Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ए अमेरिका! रणनीतिमा हार्‍यौ, नैतिक युद्द जितेर देखाउ

सहयोगीबाट सहयोगीबाट
भदौ ११, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अफगानिस्तानमा २० वर्ष कब्जा जमाएको आफ्नो सेना हठात् फिर्ता गरेकोमा अमेरिकी राष्ट्रपति जो बाईडेन अहिले आलोचनाको तारो बनेका छन् । अमेरिकी सेनाको बहिर्गमनले पूर्णता पाउनु अगावै अफगान सरकार र सेनाको शीघ्रपतन अनि राष्ट्रपति घाको पलायनको पृष्ठभूमिमा एउटा प्रश्न उठेको छ, “के अफगानिस्तान माथी अमेरिकाको यो दीर्घकालीन आधिपत्य प्रारम्भिक क्षण देखिनै एउटा गलत निर्णय थियो?”

    सन् २००१ मा अमेरिकाले यो मुलुकमा सैनिक हस्तक्षेप गर्नुको उद्देश्य थियो, ओसामा बीन लादेनलाई संरक्षण गर्ने तालिवानको शासन उल्टाउने र त्यहाँबाट अलकायदाको जरो उखेल्ने ।

    यो उद्देश्य त अमेरिकाले सैन्य हस्तक्षेप पछिका केही महिनामै पुरा गरिसकेको थियो । त्यसपछि अमेरिकाको अफगानिस्तान अभियान अचानक एउटा “जंगली,” गरीब, अशिक्षित र जडसूत्रीय धार्मिक विश्वासबाट संचालित समाजलाई आधुनिक राज्यमा रुपान्तरित गर्ने कथित् उदारवादी स्वैर कल्पनामा रुपान्तरित हुनपुग्यो । अमेरिकाको अगुवाईमा युरोपेली मुलुककरुले परम्परावादी पठानहरुको यो भूमिलाई पश्चिमा मोडेलको जामा पहिर्याउन खोजे ।

    “साम्राज्यहरुको सामुहिक चिहान” का रुपमा कुख्यात यो मुलुकमा त्यस्तो परिवर्तन त आएन नै, बरु अमेरिकाका १८ देखि ४० वर्षका २३ सय सैनिकले ज्यान गुमाए । सेनालाई बन्दोबस्तीको सहयोग गर्ने ३८ सय गैर सैनिक अमेरिकी नागरिक मारिए । ६६ हजार अफगान सैनिक र प्रहरीको शहादत भयो । त्यो भन्दा पनि हृदय विदारक कुरा, ४७ हजार सामान्य अफगानी नागरिकहरु आफू केका लागी मर्दैछु भन्ने कुराको भेउ पनि नपाई बम, बारुद र गोलीको शिकार भए ।

    यसबिचमा अमेरिकाले अफगानिस्तानको पुनर्निमाण र यसको सेनालाई तालीम दिने शीर्षकमा एक खर्ब ३३ अर्ब डलर खर्च गर्यो । आफ्ना सेनाको व्यवस्थापनका लागि उसले १० खरब डलर सक्यो । यो सबै खर्च अमेरिकी करदाताले तिरे । यसबिचमा अमेरिकामा चारजना राष्ट्रपति आए । अमेरिकीहरुको जीवनस्तर सुधार गर्ने कुनै योजना आएन । यो अथवा त्यो रुपमा धनीमाथिको कर घट्यो । मेहनतकर्मी मध्यमबर्गीय जनताको जीवन दुष्कर हुँदैगयो । तर अफगानिस्तान २० वर्ष पहिले जे थियो, आज त्यहि अवस्थामा फर्किएको छ ।

    अमेरिकीहरुले अफगानिस्तान नीतिका बारेमा प्रश्न गर्नु स्वाभाविक छ । हिजो राती मेरी श्रीमती जुनिता सुनाउँदै थिइन् । उनको एउटी साथीको लोग्ने अझै अफगानिस्तानमा रहेछ । आर्मी सर्जेन्ट। “मेरो बुढोलाई त्यहाँ केही होस् त मात्रै! मैले जानेको छु । आफ्नो जनताको रक्षा गर्न नसक्ने बिदेशी सरकार र सेनालाई त्यत्रो पैसा दिने अमेरिकाले हामी जनताको बारेमा किन सोच्दैन?”

    मेरी श्रीमतीले सोधिन् रे, “तैंले ट्रम्पलाई भोट दिएको हो ?”

    “होईन, तर अमेरिकाको बिदेशमा कब्जा जमाउने र हार्ने नीति जुनसुकैको सरकार आएपनि उस्तै हो ।” आक्रोशित ती गृहिणीको जवाफ थियो रे ।

    ती महिला कुनै राजनीतिकर्मी, गैरसरकारी संस्थाकी हाकिम वा कुनै मुद्दाकी “लबीइस्ट” होईनन् । उनको अनुभवबाट मुखरित यो भनाईलाई द न्युयोर्क डट कममा लेख्दै रोबिन राईट यसरी पुष्टी गर्छन, “दक्षिणपूर्वी एशिया, लेबनान, ईराक, लिबिया र अहिले अफगानिस्तान, अमेरिकाको नीतिले यो प्रमाणित गरेको छ- “अमेरिकाले राष्ट्रको ‘निर्माण’ गर्न सक्दैन, न त आतंककारी र बिद्रोहीहरुलाई परास्त गरेर एउटा निर्णायक समाधान हासील गर्न यो देश सक्षम छ ।”

