Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चन्द्रज्योति विद्युत गृह उद्घाटनमा चन्द्रशमशेरले गरेको भाषण

सहयोगीबाट सहयोगीबाट
चैत्र २४, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    फर्पिङ जलविद्युत एसियाकै पुरानो जलविद्युत आयोजना मध्येमा पर्दछ । जसको निर्माण श्री चन्द्रशमशेर जबराको अग्रसरतामा वि।संं १९६७ सालमा भएको थियो । स्थानीय फर्पिङबासीले आफ्नो ३२४ रोपनी जग्गा सो समय विद्युत गृह बनाउन स्वतः स्फुर्तरूपमा दिएका थिए। राजा पृथ्वीविक्रम शाहले टुँडिखेलमा स्वीच अन गरेर बत्ति बाल्दै चन्द्रज्योति विद्युतगृहको उद्घाटन गरेका थिए विक्रम संवत् १९६८ साल जेठ ९ गते सोमबार।

    उतिखेर फर्पिङ विद्युतगृहमा शेषनारायण र सेतिदेवी क्षेत्रबाट लगिएको पानीबाट ५ सय किलो वाट विद्युत उत्पादन गरिन्थ्यो । चन्द्रज्योति विद्युत गृहको शुभारम्भका अवसरमा श्री ३ चन्द्रले टुँडिखेलमा लामो भाषण गरेका थिए । उनको भाषण जेठ २३ गतेको गोर्खापत्र साप्ताहिकमा प्रकाशित भएको थियो ।

    यस्तो छ श्री ३ चन्द्रशम्सेर महाराजले दिएको भाषण :

    – “ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिल्न सक्ने फाइदा हामीले उठाउन सकेनौं भने त्यसभन्दा अपसोचको कुरा के छ ?

    – विशेषगरी आफ्नै मुलुकका मानिसहरुका मिहेनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्व दीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटि छैन् भनन्या कुरा मन्मा विचार गरि हेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

    “ईश्वरका अनुग्रहले आज हाम्रो मुलुकको बिजुलीको कारखाना प्रकाश गर्न पाउने भयो । नेपालमा यस किसिमको काम्मा यो पहिला कारखाना हो । यस्तो यो कारखानासँग म सँग राखन पाउनाको (मोसर) मलाई मिलेको हुनाले लागेका अहेशानको यथार्थ बयान ञाहा गर्न सकिन्न ।

    यो कारखाना हाम्रा श्री ५ सर्कारका बाहुलीबाट ऐल्हे खोलि बक्सने छ । यसबाट हाम्रा मुलुक्को उद्योग उतसाहमा नञाँ युग हुन गया झै उन्नति गराउने होला भनन्या आशा छ । ठूला ठूला कामहरु पैल्हे उठान गर्दा नबिग्रि भरसक राम्रो गरि चलने हिसाबले गर्नुपर्ने हुनाले यो बिजुलीको धेरै पनि हाललाई खाली हाम्रो राजधानी शहरमा बत्ति राखना निमित्त मात्र काम लिन सकेका छौं । सडकको बत्तिको काम बाहेक यो बिजुली विना धुवाँ गन्धले कोठा गरम् गराउने काममा ल्याँउ भने पनि हुन्छ ।

    नेपाल खाल्डामा सहजसंग प्रशस्त दाउरा गोल पाँइदैन । बिजुलीले गोल दाउराको काम दिने भयाकोले तेसबाट पनि सुविस्ता हुनछ । उद्योगको काम्मा उन्नति गर्ने ठाउँ हिसाब छैन । तेस्तो उद्योगका कामहरुमा यत्नसाथ एकनाश सँग मन लगाइ काम गरेदेखि बलियो दिलसायको दृढउतसाहले पार्लागन (पार लगाउन) नसकने काम केहि छैन् ।

