Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना महामारीको फ्याक्ट चेक : के भारतमा खोप लगाएकाहरु पनि धमाधम संक्रमित भएका हुन्?

सहयोगीबाट सहयोगीबाट
बैशाख २१, २०७८
- कोभिड–१९, यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जुलिया होलिङ्सवर्थ, जेसी युङ र मिनकेतन झा। भारतमा कोभिड–१९ को संकट मडारिँदै गर्दा केही कुराहरु हामीलाई पक्कै पनि थाहा छ । हरेक दिन भारतमा रेकर्ड संख्यामा संक्रमितहरु थपिरहेका छन् । यति धेरै मानिसहरु मरिरहेका छन् कि शवको अन्तिम संस्कार गर्न पनि सकस परिरहेको छ । आधिकारिक तथ्यांकभन्दा संक्रमित र मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ । तर, कोरोना भाइरस सँगसँगै भारतमा अफवाह पनि त्यतिकै चाँडो फैलिरहेको छ । यहाँ कोरोनाको दोस्रो लहरसँग भारतमा फैलिरहेको केही अफवाहको ‘फ्याक्ट चेक’ गर्ने प्रयास गरिएको छ ।

    के पहिलेभन्दा धेरै युवाहरु कोभिडबाट संक्रमित बनेका छन् ?
    भारतमा रहेका डाक्टरहरुले दोस्रो लहरमा धेरै युवाहरु संक्रमित भएको पाएको बयान दिएका छन् । सरकारको सूचनाले यो पनि यो कुरालाई स्थापित गर्न मद्दत गरेको छ । गत अप्रिल १५ मा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक भिडियो जारी गर्दै युवाहरुलाई विशेष ध्यान दिन आग्रह गरेका थिए । ‘कोरोनाभाइरसको यो लहरमा युवाहरु संक्रमित भइरहेका छन्,’ ट्वीट गर्दै उनले लेखेका छन्, ‘म युवाहरुलाई आफ्नो ख्याल राख्न अपिल गर्दछु ।’ यस्तै सूचनाले कोरोनाको दोस्रो लहरमा पहिलेको तुलनामा धेरै नै युवाहरु संक्रमित भएको धारणा बनेको छ ।

    फ्क्याट चेक :
    सरकारी तथ्यांकले भने पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने युवाहरुको संख्यामा खासै फरक देखिएको छैन । पहिलो लहरमा संक्रमितमध्ये ३० वर्षभन्दा कम उमेरका ३१ प्रतिशत रहेको भारतको कोभिड टास्क फोर्सका अध्यक्ष भीके पाउलले अप्रिल १९ मा बताएका थिए । दोस्रो लहरमा यो संख्या थोरै मात्र बढी ३२ प्रतिशत देखिएको छ । पहिलो लहरमा ३० देखि ४५ वर्ष उमेर समूहका २१ प्रतिशत संक्रमित रहेका थिए । यो आँकडामा पनि खासै फरक रहेको छैन ।

    मृत्युको सवालमा पनि खासै अन्तर देखिएको छैन । गत वर्ष मृत्यु भएका मध्ये ५० वर्षभन्दा कम उमेर समूहको संख्या २० प्रतिशत रहेको थियो । अहिले यो संख्या १९ प्रतिशत रहेको छ ।

    ​‘दोस्रो लहरमा युवाहरु बढी संक्रमित बन्ने खतरा बढेको पाइएको छैन,’ पाउल भन्छन्, ‘देशभरको तथ्यांकअनुसार कोभिड–१९ बाट संक्रमित हुने उमेर समूहको तथ्यांकमा खासै घटबढ भएको पाइएको छैन ।’

    नयाँ दिल्लीको मधुकर रेनबो चिल्ड्रेन अस्पतालको पेडियाट्रिक क्रिटिकल केयरका शीर्ष सल्लाहकार डा. चन्द्रशेखर सिंघाले पहिलो लहरको तुलनामा धेरै बालबालिकाहरु संक्रमित भइरहेको पाएको बताउँछन् । तर, यो कूल संक्रमितको संख्या बढेको कारणले पनि भएको हुन सक्ने उनको भनाइ छ । संक्रमितको अनुपातमा फेरबदल नभएको हुनसक्ने उनको अनुमान छ ।

    बालबालिका संक्रमित हुने बित्तिकै नअत्तालिन उनको सुझाव छ । पहिले नै स्वास्थ्य समस्या छैन भने अधिकांश बालबालिकालाई अक्सिजन थेरापी वा अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता हुँदैन ।

    ध्यान दिनुपर्ने :
    भारतमा अन्य देशको तुलनामा धेरै युवाहरु रहेका छन् । सीआईए वर्ल्ड फ्याक्टबुका अनुसार अमेरिकामा औसत आयु ३८ र बेलायतमा ४० रहँदा भारतमा यो २८ रहेको छ । अरु देशको अनुभावलाई हेर्दा पनि युवाहरु धेरै धुम्ने हुँदा उनीहरुले संक्रमण फैलाउने सम्भावना बढी हुने पाइएको छ । भारतमा भेटिएका केही भेरियन्ट जस्तै बेलायती स्ट्रेन वा बी.१.१७. बढी संक्रामक रहेको छ । सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक भारतमा रिपोर्ट गरिएको यो भेरियन्ट दिल्ली लगायत उत्तरी भारतमा यो भेरियन्ट बढी सक्रिय रहेको छ ।

