Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

बीआरआई – विश्व मानव जातिको हितमा समर्पित एक समाजवादी विचार अभियान

by जनार्दन शर्मा
September 23, 2019
- यो हप्ता, विचार
Share on FacebookShare on TwitterEmail

चीनका वर्तमान राष्ट्रपति सी जिनपिङको अगुवाइमा चिनियाँ विशेषताको समाजवादी व्यवस्थाले चीनलाई विश्वको एक सर्वशक्तिमान राष्ट्रको रूपमा उभ्याएको छ। यही समाजवादी मोडेलमा आधारित नीतिमार्फत् चीनको विकास समृद्धि, आर्थिक एकीकृत खुलापनमा आधारित समतामूलक समाजको स्थापना माओलगायत चीनका अन्य नेतृत्वले परिकल्पना गरेको मानव जाति मुक्तिको स्वतन्त्रताको केन्द्र बनाउने र नेता बनाउने निरन्तरको यो प्रयासको सफलताको एउटा उचाइ हो भन्ने मलाई लाग्छ।

यो सफलता चीनको मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण अनुभव पनि हो। कम्युनिस्ट पार्टी र कगम्युनिस्ट समर्थकहरूका लागि त यो महत्त्वपूर्ण आयाम नै हो। चीनको आधुनिक इतिहासमा, अझ सय वर्षको अवधिलाई विश्लेषण गर्ने हो भने चिनियाँ विकास र समृद्धिका तीनवटा अत्यन्तै महत्त्वपूर्ण परिवर्तनका मोडहरू रहेको हामी पाउँछौँ। पहिलो, अध्यक्ष माओले गर्नुभएको क्रान्ति र क्रान्ति सम्पन्नतासँगै चीनको सांस्कृतिक एकीकरण, क्रान्ति सम्पन्नतासँगै त्यसमा अगाडि बढ्दै जाँदा त्यो विशाल चीनको स्थापना भएको थियो। देङ् शाओ पिङले सन् १९७६ पछि गरेको आर्थिक नीतिमा सुधारले चीनलाई नयाँ आर्थिक समाजवादी मोडेलको खुला अर्थतन्त्रमार्फत्, अवरुद्धता आउने अवस्थामा त्यसलाई फैलिने र समृद्ध बन्ने एउटा बाटो खोलिदियो। खुला अर्थतन्त्रमार्फत् विकसित एवम् सर्वशक्ति सम्पन्न राष्ट्रको रूपमा स्थापित गरेको यो एउटा प्रयास थियो।

र, तेस्रो ठूलो परिवर्तनकारी मोड भनेको हालका राष्ट्रपति सी जिनपिङले बीआरआईको जुन अभियान थाल्नुभएको छ, जसले अन्तरदेशीय रेलवे, हाईवे, व्यापारिक बन्दरगाह, विद्युतीय प्रसारण लाइन, एयरपोर्ट तथा औद्योगिक एवम् आर्थिक तथा व्यापारिक आदन प्रदानमार्फत् राष्ट्रहरूबीच परस्पर विकास र समृद्धिलाई समाजवादी मोडेलमा विश्वभरका नागरिकहरूको प्रत्याभूत गर्न सक्ने अर्थमा लिइएको छ।

चिनियाँ राष्ट्रपति सीको यो अभियानमा हालसम्म विश्वभरका १२६ देशहरू तथा २९ अन्तर्राष्ट्रिय संगठनहरूले सहमति जनाइसकेको अवस्था छ। ८४ देशले सन् २०१० भित्र १.५ खर्ब बराबरको लगानीको सम्झौता गरिसकेका छन्, जसलाई ‘कनेक्टिभिटी’ भनेर पनि भन्न पनि सकिन्छ। कनेक्टिभिटीको कुरा गर्दा पूर्वाधार, सडक, हवाई, सूचना प्रविधि, संस्कृति, सम्पदा, सभ्यता, वैचारिक विकास यी सबैको कनेक्टिभिटी हो भन्ने अर्थमा व्याख्यासमेत गरिएको छ।