    मेरो दृष्टिमा पनि रोबिन राईट ठीक छन् । होईन भने, पुगनपुग ६० हजार बिना बर्दीका, कमसल तालीम र पारम्परिक हतियार बोकेका तालिवान लडाकूहरुले कुनै युद्द बिना रातारात सिङ्गै मुलुक कब्जा गर्न सक्ने थिएनन् । सेनाको भरमा आफ्नो स्वार्थ थोपर्ने अमेरिकी विदेश नीतिको हार हुन्छ भन्ने यो पछिल्लो उदाहरण हो । अघिल्लो उदाहरण भियतनाम युद्द हो । दुवै मुलुकबाट अमेरिकीहरु लाज पचाएर फर्किएका छन् ।

    सन् २०१९ मा द वासिंगटन पोष्टमा प्रकाशित एउटा रिपोर्ट सम्झिन्छु । त्यो गोप्य सरकारी लेखापढीको सविस्तार बर्णन गर्दै पत्रिकाले लेखेको थियो, “हाम्रो प्रशासन जनतालाई अफगानिस्तानका बारेमा हाम्रो नीति स्पष्ट छ भन्ने सन्देश दिन सफल छ । यो हाम्रो सफलता हो।” यसबारेमा थप खुलासा गर्दै मदरजोन्स डट कममा डेभिड कोर्नले उतिबेलै लेखेको कुरा शब्दमा नभएपनि भावमा अझै केहि भन्न सक्छु । उनले लेखेका थिए, “अफगानिस्तानका लागी राष्ट्रपति जर्ज डब्लु बुश र पछि ओबामाका समेत युद्द सरदार जनरल डगलस ल्युट भन्छन, ‘हामी अफगानिस्तानमा के गर्दैछौं भन्ने कुराको हामीले कहिले भेउ पाउन सकेनौं । हामी केवल आदेशको पालना गर्थ्यौं ।”

    जर्साबको भनाईबाट बुझ्न सकिन्छ, यदि जर्ज डब्लु बुशको पालामा ओसामा बीन लादेन फेला परेका भए अफगान युद्द अमेरिकाका लागि त्यतिबेलै समाप्त हुनेथियो । सेना उतिबेलै फिर्ता हुनेथिए । त्यसपछि बुशले खुला हृदयले अफगानी पुनर्निर्माणमा मद्दत पनि गर्न सक्थे ।

    तर लादेन अफगानिस्तानबाट फरार भैसकेपछि आफ्नो नाक जोगाउन बुशले अफगानिस्तानको पुनर्निर्माणको नाटक गरेर दक्षिण एशियामा आफ्नो सेना कायम राक्ने निर्णय गरे । यतिले मात्र नपुगेर उनले ईराकमाथि आक्रमण गर्दै अमेरिकी जनताको ध्यान मोडिदिए । जसको प्राप्ति केही भएन । तर आइएस जन्मियो ।

    ओबामाले ईराकबाट सेना फिर्ता गरेपछि ईराक अराजक राज्य बन्यो । ईराकको राजधानी बगदाद, जसको अरबी अर्थ हुन्छ, बग अर्थात भगवान, अनि दाद अर्थात दिएको । भगवानले दिएको बेबिलोनको त्यो सभ्यता आतंककारीको पन्जामा पर्यो । यता अफगानिस्तान अमेरिकाले आधा मनशायले गरेको युद्द जस्तो ड्रोन हमलाको शिकार भयो । ओबामाले बीन लादेन मारिसकेपछि अमेरिकाले इराक र अफगानिस्तानबाट तत्काल केही पाउनु थिएन ।

    अब अहिलेको कुरा । अमेरिकी सेनामा एउटा ऐतिहासिक मान्यता छ । आफ्नो ‘कमरेड’ (कम्युनिष्ट होईन, सहयोद्दा । यो शब्द त कम्युनिष्टहरुले अपहरण गरेर आफ्नो बनाएका हुन्) लाई कहिल्यै शत्रुको हातमा पर्न दिनु हुँदैन ।

    अमेरिकाले अफगानिस्तानमा आफ्नो सेनालाई दोभाषे वा अन्य कुनैपनि रुपले सहयोग गर्ने रैथालेलाई सहयोग गर्ने वचनको भरमा आफ्नो काम गर्दै र गराउँदै आएको हो । अहिले तालिवानको कब्जामा परेको अफगानिस्तानमा सीमित अमेरिकी सेनाबाहेक गैर सैनिक बाँकी छैनन् । बाँकी छन् त अमेरिकीलाई २० वर्ष सहयोग गरेका अफगानी र उनीहरुका परिवार ।

    अमेरिका आउँदा कसरी आउँछ र जाँदा कसरी जान्छ भन्ने कुरा अमेरिकी बिमानमा झुण्डिएर खसेका तीनजना अफगानीको दृश्य काफी छ । अमेरिकाले आफ्नो सेना फिर्ता हुनु अघिनै, झन्डै दुई वर्ष देखि यीनलाई शरणार्थी भीसा दिने काममा ढीलासुस्ती गर्दै आएको हो । अब तालिवानले काबुल विमानस्थल जाने बाटो कब्जा गरिसकेको छ ।

    अमेरिकी सेनालाई सहयोग गर्ने व्यक्ति मात्र होईन, उनका परिवारका सदस्यलाई समेत खोजी खोजी मार्दैछन् । अमेरिकाले अफगान युद्द हारिसक्यो । तर एउटा नैतिक युद्द जित्न बाँकी छ । मानवाधिकार र प्रजातन्त्रका कुरा माईकमा बोलेर मात्र पुग्दैन । शरणको मरण गर्नु महापाप हो । त्यहाँ तिम्रा नून खाएका अफगानी मात्र होईन, नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी लगायत सबैको उद्दार गर ।  -राजेश मिश्र/नेपाल प्लसबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.