Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बीआरआई – विश्व मानव जातिको हितमा समर्पित एक समाजवादी विचार अभियान

जनार्दन शर्मा जनार्दन शर्मा
अशोज ६, २०७६
- यो हप्ता, विचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनका वर्तमान राष्ट्रपति सी जिनपिङको अगुवाइमा चिनियाँ विशेषताको समाजवादी व्यवस्थाले चीनलाई विश्वको एक सर्वशक्तिमान राष्ट्रको रूपमा उभ्याएको छ। यही समाजवादी मोडेलमा आधारित नीतिमार्फत् चीनको विकास समृद्धि, आर्थिक एकीकृत खुलापनमा आधारित समतामूलक समाजको स्थापना माओलगायत चीनका अन्य नेतृत्वले परिकल्पना गरेको मानव जाति मुक्तिको स्वतन्त्रताको केन्द्र बनाउने र नेता बनाउने निरन्तरको यो प्रयासको सफलताको एउटा उचाइ हो भन्ने मलाई लाग्छ।

    यो सफलता चीनको मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण अनुभव पनि हो। कम्युनिस्ट पार्टी र कगम्युनिस्ट समर्थकहरूका लागि त यो महत्त्वपूर्ण आयाम नै हो। चीनको आधुनिक इतिहासमा, अझ सय वर्षको अवधिलाई विश्लेषण गर्ने हो भने चिनियाँ विकास र समृद्धिका तीनवटा अत्यन्तै महत्त्वपूर्ण परिवर्तनका मोडहरू रहेको हामी पाउँछौँ। पहिलो, अध्यक्ष माओले गर्नुभएको क्रान्ति र क्रान्ति सम्पन्नतासँगै चीनको सांस्कृतिक एकीकरण, क्रान्ति सम्पन्नतासँगै त्यसमा अगाडि बढ्दै जाँदा त्यो विशाल चीनको स्थापना भएको थियो। देङ् शाओ पिङले सन् १९७६ पछि गरेको आर्थिक नीतिमा सुधारले चीनलाई नयाँ आर्थिक समाजवादी मोडेलको खुला अर्थतन्त्रमार्फत्, अवरुद्धता आउने अवस्थामा त्यसलाई फैलिने र समृद्ध बन्ने एउटा बाटो खोलिदियो। खुला अर्थतन्त्रमार्फत् विकसित एवम् सर्वशक्ति सम्पन्न राष्ट्रको रूपमा स्थापित गरेको यो एउटा प्रयास थियो।

    र, तेस्रो ठूलो परिवर्तनकारी मोड भनेको हालका राष्ट्रपति सी जिनपिङले बीआरआईको जुन अभियान थाल्नुभएको छ, जसले अन्तरदेशीय रेलवे, हाईवे, व्यापारिक बन्दरगाह, विद्युतीय प्रसारण लाइन, एयरपोर्ट तथा औद्योगिक एवम् आर्थिक तथा व्यापारिक आदन प्रदानमार्फत् राष्ट्रहरूबीच परस्पर विकास र समृद्धिलाई समाजवादी मोडेलमा विश्वभरका नागरिकहरूको प्रत्याभूत गर्न सक्ने अर्थमा लिइएको छ।

    चिनियाँ राष्ट्रपति सीको यो अभियानमा हालसम्म विश्वभरका १२६ देशहरू तथा २९ अन्तर्राष्ट्रिय संगठनहरूले सहमति जनाइसकेको अवस्था छ। ८४ देशले सन् २०१० भित्र १.५ खर्ब बराबरको लगानीको सम्झौता गरिसकेका छन्, जसलाई ‘कनेक्टिभिटी’ भनेर पनि भन्न पनि सकिन्छ। कनेक्टिभिटीको कुरा गर्दा पूर्वाधार, सडक, हवाई, सूचना प्रविधि, संस्कृति, सम्पदा, सभ्यता, वैचारिक विकास यी सबैको कनेक्टिभिटी हो भन्ने अर्थमा व्याख्यासमेत गरिएको छ।

