Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ज्योतिष : केवल भ्रम

हर संचार माध्यमको दैनिक प्रशारण ज्योतिषीहरूको झुठबाट शुरु हुन्छन्। टोल टोलमा ‘यहाँ ज्योतिष हेरिन्छ’ भन्नेहरूका बोर्ड टाँसिएको पाईन्छ। यसबाट नेपालमा ज्योतिष र राशीफलवालाहरूले हरेक दिन राम्रै कमाई गरिरहेको अनुमान गर्न सकिन्छ।

उत्तम निरौला उत्तम निरौला
साउन ९, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मानिसको हरेक बिहानी आजको दिन भाग्यमा के छ भन्ने कौतुहलताबाट शुरु हुन्छ। पत्रिका, टीभि वा रेडियोमा सबैको ध्यान राशीफलमा जान्छ। म ति सबैलाई कायर भन्न रुचाउँछु। उनीहरूसँग आजको दिन म राम्रो बनाउँछु भन्ने आँट छैन। उनीहरू जीवन यति कायरतापुर्ण बाँचीरहेका छन् कि वास्तवमा उनीहरूमा जीवन नै छैन। केवल डर र त्रासमा दिन काटी रहेका छन्।

    हिन्दुहरूका गुरु मानिने विवेकानन्दले ज्योतिषलाई कटाक्षेप गर्दै भनेका थिए, ‘एउटा मानिसले आफ्नो पैसा गुमाएर गरीब भएको महशुस गर्यो भने उ म फेरी पैसा कमाउन सक्छु भन्ने विश्वास नै राख्न सक्दैन बरु ज्योतिषको शरणमा पर्दछ।’ त्यस्ता व्यक्तिमा गरीब भएर अब फेरि पैसा कमाउने आँट हुँदैन। यदि आँट हुन्थ्यो भने फेरी पैसा कमाउँछु भनेर आफ्नो कर्म गर्न थाल्दछ।
    शिक्षितमा पनि अन्धविश्वास

    यथार्थमा धेरै मानिस हरेक दिन आफ्नो हारबाट शुरु गर्दछन्। म आज ‘के लिन्छु’ भन्दापनि आज ‘के पाउछु’ भन्ने मनोभावना धेरैमा छ। अथवा आफूले आफैसँग हारेको कबोल गरेर धेरै मानिस बाँची रहेको छ।

    हर संचार माध्यमको दैनिक प्रशारण ज्योतिषीहरूको झुठबाट शुरु हुन्छन्। टोल टोलमा ‘यहाँ ज्योतिष हेरिन्छ’ भन्नेहरूका बोर्ड टाँसिएको पाईन्छ। यसबाट नेपालमा ज्योतिष र राशीफलवालाहरूले हरेक दिन राम्रै कमाई गरिरहेको अनुमान गर्न सकिन्छ।

    साईबाबालाई विश्वास गर्नेहरूमा बाबाले शुन्यबाट विभुति निकाल्न सक्छन् भन्ने अन्धविश्वास छ। केही उच्च ओहोदामा पुगेकाहरूले पनि यस कुरामा विश्वास गर्ने गरिएको पाइएको छ। उच्च शिक्षा सम्मको अध्ययन गरेकाहरूले पनि संसारमा शुन्यबाट केही निस्कदैन भन्ने विज्ञानको आधारभुत सिद्धान्तपनि थाहा नहुनु विडम्बना हो।

    विज्ञानको आधारभुत कुरा नै थाहा नभएका व्यक्ति उच्च ओहदामा भएपछि अहिलेको विज्ञानको युग सम्बोधन हुन नसक्नु स्वाभाविकै हो। देश आज अविकसित हुनुमा यसको ठुलो हात छ।

    ज्योतिष

    अब लागौँ ज्योतिष तर्फ। ज्योतिषका भविष्यवेत्ताहरू आफुलाई वैज्ञानिक भन्न रुचाउँदछन्। उनीहरू ज्योतिषलाई विज्ञान भन्दछन्। आफु कहिले मर्दैछु भन्ने थाहा नभएपनि उनीहरू ग्रहको स्थानका आधारमा हर मानवको भविष्य बताउन सक्ने दाबी गर्दछन्। त्रिशुल बाबाले त एकपटक काठमाण्डौमा भुकम्प आउदैछ भन्दै सयौँलाई टुँडिखेलमा सुत्न बाध्य पारे। तर विनाशकारी भुकम्प नेपालमा आउदा उनी कहाँ थिए कसैलाई पत्तो भएन।

    उनी त के कोहीपनि ज्योतिषले नेपालको भुकम्प यतिबेला आउँछ भनेर अनुमानसम्म गर्न सकेनन्। ज्योतिषीले हातका रेखा हेरेर ‘दीर्घजिवी’ घोषणा गरेका कतिले त्यो भुकम्पमा ज्यान गुमाए होलान्, त्यो खोजको बिषय हुन सक्दछ ।

