Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरानाबारे फैलाइएका केही भ्रम र त्यसको निवारण

तुल्सीदास महर्जन तुल्सीदास महर्जन
बैशाख १२, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रश्न : के भ्याक्सिन लगाएपछि पनि माक्स लगाउनु पर्छ ?
    अधुरो उत्तर : पर्छ ! (यति मात्र जवाफ अधुरो हुन्छ)

    सही उत्तर : भ्याक्सिन लगाउनु भनेको शरीरमा रोगप्रतिरोधि ‘एन्टीबडि’ निर्माण गर्नु हो । यो तुरुन्त हुन्न, केही समय लाग्दछ । त्यसैले शरीरमा ‘एन्टिबडि’ निर्माण नहुँदासम्मका लागि सुरक्षा गर्न माक्सले काम गर्ने भएकोले भ्याक्सिन लगाइसकेपछि पनि माक्स लगाउनु अनिवार्य हुन्छ । अर्को कुरो, आफूमा ‘एन्टिबडि’ विकास भई सुरक्षित भइसकेको भएपनि यदि आफूमा भाइरस प्रवेश भएको छ भने अरुको लागि नजानिदो रुपमा आफू भाइरस वाहक भइदिने खतरा हुन्छ । त्यसैले अरुलाई जोगाउनका लागि पनि माक्स लगाउनुपर्छ ।

    प्रश्न : के भ्याक्सिन लगाईसकेपछि पनि मलाई कोभिड हुन्छ ?
    गलत उत्तर : हुन्छ !

    सही उत्तर : हुने सम्भावना ज्यादै न्यून हुन्छ । फरकफरक भ्याक्सिनको फरकफरक तहको प्रभावकारिता हुने भएअनुसार कुनैले ७०, कुनैले ९० त कुनैले ९५ प्रतिशत सुरक्षा गर्छ । यसको अर्थ भ्याक्सिन लगाएकाहरुमध्ये १०० जनामा ७०, ९० वा ९५ जनालाई शतप्रतिशत कोरोना लाग्दैन । तर, ३०, १० वा ५ जनालाई लाग्ने सम्भावना भने टार्न नसकिने हुन सक्छ । तर, तिनीहरुलाई कोरोना लागी हालेमा पनि मृत्युको मुखसम्मै पुग्नेहरुको सम्भावना भने ज्यादै न्यून हुन्छ ।

    लेखक: तुल्सीदास महर्जन

    प्रश्न : के भ्याक्सिन लगाईसकेपछि मबाट अरूमा कोभिड सङक्रमण हुन रोकिन्छ ?
    अधुरो उत्तर : रोकिंदैन

    सही उत्तर : भ्याक्सिनले आफूलाई सुरक्षा गरे पनि आफूबाट अरुलाई कोविड सर्ने सम्भावना रहेकैले माक्स लगाउने गर्नुपर्ने हो।

    प्रश्न : भ्याक्सिन लगाई सकेको कति दिनसम्म यसले काम गर्छ?
    गलत उत्तर : कसैलाई जानकारी छैन ।

    सही उत्तर : अमेरिकाबाट उत्पादित फाइजर र बेलायतको अक्सफोर्डबाट उत्पादित अस्ट्राजेनिका खोपको दोश्रो डोज लिएपछिको ७ देखि १४ दिनबाट शरीरमा कोविडबिरुध्दको ‘एन्टिबडि’ निर्माण हुने बताइएको छ । (हेर्नुहोस् : health.gov.au) । नेपालमा सुरुमा दिइएको भारतमा उत्पादित कोबिसिल्ड भ्याक्सिन पनि अस्ट्राजेनिक नै हो । त्यस्तै गरी पछिल्लो पटक १८ वर्षदेखि माथि र ६० वर्षभन्दा मुनिकालाई दिइएको चिनीया खोप ‘भेरोसेल’ ले पनि दोश्रो डोज दिइएको दुई हप्तापछि नै शरीरमा कोबिडबिरुध्दको एन्टिबडि निर्माण गरेको प्रयोगात्मक नतिजा प्राप्त भएको US National Library of Medicine (clinicaltrails.gov) ले जनाएको छ ।

    प्रश्न : भ्याक्सिन लगाईसकेपछि सोसल डिस्टेन्स राख्नुपर्छ कि पर्दैन ?
    अपर्याप्त उत्तर : पर्छ । (यति मात्र भन्नु अपर्याप्त हुन्छ ।)

    सही उत्तर : शरीरमा ‘एन्टिबडि’ हुनु आफ्नो लागि हो, अरुको लागि होइन । त्यसैले कोरोनाको ‘चेन ब्रेक’ गर्न अर्थात् स्वस्थ होस् या संक्रामक कोहीबाट पनि दोश्रो व्यक्तिलाई कोरोना नसरोस् भनेर हामीले ६ फिटको दूरी कायम गरी नै कारोवारहरु गर्नुपर्ने हुन्छ । संक्रामक रोगलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको नै संक्रमणको साङ्ग्लो (infection chain) लाई चुँडाल्नु हो, जुन भौतिक (सामाजिक) दूरी कायम गरेर नै सम्भव हुन आउँछ ।