    बीआरआईले नयाँ विश्व व्यवस्था स्थापना गर्न सक्षम हुन्छ वा हुँदैन भन्ने बहसलाई वर्तमान पश्चिमा पुँजिवादमा आधारित विश्व व्यवस्थाको अर्थ व्यवस्थाको अभ्यास कति लोकतान्त्रिक, कति न्यायपूर्ण, कति समतामूलक भन्ने कुराले निर्धारण गर्छ। त्यो कुरा हामीले भन्दा पनि त्यहीँकै पश्चिमा पुँजिवादी विद्वान्हरूले नै व्याख्या गरेका पनि छन्। आज संसारले अनुभव गरिरहेको अवस्था छ।

    यथार्थ के हो भने, वर्तमान विश्व व्यवस्थाको रूपमा लिइने पश्चिमा पुँजिवाद आफैँमा कमजोर भइसकेको अवस्था छ। यसले पटक पटक आर्थिक संकटको सामना गर्नुपरेको छ। असमानता अधिक रूपमा बढ्दै गएको अवस्था छ। रोजगारी तथा आर्थिक वृद्धिका नकारात्मक असरहरू देखिएका छन्। यही पुँजिवादी विश्व व्यवस्थाले आदर्श ठानिएको विश्वव्यापीकरण नियमन र सम्झौताहरू पश्चिमा पूजिँवादी ठूला राष्ट्रहरू आफैले तिनको पालना गर्न छोडेका छन्। यसले पनि संकटको कुरा स्पष्ट गर्छ।

    पुजिवादी व्यवस्थाकै विकृतिहरूको व्याख्या तथा वर्तमान विभेदकारी पुँजिवादको अवसान अनिवार्य र निश्चित भएको स्वयं पुँजिवादी खेमामा चर्चित अर्थशास्त्री एक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार भइसकेका विश्व बैंकका प्रमुख भएरसमेत काम गरेका नोवेल पुरस्कारसमेत प्राप्त गरेका जोसेले विश्लेषण गरेका छन्। अर्का उदारवादी पुँजिवादी विचारले पनि चीनका बारेमा र अमेरिका पुँजिवादको बढ्दो असफलताको बारेमा उनले अर्को कोणबाट भए पनि चिनियाँ अर्थ व्यवस्थाको एउटा व्याख्या गरेका छन्। यसले पनि के कुरा स्पष्ट गर्छ भने पश्चिमा पुँजिवादी अर्थतन्त्र एउटा अत्यन्त संकटको घडीमा छ। यसरी विश्वव्यापीकरणको धरातललाई आत्मसात गरेर राष्ट्रपति सीले अघि बढाएको समाजवादी विश्व व्यवस्थाले पुँजिवादी अर्थ व्यवस्थाको विकल्पमा परिवर्तनको अपरिहार्यतालाई स्पष्ट पारेको छ।

    बीआरआई केवल भौतिक समृद्धिको अभियान मात्रै मैले देखिनँ, सँगसँगै चिनियाँ समाजवादी अर्थव्यवस्था र विचार तथा संस्कृतिलाई विश्व मानव जातिको हितमा फैलाउने एक समाजवादी विचारको एउटा अभियानको रूपमा मैले यसलाई बुझेको छु। नेपालीले जान्नुपर्ने र बुझ्नुपर्ने कुरा के हो भने, हामी हाम्रो निर्णयको स्वतन्त्रता आफूसँग राख्न सक्छौँ कि सक्दैनौँ ? हामी स्वतन्त्र निर्णय क्षमता राख्छौँ कि राख्दैनौँ भन्ने कुरा प्रधान कुरा हो। र, त्यसप्रतिको हाम्रो आत्मविश्वास कति छ भन्ने अर्को कुरा हो।

    पुँजिवादी विश्व व्यवस्थाको हालको यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति सीले अघि सारेको बीआरआई समाजवादी नयाँ विश्व व्यवस्थाको आधार बन्न सक्छ। किनकि यसले विश्वव्यापीकरणको आधारभूत सिद्धान्तलाई आत्मसात गरेको छ भने, यस व्यवस्थाले प्रत्येक देश तथा समाजमा विकास र समृद्धिलाई समाजवादी कित्तामा समाहित गर्ने उद्देश्य अन्तरनिहित छ।

