Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

त्यसो गरेको भए के बुबा बाँच्नु हुन्थ्यो ?

बर्खा दत्त बर्खा दत्त
बैशाख १९, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अर्बुद रोग विशेषज्ञलाई क्यान्सरले पक्रेजस्तो वा चर्म रोगविद्ले छालाको रोगसँग संघर्ष गर्नु परेजस्तो यो हप्ता म विगत १५ महिनादेखि आफैंले गरेका रिपोर्टिङको कथा बनेँ ।

    कोभिड–१९ बीच मैले मेरा बुबा एस.पी. दत्तलाई गुमाएँ । यो महामारीको कारण अहिलेसम्म अरु परिवारमा मात्र भएको क्षति आफैंले अनुभव गरेँ । यसले सृजना गर्ने उदासी, आवेग, कुन्ठा र उजाडपनका प्रत्येक पललाई आफैं आत्मसात गरेँ ।

    मेरो बुबा एयर इन्डियाको पूर्व अधिकारी हुनुहुन्थ्यो । तर, वास्तविक हृदयले एकजना नवप्रवर्तक हुनुहुन्थ्यो । उहाँ कहिलेकाँही मेसिनहरू आफैं बिग्रार्ने इच्छा गर्नु हुन्थ्यो ताकी त्यसलाई फेरि नयाँ तरिकाले इन्जिनियरिङ गर्ने आनन्द उठाउन सकियोस् । उहाँका आँखा सधै विज्ञानप्रतिको उत्सुकता र आशावादले भरिएका हुन्थे ।

    मेरो बुबा एक अनपेक्षित महिलावादी हुनुहुन्थ्यो, जसले हामी दिदीबहिनीलाई उड्नका लागि पखेटा दिनुभयो । हाम्रो विचार र भावनाको भिन्नै कुनै माग छैन भने जस्तो गरेर उहाँले जहाजहरूको क्राफ्टिङ र रेलहरूको निर्माणमा घण्टौं लगाउनु भयो । उहाँले बारम्बार हामीसँग यो कसम खानु भयो कि जब समय आउनेछ, हामी अनाथ बच्चाहरूको संस्थालाई अनुदान गर्नेछौं ।

    कोभिड–१९ को जस्तो शोकको समयमा पनि मायालु मित्रहरूको आश्वसानले आफूलाई बदल्न र जिवाणुको प्रकोपबाट लुक्न सकिने रहेछ । यसले तपाईको मष्तिष्क र मुटुमा हथौडाले चोट हान्नुको साटो पेचकशले जस्तो ससाना प्वालहरू टाल्दो रहेछन् । बिशेषतः आफ्नै निर्णयका ‘यदि’ र ‘तर’ बाट लखतरान भएको बेलामा ।

    बुबाको मृत्यु भएको ७२ घण्टा राम्ररी पुगेको छैन, शुक्रबार बिहान म यो लेख लेख्दैछु । जब म पलपल बुबाको त्यो युट्युब च्यानलमा पुग्छु, जुन यान्त्रिकी सृजनशीलताका लागि समर्पित थियो, म आफैं असह्य आँशुमा डुबेकी हुन्छु । भन्न बाँकी रहेका शब्दहरूले, गर्न बाँकी रहेका कामहरूले, पूर्वस्थितिमा फर्किनु परेका पछुतोले घण्टौं मलाई लखेटिरहन्छ ।

    यहाँसम्म कि मैले हिन्दूस्तान टाइम्समा प्रकाशित जुम्बो–७४७ को अन्त्यबारे उहाँको लेखसम्म पढाउँन भ्याएकी थिइनँ, जुन प्रिन्ट संस्करणमा हेर्न उहाँ बहुतै उत्सुक हुनुहुन्थ्यो ।

    अरु थुप्रै जेष्ठ नागरिकजस्तै बुबा पनि तुरुन्तै अस्पताल जान मान्नु भएन । उहाँका जीवनका अन्तिम केही दिनहरू जेजस्ता रहे, त्यस्तो अवस्थाका लागि आफ्नो परिवारलाई उहाँले भयग्रस्त बनाउन चाहनु भएन । प्रारम्भमा चिकित्सकहरूको भनाई थियो कि उहाँको संक्रमण हल्का खालको हो । उहाँको अक्सिजन लेभल पनि राम्रो छ भनिएको थियो । उनीहरूको सल्लाह थियो कि उहाँलाई सजिलो ठाउँमा राखेरै उपचार गर्न सकिन्छ ।

    उहाँ घरमै भए पनि मेदान्त अस्पतालका राम्रा डाक्टर समूहको निगरानीमा हुनुहुन्थ्यो ।

    तर, जब पीडा आयो, अचानक अनपेक्षित ढंगले आयो । ज्वरो बढ्ने र अक्सिजन लेभल घट्ने दुवै एकै चोटी भयो । हामी आत्तियौं । मेदान्त अस्पतालको सार्वजनिक एम्बुलेन्स पर्खिंदा ढिलो होला भनेर हामीले निजी एम्बुलेन्स बन्दोबस्त गर्‍यौं ।