    के दुवै डोज खोप लगाएका स्वास्थ्यकर्मी धामधम संक्रमित बनिरहेका छन् ?
    विश्वको कुनै पनि खोपले सबै व्यक्तिलाई संक्रमणबाट रोक्न सक्दैन । तर, स्थानीय मिडियाले अस्पतालमा काम गरिरहेका स्वास्थ्यर्मी संक्रमित भएको समाचार प्रकाशित गरेका छन् । यसले आम मानिसमा कोरोनाविरुद्धको खोप नयाँ भेरियन्टबिरुद्ध प्रभावकारी छैन कि भन्नेमा आशंका पैदा गरेको छ ।

    फ्याक्ट चेक :
    फेरि पनि तथ्यांकले सो कुरा पुष्टि गर्दैन । भारतमा नै बनेको कोभ्याक्सिनको दुवै डोज लगाएका १७ लाख मानिसमध्ये ६९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अप्रिलमा जनाएको थियो । यो भनेको ०.०४ प्रतिशत हो ।

    एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको दुवै डोज लगाएका १.५ करोड मध्ये ५ हजार १४ जनालाई संक्रमण पुष्टि भएको छ । यो भनेको ०.०३ प्रतिशत हो । शनिबारसम्म भारतले फ्रन्टलाइन र जोखिम समूहलाई मात्र खोप दिएको छ ।

    ‘पहिलो डोज लगाएका धेरैजसो संक्रमित फ्रन्टलाइन कामदार र स्वास्थ्यकर्मी हुन् । यही वर्गलाई सबैभन्दा पहिला भ्याक्सिन दिइएको थियो किनभने उनीहरुको काम नै यस्तै थियो कि उनीहरु धेरै व्यक्तिको सम्पर्कमा आउनुपर्दछ,’ गत अप्रिलमा स्थानीय मिडियासँगको कुराकानीमा स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आइसीएमआरका महानिर्देशक डा. बालराम भार्गवले बताए ।

    दोस्रो लहरका लागि नयाँ भेरियन्ट जिम्मेवार ?
    गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले एक प्रेस वक्तव्यमा भारतमा डबल म्युटेन्ट भाइरस भेटिएको जानकारी दियो ।

    नयाँ भेरियन्ट बी.१.६१७ का कारण पहिलो लहरको तुलनामा दास्रो लहरमा यति बिघ्न संक्रमण फैलिएको हो कि भन्ने त्रास पैदा भयो ।

    अझ त्योभन्दा पनि ठूलो चिन्ताको विषय यो हो कि कतै नयाँ भेरियन्टले देशव्यापी रुपमा बाँडिएको भ्याक्सिनलाई नै बाइपास गर्ने हो कि ?

    फ्याक्ट चेक :
    वैज्ञानिकहरु अझै पनि नयाँ भेरियन्टबाट अनुसन्धान गरिरहेका छन् र यसैका कारण संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको हो भन्ने पर्याप्त जानकारी प्राप्त भइसकेको छैन ।

    यसका लागि देशमा व्यापक रुपमा आनुवंसिक निगरानी (जेनोमिक सर्भिलियन्स) को आवश्यकता पर्छ । कति भिन्न प्रकारको गतिविधि भइरहेका छन् भनेर मूल्याङ्कन गर्नका लागि कुनै पनि देशले सबै कोभिड परीक्षण नमूनाको ५ देखि १० प्रतिशत आनुवंसिक अनुक्रमको व्यवस्था मिलाउनु पर्ने विज्ञ मान्यता राख्छन् । तर भारतले १ प्रतिशतभन्दा कम संक्रमितको आनुवंसिक अनुक्रमको व्यवस्था मिलाएको डा. आशिस झा बताउँछन् । झा ब्राउन युनिभर्सिटी स्कूल अफ पब्लिक हेल्थका डिन हुन् ।

    केही महामारी विशेषज्ञले भने भेरियन्ट र संक्रमितको वृद्धि हुनुमा अन्तरसम्बन्ध भएको बताएका छन् । तर यहाँ याद राख्नुपर्ने कुरा के छ भने केही भेरियन्ट अत्यधिक संक्रामक छन्– उदाहरणका लागि बेलायतको भेरियन्ट ।

    डबल म्युटेन्ट त्यो भेरियन्टलाई भनिन्छ जसको जसको दुईवटा स्पाइक प्रोटिन म्युटेसन हुन्छ । एल४५२आर नामको अर्को म्युटेशन अन्य भेरियन्टमा पनि पाइन्छन् जसले प्रतिरक्षा क्षमता प्रदान गर्दछ । अर्को ई४८४क्यू नामको म्युटेशन दक्षिण अफ्रिका भेरियन्टमा पाइएको अर्को म्युटेशनसँग मेल खान सक्छ ।

    यद्यपि, यी म्युटेशनका कारण भाइरस कि त अत्यधिक संक्रामक हुन्छन् कि मत्थरै हुन्छन् भन्ने छैन । हामीसँग यसबारे खासै धेरै जानकारी नै छैन ।

    स्रोत : सीएनएन/रोतोपाटी 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.