    प्रश्न : के परिवार, साथीभाई सबैले भ्याक्सिन लगाई सकेपछि अङ्कमाल गर्न सकिन्छ ?
    अपर्याप्त उत्तर : सकिंदैन ।

    सही उत्तर : भाइरसले आफन्त भन्दैन । भ्याक्सिन लगाइसकेपछि कोहीमा थोरै दिनमा र कोहीमा तुलनात्मक धेरै दिनमा ‘एन्टिबडि’को निर्माण हुने भएकोले निश्चित समयपछि सुरक्षित हुने भएपनि तत्कालका लागि अङ्कमाल नगर्दा नै सुरक्षित हुने निश्चितता रहेको हुन्छ । अनावश्यक जोखिम नलिने कोणबाट आफन्त नै भएपनि भ्याक्सिन लगाएको लगतै अङ्कमाल नगरौं भन्ने हो । रोग नियन्त्रणमा आइसकेपछि जति नै अङ्कमाल गर्दा त भइहाल्यो नि !

    प्रश्न : भ्याक्सिनको फाइदा के हो ?
    गलत उत्तर : कोभिडले मृत्यु नहुने अनुमान ।

    सही उत्तर : ७० देखि ९५ प्रतिशतसम्मलाई शतप्रतिशत कोबिड हुनबाट जोगाउँछ । बाँकीलाई पनि कोबिड भइहाले पनि मृत्युको मुखसम्म नपुर्याउँने सम्भावना पर्याप्त हुन्छ ।

    प्रश्न : के साँच्चै भ्याक्सिनेसनपछि कोभिडले मृत्यु वा कुनै रियाक्सन हुदैन ?
    गलत उत्तर : कुनै ग्यारेन्टी छैन ।

    सही उत्तर : भ्याक्सिनेसनपछि मृत्युको सम्भावना करिव सून्य नै हुन्छ । छिटपुट भएपनि त्यो गणनायोग्य भएको अहिलेसम्मको रेकर्ड छैन।

    प्रश्न : ९९% भाइरसले मृत्यु हुदैन । त्यसो भए फेरि भ्याक्सिन किन जरुरी छ ?
    अपर्याप्त उत्तर : भविष्यमा सुरक्षित हुन ।

    सही उत्तर : प्रश्न नै गलत छ । अहिलेसम्मको नतिजा हेर्दा सुरुको भाइरसले संसारभर सालाखाला ३ देखि ४ प्रतिशतसम्म बिरामीहरुलाई मृत्युको मुखमा पुर्यायो । अहिलेको दोश्रो र तेश्रो उत्परिवर्तित (mutated) भाइरसले सोचेभन्दा ज्यादा बिरामीहरुलाई मृत्युको मुखमा पुर्याइरहेको घटना हामी ब्राजिल र भारतमा देखिरहेछौं । अर्को कुरा, बिरामीहरुको सङ्ख्या एकै समयमा अत्यधिक बन्दा मुलुकको स्वास्थ्य प्रणाली धरासायी बनेर बिरामीहरु उपचार नै नपाई मर्दछन्, जुन अहिले ती मुलुकहरुमा हामी देखिरहेछौं । त्यसैले भ्याक्सिन अनिवार्य छ ।

    प्रश्न : भ्याक्सिनका कारण मेरो मृत्यु भएमा वा नोक्सान भएमा बनाउने कम्पनी यसको लागि जबाफदेहिता हुन्छ ?
    अस्पष्ट उत्तर : बनाउने कम्पनी वा बितरण गर्ने सरकारको यसमा कुनै जबाफदेहिता हुंदैन।

    सही उत्तर : कोबिडको भ्याक्सिन लगाएर नै मृत्यु भएको अहिलेसम्म पुष्टि हुने घटना रिपोर्टमा आएको छैन । केही युरोपेली देशहरुमा छिटपुट रुपमा भएको मृत्युका घटनाहरु भ्याक्सिनसँग नै सम्बन्धित भएको पुष्टि भएको छैन । त्यसको वैज्ञानिक अनुसन्धान भइरहेको छ । र, त्यस्तो घटना घटिनै हालेमा भ्याक्सिन उत्पादक कम्पनीले क्षतिपूर्ति दिन्न भनी वक्तव्य दिएको समाचार अहिलेसम्म बाहिर आएको देखिन्न।

    तसर्थ, कोही विद्वान नै सही अनाहकमा कसैद्वारा बाहिर प्रचारमा ल्याइएका अवैज्ञानिक एवं आधारहिन कुराबाट हामी कोही पनि भ्रमित हुनुहुन्न । कोहीको बिचार होइन, सत्यतथ्य, प्रमाण र विज्ञानको प्रयोग, परीक्षण र निष्कर्षमाथि भरोसा राख्नु नै सही हुन्छ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      तुल्सीदास महर्जन

      तुल्सीदास महर्जन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.