Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गरीब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो : दिलु पन्त

दिलु पन्त दिलु पन्त
पुस ९, २०७७
- history, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पूर्ण रूपमा असंवैधानिक छ । उनले जुन कदम चाले, त्यसले मुलुकलाई अधोगतितर्फ लैजान्छ । त्यो भत्सर्नायोग्य छ । ओलीले समृद्ध नेपाल बनाउनका लागि भन्दै दुई वटा पार्टी मिलेर प्राप्त गरेको प्रचण्ड बहुमतको कदर गर्न सकेनन् । जनमतको मान्यतालाई बोक्न नसकेका कारण ओली इतिहासमा पूर्णत : असफल नेतृत्व ठहरिएका छन् । तर ओलीको यस कदममा हामी पनि जिम्मेवार छौँ । ओलीले विगतदेखि लाद्दै आएका हर्कतहरू र व्यक्तिवादी चरित्रहरूलाई हामीले बेलैमा खबरदारी गर्न सकेनौँ, उनलाई नियन्त्रित गर्न सकेनौं ।

    हामीले बेलैमा उहाँलाई नियन्त्रण गर्नुपथ्र्यो । त्यसो गर्न नसकेको दुर्गति अहिले हामी सबैले भोग्नुपरेको छ । नेकपाले अब संविधान, पार्टीको विधि र पद्धति अनुसार आफ्नो कमिटीलाई चाँडै एकताबद्ध गर्छ । पार्टीलाई एकिकृत गर्न पार्टीको पंक्तिहरूलाई सञ्चालन गर्छ । छिटो भन्दा छिटो एकतालाई टुंग्याउदै आगामी कार्यभारहरूलाई अघि बढाउछौँ । जनताको अपेक्षाअनुसारका कामहरू पूरा गर्नका लागि बाँकी रहेका कामहरू पूरा गर्न अगाडि बढ्छौँ । तत्कालका लागि हामी अब आन्दोलनमा जान्छौं ।

    त्यसकारण प्रधानमन्त्रीलाई म त अहिले पनि भन्न चाहन्छु ‘तपाईले अझैपनि सोच्नुहोस् । अझैपनि हामी नेता र कार्यकर्ताले तपाईलाई एउटै सिंगो पार्टीमा हेर्न चाहन्छौँ । तपाईं गल्तीको समिक्षा गर्दै मूलधारमा फर्कनुहोस् ।

    प्रधानमन्त्री ओलीको कदमले जनताको सपनामाथि तुषारापात भएको छ । ओलीको कदमले सिंगो विश्वकै कम्युनिष्ट आन्दोलनले पनि ठूलो क्षति व्यहोरेको छ । जुन कार्यभार निभाउनुपर्ने थियो, त्यो पूरा गर्न नपाउँदै ओलीले खेदजनक काम गरेका छन्, यसले यसले सिंगो कम्युनिष्ट पार्टीलाई एकिकृत गरेर लैजान सक्दैन । त्यसैले अब हामीले देश र जनताको हितका लागि कदम चाल्नेछौँ । पार्टीको रूपान्तरणका लागि नयाँ पुस्ता तयार छ । यसका लागि पुरानो नेतृत्वले हस्तान्तरण गर्नुप-यो । नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा पार्टीको निर्णय हुनुपर्छ ।

    अहिलेको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा गर्छ, तर पूरा गर्न तयार छैन । ‘थुकले चिउरा भिज्दैन’ भने जस्तै बोल्नु भन्दा पनि गरेर देखाउनु पर्छ । अहिलेको नेतृत्व तयार हुन्छ भने हामी जिम्मेवारी पूरा गर्न तयार छौँ । अहिले जुन विषम परिस्थिति सिर्जना भएको छ । यसलाई सम्हाल्नका लागि पनि नयाँ पुस्ता पनि तयार हुनुप-यो । जनताले ठूलो अपेक्षा गरेर हामीलाई यो ठाउँमा पु-याएका हुन् । त्यो अपेक्षा पूरा गराउनका लागि जति सकिन्छ, हामी पहलकदमी लिन्छौँ । यदि हामीले सुधार्नुपर्ने र आत्मसमिक्षा गर्नुपर्ने ठाउँ छ भने आत्मसमिक्षा गरेर जनता र आम कार्यकर्ताको तहमा जान्छौँ । हामीले हिजो गर्नुपर्ने कार्यभार के थियो र यो तीन बर्षको अवधिमा हामीले गर्न सक्नुपर्ने थियो, त्यो गर्न नसकेको सत्य हो । हामीले आत्मसमीक्षा गर्न नसकेका कारण पनि यो दुर्घटना हुन पुगेको हो ।

