Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संकटमा, चीनलाई पश्चिमले ढोका बन्द गर्‍यो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन १०, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
Chinese passengers are checked body temperature by staffs wearing mask and rubber glove at the Spring Airlines check-in counter to board an airplane bound for Wuhan at Haneda International Airport in Tokyo on January 31, 2020. The number of the patients who have been infected with a new coronavirus has reached to 9,692 and the death toll has been confirmed over 213 so far as of January 31th in China.   ( The Yomiuri Shimbun )

Chinese passengers are checked body temperature by staffs wearing mask and rubber glove at the Spring Airlines check-in counter to board an airplane bound for Wuhan at Haneda International Airport in Tokyo on January 31, 2020. The number of the patients who have been infected with a new coronavirus has reached to 9,692 and the death toll has been confirmed over 213 so far as of January 31th in China. ( The Yomiuri Shimbun )

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बाइवलमा छ: “मृत्युका मुखमा पुगेकाहरुको रक्षा गर र बधशालातर्फ लागेकालाई रोकेर राख”। तथापि, कोरोनाभाइरस संकटको सन्दर्भमा केही पश्चिमी देशहरूले यसलाई उल्टो रुपमा बुझेको देखिन्छ। चीनमा हजारौं मानिस मरेका र केही हजार संक्रमित भएका कारण अमेरिकी पंडितहरू अमेरिकामा रोजगारी बढ्ने सम्भावना देख्दैछन्। त्यसैगरी अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्समा चिनियाँ तथा अन्य एशियाली जाति बिरूद्धको जातीयवादको भाइरस फैलिरहेको बेला मेडिकल सहायता अस्वीकार गरिरहेकाछन्।

    कोभिड १९ भन्दा आक्रामक भाइरस विश्वभर फैलिरहेको छ – त्यो हो चिनियाँ र अन्य एशियालीहरु बिरुद्धको जातिवाद

    उठ्दो एशियाली जाति विरोधी भावना बढ्दै
    उदाहरणका लागि अमेरिकामा न्युयोर्कको सब वे स्टेशनमा फेस मास्क लगाएको एउटी महिलालाई कुटपिट गरियो। लस एन्जलस सब वेमा एक जना पुरुषले एक एसियाली महिलालाई चिनियाँहरू फोहोर र रोगाहा हुन्छन् भन्दै मुख छाडेर दुर्व्यवहार गरे।

    जातीय दुर्व्यवहारको कारणले बढ्दो हिंसा बढ्दै जाँदा एशियाली-अमेरिकी समुदाय चिन्तित हुँदै गएको छ। यसैबीच लस एन्जलसका एक किशोरलाई एसियाली जाति भनेर कुटपिट गरियो र उनको टाउको फुट्यो। अमेरिकामा मात्र होइन, लण्डनमा एक थाई कर परामर्शदातालाई पूर्वी एशियाली भनेर आक्रमण गरियो। लण्डनमा पूर्वी एसियाली उपस्थिति – चिनियाँ, ताइवान, जापानी, कोरियाली र अन्य वंशका मानिसहरूलाई पूर्वी एसियाली समूहका रुपमा बुझिन्छन्।

    होटलहरूले एशियालीहरूलाई बास बस्न दिदैनन्। साथसाथै एशियाली व्यवसायहरूलाई बहिष्कार गर्ने काममा बृद्धि बढ्दोछ। लस एन्जलसको कार्सन क्षेत्रमा “कोरोनाभाइरसको महामारीका कारण एशियाली-अमेरिकी व्यवसायबाट टाढा रहौं” भन्ने विश्व स्वास्थ्य संगठनको नक्कली छाप लगाएर पर्चा छरियो। यसैबीच एसियाली जनसंख्या धेरै भएको कारण आल्भाम्ब्रा स्कूलहरू बन्द गर्न १४, ००० भन्दा बढी मानिसहरूले निवेदनमा हस्ताक्षर गरेर अधिकारीहरुलाई बुझाए।

    तर कुरा के छ भने करीव १ करोड भन्दा बढी जनसंख्या भएको लसएन्जेल्समा एक जना कोभिड १९ का विरामी देखा परेका थिए। जब कि गत अक्टुवर देखि यता अमेरिकामा मौसमी रुघाले १६,००० को मृत्यु र २ करोड ९० हजार संक्रमित भएका छन्।

    यसो हुँदाहुँदै पनि, बिस्तारै अमेरिकी चीन सम्बन्ध बिग्रँदै गएकोबेला वाशिङ्गटन र अन्तर्राष्ट्रिय मिडियाले चीनलाई “एशियाको बिरामी मानिस” “चीनमा उत्पन्न” रोग “पित्त जोखिम” प्रसारकका रुपमा आतङ्क सिर्जना गर्दैछन्। यहीकारण विश्वव्यापी रूपमा चिनियाँ तथा एशियाली जातिहरू विरूद्ध घृणा फैलिरहेकोछ।