    ईश्वरबाट दया भयाको आफ्ना मुलुकमा पाइने वस्तुबाटै मिलन सक्ने फाइदा हामीले उठाउन सकेनौं भने तेसभन्दा अपसोचको कुरा के छ ? एतिका खर्च र मेहनत लगाई यो बिजुलीको कारखाना तयार भयाको छ एसैबाट ल्याइयाको बिजुलीका जोडबाट काम लि हामिले फाइदा उठाउन योग्य छ । अनी मिस्टर प्याएटेले खुलसा बयान गरे झैं यो बिजुलीको जोड लगाइ चिजवस्तु बनाउने काम कारखाना र यस उद्योगमा लाउन कोसिस गर्दै गर्‌या हाम्रा मानिसबाट पनि यस बाट भयाको काम हुन नसकने केहि छैन् । ऐल्हे यो उतसवको बखतको जोष्मा मात्र यो कुरा हामिले मन्मा लिने होइन ।

    एस्मा यौटा कुरा के छ भने सबै तरहबाट उन्नति हुने कुराको विचार गर्दा हाम्रो शहर सफाइ तर्फमा अरु धेरै गै काम् वाकि रहेको देखिन्छ । उन्नतिको मुख (मुख्य) कुरा यौटा सफाइको काम पनि हो । अपसोच छ कि हाम्रा राजधानी शहर ठाँउ ठाँउमा साह्रै मैला फोहर छ । हाम्रो ञाहाँ पानीको कल राखी पानी ल्यायादेखि पानीबाट उत्पन्न हुने किसिमको रोगहरु विशेष गरि हट्तै गयाको छ ।

    तापनि सफाइतर्फको उन्नतितर्फ हामीले सदा सर्वदा बहुतै ध्यान दिनुपर्दछ । एस्मा सरकारलाई दुनिञाहरुबाट हारग्वाहार हुनु अवश्य पर्दछ । सरकारबाट दुनिञालाई शहर सफाईको कामलाई केहि दस्तुर लगायाको छैन। तेसो हुनाले मुलुक्को बढिया हुने काम्मा सरकारलाई हारग्वाहार गर्नुपर्छ भनि दुनिञाले अघि नसरि यो काम राम्रो गरि हुनसक्ने देखिदैन् ।

    अब यो बिजुलीको विषयको कुरामा म यो पनि भन्दछु कि, यो उठान भयाको काम राम्रो गरि तय भयेको हुनाले हामिलाई आनन्द गरायो । कोनैकाममा पनि उठानको काम राम्रा गरी तय हुनालाई उकालो पर्नेहुन्छ । उठानमा परि आउनले कठिन एकपल्ट नाघिसकेपछि तेष्किसिमको काम आफसे आफ बढ्दै जानेगर्छ । विशेषगरि आफ्नै मुलुकका मानिसहरुका मेहनतले तयार भयाको यो बिजुलीको कारखाना पूर्वदीपतर्फ रहेका यस यै जत्रो कल कारखाना भन्दा केहि कुरामा घटिछैन् भनन्या कुरा मन्मा विचार गरिहेर्दा मन्मा बहुतै आनन्द लागि आउँछ ।

    राम्रो गरि दस्तुर माफिक काम भै यो कारखाना चलायादेखि तेसबाट हुने आम्दानीले खर्च ढाकि दिन् परदिन् हाम्रा उद्योगका काम कारखानाहरु बढ्दै जाने देखिनाले लागेको भन्दा बढि सन्तोष अरु के होला ? यो काम्मा बहुतै मेहनत गरि काम गर्ने युरोपियन हिन्दुस्थानी र नेपालीहरु सबैले यो कारखाना कोनै सुरतले पनि चलाई छाडोला भनन्या हिकमत लि काम गरेका हुनाले तिनिहरुलाई धन्यवाद छ । बिच बिचमा गाह्रो र दैवीपरि आयेथ्यो तापनि आफ्नु अभिभाराको काम् तय गर्नालाई मेहनत गर्न बाँकी नराखी काम गर्ने मुख्य इलेक्ट्रिक्याल ईन्जिनियर मिष्टर वार्नाउ प्याउटे (Barnau Puwante) लाई खुसी साथ अन्तष्कर्ण देखि म धन्यवाद् गर्छु ।

