Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बौद्ध धर्मबारे के भन्थे डा.अम्बेडकर?

बौद्ध धर्ममा आत्माका लागि कुनै स्थान छैन, न त ईश्वरीय सत्ताको नै कुनै कल्पना गरिएको छ। बुद्ध यथार्थवादी थिए, उनले दुःखको कारण खोजे। बौद्ध दर्शनअनुसार दुःखका कारणहरू तीन प्रकारका छन्– अध्यात्मिक, आधिभौतिक र आधिदैविक।

प्रो. शैलेशकुमार जाधव प्रो. शैलेशकुमार जाधव
जेष्ठ १९, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बैशाख पूर्णिमा अर्थात बुद्ध पूर्णिमा बौद्ध धर्मावलम्बिहरूका लागि धेरै महत्वपूर्ण हुन्छ। यस दिनमा महामानव गौतम बुद्ध जन्म मात्रै भएको थिएन, यसै दिन उनलाई बोधत्वको प्राप्त पनि भएको थियो। र, उनको परिनिर्वाण पनि यसै तिथीमा भएको थियो।

    भारतमा बौद्ध धर्म अपनाउनु एकदमै महत्वपूर्ण विषय हो। एक समय यो क्षेत्रमै बौद्ध धर्मको प्रचार–प्रसार हुने गथ्र्यो। सम्राट अशोक बौद्ध धर्मका अनुयायी थिए। भारतमा बौद्ध धर्मका कारण सामाजिक समानता कायम रहेको कुरा चिनियाँ यात्रीहरूको यात्रा वृतान्तमा उल्लेख छ। वौद्ध धर्मको प्रभावकै कारण यहाँ शिक्षाका लागि यस क्षेत्रमा वृहद एंव प्रसिद्ध विश्वविद्यालय थिए, जहाँ देश विदेशबाट छात्राछात्र शिक्षाग्रहण गर्ने गर्थे र आर्थिक समद्धि चारै तर्फ थियो।

    तर अहिले भारतमा बौद्ध धर्म लुप्तप्राय भएको छ। बौद्ध धर्मका अनुयायी त यहाँ रहेनन् नै, यहाँसम्म कि यस धर्मको बारेमा जानकारी दिने पनि कोही भएनन्। यस परिस्थितिमा डा. अम्बेडकरले बौद्ध धर्मको अध्ययन गरे र आफ्नो समुदायमा प्रचार–प्रसार गरे। डा. अम्बेडकरका अनुसार धर्म त्यही हो, जसको आधार नै समानता होस्, वर्ग विभेद कहीँ पनि नहोस्। कुनै प्रकारको विभेद नहोस् न जन्मको आधारमा, न त लिंगको आधारमा।

    बौद्ध दर्शन बुझाउने प्रयास

    कुनैपनि धर्मको अध्ययन गर्न त्यति सहज छैन। किनभने धर्मको उपदेश, शिक्षा र दर्शन उच्च स्तरको हुन्छ। जसलाई विद्वान, बुद्धिमान र प्रज्ञावान मानिसले मात्र सम्झन सक्छ। तर अम्बेडकरले समय–समयमा आफ्ना व्याख्यानमा बौद्ध दर्शनलाई सामान्य भाषा शैलीमा सम्झाएका छन्। जसबाट आममानिसले बौद्ध धर्मको दर्शन, उपदेश र शिक्षालाई सजिलोसँग बुझ्न सकुन् भन्ने उनको अभिप्राय थियो।

    अम्बेडकरले आफ्नो ज्ञान/अध्ययनलाई सन् १९१६ देखि १९५६ सम्म लगातार आलेख, लेख, वव्यक्तद्वारा समाजमा प्रचार–प्रसार गरे। यस आलेखमा डा. अम्बेडकरले सन् १९४६ देखि १९५६ सम्म दिएको व्याख्यानको आधारमा बौद्ध धर्मको महत्व र दर्शनलाई सम्झाउने प्रयास गरिएको छ। डा. अम्बेडकरका यी व्याख्याहरूको सार भारत सरकारद्वारा प्रकाशित ‘बाबा साहेब डा. अम्बेडकर, सम्पूर्ण वाङमय, खण्ड –४०’बाट लिइएको छ।

