Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

उत्कर्ष उत्कर्ष
मंसिर १२, २०७७
- अर्थतन्त्र, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    के तपाईं केहि दिनमा करोडपति हुन चाहनुहुन्छ? तपाईंको मर्सिडीज कार चढेर हिड्ने सपना छ कि? छ भने, बिटक्वाइनमा लगानी गर्नुहोस्।” यस्ता विज्ञापनहरु दिनहुँ इन्टरनेटमा बढ्दैछन्। यदि बिटक्वाइनको मूल्यमा बढेको ग्राफ हेरियो भने, यस्तो सपना सजिलै पुरा हुन्छ कि जस्तो लाग्छ। सन् २०१७ को सुरूमा, बिटक्वाइनको मूल्य १००० अमेरिकी डलर भन्दा कम थियो, तर यो २०१८ फरवरीमा १५,००० डलर भन्दा माथि पुगेको थियो।

    ६ दिसम्बरमा यसको मूल्य २४ घण्टामा १३००० डलरबाट बढेर १७००० सम्म पुगेको थियो, जव कि २२ दिसम्बरमा यसको मूल्य २०००० डलरबाट एकाएक झरेर १३००० डलर भन्दा कम भएको थियो।  जसले २०१७ को शुरुआतमा या त्यो भन्दा पहिला बिटक्वाइनमा लगानी गरेको थियो भने त्यो इन्टरनेट विज्ञापनमा देखाइएको सपना मजाक नै हुनेथियो भन्न सकिदैन। तर बिटक्वाइनको मूल्य यसरी बढेको देखेर किनबेच पनि अन्धाधुन्ध भइरहेको छ। यस्ता कृयाकलापहरुले संकटको भूमरीमा फसेको विश्व पूँजीवादी व्यवस्थामा उठेको सानो पानीको फोका फुलिरहेको प्रष्ट संकेत दिइरहेका छन्। यो सानो पानीको फोका कतिखेर फुट्ने हो बताउन सकिदैन तर निश्चित छ कि यो फुट्छ र यसले भयावह ल्याउनेछ। यसकारण विश्वका सबै मुलुकका केन्द्रीय बैंक र पूँजीवादी थिंकट्याङ्कहरुले राम्ररी बुझीसम्झी  निवेश गर्न सल्लाह दिइरहेका छन्।

    के हो बिटक्वाइन?

    बिटक्वाइन एक डिजिटल मुद्रा (करेन्सी) हो, जसलाई क्रिप्टोग्राफी प्रविधिको माध्यमबाट सुरक्षित बनाइएको हुन्छ। त्यसैले यसलाई क्रिप्टोकरेन्सी पनि भनिइन्छ। यसैकारण ‘इण्टरनेटी नगद’ (internet cash) पनि भन्ने गरिएको हव। बिटक्वाइन बाहेकका अरु पनि क्रिप्टोकरेन्सी इण्टरनेटमा उपलब्‍ध छन्, जस्तै इथिरियम, लाइटक्वाइन, रिपल र मोनेरो आदि। बिटक्वाइनको खोज सन् २००८ मा कुनै एक रहस्यमय व्यक्तिले गरेको थियो जसको नाम सातोशी नाकामोतो भएको भनेर खुलासा गरेको थियो। तर त्यो व्यक्ति को हो अहिलेसम्म थाहा पाइएको छैन।

    बिटक्वाइनको विशेषता यस्तो छ यसलाई विश्वका कुनै पनि मुलुकले या कुनैपनि संस्थाद्वारा स्वीकृत भएको हुँदैन। यो एक विकेन्द्रीकृत मुद्रा हो जुन कुनै केन्द्रीय संस्था या बैङ्कद्वारा होइन, ब्लकचेन नामक डाटाबेस भएको कम्प्यूटर नेटवर्कबाट संचालित हुन्छ।