    त्यसकारण प्रधानमन्त्रीलाई म त अहिले पनि भन्न चाहन्छु ‘तपाईले अझैपनि सोच्नुहोस् । अझैपनि हामी नेता र कार्यकर्ताले तपाईलाई एउटै सिंगो पार्टीमा हेर्न चाहन्छौँ । तपाईं गल्तीको समिक्षा गर्दै मूलधारमा फर्कनुहोस् । तर, अझै पनि तपाई विनाशको बाटो रोज्नुहुन्छ भने हामी ‘राम राम’ मात्रै भन्छौँ । दुःख छ हामीलाई, तपाईले कम्युनिष्ट आन्दोलन सक्नुभएको छ । तपाइँले जनताको बहुमतलाई कदर गर्न सक्नुभएको छैन ।’ उसो त, हामीले पनि गरेका प्रतिवद्धताहरू पूरा गर्न सकेनौँ । स्मरणीय के छ भने जतिखेर ओली प्रधानमन्त्री बन्दै थिए, त्यतिखेर उनले प्रतिबद्धता गरेका थिए, ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भनेर । तर उनी अहिले भ्रष्टाचारीहरूलाई नै बोकेर अगाडि बढेका छन् । उनी स्वयंको आचरण भ्रष्ट प्रमाणित भयो । संविधानमै नभएको कदम चाल्नु पनि भ्रष्ट आचरण होइन ?

    संसद विघटन गर्ने कुरा संविधानको कुनैपनि धारामा छैन । त्यसैले यो संसद पुनःस्थापना हुन्छ । संविधानमा नभएको कुरा लागु हुन्छजस्तो मलाई लाग्दैन । अब हाम्रो अन्तिम आस्थाको केन्द्र सर्वोच्च अदालत हो । यसले पनि न्याय दिन सकेन भने, हामी कहाँ जाने ? प्रश्न त्यो पनि हो । तर अहिलेका लागि हामी आशा गर्छौं, अदालतले यो विषयलाई गम्भिरतापूर्वक ध्यान दिनेछ । हुनत अदालतले सँधै जनताको पक्षमा फैसला गर्छ भन्ने छैन । त्यस्ता नजिरहरू पनि छन् । तर, त्यस्तो प्रवृत्तिलाई हामीले प्रश्रय दिनु हुँदैन ।

    संसद विघटन गर्ने कुरा संविधानको कुनैपनि धारामा छैन । त्यसैले यो संसद पुनःस्थापना हुन्छ । संविधानमा नभएको कुरा लागु हुन्छ जस्तो मलाई लाग्दैन ।

    जनताको अन्तिम आशा र भरोसा नै अदालत भएकाले यसले हामीलाई न्याय दिनेछ भन्ने अपेक्षा गर्छु । यदि अदालतले न्याय दिएन भने, देशले दुर्गति भोग्छ । अनावश्यक चुनावी व्ययभार बढ्छ । देश कोभिडको महामारीको अवस्थामा छ। अहिले पनि देशका कतिपय ठाउँमा विद्यालयहरू सञ्चालन हुन सकेका छैनन् । व्यापार–व्यवसायहरू ठप्प छन्। आर्थिक स्थिति डामाडोल छ। हामीमाथि पनि चुनावको रिण थोपरिदैँछ। यो गरिब मुलुकले कसरी व्यहोर्छ ? गरिब जनतालाई चुनावी ऋण बोकाउनु अपराध हो । त्यसपछि न्याय, अनि हामी हौँ । हामी जनताभन्दा माथि होइन, जनता सर्वोपरी हो। त्यसपछि न्याय, अनि हामी हौँ ।

    (नेपाल रिडर्सले नेकपा केन्द्रीय सदस्य पन्तसँग गरिएको कुराकानीमा आधारित ।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      दिलु पन्त

      दिलु पन्त

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.