Sunday, February 5, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » के पुरुषहरू नारीवादी बन्न सक्छन्?

के पुरुषहरू नारीवादी बन्न सक्छन्?

नारीवादी लोकतन्त्र, समानतता, सामािजक न्याय, पारस्पारिक सम्मान र स्वतन्त्रताको अभ्यास गरेर हिंसा मुक्त समाज स्थापित गर्न चाहन्छ। नारीवाद रुढीवादी तरिकाबाट हाम्रो जीवन जिउने वा आफ्नो प्राथमिकताहरूको चयन गर्नका लागि बाध्य गर्न नहुने मान्यता राख्छ। यदि हामी उन्नत समाज बनाउन चाहन्छौं भने हामी महिला होस् वा पुरुष लैंगिक असमानता, धर्म, जातिगत हिंसा र रंगभेदको राजनीतिको विरोधमा खडा हुन आवश्यक छ।

रितिका श्रीवास्तव by रितिका श्रीवास्तव
January 2, 2023
- यो हप्ता, विचार, समाज
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘केटा भनेको केटाजस्तो हुनुपर्छ’ र ‘केटी भनेको केटी जस्तो’, ‘केटाले यसो गर्नु हुन्न’ र केटीले यो गर्नुहुन्न’ यी वाक्यहरू समाजले महिला र पुरुषलाई लिङ्गमा आधारित भूमिकाभित्र बाँध्नका लागि दिने आदेशहरू हुन्। धेरैजसो पुरुषहरू लैंगिक असमानता र पितृसत्तासँग जोडिएका मुद्दामा खासै सरोकार राख्दैनन्। पुरुषहरू लैंगिक असमानता र पितृसत्तालाई कायम राख्दा संसाधनमाथिको आफ्नो अधिकार, निर्णय लिने अधिकार र शक्तिको केन्द्रमा कायम रहनेमा ढुक्क हुन्छन्। तर यस्ता पुरषहरूले पितृसत्ताले आफैलाई समेत मर्दाङ्गीको परिभाषाबाट बाहिर निस्कने अनुमति दिँदैन भन्ने कुराको भेउ समेत पाएका हुँदैनन्।

यसकारण यदि हामी समाजमा लैंगिक समानतालाई स्थापित गर्न चाहन्छौं भने पुरुषलाई पनि नारीवाद बुझाउन र यो आन्दोलनमा संँगै लिएर अघि बढ्न जरुरी छ। नारीवाद महिलाको मात्रै विषय होइन। यसका लागि पुरुषले हिंस्रक मर्दाङ्गी त्यागेर नारीवादी पुरुष बन्नुपर्छ। नारीवाद पुरुषविरुद्ध होइन, न त यसले मातृसत्ताको वकालत नै गर्छ भनेर बुझ्नुपर्ने हुन्छ। पितृसत्ताबाट पुरुष पनि त्यति नै शोषित र पीडित छन्, जति महिलाहरू छन्। नारीवाद लैंगिक असमानता विरुद्ध छ, र यसले लोकतान्त्रिक अधिकारहरू र न्यायको बारेमा कुरा गर्छ।

पुरुषले बुझ्नुपर्छ…
प्रायः पुरुषहरू समाजले गर्ने अपेक्षाका कारण नै आफूलाई हिंस्रक मर्दाङ्गीको छवी बनाउन तयार रहेको कुरा उनीहरू स्वयं स्वीकार गर्छन्। यसका लागि उनीहरू आफूलाई शक्तिशाली, प्रभावी, आक्रामक, निडर र बहादुर देखाउन तत्पर हुन्छन्। यसरी पुरुष समाजले बनाएको मस्क्युलिनिटी र फेमिनिटीको संरचनामाथि प्रश्न गर्न र यसलाई तोड्नका लागि अघि सर्न असमर्थ हुन्छ। नारीवादी बन्न कुनै उपयुक्त समय, स्थिति र व्यक्तिको साथ जरुरी नहरने र कुनै ठूलो आन्दोलनको हिस्सा बन्नु पनि नपर्ने मान्यता नारीवादीहरूको छ।

आज हाम्रो समाजका महिलाहरूका साथ यस्तो पुरुष तथा महिलाहरूको समूहको जरुरी छ, जो व्यक्तिगत स्तरमा र दैनिक जीवनमा लैंगिक भेदभाव र पितृसत्तालाई चुनौती दिन सकुन्।

नारीवादी बन्नका लागि पुरुषहरूले सुरुमा जेन्डर बायोलजिकल होइन, यो सामाजिक र सांस्कृतिक विषय हो जसको निर्माण समाजले नै गरेको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ। पुरुषले स्वयं आफ्नो सेक्सिस्ट (लिङ्गभेदी) व्यवहार र रवैया परिवर्तन गर्नका लागि कदम उठाउनुपर्छ। कसैलाई पनि लैंगिक आधारमा सीमित गर्नु हुँदैन भन्ने मान्यता नराीवादले राख्छ।

