Friday, April 16, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home स्वास्थ्य /शिक्षा कोभिड–१९

कोभिड-१९ः चमेरोको चर्तिकला- हेरेर बस्ने कि के गर्ने?

by यम बराल
June 9, 2020
- कोभिड–१९, यो हप्ता, सामयिक
कोभिड-१९ः चमेरोको चर्तिकला- हेरेर बस्ने कि के गर्ने?
Share on FacebookShare on TwitterEmail

एउटा मिनी बस धुलो उडाउँदै  किचौंला जस्तो गरी मेरै छेउमा थ्याच्च रोकियो र ड्राइभर चिच्याउन थाल्यो। दार्जिलिङ  दार्जिलिङ। ओ दुजु फ्याट्ट चढौं न।

मैले सोधेँ – सिट छ?

ड्राइभरले भन्यो- ओ दुजु ह्‍याँ बसेर त चमेरे सिट मात्र पाउँछ हो। आरुबारी पुगेपछि एक दुई वटा सिट खाली भइहाल्छ हो।

मैले सधैं -के हो चमेरे सिट भनेको?

ड्राइभरले भन्यो – चमेरा जस्तो झुन्डिएर जाने क्या अनि दुजु पनि भर्खर नेपालको वुङकुलुङबाट आए जस्तो छ। चमेरा जस्तो कूल भएर झुण्डिने क्या।

म चमेरो भएर सिलगुडीबाट दार्जिलिङ जान राजी भइन तर गाडि भित्रको चमेरे सिटले मेरो मस्तिष्कमा सधैं डेरा जमाइ रह्यो । 

चमेरा अब चमेरे सिटको कारणले होइन कोभिड-१९ को कारणले अन्तर्राष्ट्रिय चर्चामा छ। कोभिड-१९ चमेराबाट सालक मा र सालकबाट मानिसमा सरेको अप्रमाणित तर सम्भावित हल्लाका कारण चमेराको चर्चा चुलिएको छ। नेपाली गाउँ खाने कथा छ- “उड्छ चरा होइन राती विचरण गर्छ लाटोकोसेरो होइन”।

चमेरो वास्तवमै चरा होइन, एउटा स्तनधारी प्राणी हो र स्तनधारी प्राणीहरु मध्ये सबैभन्दा धेरै संख्यामा रहेको प्राणी हो। चमेरोलाई केन्द्रमा राखेर गरिएका अध्ययनहरूले देखाएका छन् कि चमेरा स्तनधारीप्राणी (जसमा मानव जाति समेत पर्दछ) हरुमा सल्किने रोगका किटाणु तथा जीवाणुहरुको खानी हो।  सार्स, मर्स जस्ता कोरोनाभाइरसजनित अस्वस्थता तथा इबोला एवं रेबीज जस्ता रोगहरु फैलाउने त्यसका किटाणु पालेर राख्ने काम गर्नमा चमेराको सबैभन्दा बढी योगदान रहेको पुष्टी नै भइसकेको छ। कोभिड-१९ बाहेक अधिकांश प्रकारका कोरोनासँग आफू बिरामी नभईकन बाँच्ने क्षमता चमेराले विकास गरिसकेको छ।

नेपालमा चमेराको रोग फैलाउन सक्ने यो क्षमताका बारेमा अध्ययन-अनुसन्धान भएको मलाई चैं थाछैन। राजदरबार वरिपरिका रुखहरुमा झुण्डिएका बाहेक अन्य ठाउँहरुमा धेरैमात्रामा चमेरा देखिएको पनि छैन। चमेराको मासु खाने संस्कृति भएका चीन, भियतनाम  लगायत प्रशान्त माहासागर टापुहरूमा बस्नेहरुबाट सांस्कृतिक रूपले प्रभावित नभएका कारणले दक्षिण एसियामा चमेरो खाने चलन छैन। ती चमेरा खानेसँग यस भूक्षेत्रका मानिसको आकस्मिक भेट मात्र हुने गरेको पाइन्छ। त्यसैले होला, चमेराले चीन लगायत दक्षिण एसियामा सार्स कोरोनाभाइरस, साउदी अरेबियामा मर्स कोरोनाभाइरस फैलाउन भ्यायो। तर दक्षिण एसियामा त्यसो गरेको भेटिएन।

