Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

सहयोगीबाट सहयोगीबाट
माघ ७, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शशि थरूर

    बहुसंख्यक भारतीयहरुका लागि वॉशिंगटन डीसीको क्यापिटल हिलको घेराउको समाचार आश्चर्यजनक थियो। डोनाल्ड ट्रम्पका अनुचार र उग्र समर्थकहरुले अमेरिकी संसदमा भेला भएर उत्पात मच्चाउँदै थिए। धुवाँमा लपेटिएको क्यापिटल, सुनसान सीनेट फ्लोर, भाग्दै लुक्दै गरेका हाउस अफ रिप्रेजेन्टेटिभ्स सदस्य, लोकतन्त्रको स्तम्भलाई नष्ट गरिरहेका शसस्त्र गुण्डाहरु- त्यहाँको यस्तो दुखद दृश्य दुनियाको सबै कुनाबाट हेरिए। 

    तर लोकतन्त्रबारे अमेरिकाको भाषणहरुले वाक्कदिक्क भइसकेकाहरु भने एक किसिमको सन्तोष मानिरहेका थिए। उनीहरु भन्दैथिए– यो अमेरिकी ‘बडप्पनवाद’ को अन्त हो। अमेरिकाले कथित ‘लोकतान्त्रिक नैतिकता’को झण्डा उचाल्दै संसारभर लोकतन्त्रको नारा दिइरहन्छ। यो भयावह घटनाले अब उसलाई नै सुधार हुने अवसर दियोस्।

    विश्वसँगै भारत सरकारले तुरुन्तै यस घटनालाई निन्दा गर्‍यो। प्रधानमन्त्रिले ट्विट गरी भने– “वॉशिंगटन डीसीमा दंगा र हिंसा भएको खबर सुनेर दुखी छु। सत्ताको हस्तान्तरण व्यवस्थित तरिका र शांतिपूर्वक होस्। लोकतान्त्रिक प्रक्रियालाई गैरकानूनी हिंस्रक प्रदर्शनहरुबाट प्रभावित गर्न सकिदैंन।”

    उचित  समयमा उनको भनाई आयो। ह्यूस्टनमा “अबकी बार ट्रम्प सरकार” को नारा दिने मोदीमा यस्तो परिवर्तन आउनु स्वागतयोग्य पनि छ। तर यस टिप्पणीबाट नै भारतीयहरुको चिन्ता हट्न सक्दैन किनकि हामी पनि यस्तै हंगामामा पर्ने सञ्त्रासमा बाँचिरहेका छौै। 

    वर्तमान सत्ताधारीको २०१४ र पुनः २०१९मा दोहोरिएका कारणले भारत एक उदार र संवैधानिक लोकतन्त्रबाट संकुचित राजतन्त्रमा बदलिएको छ। समाजमा ध्रुवीकरण र विभाजन  बढेको छ। सबै सरकारी संस्थानहरुमा व्यवस्थित तरीकाबाट हमला गरिएका छन्। तमाम संस्थाहरुका स्वयत्ततालाई हनन गरिएको छ। संसद एक रबर स्टम्प र सूचना पाटी बन्न पुगेको छ।

    विविध समुदायहरुलाई एकजुट गर्ने र राख्ने संवैधानिक चरित्र र संघवादको आत्मालाई नष्ट गरिएको छ। यसका साथै  उग्र राष्ट्रवादले टाउको उठाएको छ। शुद्ध र मिसावट (नश्ल) को प्रश्न सोध्ने अधिकार, भारतीय पहिचानलाई परिभाषित गर्ने र भारतीय को हुन् र को होइनन् भनी निर्धारण गर्नेपनि सत्ताधारी वर्गले लिएको छ। 

    हाम्रो देशको सामाजिक र राजनैतिक परिदृश्यलाई स्पष्ट गर्नेसक्ने प्रवृत्तिहरु कैयन अर्थमा अमेरिकाको घटनाहरुसँग मिल्दोजुल्दो छन्: उदाहरणका लागि

