Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के पुरुषहरू नारीवादी बन्न सक्छन्?

नारीवादी लोकतन्त्र, समानतता, सामािजक न्याय, पारस्पारिक सम्मान र स्वतन्त्रताको अभ्यास गरेर हिंसा मुक्त समाज स्थापित गर्न चाहन्छ। नारीवाद रुढीवादी तरिकाबाट हाम्रो जीवन जिउने वा आफ्नो प्राथमिकताहरूको चयन गर्नका लागि बाध्य गर्न नहुने मान्यता राख्छ। यदि हामी उन्नत समाज बनाउन चाहन्छौं भने हामी महिला होस् वा पुरुष लैंगिक असमानता, धर्म, जातिगत हिंसा र रंगभेदको राजनीतिको विरोधमा खडा हुन आवश्यक छ।

रितिका श्रीवास्तव रितिका श्रीवास्तव
पुस १८, २०७९
- यो हप्ता, विचार, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘केटा भनेको केटाजस्तो हुनुपर्छ’ र ‘केटी भनेको केटी जस्तो’, ‘केटाले यसो गर्नु हुन्न’ र केटीले यो गर्नुहुन्न’ यी वाक्यहरू समाजले महिला र पुरुषलाई लिङ्गमा आधारित भूमिकाभित्र बाँध्नका लागि दिने आदेशहरू हुन्। धेरैजसो पुरुषहरू लैंगिक असमानता र पितृसत्तासँग जोडिएका मुद्दामा खासै सरोकार राख्दैनन्। पुरुषहरू लैंगिक असमानता र पितृसत्तालाई कायम राख्दा संसाधनमाथिको आफ्नो अधिकार, निर्णय लिने अधिकार र शक्तिको केन्द्रमा कायम रहनेमा ढुक्क हुन्छन्। तर यस्ता पुरषहरूले पितृसत्ताले आफैलाई समेत मर्दाङ्गीको परिभाषाबाट बाहिर निस्कने अनुमति दिँदैन भन्ने कुराको भेउ समेत पाएका हुँदैनन्।

    यसकारण यदि हामी समाजमा लैंगिक समानतालाई स्थापित गर्न चाहन्छौं भने पुरुषलाई पनि नारीवाद बुझाउन र यो आन्दोलनमा संँगै लिएर अघि बढ्न जरुरी छ। नारीवाद महिलाको मात्रै विषय होइन। यसका लागि पुरुषले हिंस्रक मर्दाङ्गी त्यागेर नारीवादी पुरुष बन्नुपर्छ। नारीवाद पुरुषविरुद्ध होइन, न त यसले मातृसत्ताको वकालत नै गर्छ भनेर बुझ्नुपर्ने हुन्छ। पितृसत्ताबाट पुरुष पनि त्यति नै शोषित र पीडित छन्, जति महिलाहरू छन्। नारीवाद लैंगिक असमानता विरुद्ध छ, र यसले लोकतान्त्रिक अधिकारहरू र न्यायको बारेमा कुरा गर्छ।

    पुरुषले बुझ्नुपर्छ…
    प्रायः पुरुषहरू समाजले गर्ने अपेक्षाका कारण नै आफूलाई हिंस्रक मर्दाङ्गीको छवी बनाउन तयार रहेको कुरा उनीहरू स्वयं स्वीकार गर्छन्। यसका लागि उनीहरू आफूलाई शक्तिशाली, प्रभावी, आक्रामक, निडर र बहादुर देखाउन तत्पर हुन्छन्। यसरी पुरुष समाजले बनाएको मस्क्युलिनिटी र फेमिनिटीको संरचनामाथि प्रश्न गर्न र यसलाई तोड्नका लागि अघि सर्न असमर्थ हुन्छ। नारीवादी बन्न कुनै उपयुक्त समय, स्थिति र व्यक्तिको साथ जरुरी नहरने र कुनै ठूलो आन्दोलनको हिस्सा बन्नु पनि नपर्ने मान्यता नारीवादीहरूको छ।