    चीन एक्लो हुँदैछ
    बढ्दो जातिय भेदभावको सामना गर्नुका साथै चिनियाँहरू समेत आफ्नै मुलुकभित्र सिमित हुनु पर्ने अवस्था बन्दैछ। कोभिड १९ बाट आतङ्कित भएर, विश्वको चीनसँग धेरै सम्पर्क बिच्छेद भइसकेको छ किनकि ३० वटा भन्दा बढी एयरलाइन्सहरुले सेवा निलम्बन गरिसकेका छन्। त्यसमाथि अमेरिकादेखि सिंगापुरसम्मको ७८ देशीय म्याट्रिक्सले मूलतः विदेशी भूमिबाट चिनियाँ यात्रीहरुको आवागमन गर्न प्रतिबन्ध लगाएको छ।

    यसरी विश्वले चीनको लागि ढोका बन्द गरेपछि चिनियाँहरूले संकटको समयमा झन् झन् अलग र एक्लोपना महसुस गरिरहेका छन्। १ करोड भन्दा बढी जनसंख्या भएको शहर वुहानलाई ठफ्फ पार्दै र त्यसको दायरा बढाउँदै वरपरको हुबेईका ६ करोड मानिस वचावटका लागि निगरानीमा राख्दा पनि विश्वले यसमा केही सहयोग गर्न सकेन।

    पश्चिमीहरूको आशय यस्तो हुनसक्छ कि चीन र त्यहाँका मानिसहरू एशियाका बिरामीहरू र पित्त जोखिमपूर्ण अवस्थामा रहुन्। चिनियाँहरु दुःख भोगिरहेका बेला सहयोगी हात बढाउनु वा हाम्रै मानवजातिप्रति अनुकम्पा देखाउनुको सट्टा विश्वले उनीहरूलाई हाँसोमा उडाइरहेको छ।

    आश्चर्य, चीनको सहयोगी भनेको एक मात्र देश जापान भएकोछ – जो एक ऐतिहासिक प्रतिद्वन्द्वी शक्ति मुलुक हो। प्रकोपको लगत्तै, जापानले चिकित्सा सहायता प्रदान गर्‍यो र चीनले प्रशंसा पनि गर्‍यो। उत्तरी जापानको होक्काइडो प्रान्तमा बस्ने चिनियाँ नागरिक जेनी ताओले टिप्पणी गरे कि सन् २०११ को सुनामी संकटको कारण सामूहिक आघात भोगेका जापानी जनताले “प्रकोपमा परेका अन्य मानिसहरुमा समानुभूति छ।”

    यसले दुबै देशहरूको लागि यो महामारीको वास्तविक चुनौतीलाई सम्बोधन गर्ने र सहकार्य गर्ने अवसर बनेको छ र दुबै देशहरूबीचको सम्बन्धमा सुधार ल्याउने अवसर पनि बन्न सक्छ।

    एकअर्कालाई हेर्दै
    यसै बीचमा, विश्वका अधिकांश मानिसहरूबाट एक्लाइएको महसुस गरिरहेका, एकान्त बस्न बाध्य भएका संक्रमित व्यक्तिहरू आफ्ना प्रियजनहरूलाई छुन वा अँगालो हाल्न नसकिरहेका, चिनियाँहरूले सहयोगका लागि एक अर्कालाई हेर्न थालेका छन्। जनवरीमा तत्काल आवागमनमा रोक लागेपछि र घरका झ्यालढोका खुला राख्दा संक्रमणको जोखिम बढ्ने चेतावनी दिएपछि पनि वुहानका थुप्रै बासिन्दाहरू एकअर्कामा उत्साह भर्न जोडतोडका साथ बोल्न थालेका छन्।

    निगरानी– क्याम्पमा राखिएका जनताहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ गीतहरु रचिएका छन् ती गीतहरुमा हिजोका दिनहरु कस्ता थिए संक्रमणलाई काबू गरेपछि कस्ता हुनेछन् भनेर झलक देखाइएका छन्।

    हङकङका प्रख्यात अभिनेता जैकी च्यान लगायत अन्य चिनियाँ हस्तिहरुले पनि कोभिड १९ बिरूद्ध लड्ने हजारौं स्वास्थ्यसेवा कार्यकर्ताहरूको सम्मान गर्न गीत रेकर्ड गरे। यी चिनियाँ नायकहरू जातीवादका पक्षधरका विरुद्ध मजाक उडाउन कम्मर कसिरहेका छन्।
    पश्चिमाहरुलाई थाहा नहुन सक्छ तर जापानीहरूलाई थाहा छ – यो  चीनले सिर्जना गरेको विश्व विरुद्धको संकट होइन, यो त मानवता बनाम भाइरसको हो। यदि चीन असफल भयो भने, सम्पूर्ण विश्व असफल हुनेछ।

    स्रोतः Christina Lin द्वारा लिखित २०२० फरवरी २२ मा एशियन टाइम्सबाट भावानुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.