    ०२ मे १९५० को दिन भारतको इतिहास मात्रै होइन, बौद्ध धर्मको इतिहासमा पनि महत्वपूर्ण दिन थियो। त्यस दिन दिल्लीमा डा. अम्बेडकरको अध्यक्षतामा अस्पृश्य समाजद्वारा बुद्धको २,४९४ औं जयन्ती पहिलोपटक सार्वजनिक रूपमा मनाइएको थियो। डा. अम्बेडकरको यसदिनको व्याख्यान् झनै महत्वपूर्ण थियो।

    उनले भनेका थिए, ‘धर्मशास्त्रहरूमा म कुनै ठूलो पण्डित होइन, यद्यपि मैले पढेका सहित्यका आधारमा म भन्न चाहन्छु कि ‘भगवान’को पदमा आसीन व्यक्तिको विचार पवित्र हुन जरुरी छ। त्यस्तो व्यक्तिको मनमा अरुप्रति कुनै द्वेषको भावना हुनु हुँदैन। उसका कारण कसैको नोक्सान हुनुहुँदैन र उसको कसैप्रति शत्रुतापूर्ण भावना राख्नु हुँदैन।’

    डा. अम्बेडकका अनुसार समानताको भावनाको यस परीक्षामा भगवान बुद्ध खरो रूपले उत्रिएका थिए। बौद्धधर्म जातिविहिन र एकसमान समाजको रचनालाई मान्छ। बौद्धको धर्मको मुख्य उद्देश्य मानव–मावनबीचको समता हो। आफ्नो बुद्धिको मापनमा कसेर हरेक कुरा स्वीकार गर्ने अथवा अस्वीकार गर्ने स्वतन्त्रता हरेक व्यक्तिलाई छ भन्ठान्छ बुद्ध दर्शन। हिंसालाई अस्वीकार गर्ने र अहिंसालाई स्वीकार गर्नु बौद्ध धर्मको प्रमुख अंग हो।

    कल्याणकारी धर्म

    ०६ जून १९५० मा कोलम्बोमा विश्व बौद्ध भातृत्व सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डा. अम्बेडकरले भनेका छन्, ‘कुनै विषयको परम्पराका बारेमा पूरै जानकारी भएपछि मात्रै त्यसबारेमा यथार्थ ज्ञान हुन्छ। त्यसैले जुन परिस्थितिमा बौद्ध धर्मले जन्म लियो, यसबारेमा हामीले बुझ्न सक्यौँ भने बौद्ध धर्मको वास्तविक महत्वलाई पनि हामीले बुझ्नेछौं।’

    उनले ऐतिहासिक जानकारीअनुसार पूर्व सनातन या ब्राम्हण धर्म समाजमा बौद्ध धर्मको उदय भएको कुरा उल्लेख गरे। त्यस समयमा समाजमा चातुर्वण्य थियो, जुन विषमताको पर्याय थियो। यस चातुर्वण्यले आत्म समानताको समर्थन गर्दैन थियो। बौद्ध धर्मले यस चातुर्वण्य व्यवस्थाको विरोध ग-यो।

    समाजका विभिन्न वर्गहरूबीचको विभाजनलाई बौद्ध धर्मले विरोध गर्दथ्यो। डा. अम्बेडकरले अगाडि भनेका छन्, ‘मलाई यस्तो लाग्छ, बौद्ध धर्मको उदय र फ्रान्सको राज्यक्रान्ति, यी दुई घटना विश्वका युगान्तकारी घटना हुन्।’ बौद्ध धर्मको उदयपछि सामाजिक समताको स्थिति निर्माण भयो। जनतान्त्रिक राज्य पद्धति बौद्धकालिन देन हो। अर्थात् बौद्ध धर्मको उदय सामाजिक विषमतालाई समाप्त गर्नका लागि भएको हो भन्नु कुनै अतिशयोक्ति हुँदैन।