बीआरआईले नयाँ विश्व व्यवस्था स्थापना गर्न सक्षम हुन्छ वा हुँदैन भन्ने बहसलाई वर्तमान पश्चिमा पुँजिवादमा आधारित विश्व व्यवस्थाको अर्थ व्यवस्थाको अभ्यास कति लोकतान्त्रिक, कति न्यायपूर्ण, कति समतामूलक भन्ने कुराले निर्धारण गर्छ। त्यो कुरा हामीले भन्दा पनि त्यहीँकै पश्चिमा पुँजिवादी विद्वान्हरूले नै व्याख्या गरेका पनि छन्। आज संसारले अनुभव गरिरहेको अवस्था छ।

यथार्थ के हो भने, वर्तमान विश्व व्यवस्थाको रूपमा लिइने पश्चिमा पुँजिवाद आफैँमा कमजोर भइसकेको अवस्था छ। यसले पटक पटक आर्थिक संकटको सामना गर्नुपरेको छ। असमानता अधिक रूपमा बढ्दै गएको अवस्था छ। रोजगारी तथा आर्थिक वृद्धिका नकारात्मक असरहरू देखिएका छन्। यही पुँजिवादी विश्व व्यवस्थाले आदर्श ठानिएको विश्वव्यापीकरण नियमन र सम्झौताहरू पश्चिमा पूजिँवादी ठूला राष्ट्रहरू आफैले तिनको पालना गर्न छोडेका छन्। यसले पनि संकटको कुरा स्पष्ट गर्छ।

पुजिवादी व्यवस्थाकै विकृतिहरूको व्याख्या तथा वर्तमान विभेदकारी पुँजिवादको अवसान अनिवार्य र निश्चित भएको स्वयं पुँजिवादी खेमामा चर्चित अर्थशास्त्री एक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार भइसकेका विश्व बैंकका प्रमुख भएरसमेत काम गरेका नोवेल पुरस्कारसमेत प्राप्त गरेका जोसेले विश्लेषण गरेका छन्। अर्का उदारवादी पुँजिवादी विचारले पनि चीनका बारेमा र अमेरिका पुँजिवादको बढ्दो असफलताको बारेमा उनले अर्को कोणबाट भए पनि चिनियाँ अर्थ व्यवस्थाको एउटा व्याख्या गरेका छन्। यसले पनि के कुरा स्पष्ट गर्छ भने पश्चिमा पुँजिवादी अर्थतन्त्र एउटा अत्यन्त संकटको घडीमा छ। यसरी विश्वव्यापीकरणको धरातललाई आत्मसात गरेर राष्ट्रपति सीले अघि बढाएको समाजवादी विश्व व्यवस्थाले पुँजिवादी अर्थ व्यवस्थाको विकल्पमा परिवर्तनको अपरिहार्यतालाई स्पष्ट पारेको छ।

बीआरआई केवल भौतिक समृद्धिको अभियान मात्रै मैले देखिनँ, सँगसँगै चिनियाँ समाजवादी अर्थव्यवस्था र विचार तथा संस्कृतिलाई विश्व मानव जातिको हितमा फैलाउने एक समाजवादी विचारको एउटा अभियानको रूपमा मैले यसलाई बुझेको छु। नेपालीले जान्नुपर्ने र बुझ्नुपर्ने कुरा के हो भने, हामी हाम्रो निर्णयको स्वतन्त्रता आफूसँग राख्न सक्छौँ कि सक्दैनौँ ? हामी स्वतन्त्र निर्णय क्षमता राख्छौँ कि राख्दैनौँ भन्ने कुरा प्रधान कुरा हो। र, त्यसप्रतिको हाम्रो आत्मविश्वास कति छ भन्ने अर्को कुरा हो।

पुँजिवादी विश्व व्यवस्थाको हालको यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति सीले अघि सारेको बीआरआई समाजवादी नयाँ विश्व व्यवस्थाको आधार बन्न सक्छ। किनकि यसले विश्वव्यापीकरणको आधारभूत सिद्धान्तलाई आत्मसात गरेको छ भने, यस व्यवस्थाले प्रत्येक देश तथा समाजमा विकास र समृद्धिलाई समाजवादी कित्तामा समाहित गर्ने उद्देश्य अन्तरनिहित छ।