    ज्योतिषीहरू नव ग्रहका स्थानका आधारमा मानिसको भविष्य बताउने दाबी गर्दछन्। उनीहरूले भने अनुसार सूर्य, राहु, केतु, चन्द्र वा सोम, मंगल, बुध, बृहस्पति, शुक्र र शनी खगोल ग्रहहरू हुन्। कक्षा ५ उतिर्ण गरेको विद्यार्थीलाई सोध्दापनि हुन्छ सौर्य मण्डलमा कतिवटा ग्रह छन् र तिनका नाम केके हुन् भनेर।

    यदि ज्योतिष विज्ञान हो भने सामान्य मानिसलाई पनि थाहा छ सूर्य ग्रह होइन, तारा हो। चन्द्रमापनि ग्रह हैन, केवल उपग्रह मात्रै हो। राहु र केतु भन्ने ग्रह नै छैनन्। फेरी पृथ्वी जहाँ हामी बसेका छौँ, अनुभव गरेका छौँ त्यसलाई ज्योतिषले ग्रहमा गन्दै गन्दैन। यसबाटै थाहा हुन्छ ज्योतिष कुन भ्रममा टिकेको छ भन्ने।

    ज्योतिषमा जातिवाद

    यति मात्र हैन हिन्दुवादीहरूले जातिवादलाई ज्योतिषमा पनि लादेका छन्। ज्योतिषीहरू शनीग्रहलाई सबैभन्दा अशुभ मान्दछन्। त्यसलाई सबैभन्दा कुरुपपनि मान्छन्। त्यसैले शनी ग्रहलाई उनीहरूले शुद्र भनि व्याख्या गरेका छन्। यतिसम्म घृणा कि कसैलाई श्राप दिनुप¥यो भने ‘तँलाई शनीको दसा लागोस’ समेत भनेको पाईन्छ।

    ग्रहण लागेका बेलामा शुद्रहरूले दुःख दिएका भन्ने अन्धविश्वासका कारण ‘छोड्दे चमारे छोड्दे’ भन्दै नदीमा स्नान गरेको हामीमध्ये धेरैलाई थाहा हुनुपर्दछ। साथै ग्रहणका समयमा राखिएको पानी तथा खाना शुद्रले छोएको हो भन्ने अन्धविश्वासका कारण मानिस खाँदैनन्। अथवा शुद्रहरूमाथिको अन्याय ज्योतिषीले पनि कायम राखेकै छन्।

    यथार्थमा हेर्ने हो भने अन्य ग्रहको तुलनामा शनी ग्रह राम्रो र अनौठो छ। यस ग्रहले वरिपरि सुन्दर घेरा हालेको छ। त्यसैगरी बृहस्पति ग्रहलाई ब्राह्मण मानिन्छ। त्यसैले यस ग्रहलाई पवित्र मानिन्छ। चन्द्रमा जो ग्रह नै हैन उसलाईपनि ग्रह मान्दै वैश्यको दर्जा दिईएको छ। यस ब्रह्माण्डको केन्द्र सूर्यलाई ग्रह हो भन्ने अन्धविश्वास फैलाइएको छ। सूर्यलाई क्षत्रि भनि तोकिएको छ।

    भ्रम

    उदेक लाग्दो गरी हिन्दु समाजले ब्रम्हाण्डमा समेत जातिप्रथा छ भन्ने भ्रम फिजाएर तल्लो भनिएका जातमाथी ज्यादती थोपरेको छ। अर्कोतर्फ हिन्दु समाजले आफ्नो समाजको बनोटका आधारमा खगोलको मनगणन्ते व्याख्या गरेको थियो भन्न सकिन्छ। के आधारमा ग्रहको पनि जात हुन्छ त्यसको पुष्टी गर्न सक्ने कुनै वैज्ञानिक र सैद्धान्तिक आधार छैन। यसलेपनि पुष्टी गर्दछ, ज्योतिष एक विज्ञान नभएर मनगणन्ते भ्रम हो भन्ने। यस्तो भ्रमलाई विज्ञान हो भनिदिनाले हाम्रो समाजको वैज्ञानिक चिन्तनलाई अपुरणिय क्षति पुगेको छ।

    ज्योतिषीहरूले खगोलशास्त्र समेत हामीले शुरु गरेको भन्दै घोकाई रहेका छन्। त्यो सरासर भ्रम हो। हिन्दुहरूले क्यालेन्डर के हो भन्ने थाहा पाउनु अगावै ईजिप्टमा क्यालेन्डर बनि सकेको थियो। सूर्य र चन्द्रको गतिका बारेमा अध्ययन भई सकेको थियो। त्यसैले उनीहरूले ग्रहणका बारेमा पनि गणित बनाई सकेका थिए।

    वेद कहिले लेखिएको हो?

