Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

ताइवानका राजनीतिक कट्टरपन्थीले कथित स्वतन्त्रताको घोषणा गरे भने वा ताइवान स्ट्रेटभरीको शक्ति सन्तुलनलाई निर्णायक परिवर्तन गर्ने गरी निश्चित हतियार प्रणाली अपनाए भने मेनल्यान्ड चीन निश्चित रुपमा प्रतिक्रिया दिन्छ।

एन्ड्र्यू कोरीब्को एन्ड्र्यू कोरीब्को
पुस २७, २०७९
- यो हप्ता, विचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युक्रेनमा रुसको आक्रमण र त्यसमाथि अमेरिका तथा पश्चिमाहरूको प्रतिक्रियाका कारण सन् २०२२ एउटा अभूतपूर्व अनिश्चितताको वर्ष बन्न पुग्यो। कोभिड १९ का कारण ध्वस्त भएको विश्वव्यापीकरण सन् २०१९ अघिको स्थितिमा फर्किन सकेन, यद्यपि यो पूर्ण रुपमा नष्ट भएको छैन। तर, विश्वको आर्थिक, सैन्य र राजनीतिक व्यवस्थामा भने अप्रत्याशित रुपमा परिवर्तन भयो।

    न्युयोर्क टाइम्स्‌ले समेत भर्खरै एउटा आर्टिकलमा वैश्विक मामलामा भारतको बढ्दो भूमिकाको विषयलाई स्वीकार गरेको थियो। “युक्रेन युद्धले कहीँकतै अलग खालको क्रोध पैदा गरेको छ, जुन शक्तिको विषम र पुरानो वैश्विक वितरणमा केन्द्रित थियो। रुसविरुद्ध पश्चिमले गरेको प्रतिबन्धका कारण उर्जा, खाद्यान्न, मलको लागतमा वृद्धि तथा गरीब देशहरूमा आर्थिक संकटका कारण अमेरिका र युरोपविरुद्ध असन्तुष्टि पैदा भयो, जसले एसिया र अफ्रिकामा हलचल मच्चाएको छ।”

    यस पृष्ठभूमिका आधारमा टेकेर यो निष्कर्ष निकाल्न सकिन्छः सन् २००८ को वित्तिय संकटपछि सुरु भएको वैश्विक प्रणालीगत संक्रमण २०२२ मा आएर सुधार हुनुको सट्टा झन् बढेको छ।

    एसिया प्रशान्तको उभार र भविष्य
    चीन एउटा क्षेत्रीय नेता हो। जसले आफ्नो व्यापक कनेक्टिभिटी परियोजनाको माध्यमबाट मानव जातिका लागि साझा उद्देश्यको एउटा समुदाय बनाउने कोसिस गरिरहेको छ। यसमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), रिजनल कम्प्रिहेन्सिभ इकोनोमिकल फ्रेमवर्क (आरसीईपी) जस्ता कार्यक्रमहरू समावेश छन्। विभिन्न पाटोमा डिजिटल तथा स्वास्थ्य कनेक्टिभिटीलाइ समेत सामेल गर्नका लागि बीआरआई भौतिक पूर्वाधार ढाँचामा आफ्नो मुख्य लक्ष्यभन्दा माथि विकसित भएको छ। यस्तै विश्वको सबैभन्दा ठूलो व्यापार ब्लक आरसीईपी १ वर्ष अघि लागु भएको छ।

    कुनैपनि विदेशी हस्तक्षेप नहुने हो भने एसिया प्रशान्त एक सकारात्मक बाटोमा हुन्थ्यो। जुन सबै क्षेत्रीय राज्यका लागि पारस्परिक रुपबाट लाभकारी हुन्छ। तर अमेरिकाले पछिल्लो एक वर्षमा यस क्षेत्रमा आफ्नो अनावश्यक हस्तक्षेप बढाइदियो। एसिया प्रशान्तमा अमेरिकाको हस्तक्षेपले इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ) को रुप लियो। जुन बीआरआई र आरसीईपीसँग अनाधिकृत प्रतिस्पर्धा, उत्तेजक राजनीतिक भ्रमण तथा हतियारको विक्रिका माध्यमबाट ताइवानमा हस्तक्षेप र अकस सैन्य ब्लक (AUKUs)/अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको रक्षा सम्झौता) लाई अनौपचारिक रुपले फैलाउनका लागि आएको हो।

    आईपीईएफ धेरै हदमा आरसीईपीसँग ओभरल्याप भएको छ। तर आईपीईएफ चिनियाँ अर्थतन्त्रलाई उसका क्षेत्रीय साझेदारीहरूसँग क्रमशः छुट्याउने गरी तयार पारिएको छ। भलै यसको ‘विभाजन गर र शासन गर’ एजेण्डा जति नै महत्वाकांक्षी किन नहोस्, यो असफलता तर्फ गएको छ। किनभने अमेरिका नियम नतोडीकन प्रतिबन्धका माध्यमबाट मात्रै चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन।

    एसिया प्रशान्तमा चीनविरुद्ध अमेरिकी क्यान्टोनमेन्ट योजनाको बारेमा बेइजिङले स्पष्ट पारिसकेको छ कि ताइवान क्षेत्रको सम्बन्धलाई लिएर उसले आफ्नो ‘रेड लाइन’ रेखाको उल्लघंनलाई स्वीकार गर्ने छैन।