    आधुनिक अर्थव्यवस्थामा मुद्राको कारोवार प्राय: बैंकहरु या अन्य ‘थर्ड पार्टी’ मार्फत् हुन्छ। यसका लागि बैंकले आफ्ना सबै खातावालहरुका लागि खाता नम्वर र चेक वा पासवर्ड दिएको हुन्छ। बैंकहरुलाई सरकारद्वारा मान्यता दिइएको हुन्छ। यसकारण बैंकहरुबाट मुद्राको कारोवार गर्ने प्रणालीमा व्यक्तिहरुमा विश्वास हुन्छ। तर बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीले ब्लकचेन डाटावेसबाट बैंक या ‘थर्ड पार्टी’ के मुद्राको कारोवार गरिन्छ। यस कुनै सांस्थानिक हस्तक्षेप विना कारोवार गरिन्छ र समय तथा धन दुवैको बचत पनि हुन्छ। यो प्रविधिमा बही-खाता कुनै केन्द्रीय संस्थासँग हुँदैन नर यो ब्लकचेन अर्थात् नया माध्यमबाट मुद्राका कारोवार गर्ने सबै व्यक्तिसँग उपलव्ध हुनु पर्छ। यही माध्यमबाट अनलाइन कारोवार गर्ने सबै व्यक्ति इण्टरनेटबाट कुनै कम्प्यूटर नेटवर्कबाट बाट जोडिएका हुन्छन् जसलाई पियर-टू-पियर नेटवर्क भनिइन्छ। यस प्रक्रियाबाट हुने कारोवारलाई  सुरक्षित बनाउन ‘डिजिटल सिग्नेचर’ र क्रिप्टोग्राफी प्रविधि अपनाइएको हुन्छ। यसबाट गरिने कारोवारहरुको सत्यापन ‘बिटक्वाइन माइनिंग’ प्रक्रियाले गर्छ। यो भनेको कम्प्युटरबाट नया बिटक्वाइन बनाउने प्रक्रिया हो। यो प्रक्रिया बिटक्वाइनको कारोवारको खाता राख्न आवश्यक पर्छ। यस प्रक्रियालाई संचालन गर्न विशेषज्ञता चाहिन्छ। यसका विशेषज्ञहरुलाई ‘बिटक्वाइन माइनर्स’ भनिन्छ।

    बिटक्वाइन नेटवर्कमा यदि कुनै कारोवार गर्न हुने भएमा त्यस नेटवर्कमा सम्मिलित सवै ‘माइनर्स’ सूचना पठाइएको हुन्छ। जुन ‘माइनर’ ले कारोवारको सत्यापन सबैभन्दा पहिला गर्छ उसको खातामा ए‍क निश्चित मात्रा (मानौ २५) बिटक्वाइन पुग्छ। यसरी ‘माइनर्स’ ले बिटक्वाइनको सत्यापन मात्र होइन साथसाथै बिटक्वीनको समेत निर्माण गर्छ।

    कारोवार (भेरिफाइड) सत्यापन गर्ने ‘माइनर्स’ क्रिप्‍टोग्राफी प्रविधिमा निपुण हुन्छन्। बिटक्वाइन नेटवर्कमा भएका केही कारोवारहरु मिलाएर एक ब्लक बन्छ। यस्ता ब्लकहरु एक-अर्कासँग जोडिएका हुन्छन्। यही कारण यस प्रविधिलाई ब्लकचेन भनिन्छ। हरेक ब्लकका आआफ्ना ब्लकका चिनारी दिइएको हुन्छ। ब्लकचेनको यो प्रविधिलाई ह्याक गर्न कठिन हुन्छ किनकि ह्याकरलाई एउटा ब्लकमा प्रवेश गरेर मात्र हुँदैन बिटक्वाइनका शुरुआत देखिका भएभरका सवै ब्लकहरुमा प्रवेश गर्नुपर्ने हुन्छ। जुन कुरा करीव असम्भव हुन्छ।

    बिटक्वाइनको मूल्यमा उतार–चढाउका कारण

    हालका दिनहरुमा बिटक्वाइनका मूल्यमा जुन उतार-चढाउ देखिन्छ त्यसको मुख्य कारण यसको  भविष्यबारे अटकलबाजी र अफवाहहरुका कारणले गर्दा हो। इण्टरनेटमा नानाप्रकारका प्रलोभन दिएर व्यक्तिहरुलाई बिटक्वाइनमा निवेश गर्न उक्साई रहेको देखिन्छ। तर बिटक्वाइनको आपूर्ति कम्प्यूटर प्रोग्रामबाट हुने कारणले गर्दा सीमित हुन्छ, अनि अनेकन अटकलबाजी र अफवाहहरुबाट कहिले बिटक्वाइनको मूल्यले कहिले आकास छुन्छ त कहिले पातालमा भासिन्छ।