    एक सिलिन्डर अक्सिजन र ड्राइभर मात्र भएको एउटा पुरानो मारुतीमा हामी मेदान्त पुगेका थियौं । ती चालकले मलाई अक्सिजन सिलिन्डरले काम गर्दछ भनेर आश्वस्त पार्न खोजेका थिए । उनले मारुतीको गियर अझ बढाएका थिए ।

    म अगाडिको सीटमा थिए । बुबा र उहाँको सहयोगी पछाडिको सीटमा । उहाँ स्लाबमा असजिलो गरी सुत्नु भएको थियो, जब कि हामीलाई ट्राफिक जाम छिचोलेर अस्पताल पुग्न १ घण्टा लाग्यो । दिल्ली पुलिसलाई जति नै बिन्तीभाउ गरे पनि एम्बुलेन्सका लागि भिन्नै हरित लेनको व्यवस्था हुन सकेन । बरु उल्टै ठाउँठाउँमा कर्फ्यू लागू गर्न लगाएका ब्यारिकेटहरू थिए ।

    जब हामी अस्पताल पुग्यौं, बुबाको अक्सिजन लेभल तीव्र ढंगले तल झरेको थियो । चिकित्सकहरूको विश्वास थियो कि उहाँलाई अबिलम्ब आपतकालीन सेवा र आइसियु कक्षको आवश्यकता छ । मैले यहाँ आएर थाहा पाएकी मारुतीमा भएको सिलिन्डरमा जुन मास्क थियो, त्यो अक्सिजनको मात्र तीव्र प्रवाहित गर्ने खालको थिएन ।

    मेदान्तका चिकित्सक र नर्सहरूको निर्विवाद सेवा जसका लागि म सधैं आभारी छु । त्यहाँ केही दिन भेन्टिलेटरमा बिताएर पनि उहाँ बच्न सक्नु भएन ।

    जब हामी अस्पताल नजिकको घाटमा उहाँलाई दाहसंस्कार गर्न गयौं, त्यो दृष्यको थुप्रै रिपोर्टरहरूसँगै म बारम्बार साक्षी भइसकेकी थिएँ । उस्तै भीड र उस्तै स्थान । कम्तीमा अरु ३ परिवारलाई हामीसँगै एउटै टोकन नम्बर दिइएको थियो । तर्कवितर्क शुरुवात भयो । झगडाजस्तै भयो । मेरी दिदीले पुलिसलाई फोन गरिन् । पुलिससँग मद्दत मागिन् ।

    एक पत्रकारका रुपमा यी र यस्ता थुप्रै प्रश्नहरू यस अघि नै मैले बारम्बार उठाइसकेकी थिएँ । यसपटक म आफैं एक छोरीका रुपमा स्थितिको भोक्ता थिएँ ।

    जस्तो कि यदि खोप कार्यक्रम बेलैमा शुरुवात हुन सकेको भए के मेरो बुबा बाँच्नु हुन्थ्यो होला ? उहाँले खोपको पहिलो मात्र लिइसक्नु भएको थियो, यो हप्ता दोस्रो मात्रा लिनु थियो ।

    के हामीले राम्रो एम्बुलेन्स जसमा अक्सिजन मास्कको प्रबन्धन हुन्थ्यो, पर्खेर भए पनि त्यही प्रयोग गर्नु पर्थ्यो ? त्यसो गरेको भए के बुबा बाँच्नु हुन्थ्यो ?

    तर, मलाई हामीले व्यहोरेको अभिशापपूर्ण क्षतिको मात्र हैन, पाएको अवसरबारे पनि थाहा छ । कम्तीमा पनि बुबाले आफ्नो जीवनको लागि अन्तिमसम्म लड्ने मौका पाउनु भो । हज्जारौं भारतीयले यति अवसर पनि पाउँदैनन् ।

    म ती मानिसको कथा दिनहुँ भन्छु जो बन्द अस्पतालको गेट बाहिर मर्दछन् । जसका लागि न कुनै चिकित्सकीय स्पेश उपलब्ध हुन्छ न अक्सिजन ।

    आज म टुहुरी भएकी छु । तर, अझै भारतीय राज्यले टुहारा बनाएका कयौं भन्दा भाग्यमानी नै छु ।

    (साझापोस्टडटकमले गरेको अनुवाद/प्रसिद्ध भारतीय पत्रकार दत्तको आफ्नै बुबामाथिको अबिच्युरी द हिन्दूस्तान टाइम्सबाट)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बर्खा दत्त

      बर्खा दत्त

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.