अर्को महत्त्वपूर्ण पक्ष के हो भने बीआरआईले संयुक्त राष्ट्रसंघले अंगीकार गरेको प्रत्येक राष्ट्रको सार्वभौमसत्ता तथा भौगोलिक अतिक्रमण सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक लाभ र समानताको आधाभूत सिद्धान्तलाई आत्मसात गरेको छ। त्यसले पनि यसको सम्भाव्यतालाई र सहकार्यलाई अझ बलियो आधार र विश्वास पैदा गर्छ। यसका अतिरिक्त अल्पविकसित तथा विकासशील देशहरूको ठूलो समस्याको रूपमा रहेको तथा अत्यन्त ठूलो स्तरको लगानी आवश्यक पर्ने रेलवे, अन्तरदेशीय विद्युतीय प्रसारण लाइन, एयरपोर्ट तथा विभिन्न आर्थिक औद्योगिक करिडोरहरूमा लगानी बढाई विश्वलाई नै आफ्नौ मौलिक विशेषताको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमार्फत् विश्व मानव जातिका लागि समृद्ध र अझै उच्च स्तरको जीवनयापनको अवसर बीआरआईले प्रदान गर्न सक्ने लक्ष्य चिनियाँ राष्ट्रपति सीले राखेका छन्।

यसलाई हामीले एक असल छिमेकीले देखाएको पारस्परिक लाभको सदाशयको रूपमा स्वीकार गर्न सक्नुपर्छ। र, हामीले गरेका पनि छौँ। चिनियाँ राष्ट्रपति सीको समाजवादी अर्थ व्यवस्थासम्बन्धी यो सोच पश्चिमा पुँजिवादी सैन्य तथा अन्य रणनीति अभियानमा यस कारणले फरक छ कि? यो सैन्य तथा सुरक्षा गठबन्धनको अहितकारी अभियानको सट्टा तिम्रो प्रगतिसहित हाम्रो प्रगति सम्भव छ, हाम्रो विकास सम्भव छ, हाम्रो विकासका लागि तिम्रो पनि विकास आवश्यक छ भन्ने सिद्धान्तमा आधारित छ। यो समाजवादी चेतनाको उपज हो।

अर्को महत्त्वपूर्ण कुरा विकास र समृद्धिसँग जोडिएको बीआरआई अभियान पारस्परिक हितमा आधारित छ। यो कुनै पनि राष्ट्रका लागि बाध्यकारी पनि छैन। यो त वैचारिक सहमतिमा मानव जातिको विकास र समृद्धिको आवश्यकताको आत्मसातीकरणमा आधारित शान्तिपूर्ण सहजीकरणको शैक्षिक मार्ग हो। यसमा कुनै दबाब छैन। सहभागी भए हुन्छ, नभए पनि हुन्छ।

चिनियाँ राष्ट्रपति सीको वृहत् अभियानले वास्तवमै आगामी दिनमा नयाँ विश्वव्यवस्था कायम गर्न सफल हुन्छ या हुँदैन, त्यो भने भविष्यले देखाउनेछ। तर, चिनियाँ राष्ट्रपतिको यो परिकल्पनाको अभियान थुप्रै पूर्व घटनाहरूको आलोकमा परिस्कृत भएको भने देखिन्छ। सोभियत संघको विघटन बर्लिनको पर्खालको पतनसम्मको पाठ सिकाइबाट परिस्कृत समाजवादी मोडेलको बीआरआई अभियान सफल पार्न चिनियाँ रणनीतिको प्रभावकारिता सँगसँगै प्रभावकारी पश्चिमा पुँजिवादको अर्थ व्यवस्थाको हाल बढ्दै गएको विकृति र आर्थिक असफलताका कारण हुन सक्छन्।

हाम्रो हितमा हुने कुराहरूलाई हामीले आत्मसात गरेर अगाडि जाने हिम्मत र स्वतन्त्र निर्णय क्षमता राख्यौ भने नेपाल र नेपाली जनताको हितमा हामी अहिले बीआरआईको महत्त्वलाई आत्मसात गरेर मात्रै होइन, त्यसको सही प्रयोग गरेर नेपालको समृद्धि र विकासमा हामी अगाडि बढ्न सक्छौँ भन्ने मलाई गहिरो विश्वास छ।

साभार: लोकसम्वाद अनलाइन

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
जनार्दन शर्मा

जनार्दन शर्मा

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago
हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

4 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.