    अटकलबाजीको यस्तो माहोलमा दलालहरु र सट्टेबाजहरु मालामाल बन्छन्। नाफामा अति नै कम भएर संकट खेपी रहेको पूँजीवादमा लाभप्रद निवेशको अवसर सीमित हुन्छ। यस्तो अवस्थामा सट्टेबाजी गर्न सकिने यस नया सम्भावनाका कारणले तमाम दलाल र हेज फण्डहरु र्‍याल चुहाँउदै यसमा निवेश गरेका हुन्छन्। अमेरिकाका सीएमई र सीबीओई जस्ता संस्थाहरुले दिसम्बर महिनाबाट बिटक्वाइनमा फ्यूचर्स र डेरिवेटिव ट्रेडिंगसमेत शुरू गरेका छन्। सीएनबीसीको एक रिपोर्ट अनुसार यो समय १२० बाट ज़्यादा हेज फण्ड बिटक्वाइन र अन्य डिजिटल करेन्सीहरुमा निवेश गरिरहेका छन्। यसमा कुनै आश्चर्य मान्नु पर्दैन कि यो सानो पानीको फोका फुल्दै गरेको छ। स्मरण गरौं कि १९७० को दशकदेखिबाट नाफामा गिरावट दरको संकटको कारणबाट मृत्युशैयामा पल्टेको पूँजीवादमा सट्टेबाजीको पानीको फोकाले सहारा दिएको समय-समयमा देखिएको छ। जव यस्तो पानीको फोका फुट्छ तव आतङ्क मच्चिनेछ।

    मुद्राका रूपमा बिटक्वाइनको भविष्य

    बिटक्वाइनका अतिउत्साही समर्थक बिटक्वाइनलाई एक युगपरिवर्तनकारी मुद्राका रूपमा प्रस्तुत गर्छन्। उनीहरुका अनुसार  हुन त बिटक्वाइन कुनै सरकार या बैंकको नियन्त्रणमा छैन र बरु यो  विकेन्द्रीकृत छ, यसकारण यो मुद्राको प्रयोगबाट व्यक्ति आफ्नो पैसालाई आफैं नियन्त्रण गर्न सक्छन् र सरकारको मौद्रिक नीतिहरु वा बैंकद्वारा वसूल गरिने खर्चबाट बाच्न सकिन्छ। यसकारण नाना थरिका ‘लिबर्टेरियन’ र अराजकतावादी विचार राख्नेहरुलाई यो तरिका निकै आकर्षक भएको छ र तिनीहरु यसलाई पूँजीवादी संकटको एक र्‍याडिकल समाधानका रूपमा प्रस्तुत गर्दछन्। तिनीहरु २००७-०८ को मन्दीमो हवाला दिदैं भन्छन् कि मुद्रामा बैंकहरु  र सरकारको नियन्त्रण भएको कारणबाट मन्दीपछि आम मानिसका पैसाबाट नै बैंकहरुलाई बेलआउट गरियो। यसप्रकार २०१३ मा साइप्रसको सरकारद्वारा संकटग्रस्त अर्थव्यवस्थालाई बचाउनका लागि  बैंक खाताहरुमा एक निश्चित राशी भन्दा बढी जम्मा गरिए रकम जफत गरेपछि बिटक्वाइनका समर्थकहरुको भनाइलाई बल मिल्यो। अझ तिनीहरुले सरकार र बैंकहरुका नियन्त्रणमा रहने मुद्रामा भरोसा गर्न सकिदैन। भनिराख्न आवश्यक पर्दैन कि यो पूँजीवादी संकटको एक निम्न-बुर्जुआ प्रतिक्रिया र समाधान हो, जुन लोभ-लालच र मुनाफाखोरीमाथि टिकीरहेको पुरै व्यवस्थाको विकल्प खोज्नुको बदला मौजूदा व्यवस्थाभित्र नै सरकार र बैंकहरुद्वारा नियन्त्रित केन्द्रीकृत मौद्रिक ढाँचालाई विकल्प एक विकेन्द्रीकृत मुद्रामा खोज्न थाल्छ।