    डा. अम्बेडकरले आफ्नो व्याख्यानमा बताएअनुसार उनको बौद्ध धर्मप्रति लगाव धेरै पुरानो हो। १४ वर्षको उमेरमै उनको बौद्ध धर्मसँग परिचय भयो। हजुरबुवा केलुस्करले ‘गौतम बुद्धको चरित्र’ नामक पुस्तक उपहार स्वरुप दिएपछि उनले बौद्ध धर्मका बारेमा जानकारी पाएका थिए। त्यसअघि उनले रामायण, महाभारतजस्ता धेरै ग्रन्थहरू पढेका थिए।

    तर ‘गौतम बुद्धको चरित्र’ पढेपछि त्यसबाट प्राप्त भएको शिक्षा र अरु पुस्तकबाट प्राप्त भएको शिक्षामा धेरै अन्तर भएको डा. अम्बेडकरले महशुस गरे। त्यसपछि उनले बौद्ध धर्मका बारेमा अरु किताब खोजेर पढ्न थाले र बौद्ध धर्म तथा यसको दर्शनका बारेमा उनलाई अझै बढी जानकारी मिल्यो। साथमा उनले हिन्दु धर्म र बौद्ध धर्मबीचको फरकपनलाई पनि बुझे।

    डा. अम्बेडकरले आफूले बौद्ध धर्मलाई किन स्वीकार गरेको र यस धर्मको विशेषता के छ भन्ने बारेमा स्पष्ट पारेका छन्। उनका अनुसार सुरुमा गौतम बुद्धका पाँच शिष्य थिए। तीनलाई पञ्चवर्गीय भिक्ष्ुा भनिन्थ्यो। कुल ४० शिष्य भइसकेपछि बुद्धले तीनलाई उपदेश दिन थाले।

    बुद्धले आफ्ना शिष्यहरूलाई बताएअनुसार बौद्ध धर्मको व्याख्या यसप्रकार छ– ‘बहुजन हिताय, बहुजन सुखाय, लोकानुकंपाय हिताय, सुखाय, देव मनुसनं, धम्म आपी कल्याणं, अती कल्याणं’ अर्थात ‘बौद्ध धर्म सबैको हित, सुख र प्रेमका लागि हो। बौद्ध धर्म आरम्भमा कल्याणकारी छ, मध्यमा कल्याणकारी छ र अन्त्यमा पनि कल्याणकारी छ। यस धर्ममा आदि, मध्य र अन्त सबै हितकारी र कल्याणकारी छ।’

    डा. अम्बेडकरले आर्थिक विषयमाथि पनि बौद्ध धर्मको सम्बन्धलाई व्याख्या गरेका छन्। एकपटक अनाथपिण्डकले गौतम बुद्धसँग आर्थिक विषयलाई लिएर प्रश्न सोधेका थिए। तब बुद्धले जवाफ दिएका थिए – ‘सम्पत्ति मानव जीवनका लागि अत्यन्त आवश्यक छ। तर हामीले जम्मा गरेको सम्पत्तिको उपयोग अरुलाई दुःख दिनका लागि र अरुलाई दासत्वमा जकड्नका लागि कहिले पनि प्रयोग नगरौँ।’

    बुद्धका अनुसार शुद्ध साधनबाट सम्पत्तिको कमाइ हुनुपर्छ र यसको उपयोग पनि राम्रो कामका लागि हुनुपर्छ। मानिसका लागि धर्म र अर्थ दुबै कुरा अत्यन्त आवश्यक छ। जीवनोपयोगी वस्तुका लागि धर्म र अर्थ दुबैको आवश्यकता हुन्छ।

    दुःखका कारणहरू र उपाय

    बौद्ध धर्ममा आत्माका लागि कुनै स्थान छैन, न त ईश्वरीय सत्ताको नै कुनै कल्पना गरिएको छ। बुद्ध यथार्थवादी थिए, उनले दुःखको कारण खोजे। बौद्ध दर्शनअनुसार दुःखका कारणहरू तीन प्रकारका छन्– अध्यात्मिक, आधिभौतिक र आधिदैविक।