    • अमेरिकामा कन्फेडरेसी गृह युद्धपछि समाप्त भएजस्तो लाग्थ्यो, हाल नयाँ ऊर्जा लिएर देखा परेको छ। यसरी नै भारतमा हिन्दुत्व आन्दोलन। जबकि यसलाई संविधानको अन्तरनिहित मूल्यहरुबाट जोरदार तरीकाबाट खण्डन गरिएको थियो। तर यसलाई गत दशकबाट जबरदस्ति उठाइएको छ। दुवै मुलुकहरुका यस्ता विचारधारालाई देशको आम सहमतिबाट खारेज गरिएको थियो। हाल आएर यसलाई बलपूर्वक स्थापित गरिँदैछ र बनिसकेको आम सहमतिलाई छिन्न भिन्न गरिदैंछ।
    • राजनैतिक नेतृत्वको कुरा गर्ने हो भने दुवै देशहरुमा ‘ढिट र लोफर’ शासकहरु देखिए। यी नेताहरु आफ्ना अनुचरहरुको चाकरीलाई व्यापक समर्थन र आफुलाई देशको भाग्य निर्माता ठान्छन्।
    • मुलुकका संवैधानिक आयोगहरु सरकारको काममा रखवारी गर्ने निकायहरु हुन्। यी वीच संतुलन कायम गर्ने हरप्रयत्न गरिएको हुन्छ। तर यी सबैको जगलाई नै भताभुङ्ग गरिएको छ। केही हदसम्म अमेरिकामा खासगरी न्यायालय र स्वतन्त्रले आफ्नो मूल्यहरुसँग समझौता गरेनन्। यिनीहरुको साख हाल पनि बचेको छ। तर यस्तो दावा भारतमा गर्न सकिदैंन।
    • दुवै देशहरुमा एउटा कुरा असाध्यै मिल्छ। यिनीहरुले आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरुबिरुद्ध सोशल मीडियाबाट घिनलाग्दो गरी आक्रमण गरेका छन्। फेक न्यूज व्यापक गरिएको छ। यसलाई सुनियोजित तरीकाले ट्रोलिंग गरिएको छ। अमेरिकामा सोशल मीडिया कम्पनिहरुले ट्रम्प (हेड अफ स्टेट) लाई नै रोक लगाइदिए, तर भारतमा निन्दा र अफवाह फैलाउनेलाई केही भएको छैन। भाजपाले साइबर सेनाहरुको एक यस्तो फौज तयार गरेको छ, जुन सेनाले हिंदू अन्धभक्ति, अल्पसंख्यकहरुलाई अपमान र उग्र राष्ट्रवादको संदेश प्रसारण गर्दछ। यसले राजनैतिक प्रतिद्वन्द्वीहरुलाई खोरमा थुनेको कुकुरले साङ्ला छिनाउने गरी भुकेजसरी नै थर्काउने गर्छ।
    • ट्रम्पवाद या ट्रम्पवादीहरु र हिन्दुत्व आन्दोलन, दुवैको उद्भवमा बहुसंख्यकवाद निहित छ। वॉशिंगटनमा दंगा गर्ने अधिक गोराहरु र पुरुषहरु थिए। जसरी ट्रम्पवादीहरुले राष्ट्रिय गौरव र नस्लीय श्रेष्ठतालाई विशिष्ट दर्जा दिएका छन्, यसरी नै भारतमा हिन्दुत्व आन्दोलनले राष्ट्रियतालाई आफ्नो स्वार्थका आधारमा परिभाषित गर्छ। यसले नागरिक सम्वैधानिकताको मापदण्डलाई किनारामा हुत्याइदिन्छ। भारतीय मान्यतालाई आफ्नै तरिकाले अपव्याख्या गर्छन् र यसैको आधारमा हिंसा भड्काउछन्।