    यस्तो अवस्थामा यो प्रश्न उठ्न सक्छ कि के बिटक्वाइन वास्तवमा एक वैश्विक मुद्राको रूपमा प्रचलित हुन सक्छ। एक प्रविधिका रुपमा ब्लकचेन निश्चय नै एक यस्तो आविष्कार हो जसको भविष्यको समाजवादी व्यवस्थामा पनि बहुआयामी प्रयोग गर्न सकिने सम्भावना हुन सक्छ, तर पूँजीवाद रहँदारहँदै यसलाई एक विश्वसनीय विश्वव्यापी मुद्रा बन्न दिइने सम्भावना ज्यादै कम छ। यसको कारण के हो भने केवल यस्तो चीज मात्र मुद्राका रूपमा प्रभावी हुन सक्छ जसले सार्वभौमिक समतुल्य काम गर्न सक्छ, जसबाट सापेक्षरुपमा अन्य मालहरुको मूल्यको मापन गर्न सकिन्छ र जुन विनिमयको माध्यम बन्न सक्छ। पारम्परा देखि नै धातुहरु, खासगरी सुनले, यस्तो सार्वभौमिक समतुल्य र विनिमयको माध्यमको काम गर्दथ्यो। तर आधुनिक समयमा कागजका नोट र इलेक्ट्रोनिक माध्यमले पनि मुद्राको स्थान ग्रहण गरेको छ। जसको मूल्य कुनै सुनिश्चित मात्रामा धातुको मुद्रा बराबर भइराख्नु पर्ने कुनै आवश्यकता छैन। तर ध्यान दिनु पर्ने कुरा के छ यस्तो सजिलो हुने कारण के हो देशका सरकारले यसलाई गारेण्टी दिएका हुन्छन् अनि गारेण्टी दिने मुलुकको क्षमता उसको अर्थव्यवस्थाको स्थितिबाट निर्धारित भएको हुन्छ।

    तर बिटक्वाइन जस्ता क्रिप्टोकरेंसीलाई कुनै पनि देशका सरकार र बैंकहरुद्वारा नियन्त्रि‍त र संचालित गरिएको हुँदैन। यसकारण एक वैश्विक मुद्राका रूपमा क्रिप्टोकरेंसीको विश्वसनीयतामाथि हरहमेशा सन्दिग्ध भइरहनेछ। यसका साथसाथै यसको एक सीमा पनि छ पूँजीवादी ढाँचामा जडित डिजिटल र इण्टरनेट प्रयोग नगर्ने दुनियाका अरबौं मानिसका लागि यो बेकामे छ। साथै हालैका वर्षमा बिटक्वाइनको विनिमय दरमा भएको भयंकर उतार-चढाउलाई हेर्दा पनि मुद्राका रुपमा यसो स्वीकार्यतामाथि धेरै ठूलो प्रश्नचिह्न उठ्छ किनकि मुद्राको महत्वपूर्ण शर्त एक समयान्तरालमा त्यसको सापेक्षिक स्थिरता हुनु हो। एकै वर्ष २०१७ मा बिटक्वाइनको मूल्यमा एकै दिनमा नै ३० प्रतिशत परिवर्तन भयो। यसका साथै बिटक्वाइनको निर्माणको प्रक्रियापनि त्यसको एक स्वीकार्य मुद्रामा रूपमा प्रचलित हुने कुरामा  प्रश्नचिह्न लगाउँछ। ध्यान दिनु पर्छ कि बिटक्वाइन एक कम्प्यूटर प्रोग्रामको प्रयोगमा निर्मित हुन्छ जसको मालहरुको उत्पादनसँग कुनै समानुपातिक सम्बन्ध हुँदैन।