    अर्को महत्त्वपूर्ण पक्ष के हो भने बीआरआईले संयुक्त राष्ट्रसंघले अंगीकार गरेको प्रत्येक राष्ट्रको सार्वभौमसत्ता तथा भौगोलिक अतिक्रमण सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक लाभ र समानताको आधाभूत सिद्धान्तलाई आत्मसात गरेको छ। त्यसले पनि यसको सम्भाव्यतालाई र सहकार्यलाई अझ बलियो आधार र विश्वास पैदा गर्छ। यसका अतिरिक्त अल्पविकसित तथा विकासशील देशहरूको ठूलो समस्याको रूपमा रहेको तथा अत्यन्त ठूलो स्तरको लगानी आवश्यक पर्ने रेलवे, अन्तरदेशीय विद्युतीय प्रसारण लाइन, एयरपोर्ट तथा विभिन्न आर्थिक औद्योगिक करिडोरहरूमा लगानी बढाई विश्वलाई नै आफ्नौ मौलिक विशेषताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमार्फत् विश्व मानव जातिका लागि समृद्ध र अझै उच्च स्तरको जीवनयापनको अवसर बीआरआईले प्रदान गर्न सक्ने लक्ष्य चिनियाँ राष्ट्रपति सीले राखेका छन्।

    यसलाई हामीले एक असल छिमेकीले देखाएको पारस्परिक लाभको सदाशयको रूपमा स्वीकार गर्न सक्नुपर्छ। र, हामीले गरेका पनि छौँ। चिनियाँ राष्ट्रपति सीको समाजवादी अर्थ व्यवस्थासम्बन्धी यो सोच पश्चिमा पुँजिवादी सैन्य तथा अन्य रणनीति अभियानमा यस कारणले फरक छ कि? यो सैन्य तथा सुरक्षा गठबन्धनको अहितकारी अभियानको सट्टा तिम्रो प्रगतिसहित हाम्रो प्रगति सम्भव छ, हाम्रो विकास सम्भव छ, हाम्रो विकासका लागि तिम्रो पनि विकास आवश्यक छ भन्ने सिद्धान्तमा आधारित छ। यो समाजवादी चेतनाको उपज हो।

    अर्को महत्त्वपूर्ण कुरा विकास र समृद्धिसँग जोडिएको बीआरआई अभियान पारस्परिक हितमा आधारित छ। यो कुनै पनि राष्ट्रका लागि बाध्यकारी पनि छैन। यो त वैचारिक सहमतिमा मानव जातिको विकास र समृद्धिको आवश्यकताको आत्मसातीकरणमा आधारित शान्तिपूर्ण सहजीकरणको शैक्षिक मार्ग हो। यसमा कुनै दबाब छैन। सहभागी भए हुन्छ, नभए पनि हुन्छ।

    चिनियाँ राष्ट्रपति सीको वृहत् अभियानले वास्तवमै आगामी दिनमा नयाँ विश्वव्यवस्था कायम गर्न सफल हुन्छ या हुँदैन, त्यो भने भविष्यले देखाउनेछ। तर, चिनियाँ राष्ट्रपतिको यो परिकल्पनाको अभियान थुप्रै पूर्व घटनाहरूको आलोकमा परिस्कृत भएको भने देखिन्छ। सोभियत संघको विघटन बर्लिनको पर्खालको पतनसम्मको पाठ सिकाइबाट परिस्कृत समाजवादी मोडेलको बीआरआई अभियान सफल पार्न चिनियाँ रणनीतिको प्रभावकारिता सँगसँगै प्रभावकारी पश्चिमा पुँजिवादको अर्थ व्यवस्थाको हाल बढ्दै गएको विकृति र आर्थिक असफलताका कारण हुन सक्छन्।

    हाम्रो हितमा हुने कुराहरूलाई हामीले आत्मसात गरेर अगाडि जाने हिम्मत र स्वतन्त्र निर्णय क्षमता राख्यौ भने नेपाल र नेपाली जनताको हितमा हामी अहिले बीआरआईको महत्त्वलाई आत्मसात गरेर मात्रै होइन, त्यसको सही प्रयोग गरेर नेपालको समृद्धि र विकासमा हामी अगाडि बढ्न सक्छौँ भन्ने मलाई गहिरो विश्वास छ।

    साभार: लोकसम्वाद अनलाइन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जनार्दन शर्मा

      जनार्दन शर्मा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.