    समाजको विखण्डन गर्ने काममा दुवै देशका यी प्रमुखहरुले राजनैतिक नेतृत्व दिएका छन्। देशको गुमेको गौरव फर्काउने नारा ट्रम्प र मोदी दुवैले एकै स्वरमा लगाइरहेका छन्। आर्थिक बृद्धिलाई तीव्र पार्ने र एलिट उदारवादीहरुको पारम्पारिक सत्तालाई केन्द्रबाट धकेल्ने प्रतिज्ञा पनि मिल्दोजुल्दो छ।

    ट्रम्पले ‘अमेरिका फर्स्ट’, ‘मेक अमेरिका ग्रेट अगेन’ नारा दिएका थिए। मोदीले ‘सबका साथ, सबका विकास’ को नारा दिए। उनले ‘अच्छे दिन’  र ‘नया भारत’ को प्रतिज्ञा समेत गरेका छन्। ट्रम्पले वॉशिंगटनलाई एलीट वर्गबाट मुक्त गर्ने, र ‘सक्रिय बनाउने’  प्रतिज्ञा गरेका थिए। भारतीय सत्ताधारी पार्टीले आफ्ना प्रतिस्पर्धीहरुलाई ‘लुटियन्सका एलीट‘ र ‘खान मार्केट गैंग’ भने। (‘लुटियन्सका एलीट‘ भनेको लुटियन्सले डिजायन गरेको दिल्ली शहर सम्भ्रान्त वर्ग र ‘खान मार्केट गैंग’ भनेको खान बजारमा चिया कफी खाई बस्ने बुद्धिजिवीहरु भनेको हो।) दुवै नेताहरुले आफ्नाआफ्ना व्यक्तित्वलाई धेरै मेहनतपूर्वक देवत्वकरण गरे। एक ‘मजबूत नेतृत्व‘ आवश्यक भएको प्रचार गरे। उनीहरुले आफ्ना अनुचरहरुलाई पहिलाका सत्ताधारीहरु सफेद सेक्यूलर शहरी अनुहारका थिए  र अहिले आफूहरु आफ्नो देशका असली प्रतिनिधि हुन् भनेर मक्ख पारे।

    दुवै  देशहरुमा लोकतान्त्रिक निकाय र संस्थाहरुलाई कमजोर बनाइएका छन्। तर हाम्रो देशमा अति नै तहसनहस गरिएको छ। आरबीआई जस्तो वित्तीय रेगुलेटर, जांचबुझ एजेंसीहरु (खासगरी सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन), देशको पुरै र राज्य चुनावहरु गर्ने निर्वाचन आयोग, सशस्त्र सेनाका उच्चाधिकारीहरु, केन्द्रीय सूचना आयोग जस्ता जवाबदेही संस्थानहरु, निर्वाचित विधानसभाहरु, सर्वोच्च न्यायालय सहित न्याय प्रणाली, र स्वतन्त्र प्रेससम्मलाई दवावमा राखिएको छ।

    यी सबैको नतीजा के भयो भने दुवै देशहरुको उदार, सहिष्णु र लोकतान्त्रिक चरित्रमा क्षय भयो। जब कि इतिहासमा अमेरिका र भारतले यही कुरामा गर्व गर्दथे।

    यस्तो अवस्थामा मुलुकको नागरिकको हैसियतले हाम्रो कर्तव्य स्वतन्त्रताको संघर्षमा उर्जा दिने मूल चरित्रलाई नयाँ सिराबाट निर्माण गर्नु हुन्छ। हामीभित्र यस्तो राष्ट्रवादलाई पुनः जगाउनु पर्छ कि जसमा मुलुकका सवै समुदायलाई सम्मिलित गर्ने तागत होस्।

    यसकारण क्यापिटल हिल्सको घटनाहरुलाई चेतावनीका रुपमा लिनु पर्छ। कतै अमेरिकाको घटना यहाँ पनि नदोहोरियोस्।.

    १९ जनवरी २०१२१ मा  दी क्‍विन्टमा प्रसारित।

    (शशि थरूर भारतका कांग्रेस सांसद र लेखक हुन्) 

     

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.