    आध्यात्मिक अर्थात निजी। व्यक्तिद्वारा आफ्नो कर्मका कारण निर्मित दुःख आध्यात्मिक अर्थात निजी दुःख हो। मादक पदार्थ सेवन गर्ने व्यक्तिले आफ्नो शरीरलाई हानी पु¥याउँछ, आफ्नो परिवारलाई दुःख दिन्छ। यसलाई आध्यात्मिक दुःख भन्न सकिन्छ।

    आधिभौतिक अर्थात् सामुदायिक दुःख असमान व्यवहार र अन्यायका कारण हुने दुःख हो। जस्तैः कथित दलितलाई हुने दुःख, समान मौका नमिल्नु आदि। र, आधिदैविक अर्थात प्राकृतिक दुःख, जहाँ सवारी साधन आदिबाट हुनेवाला दुर्घटना, तूफान, महामारी, बाढी आदि विपत्तिहरूका कारण निर्मित हुनेवाला दुःख पर्छन् ।

    यी दुःखलाई टाढा राख्ने साधनका रूपमा पञ्चशीललाई लिइएको छ। पञ्चशील अर्थात कसैको ज्यान नलिनु, नचोर्नु, झुटो नबोल्नु, व्यभिचार नगर्नु र कुनै नसालु पदार्थ सेवन नगर्नु। यी पाँच स्वभावलाई पालना गरे दुःखको निर्माण हुँदैन भनेर बौद्ध धर्ममा भनिएको छ।
    आधिभौतिक दुःखबाट छुटकारा पाउनका लागि श्रेष्ठ अष्टांग मार्गलाई अबलम्बन गर्नु भनिएको छ। अष्टांग मार्ग यसप्रकार छन्ः

    १.सम्यक दृष्टि
    २.सम्यक संकल्प
    ३.सम्यक वाचा
    ४.सम्यक कर्म
    ५.सम्यक जीवन अर्थात नराम्रो कर्मबाट पैसा कमाएर उपजीविका नचलाउने
    ६.व्यायाम
    ७.सम्यक स्मृति
    ८.सम्यक समाधि अर्थात कुनै दुष्ट मानिसकताबाट मनलाई अलग राखेर मलाई सधैं प्रसन्न र शान्त राख्नु।

    यसमा सम्यक दृष्टिको महत्वपूर्ण स्थान छ। हामीले गर्ने कामबाट आफ्नो मात्रै लाभ हुने कुरामा केन्द्रित नभइ आफ्नो कर्मबाट कसैलाई हानी नहुने कुरामा पनि ध्यान राख्न सकियो भने दुनियाँमा आधिभौतिक दुःख समाप्त हुन्छ।

    यसका साथै दश पारमिता (दान पारमिता, शील पारमिता, नैष्क्रम्य पारमिता, प्रज्ञा पारमिता, वीर्य मारमिता, क्षन्ति पारमिता, सत्य पारमिता, अधिष्टान पारमिता, मैत्री पारमिता र उपेक्षा पारमिता) पनि बताइएको छ। पारमिता अर्थात जति हामी गर्न सक्छौँ, त्यति नै । यि सबै पारमिताहरूमा प्रज्ञा पारमिता श्रेष्ठ छ। पञ्चशील, अष्टांगिक मार्ग र दश पारमिता दुःखलाई नाश गर्न समर्थ हुन्छन्। बौद्ध धर्मको सार हो, दुनियामा दुःखको निवारण होस्।

    निर्वाण

    बौद्ध धर्ममा निर्वाणका बारेमा व्याख्या गर्दै डा. अम्बेडकर भन्छन्– ‘बुद्ध भन्छन् कि मानव जल्दै गरेको आगो हो। यसै आगोका कारण विकार पानी जस्तै उम्लिरहन्छ। यस अग्निलाई शान्त गरेर विकारहरूलाई नष्ट गर्न सकिन्छ।’ अम्बेडकरका अनुसार बुद्ध अगाडि भन्छन्– ‘यस अग्निको उपयोग गर्न यसलाई मन्द राख्नुपर्छ र त्यसमाथि अन्न पकाउनुपर्छ।’ त्यसैले मानवको उपयोग समाजका लागि हुनुपर्छ। यसका लागि मध्यस्थताको काम गर्छ निर्वाणले। यसबाट मानिस दश विकारहरूको अधीनमा नगएर तर्कशुद्ध विचारका साथ समाजका लागि उपयोगी काम गर्न सक्छ ।