    बिटक्वाइनको सुरक्षाका लागि प्रयोग हुने क्रिप्टोग्राफी प्रविधि भएपनि यो ह्याकिङ्ग, चोरी र धोखाधडी जस्ता कुराबाट मुक्त छैन। हालसम्मको छोटो अवधिमा नै बिटक्वाइनका चोरी र धोखाधडीका कैयन मामलाहरु देखिएका छन्। यसैकारण चीन र रूस जस्ता केही देशहरुमा यसमाथि विभिन्न प्रकारका पाबन्दिहरु समेत लगाइएका छन्। साथै बिटक्वाइनका नाममा दुनिया भरी चलिरहेको सट्टेबाजीका पानीको फोकाहरु नियन्त्रणभन्दा बाहिर जानसक्ने ठानेर सबै सरकारहरु यसमाथि निश्चितै पेँच कस्न शुरु गर्नेछन्। यसो भएमा सरकारहरुबाट हुने हस्तक्षेपबाट बिटक्वाइन स्वायत्त हुन्छ भन्ने यसका  समर्थकहरुको दावा खोखला साबित हुनेछ। यति सीमाहरुलाई हेर्दा नै अबका दिनमा पूँजीवादको दायरामा धेरैभन्दा धेरै के हुनसक्छ भने मुद्राको रूपमा बिटक्वाइनको उपयोग एक अत्यन्त सीमित रूपमा होला। यस्तै कुरा अहिलेका केही उदाहरणले देखाएका छन्।

    बिटक्वाइनका केही अतिउत्साही समर्थकहरु यसलाई सिर्फ सरकारको नियन्त्रणबाट मुक्त हुने कुराको दावा गर्नेमात्र होइन यसलाई विकेन्द्रीकृत स्वरूप भएको बताउँदै यसलाई करपोरेट नियन्त्रणबाटसमेत मुक्त भएको भन्छन्। यो कुरा ठीकै हो कि बिटक्वाइनको निर्माण र संचालनको प्रक्रियामा कुनै केन्द्रीय ढाँचा या केन्द्रीकृत संसाधन जस्तो कि ठूलठूला सर्वर आदिको आवश्यकता पर्दैन किनकि  निर्माण र संचालनको काम अहिलेसम्म दुनियाका भिन्नभिन्न भागहरुमा भइरहेका छन् जुन  बिटक्वाइन ‘माइनर्स’ ले गर्छन्। परन्तु यस्तो विकेन्द्रीकृत ढाँचामा पनि केन्द्रीकरणको प्रक्रिया शुरू भइसकेको छ। ध्यान दिनु पर्ने कुरा छ कि बिटक्वाइन ‘माइनिंग’ को काम साधारण कम्प्यूटरमा गर्न सकिदैन यसका लागि अत्याधुनिक प्रोसेसिंग गतिवाला विशेष प्रकारको कम्प्यूटरको आवश्यकता पर्छ जसमा धेरै ऊर्जा खपत हुन्छ। हालैको एक रिपोर्ट अनुसार हालको बिटक्वाइन ‘माइनिंग’मा आवश्यक पर्ने बिजुलीको कुल खर्च आयरलैण्ड जस्ता देशको कुल बिजली खर्चभन्दा अधिक छ। बिटक्वाइन ‘माइनिंग’ को प्रतिस्पर्द्धी प्रक्रियामा बिटक्वाइन कारोवारलाई सत्यापित (भेरिफाइड) गर्नका लागि  ‘माइनर्स’ को बीच होडवाजी भइरहन्छ। किनकि सबैभन्दा पहिले सत्यापित (भेरिफाइड)  गर्ने ‘माइनर्स’ को खातामा केही बिटक्वाइन जम्मा हुन्छ। यस्तो होडवाजीमा आफु सबैभन्दा चाँडो सफल हुनका लागि कैयन ‘माइनर्स’ले आफ्ना संसाधनहरुलाई सक्रिय पार्न सक्छन्। यसैबाट स्पष्ट रूपमा केन्द्रीकरणको प्रक्रिया प्रारम्भ हुने संकेत दिन्छ। यसो हुँदा यदि भविष्यमा बिटक्वाइनको  प्रचलन बढिहालेमा बिटक्वाइन ‘माइनिंग’ गर्ने ठूलाठूला कम्पनिहरु खुल्ने सम्भावनालाई कुनैपनि हालतमा इनकार गर्न सकिदैन। यसरी बिटक्वाइन करपोरेटको नियन्त्रणबाट मुक्त हुनेछ भन्ने दावालाई कुनै आधार बाँकी हुनेछैन।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      उत्कर्ष

      उत्कर्ष

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.