हाम्रा देवताहरूले पनि चमेरालाई वाहन बनाएको देखिन्छ। मारक क्षमताका हिसाबले त चमेरो यमराजको बाहन राँगो भन्दा धेरै बढी क्षमतावान् छ। तर यो कुराको जानकारी यमराजलाई नै पनि उनको लेखापाल सल्लाहकार चित्रगुप्तले बताएनछन् नत्र उनले राँगोको सट्टा चमेरोलाई बाहन बनाउँथे होलान्। तर अमेरिकाका आदिवासी मध्ये एक समूहले चमेरालाई भगवानका रुपमा मानि ल्याएको प्रमाण ओक्साका (चमरे दैव) मूर्तिमा अभिव्यक्त छ। 

युरोपेली संस्कृतिहरुमा चमेरालाई अध्यारोमा जागृत हुने शक्तिका प्रतीक र मानव रक्त चुस्ने चुडे‌लकाl रुपमा कथा पाइन्छ। संसारको सबै भन्दा प्रसिद्ध  भूत/चुडेंल ड्रयाकुला पुनर्जागृत भएपछि चमेरो भएर उड्छ। उसका चेला साना चमेरा हुने नै भए। रगत चुस्ने यस्ता चुडेंल चमेराको काल्पनिक वर्णनका बावजुद सबै चमेराले रगत  चुस्दैनन्। चमेराका विविध प्रजातिहरुमा एउटा प्रजातिले मात्र रगत चुस्छ।  त्यस प्रजातिले पनि मानिसको रगत चुसेको आजसम्म थाहा छैन। बाँकी अधिकांश प्रजातिका चमेराहरुको मुख्य भोजन भनेकै किराफट्यांग्राहरु हुन्।

अमेरिकामा गरिएको एक अध्ययनअनुसार बाली नोक्सान गर्ने किराफट्यांग्रा खाएर चमेराले अमेरिकामा मात्र कम्तीमा तीन अर्ब डलर र बढीमा ५३ अर्ब डलरको वार्षिकी योगदान गर्ने गरेको आकलन छ। त्यति योगदान दिने चमेरो आज कोरोना भाइरसको बाहक भयो भनेर घृणापात्र भएको छ। 

त्यसो त  चमेरालाई दैव वा त्यसको प्रतिक देखि लिएर राष्ट्रिय प्रतिक एवं मानवीय आकांक्षाहरूको पूर्तिका सहयोगीका रुपमा समेत लिइएको पाइन्छ। अमेरिकाका टेक्सास, अल्कोहमा तथा भर्जिनियाका राजकीय चिन्हमा चमेरो विराजमान छ। (संयुक्तराज्य अमेरिकाको राजकीय चीनमा गिद्ध बसेजस्तो)। ब्याटम्यान (चमेरो मानिस) अमेरिकामा आइपर्ने व्यक्तिगत वा राजकीय वा अंतरिक्षकीय संकटमोचकका रुपमा पुराण हालिएको आधा शताब्दीभन्दा बढी नै भैसक्यो । विश्वमा प्रचलित कार्टुन व्याटम्यान नेपालका बालबालिकाका लागि अति नै रोचक बनेको थियो।

चीनमा भँगरो, मुसा, लामखुट्टे र झिंगा  विरुद्ध अभियान चलेका थिए। ती मध्ये अब  पाँचौको नियति फरक हुन सक्छ। हालै जँगली वन्यजन्तुको मारमा प्रतिवन्ध लगाइएको छ।  हुन त चीनमा चमेरालाई दीर्घायू, सम्पति, स्वास्थ्य, प्रेम र शान्तिपूर्ण मृत्युको आशीर्वाद ल्याउने प्राणीका रूपमा समेत आराधना गरिन्छ। यसरी शान्तिपूर्ण मृत्युको आशीर्वाद  ल्याउने प्राणी भनिएको कुरा चाहिँ अलिक मिल्ने जस्तो देखियो यस पटक। 