    पुनर्जन्म

    बौद्ध धर्मले पुनर्जन्मलाई मान्ने गरेको बताइन्छ। यस दर्शनलाई अम्बेडकरले धेरै सजिलोसँग सम्झाएका छन्। उनी भन्छन्– ‘बौद्ध पुनर्जन्म सिद्धान्त भनेको पुनःनिर्माण अथवा प्रकृतिको पुनरावृत्ति हो। जस्तैः आमा बुवाबाट सन्तति पुननिर्माण हुन्छन्, एउटा आँपको रुखबाट अर्को आँपको रुख बन्नु पनि पुनःनिर्माण हो। बौद्ध धर्ममा यस पुनःनिर्माणलााई नै पुनर्जन्म भनिएको हो। तर पुनर्जन्मको साहारा लिएर बौद्ध धर्ममा आत्मालाई मान्यता दिइएको भनिएको छ, जुन गलत हो, भ्रम हो।

    बौद्ध धर्म ईश्वरीय सत्तालाई मान्दैन। यो धर्मले हरेकको कर्मबाट दुनियाँ चल्ने कुरामा विश्वास राख्छ। यसकारण बौद्ध धर्मले मानिसमाथि जिम्मेवारी सुम्पिएको छ। जस्तो कर्म गरिन्छ, त्यस्तै फल पाइन्छ भन्ने सन्देश बौद्ध धर्ममा दिइन्छ। यसलाई कर्म विपाक भनिन्छ। कर्म विपाक अर्थात हाम्रो कर्मबाट निर्माण हुने फल। यहाँ कर्मको मतलब पछिल्लो जन्ममा गरिएको पाप र पुण्यको गाँठोलाई बताइएको छैन।

    कुनै कर्म यस्तो हुन्छन्, त्यसबाट तत्काल परिणाम निस्किँदैन। तत्काल भोगिँदैन। त्यस कर्मको प्रभाव केही समयपछि हुन्छ। तर जन्म–जन्मान्तरबाट होइन। किनकि बौद्ध धर्म पुनर्जन्मलाई मान्दैन। यसकारण भन्न सकिन्छ, बौद्ध धर्मले मानिसको राम्रो गुणहरूलाई बढाउनका लागि अवसर दिएको छ। मानिसको आफ्नो प्रगति र उन्नतिका लागि स्वयम् उसले नै प्रयास गर्नुपर्छ भन्छ बुद्ध धर्म।

    अहिंसा र विद्या

    डा. अम्बेडकरले आफ्नो बयानमा बताएअनुसार गौतम बुद्धले पहिलोपटक उद्घोष गरे कि विद्या सबै मानिसका लागि त्यति नै आवश्यक छ, जति अन्नको आवश्यक छ। विद्या एक प्रकारको तलवार हो, जसको दुईवटा धार हुन्छ। त्यसबाट दुष्टहरूको संहार गर्न सकिन्छ र दुष्टहरूबाट आफ्नो रक्षा पनि गर्न सकिन्छ।

    यसैगरी बुद्धले क्रोधका बारेमा सम्झाउँदै भन्छन्– ‘क्रोध दुई प्रकारका हुन्छन्ः द्वेषमूलक र प्रेममूलक। कसाई हतियार लिएर जान्छ, यो उसको द्वेषमूलक क्रोध हो। र, यदि एउटी आमाले बच्चालाई होसियारपूर्वक सजायँ दिन्छिन् भने उनको क्रोध प्रेमपूर्वक हुन्छ।
    अहिंसा बौद्ध धर्मको प्रमुख तत्व हो। डा. अम्बेडकर यस विषयमाथि व्याख्यान दिँदै नैतिकतामा आधारित अहिंसाको उपदेश बौद्ध धर्ममा दिइएको बताउँछन्। अहिंसा दुई कुरामा आधारित हुन्छ–आवश्यकताका लागि हत्या र ईच्छाका कारण हत्या।