    इनको ठूलो मेहनत र एकनासको भावना साथको काम गराई तारिफ लायेकको छ । ठुला नामि जनरल इलेक्ट्रिक कम्पनीका मिस्टर लिंजले (Mr Linzale) पनि बहुतै उमदा तवरसँग काम गरेका छन् इनलाई पनि मेरो धन्यवाद छ । यो काममा रहेका अफिसर र अन्य मानिसहरुले पनि तन्मनदि काम् गरेको सुन्दा मलाई बहुतै सन्तोष लाग्यो । तिनिहरुको कामदेखि म खुसी छु । जो इन्जिनियरले तिनीहरुको लोसि फारम गरे तेस्को विचार तिनिहरुका आफ्ना आफ्ना अड्डाखानाद्वारा गरिने छ । तिनिहरुकै सगोल मेहनतले आज यो काम् सफल भयो । यो काम् सफल भयाकोमा जनरल पद्मसमसेर जंगबहादुर राणा लाई म धन्यवाद दिन्छु ।

    तिनिमाथि मैले जस्तो भर्परि काम लायाको थिञा सो बमोजिम सबै काम पुरा हिसाबसँग पार लाया । यो काम शुरु देखिनै भाई कम्यान्डर इनचीफले गरेका मदतको मैले बहुतै कदर मानेको छु । उनिलाई पनि मेरो अन्तस्कर्ण देखिको बहुतै बहुत धन्यवाद् छ । यो इस्पीच खतम गर्नु अगाडि यो बिजुलीको कामले हामीलाई हो शिक्षा दिन्छ तेसबारेमा म केहि भन्न चाहन्छु । हिक्मतको कामहरु प्रचार भैरहेको आजकाल को जमानामा सो हिक्मतको महिमाको शिरोमणि झैं भयाका बिजुलीले हालको सभ्यताको बाटो राम्रो बनाइ चाँडो उन्नति गराउँदै लगेको छ ।

    बिजुलीका प्रकाश नहुँदैका बखतको र सो प्रकाश भया पछिका बखतको बिचमा काहासम्मको अन्धाधुन्धको फरक देखिन्छ । नेपाल्ले पनि अब बिजुली आफ्ना दुनियाँमा प्रकाश भयाको देखि उन्नतिको यस्तो मुख्यकारण हो भनन्या शिक्षा बिर्सने छैन भनन्या आशा लागेको छ । आजकाल नभैनहुने जरुरी समझियाको हिकमतको विद्या जाननुपर्छ भनन्या तिर पनि मन बढ्दै जाला भनन्या हामीले आशा गर्नु होइन सक्ने कुरा केहि छैन् ।

    यो बिजुली बत्तिको राम्रो उज्यालो मुनि बसीरहँदा जस्तो त्यो बलिरहेको बत्ति निर्मल सफा छ उस्तै आफ्नु चालचलन पनि वेदागको गराउनुपर्छ भनन्या र जुन जोरबाट सो बत्ति बलेको छ त्यो जोरलाई होइसकेसम्म काम्माल्याई फाइदा उठाउनुपर्छ भनन्या दृढउत्साह पनि मानिसहरुले लिनन् भनन्या आशा पनि लागेको छ । रातको अन्धकार दुरभै जानाले हाम्रो मन्को अन्धकार पनि दुर भैगै नञा ज्ञान पैदा भै अज्ञानसबै पन्छाइ हामीले गरे कतिसम्म हुनसक्ने रहेछ, कति कुरा हामीले गर्नुपर्छ भनन्या अन्तष्कर्णले देखदै जानेछन् भनन्या पनि आशा छ ।

    अब म कर्णेल म्यानर्सइसमिय साहेब र अनलेडि भलादमिहरुले यस मौकामा मेहरमानि साथ आइ शोभायमान गर्नु भयाको हुनाले म अन्तष्कर्ण देखि सुकर्म जारि गर्दछु । सावधान साथ यो मैले बोलेका कुराहरु एकचित्तले सुनिबक्स्याको मा श्री ५ सर्कार महाराहाधिराज का खिदमत्मा मेरो आदाव छ । अरु सबैलाई पनि मेरो धन्यवाद छ । ईश्वरसँग मेरो यहि प्रार्थना छ कि, यो हाम्रो काम्लाई कल्ल्याण गरुन ।” – नेपालीओल्डफोटोज्नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.