नारीवादी पुरुष महिलाहरूको अनुभव, मुद्दा र उनका चुनौतीहरूका बारेमा अवगत हुनुपर्छ। समाजमा कायम मस्क्युलिनिटी र फेमिनिटीमाथि पुरुषहरूले पनि सवाल उठाउनुपर्छ। नारीवाद समर्थक पुरुषहरूले मानवीय गुणहरू जस्तैः धैर्य, भावना, हेरचाह, माया, आज्ञाकारिता, पोषण आदि मस्क्युलिन वा फेमिनिन होइन भन्ने कुरा बुझ्नुपर्छ। स्वभाविक रुपमा मानवमा हेरचाह, माया, पोषण र आज्ञाकारी हुने जस्ता कयौं गुणहरू हुन्छन्, यो जो कोहीसँग हुन्छ।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

February 2, 2023
माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

January 31, 2023
के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

January 26, 2023
व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

January 18, 2023

नारीवादी पुरुष सधैं समाजका उत्पीडित र बञ्चित तप्कासँगै खडा हुन्छ। नारीवादीले समाजमा समानता, सामाजिक न्याय, लोकतन्त्र, सुख र शान्ति स्थापित होस् भन्ने चाहन्छन्। नारीवादी पुरुषले पितृसत्तालाई अस्वीकार गर्नुपर्छ। उसले बालबालिका, महिला, पुरुष, ट्रान्सजेन्डर्स र सबै जाति र वर्गका विरुद्ध हुने कुनैपनि किसिमको भेदभाव र हिंसाका लागि आवाज उठाउँछ। तर विडम्बना, हाम्रो समाजमा आज पनि जुन तरिकाले महिला, ट्रान्सजेन्डर्स, दलित, मुस्लिम र बालबालिकाहरूको दमन भइरहेको छ, त्यसबाट थाहा हुन्छ कि आजपनि हाम्रो समाज नारीवाद र पितृसत्तात्मक संचरनालाई बुझ्नका लागि धेरै पछाडि छ।

आफैंसँग प्रश्न
पुरुष मर्दाङ्गीको सोच र भ्रमबाट निस्किन सक्छ, तर उसले आफैंमाथि केही प्रश्न गर्ने प्रयास गर्नुपर्छ। पुरुषले आफैं मर्दाङ्गीसँग जोडिएका केही पाटोहरूमाथि विचार गर्नुपर्छ। पुरुषले आफ्नो घरमा बालबालिका र अन्य सदस्यहरूसँग जानेर वा नजानेर लैंगिक असमानतालाई प्रश्रय दिनेखालको कुरा गरिरहेको छु वा छैन भन्ने बारेमा आफैंलाई नियाल्नु पर्छ। समाजमा महिला र पुरुषको भूमिकाका बारेमा बालबालिका तथा आफ्नो परिवारका सदस्यहरूसँग के र कस्तो संवाद हुन्छ, कस्तो व्यवहार हुन्छ र कस्तो उदारहण प्रस्तुत गर्छु भन्ने बारेमा प्रत्येक पुरुषले आफैंतिर फर्किएर हेर्नुपर्छ।

यदि कुनै पुरुषले आफ्नो जीवनमा केही सवालहरूको बारेमा विचार गर्छ भने उ नारीवाद समर्थक बन्न सक्छ। यी प्रश्नहरू यस्ता हुनसक्छन्ः जब उ परिवारसँग बाहिर जान्छ, उसले कुनै अपरिचित वा नचिनेका महिलाको बारेमा कस्तो टिप्पणी गर्छ? पुरुष सीमान्तकृत समुदाय र बञ्चित वर्गका मानिसका बारेमा कस्तो खालको राय राख्छ? पुरुष भएकै कारण कस्तो संगीत सुन्छ वा सुन्न मनपराउँछ? पुरुष सेक्सिस्ट गीत, जोक्स वा मिडियामा आउने खबरहरूमा कस्तो प्रतिक्रिया दिन्छ? के पुरुष घरभित्र भान्सा तथा सरसफाइको काममा आफ्नो साथी तथा अन्य महिलाहरूको मद्धत गर्छ कि गर्दैन?

के पुरुषले महिलाहरूको रोजाईको खाना खान्छन् वा बनाउँछन? पुरुष घरमा रहने अथवा काम गर्ने महिलाहरूको बारेमा कस्तो विचार राख्छन्? के पुरुष बालबालिकाको हेरचाह गर्छन्? आफ्नो महिला साथीको कामलाई र कम आम्दानीलाई हेरेर उनको अवमूल्यन गर्ने त होइनन्? वा आफ्नो भन्दा श्रीमतीको बढी आम्दानीका कारण उ आफूलाई कमजोर महशुस त गर्दैनन्? के पुरुष आफ्नी श्रीमतीलाई आफ्नै तरिकाले बाहिर घुम्न र साथीहरूसँग समय बिताउन साथ दिन्छन्? के पुरुष घरका फैसलाहरू जस्तैः घर, गाडी तथा जमीन किनबेच गर्ने विषयमा श्रीमतीको सल्लाह लिन्छन्?