    यसको अर्थ यदि ताइवानका राजनीतिक कट्टरपन्थीले कथित स्वतन्त्रताको घोषणा गरे भने वा ताइवान स्ट्रेटभरीको शक्ति सन्तुलनलाई निर्णायक परिवर्तन गर्ने गरी निश्चित हतियार प्रणाली अपनाए भने मेनल्यान्ड चीन निश्चित रुपमा प्रतिक्रिया दिन्छ। यस विषयमा अमेरिका जानकार छ, त्यसैले उसले यो सीमा पार गर्नमा कुनै चासो राखेको छैन।

    माथि उल्लिखित तेस्रो तथा अन्तिम विषय अर्थात् अकस सैन्य शक्तिलाई फैलाउने सन्दर्भमा, अमेरिका सेम्टेम्बर २०२१ को अकस परमाणु सवमेरिन गठबन्धनमा अनौपचारिक रुपमा आफ्नो जापानी पारस्परिक रक्षा सहयोगीका साथै न्यूजील्यान्ड, दक्षिण कोरिया र फिलिपिन्स जस्ता अन्य देशलाई पनि सामेल गर्न चाहन्छ। दुर्भाग्यवशः जापान दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सैन्य निर्माणको घोषणापछि चीनविरुद्ध सैन्य प्रदर्शन गर्नका लागि बढी आतुर देखिन्छ। जबकि अरु तीन देश चीनसँगको आपसी लाभदायी सम्बन्धका कारण बढी अनिच्छुक छन्।

    झस्किएको छ अमेरिका
    यी सबै कुराबाट यो स्पष्ट छ कि अमेरिकाले आफ्नो चीन विरोधी षड्यन्त्रहरू असफल हुने कुरा बुझेको छ। त्यस्तै यी कुराले गत नोभेम्बरमा सम्पन्न जी२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ्गको भेटघाटपछि अमेरिकी प्रतिनिधिहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँगसँग किन छलफल गरे भन्ने कुराको व्याख्या गर्छ। अहिले नै यसो भन्न हतार होला, तर यसबाट अमेरिका तनाव कम गर्नका लागि इमानदार हुनसक्छ भन्ने कुरा प्रतीत हुन्छ।

    यस विषयमा कुनै ठोस प्रगति भएको भए अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनको आगामी चीन भ्रमणले खुलासा गर्नेछ। चीनका नयाँ विदेशमन्त्री क्विन याङ्गले आफ्ना अमेरिकी समकक्षीसँग फोनवार्ता गरे, जहाँ उनीहरूले द्विपक्षीय सम्बन्ध र कुराकानीका लागि खुल्ला रहने विषयमा छलफल गरे। यो एउटा सकरात्मक संकेत हो। आशा गरौं, एसिया प्रशान्तलाई विभाजन गर्ने र उसमाथि शासन गर्ने अमेरिकाको षड्यन्त्र विफल मात्रै हुँदैन, बरु आफैंमाथि अनुत्पादक पनि हुनेछ भन्ने कुरा अमेरिकालाई महशुस भइरहेको छ।

    आखिरी अमेरिकाको आर्थिक समृद्धि एसिया प्रशान्त क्षेत्रमा स्थिरतासँग जोडिएको छ। त्यसैले आर्थिक, सैनिक वा राजनीतिक आयाममा क्षेत्रीय तनावको आगो दन्काउनु अमेरिका स्वयंम्‌का लागि हानीकारक हुन्छ।

    आपसी लाभदायी व्यापार तथा लगानी सम्बन्धका कारण चीन र अमेरिकाले दशकौंमा स्थापना गरेको कठिन आर्थिक निर्भरता विश्वव्यापीकरणको बहालीकरणका लागि अनिवार्य छ। भलै यो पहिलोको भन्दा केही अलग रुप लिओस्।

    पश्चिम केन्द्रित विश्वव्यापीकरणको प्राथमिक ढाँचा कोभिड १९ महामारीको आगमनका कारण पुरानो भइसकेको कुरा वैश्विक आर्थिक प्रक्रियाको केन्द्रका रुपमा एसिया प्रशान्त क्षेत्रको उदयले प्रमाणित गरेको छ। त्यसकारण अब अमेरिकाका लागि उसको पहिलेको अवस्थालाई फेरि फर्काउने प्रयास निरर्थक छ, किनकि पूरै दुनियाँ अगाडि बढीसकेको छ। अमेरिकाका लागि यस क्षेत्रको बहुध्रवीय प्रगतिलाई स्वीकार गर्ने र यस नयाँ मोडलभित्र आफ्नो लागि एउटा व्यवहारिक भूमिका खोज्नका लागि काम गर्नु नै अब सबैभन्दा उत्तम उपाय हुन्छ।

    (सीजीटीएनबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एन्ड्र्यू कोरीब्को

      एन्ड्र्यू कोरीब्को

      एन्ड्र्यू कोरीब्को मस्कोस्थित अमेरिकी राजनीतिक विश्लेषक हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.