    धेरैले वेदमा ज्योतिषका बारेमा लेखिएको छ भन्दछन्, तर त्यो भ्रम हो। हामी वेदमा के छ भनेर पढ्न भन्दापनि वेद महान् छ भन्ने विश्वास गर्न बढी रुचाउँछौँ। सर्वप्रथमतः वेद धेरैले नबुझ्ने सँस्कृत भाषामा छ। यदाकता कसैले नेपालीमा उल्था गरेका भए पनि वेदको समालोचना भन्दा महानतामा नतमस्तक भएर उल्था गरिएका छन्। अब भक्तले उल्था गरेको पुस्तकमा गुरुको गुणगान बाहेक अरु के पो हुन्छ र ?

    तसर्थ समाजशास्त्री वा मानवशास्त्रीहरूले समालोचनात्मक तरिकाले वेदको उल्था गर्दा यसको गुदीकुरा बाहिर आउने पक्का छ। मैले वेदका उल्था गरिएका किताब पढ्दा त्यसमा भेग कुरा बाहेक केही पाईन। तिनै भेग कुरालाई सबैले आ – आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दा रहेछन्। तथापी वेद उस समयका मानिसले लेखेको अतुल्य प्रकाशन हो।

    हुनत मानिसले वेद लाखौँ बर्ष पहिले लेखिएको हो पनि भनेका छन्। तर संसारमा अक्षरको शुरुवात् नै प्रोटो साईनाटिक काल अथवा ईसापूर्वको १८ देखि १५ औँ शताब्दिमा भएकाले त्यसभन्दा अगाडि वेद लेख्न सक्ने कुरै भएन। तसर्थ वेद कहिले लेखिएको थियो भन्नेपनि खोजको बिषय हो। अतः वेदमा राशीका बारेमा उल्लेख नै छैन। किनकी ज्योतिष त ग्रीकबाट भारतिय समाजमा र भारतिय समाजबाट नेपालमा आएको हो।

    उस समयमा वेवीलोनियन (वर्तमान इराक क्षेत्र)हरू खगोल विज्ञानमा उन्नत मानिन्थे। उनीहरूले ग्रहको अध्ययन गरे र ग्रहण कहिले लाग्छ समेत हिसाब गर्न सक्ने भए। यो ज्ञान त्यस समयको अत्यन्त सभ्य समाज ईजिप्टमा गयो। ईजिप्ट त्यस समयको ज्ञानको केन्द्र थियो ।

    त्यस्तै उस समयको ग्रीकपनि सधैँ ज्ञान र विज्ञानको भोको थियो। ग्रिकबाट कैयौँ मानिस ईजिप्टमा खगोल सिक्न भनेर आउन थाले। ग्रीकहरूले इजिप्टबाट खगोल र क्यालेन्डरका बारेमा सिके। अहिले हामी नेपालीले प्रयोग गरेको क्यालेन्डर ग्रीकको कोसेली हो।

    खगोलको अपव्याख्या

    ग्रीकका शक्तिसाली शासक हुन्, अलेक्जेन्डर। उनले विश्व एकिकरणमा ठुलो सफलता हासिल गरेका थिए। एकिकरण कै क्रमममा सिरिया, इजिप्ट, पर्सिया हुदै ईसा पूर्वको ३२७ मा उनी भारत आईपुगे। त्यस समयमा अलेक्जेन्डरले क्यालेन्डर र खगोलको ज्ञान लिएर आए।

    उक्त ज्ञानलाई भारतिय समाजले उपयोग ग¥यो। खगोलको सबैभन्दा पुरानो ज्ञानलाई संस्कृतमा यवनजतक भनिन्छ। ग्रीकलाई ‘यवन’ भनिन्थ्यो भने ‘जतक’ भनेको मानिस हो। तसर्थ ग्रीकका मानिसका अनुसार भनि भारतमा खगोलको शुरुवात् गरिएको पाईन्छ। त्यसअघि भारतीय महादेशमा खगोलको विकास भएको थिएन। भारतमा खगोल र ज्योतिषको शुरुवात लगभग उही समयमा भएको मान्न सकिन्छ।

    ज्योतिषको अन्धविश्वास त खगोललाई अपव्याख्या गर्ने क्रममै भएको हो। त्यस समयमा टाठाबाठाहरूले ज्योतिषलाई खगोलबाट छुट्याएर आफ्नो कमाईको धन्दा बनाउने काम गरे। नेपालका टाठाबाठाहरू भारतको काशीमा गएर पढेर नेपाल आउँदा उही धन्दालाई निरन्तरता दिएका छन्। उनीहरू ज्योतिषलाई विज्ञान भन्दछन्। तर वैज्ञानिकहरूले चुनौती दिँदा धर्ममा प्रहार भएको भन्दै धर्मको आडमा व्यापारलाई कामय राख्ने गरिन्छ। (सोचनेपाल डटओआरजी)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      उत्तम निरौला

      उत्तम निरौला

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.