पुरुषहरू आफूले आफैलाई यी प्रश्नहरू गर्न सक्छन्। आफ्नो जाँच आफैंलाई गरेपछि विस्तारै आफूलाई नारीवादतिर डोहोर्याउन सक्छन्।

प्रयाशहरू 
नेशनल अर्गनाइजेसन फर मेन अगेंस्ट सेक्सिजम(एनओएमएएस) एक अमेरिकी संगठन हो, जुन सन् १९७० को दशकमा नारीवाद आन्दोलनको दोस्रो लहरका साथ एक सहायक समूहको रुपमा सुरु भएको थियो। एनओएमएएस (NOMAS) ले सन् १९७५ देखि इन्टरसेक्शनल–नारीवाद समर्थकको वकालत गरिरहेको छ। नेशनल अर्गनाइजेसन फर मेन अगेंस्ट सेक्सिजम पुरुषहरूका लागि सकरात्मक परिवर्तनको समर्थन गर्नेवाला पुरुष तथा महिलाहरूको एक सक्रिय संगठन हो। एनओएमएएसको दृष्टिकोण पुरुषको जीवनलाई नारीवाद समर्थक, समलैंगिक, जातिगत असमानताहरूलाई बुझ्नका लागि समर्पित छ।

नारीवादी लोकतन्त्र, समानतता, सामािजक न्याय, पारस्पारिक सम्मान र स्वतन्त्रताको अभ्यास गरेर हिंसा मुक्त समाज स्थापित गर्न चाहन्छ। नारीवाद रुढीवादी तरिकाबाट हाम्रो जीवन जिउने वा आफ्नो प्राथमिकताहरूको चयन गर्नका लागि बाध्य गर्न नहुने मान्यता राख्छ। यदि हामी उन्नत समाज बनाउन चाहन्छौं भने हामी महिला होस् वा पुरुष लैंगिक असमानता, धर्म, जातिगत हिंसा र रंगभेदको राजनीतिको विरोधमा खडा हुन आवश्यक छ।

(फेमिनिजम इन इन्डियाबाट अनुवाद)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
रितिका श्रीवास्तव

रितिका श्रीवास्तव

Related Posts

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

नागरिकता विवादले गैर आवासीय नेपालीहरुमा ल्याएको तरङ्ग

by शशि ढकाल
February 2, 2023

‘रवी लामिछानेबारे सर्बोच्च अदालतको फैसलाले लाखौं गैर आवासीय नेपालीलाइ झस्काएको छ ।’ ‘सर्वोच्चको फैसलाले एनआरएनए निरास ।’ यी दुइ भनाइ...

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

by डिकेलेदी मोकोएना र साराह सेटलाएलो
January 31, 2023

१९ जनवरीमा बीबीसीको एउटा स्टोरीको शीर्षक विवादित बन्यो। शीर्षक थियो ‘जासिन्डा आर्डेनः के महिलाहरू साच्चै सबै सम्हाल्न सक्छन्?’ न्यूजिल्याण्डकी प्रधानमन्त्री...

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

के विश्वका धनाढ्यहरूबाट अधिक कर उठाउन सकिन्छ?

by जयती घोष
January 26, 2023

स्विट्जरल्यान्डको डाभोसमा वर्षेनी हुने गरेको विश्व आर्थिक मञ्च(डब्ल्यू ई एफ)को बैठक सधैं समस्याग्रस्त नै हुने गरेको छ। विश्वका धनाढ्यहरूको भेला...

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

by राजन मुकारुङ
January 18, 2023

बदलिएको समाज, नबदलिएको नेतृत्वबीचको अन्तरविरोध हामीले लामो संघर्ष गरेर गणतन्त्रको स्थापना गरेर, गणतन्त्र ल्याएपछि देशमा, समाजमा, नागरिकको जीवनमा आमूल परिवर्तन...

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

नेपालमा विदेशी विद्यार्थी भित्र्याउन सक्ने क्षमता नबनाई विदेश जानेलाई रोक्न सकिँदैन

by विष्णु कार्की
January 16, 2023

अहिलको प्रतिस्पर्धात्मक समय र प्रविधिको युग सापेक्ष बनाउन हाम्रो शिक्षा प्रणालीमा ठूलो सुधारको आवश्यकता धेरैले महशुस गरेको कुरा हो। सामाजिक...

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

by एन्ड्र्यू कोरीब्को
January 11, 2023

युक्रेनमा रुसको आक्रमण र त्यसमाथि अमेरिका तथा पश्चिमाहरूको प्रतिक्रियाका कारण सन् २०२२ एउटा अभूतपूर्व अनिश्चितताको वर्ष बन्न पुग्यो। कोभिड १९...

Leave Comment

सिफारिस

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

5 days ago
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

6 months ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In