इतिहासमा तेङ् मरिहाले, सी जिन पिङले अहिलेसम्म मुख खोलेका छैनन्। र यसको नियति के हुन्छ भन्न सकिएको छैन। अरु चार भँगरो, मुसा, लामखुट्टे र झिंगालाई  चीनमा पुँजीवादी प्राणीका रूपमा माओले व्याख्या गरेका  थिए। यसकारण यी चार भँगरो, मुसा, लामखुट्टे र झिंगाबाट मुक्त बनाउन चार प्राणी विरुद्धको अभियान’ (१९५८-६०)  चालिएको थियो। यस अभियानमा यतिधेरै भँगेरा मारिए कि विदेशी दूतावासमा शरण लिएका भँगेरो समेत छोडिएन। भँगेरा सखाप भएपछि सलहको खुँदो पल्टियो।  सलहले भँगेराले खाए भन्दा कैयौं गुणा बढी बाली खायो र चीनमा भोकमरीको स्थिति पैदा भयो। भँगेरा मार्दाको फाइदा माओ भन्दा सलहले पहिले बुझे। बेफाइदा बुझ्दा सम्म लाखौं मानिसको भोकले मर्ने अवस्था बन्यो।  

सबै चमेराहरु विविध प्रकारका कोरोनाभाइरस लगायत जीवाणु/किटाणुका खानी नै हुन्। तर चमेराले आफ्नो शरीरको तौल भन्दा धेरै ज्यादा किरा फट्यांग्रा हरेक दिन खाने गर्छ। चमेरा लगायतका चराहरुले बाली तथा फलफूलहरुमा लाग्ने किराहरु नखाइदिने हो भने पर्यावरणीय चक्रमा ठूलो अवरोध तथा दुष्प्रभाव देखिन सक्छ। चमेरामा कोरोनाभाइरस भएपनि उ त्यसबाट मर्दैन उसले त्यसैसँग जिउन सिकेको छ। हामीले विगतमा आफ्नो जीवनको सहजताका लागि औलो उन्मूलन गर्न डिडिटी छर्‍यौं । मच्छड सखाप भएनन्। औलो औषधिले निको हुन थाल्यो हामीले फोसामा डिडिटी जस्तो बिष खायौं। अहिले बालीनालीमा छरिने विषादीले मौरी नास गरिसकेका छौं अब फलफूलमा परागसेचन नहुने अवस्था बन्दैछ। अहिले खेतका कान्लामा मास र मस्याम लाग्न छाडेका छन्।

प्रकृतिमा भएका सबै प्राणीको प्रयोजन छ। कति कुरा हामीलाई थाहा छ धेरै थाहा छैन। कोभिड-१९ को महामारीपछि चमेरा तथा सालकलाई शत्रु किटान गरी निर्मूल पार्ने आत्मघाती अभियान (माओ-भँगरा-सलह) वा प्रयत्न वा विचार आउन सक्छन्। आफ्नो आहारा, दिनचर्या, उत्पादन कार्यमा सहभागिता एवं उपयोगमा संयमता अपनायौं र रोग वा रोगका कारणहरूको सानिध्यमा नपर्ने होसियारी सधैं अबलम्बन गर्यौं भने  चमेरो हामीलाई कोरोना जस्ता संक्रमणकारी सार्न आउदैन।

ढुक्क हुनुहोस्!  चमेरोलाई आफ्नो तौल भन्दा बढी खानाको जोहो गर्ने फुर्सद छैन। मान्छेहरु चमेरोमात्र होइन यस धर्तिका समस्त प्राणीको भोजन हरण नगरौं। त्यसैकारण चमेरोले बेलाबेलामा हामीले चेतावनि दिदैंछ कि?

(नोटः हालसालै विभिन्न समाचार एजेन्सीहरुमा गरिएका चर्चाका आधारमा तयार गरिएको।)

प्रतिक्रियााबाट प्राप्त : पत्रकार प्रतिक भण्डारी लेख्छन्- नेपालमा पनि चमेरा मासु खाइन्छ। चेपाङहरू यसलाई बिशेष परिकार ठान्छन् । चमेरा शिकार पनि महत्वका साथ हुन्छ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
यम बराल

यम बराल

Discussion about this post

Connect with us

Recommended

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago
रुस र चीन : शुरुवाती जम्काभेटहरु

रुस र चीन : शुरुवाती जम्काभेटहरु

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.