    यदि राष्ट्रमाथि आक्रमण हुन्छ वा देश संकटमा घेरिएको छ भने हातमा तलवार लिएर देशको रक्षाका लागि दुश्मनलाई सिध्याउनु भनेको आवश्यकताका लागि हत्या हो। बौद्ध दर्शनका अनुसार यो हरेक नागरिको कर्तव्य पनि हो। यसको मतलब यहाँ हिंसा आवश्यक थियो, यसलाई बौद्ध दर्शनमा उच्च स्तरको अहिंसा भनिन्छ।

    मार्ने इच्छा मनमा पैदा भएपछि अर्थात् आफ्नो सन्तोषका लागि गरिने हिंसा भनेको पशुबलि दिनु वा पशुहत्या गर्नु हो। यसको मतलब यो हिंसा हो।

    धर्ममा ग्लानि किन हुन्छ?

    मिलिन्द शास्त्रार्थका समयमा धर्ममा ग्लानि किन हुन्छ भन्ने प्रश्नको जवाफमा भिक्षु नागसेनले तार्किक उत्तर दिएका छन्। उनले धर्ममा ग्लानि हुनुका तीन कारण उल्लेख गरेका छन्। पहिलो–कुनै धर्म कच्चा हुन्छ र यस धर्मको मूल दर्शनमा गम्भीरता हुँदैन। यस्तो धर्म केही समयका लागि मात्र टिक्छ। दोस्रो–यदि धर्मको प्रसार गर्ने मानिस विद्वान हुँदैन भने धर्ममा ग्लानी आउँछ। ज्ञानी व्यक्तिद्वारा धर्मको ज्ञान दिनुपर्छ। विरोधीहरूसँग तर्क–वितर्क गर्नमा धर्म प्रचारक सिद्ध हुँदैन भने धर्ममा ग्लानी हुन्छ। तेस्रो– धर्म र धर्मको दर्शन केवल विद्वानका लागि हुन्छ। प्राकृति र सामान्य मानिसका लागि मन्दिर हुन्छ। उनीहरू त्यहाँ गएर आफ्नो श्रेष्ठ विभूतिलाई पूजा गर्छन्।

    यसकारण डा. अम्बेडकरले बौद्ध धर्मलाई गहन अध्ययन र चिन्तन गरेको र समयसमयमा आफ्नो व्याख्यानको माध्यमबाट सर्वसाधारणका लागि यस धर्मको दर्शन, शिक्षा र ज्ञानको प्रचारप्रसार गरेको कुरा हामी बुझ्न सक्छौँ। जसबाट आमजनमा बौद्ध धर्मप्रतिको बुझाई विकसीत होस् र समतामूलक धर्मलाई ग्रहण गरियोस्।

    धेरै मानिसहरूले अम्बेडकरको व्याख्यानका माध्यमबाट नै समाजको विषमताहरूलाई समाप्त गर्नका लागि नै धर्म अंकुरित भएको हो भन्ने कुरा बुझेका छन्। जसरी एउटा सानो बिरुवा नै पछि गएर विशाल रुख बन्छ, त्यसरी नै बुद्धले आफू जन्मेको ठाउँमा मात्रै नभएर सारा विश्वलाई समता, करुणा र प्रज्ञाको छत्र–छायाँ प्रदान गरेका छन्।

    ज्ञानी बुद्धलाई नमन, जसले समतामूलक धर्मको स्थापना र समाजको विषमतालाई अन्त्य गरे। डा. अम्बेडकरले बौद्ध धर्मको दीक्षा लिने क्रममा जुन शब्दहरूबाट बुद्धको स्तुति गरेका थिए, उनै शब्दहरूका साथ यस आलेखलाई समापन गरौँ, नमो तस्स भगवतो अरहतो सम्मासबुद्धस अर्थात् जीवनमुक्त, सम्पूर्ण र जागृत बुद्धलाई मेरो नमन।

    सबलोगडटआइएनबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रो. शैलेशकुमार जाधव

      प्रो. शैलेशकुमार जाधव

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.