    आज हाम्रो समाजका महिलाहरूका साथ यस्तो पुरुष तथा महिलाहरूको समूहको जरुरी छ, जो व्यक्तिगत स्तरमा र दैनिक जीवनमा लैंगिक भेदभाव र पितृसत्तालाई चुनौती दिन सकुन्।

    नारीवादी बन्नका लागि पुरुषहरूले सुरुमा जेन्डर बायोलजिकल होइन, यो सामाजिक र सांस्कृतिक विषय हो जसको निर्माण समाजले नै गरेको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ। पुरुषले स्वयं आफ्नो सेक्सिस्ट (लिङ्गभेदी) व्यवहार र रवैया परिवर्तन गर्नका लागि कदम उठाउनुपर्छ। कसैलाई पनि लैंगिक आधारमा सीमित गर्नु हुँदैन भन्ने मान्यता नराीवादले राख्छ।

    नारीवादी पुरुष महिलाहरूको अनुभव, मुद्दा र उनका चुनौतीहरूका बारेमा अवगत हुनुपर्छ। समाजमा कायम मस्क्युलिनिटी र फेमिनिटीमाथि पुरुषहरूले पनि सवाल उठाउनुपर्छ। नारीवाद समर्थक पुरुषहरूले मानवीय गुणहरू जस्तैः धैर्य, भावना, हेरचाह, माया, आज्ञाकारिता, पोषण आदि मस्क्युलिन वा फेमिनिन होइन भन्ने कुरा बुझ्नुपर्छ। स्वभाविक रुपमा मानवमा हेरचाह, माया, पोषण र आज्ञाकारी हुने जस्ता कयौं गुणहरू हुन्छन्, यो जो कोहीसँग हुन्छ।

    नारीवादी पुरुष सधैं समाजका उत्पीडित र बञ्चित तप्कासँगै खडा हुन्छ। नारीवादीले समाजमा समानता, सामाजिक न्याय, लोकतन्त्र, सुख र शान्ति स्थापित होस् भन्ने चाहन्छन्। नारीवादी पुरुषले पितृसत्तालाई अस्वीकार गर्नुपर्छ। उसले बालबालिका, महिला, पुरुष, ट्रान्सजेन्डर्स र सबै जाति र वर्गका विरुद्ध हुने कुनैपनि किसिमको भेदभाव र हिंसाका लागि आवाज उठाउँछ। तर विडम्बना, हाम्रो समाजमा आज पनि जुन तरिकाले महिला, ट्रान्सजेन्डर्स, दलित, मुस्लिम र बालबालिकाहरूको दमन भइरहेको छ, त्यसबाट थाहा हुन्छ कि आजपनि हाम्रो समाज नारीवाद र पितृसत्तात्मक संचरनालाई बुझ्नका लागि धेरै पछाडि छ।

    आफैंसँग प्रश्न
    पुरुष मर्दाङ्गीको सोच र भ्रमबाट निस्किन सक्छ, तर उसले आफैंमाथि केही प्रश्न गर्ने प्रयास गर्नुपर्छ। पुरुषले आफैं मर्दाङ्गीसँग जोडिएका केही पाटोहरूमाथि विचार गर्नुपर्छ। पुरुषले आफ्नो घरमा बालबालिका र अन्य सदस्यहरूसँग जानेर वा नजानेर लैंगिक असमानतालाई प्रश्रय दिनेखालको कुरा गरिरहेको छु वा छैन भन्ने बारेमा आफैंलाई नियाल्नु पर्छ। समाजमा महिला र पुरुषको भूमिकाका बारेमा बालबालिका तथा आफ्नो परिवारका सदस्यहरूसँग के र कस्तो संवाद हुन्छ, कस्तो व्यवहार हुन्छ र कस्तो उदारहण प्रस्तुत गर्छु भन्ने बारेमा प्रत्येक पुरुषले आफैंतिर फर्किएर हेर्नुपर्छ।

