुरानो व्यवस्था फाल्न चाहन्छ ।

    अपितु यो त्यस ग्रामिण जनसंख्याको प्रतिनिधि हो जो यस पुरानो व्यवस्थाभित्र जडवत् थुनिएर बसेको छ। र, उसले के आशा पालेर बसेको छ भने साम्राज्यको भुतले उसलाई र उसको सानो जोतलाई जोगाउने छ र उसलाई विशिष्ट स्थानमा विराजमान गराउने छ। बोनापार्ट वंश किसानहरूको जागरणको होइन, उनीहरूको विवेकको होइन, बरु उनीहरूको पूर्वाग्रहको प्रतिनिधि हो, उनीहरूको भविष्यको होइन, उनीहरूको अतितको प्रतिनिधि हो, त्यो किसान विद्रोहको प्रतिनिधि होइन, प्रतिक्रान्तिकारी विप्लवको प्रतिनिधि हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.