    यदि कुनै पुरुषले आफ्नो जीवनमा केही सवालहरूको बारेमा विचार गर्छ भने उ नारीवाद समर्थक बन्न सक्छ। यी प्रश्नहरू यस्ता हुनसक्छन्ः जब उ परिवारसँग बाहिर जान्छ, उसले कुनै अपरिचित वा नचिनेका महिलाको बारेमा कस्तो टिप्पणी गर्छ? पुरुष सीमान्तकृत समुदाय र बञ्चित वर्गका मानिसका बारेमा कस्तो खालको राय राख्छ? पुरुष भएकै कारण कस्तो संगीत सुन्छ वा सुन्न मनपराउँछ? पुरुष सेक्सिस्ट गीत, जोक्स वा मिडियामा आउने खबरहरूमा कस्तो प्रतिक्रिया दिन्छ? के पुरुष घरभित्र भान्सा तथा सरसफाइको काममा आफ्नो साथी तथा अन्य महिलाहरूको मद्धत गर्छ कि गर्दैन?

    के पुरुषले महिलाहरूको रोजाईको खाना खान्छन् वा बनाउँछन? पुरुष घरमा रहने अथवा काम गर्ने महिलाहरूको बारेमा कस्तो विचार राख्छन्? के पुरुष बालबालिकाको हेरचाह गर्छन्? आफ्नो महिला साथीको कामलाई र कम आम्दानीलाई हेरेर उनको अवमूल्यन गर्ने त होइनन्? वा आफ्नो भन्दा श्रीमतीको बढी आम्दानीका कारण उ आफूलाई कमजोर महशुस त गर्दैनन्? के पुरुष आफ्नी श्रीमतीलाई आफ्नै तरिकाले बाहिर घुम्न र साथीहरूसँग समय बिताउन साथ दिन्छन्? के पुरुष घरका फैसलाहरू जस्तैः घर, गाडी तथा जमीन किनबेच गर्ने विषयमा श्रीमतीको सल्लाह लिन्छन्?

    पुरुषहरू आफूले आफैलाई यी प्रश्नहरू गर्न सक्छन्। आफ्नो जाँच आफैंलाई गरेपछि विस्तारै आफूलाई नारीवादतिर डोहोर्याउन सक्छन्।

    प्रयाशहरू 
    नेशनल अर्गनाइजेसन फर मेन अगेंस्ट सेक्सिजम(एनओएमएएस) एक अमेरिकी संगठन हो, जुन सन् १९७० को दशकमा नारीवाद आन्दोलनको दोस्रो लहरका साथ एक सहायक समूहको रुपमा सुरु भएको थियो। एनओएमएएस (NOMAS) ले सन् १९७५ देखि इन्टरसेक्शनल–नारीवाद समर्थकको वकालत गरिरहेको छ। नेशनल अर्गनाइजेसन फर मेन अगेंस्ट सेक्सिजम पुरुषहरूका लागि सकरात्मक परिवर्तनको समर्थन गर्नेवाला पुरुष तथा महिलाहरूको एक सक्रिय संगठन हो। एनओएमएएसको दृष्टिकोण पुरुषको जीवनलाई नारीवाद समर्थक, समलैंगिक, जातिगत असमानताहरूलाई बुझ्नका लागि समर्पित छ।

    नारीवादी लोकतन्त्र, समानतता, सामािजक न्याय, पारस्पारिक सम्मान र स्वतन्त्रताको अभ्यास गरेर हिंसा मुक्त समाज स्थापित गर्न चाहन्छ। नारीवाद रुढीवादी तरिकाबाट हाम्रो जीवन जिउने वा आफ्नो प्राथमिकताहरूको चयन गर्नका लागि बाध्य गर्न नहुने मान्यता राख्छ। यदि हामी उन्नत समाज बनाउन चाहन्छौं भने हामी महिला होस् वा पुरुष लैंगिक असमानता, धर्म, जातिगत हिंसा र रंगभेदको राजनीतिको विरोधमा खडा हुन आवश्यक छ।

    (फेमिनिजम इन इन्डियाबाट अनुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रितिका श्रीवास्तव

      रितिका श्रीवास्तव

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.