Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ः चमेरोको चर्तिकला- हेरेर बस्ने कि के गर्ने?

यम बराल यम बराल
जेष्ठ २७, २०७७
- कोभिड–१९, यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एउटा मिनी बस धुलो उडाउँदै  किचौंला जस्तो गरी मेरै छेउमा थ्याच्च रोकियो र ड्राइभर चिच्याउन थाल्यो। दार्जिलिङ  दार्जिलिङ। ओ दुजु फ्याट्ट चढौं न।

    मैले सोधेँ – सिट छ?

    ड्राइभरले भन्यो- ओ दुजु ह्‍याँ बसेर त चमेरे सिट मात्र पाउँछ हो। आरुबारी पुगेपछि एक दुई वटा सिट खाली भइहाल्छ हो।

    मैले सधैं -के हो चमेरे सिट भनेको?

    ड्राइभरले भन्यो – चमेरा जस्तो झुन्डिएर जाने क्या अनि दुजु पनि भर्खर नेपालको वुङकुलुङबाट आए जस्तो छ। चमेरा जस्तो कूल भएर झुण्डिने क्या।

    म चमेरो भएर सिलगुडीबाट दार्जिलिङ जान राजी भइन तर गाडि भित्रको चमेरे सिटले मेरो मस्तिष्कमा सधैं डेरा जमाइ रह्यो । 

    चमेरा अब चमेरे सिटको कारणले होइन कोभिड-१९ को कारणले अन्तर्राष्ट्रिय चर्चामा छ। कोभिड-१९ चमेराबाट सालक मा र सालकबाट मानिसमा सरेको अप्रमाणित तर सम्भावित हल्लाका कारण चमेराको चर्चा चुलिएको छ। नेपाली गाउँ खाने कथा छ- “उड्छ चरा होइन राती विचरण गर्छ लाटोकोसेरो होइन”।

    चमेरो वास्तवमै चरा होइन, एउटा स्तनधारी प्राणी हो र स्तनधारी प्राणीहरु मध्ये सबैभन्दा धेरै संख्यामा रहेको प्राणी हो। चमेरोलाई केन्द्रमा राखेर गरिएका अध्ययनहरूले देखाएका छन् कि चमेरा स्तनधारीप्राणी (जसमा मानव जाति समेत पर्दछ) हरुमा सल्किने रोगका किटाणु तथा जीवाणुहरुको खानी हो।  सार्स, मर्स जस्ता कोरोनाभाइरसजनित अस्वस्थता तथा इबोला एवं रेबीज जस्ता रोगहरु फैलाउने त्यसका किटाणु पालेर राख्ने काम गर्नमा चमेराको सबैभन्दा बढी योगदान रहेको पुष्टी नै भइसकेको छ। कोभिड-१९ बाहेक अधिकांश प्रकारका कोरोनासँग आफू बिरामी नभईकन बाँच्ने क्षमता चमेराले विकास गरिसकेको छ।

    नेपालमा चमेराको रोग फैलाउन सक्ने यो क्षमताका बारेमा अध्ययन-अनुसन्धान भएको मलाई चैं थाछैन। राजदरबार वरिपरिका रुखहरुमा झुण्डिएका बाहेक अन्य ठाउँहरुमा धेरैमात्रामा चमेरा देखिएको पनि छैन। चमेराको मासु खाने संस्कृति भएका चीन, भियतनाम  लगायत प्रशान्त माहासागर टापुहरूमा बस्नेहरुबाट सांस्कृतिक रूपले प्रभावित नभएका कारणले दक्षिण एसियामा चमेरो खाने चलन छैन। ती चमेरा खानेसँग यस भूक्षेत्रका मानिसको आकस्मिक भेट मात्र हुने गरेको पाइन्छ। त्यसैले होला, चमेराले चीन लगायत दक्षिण एसियामा सार्स कोरोनाभाइरस, साउदी अरेबियामा मर्स कोरोनाभाइरस फैलाउन भ्यायो। तर दक्षिण एसियामा त्यसो गरेको भेटिएन।

    हाम्रा देवताहरूले पनि चमेरालाई वाहन बनाएको देखिन्छ। मारक क्षमताका हिसाबले त चमेरो यमराजको बाहन राँगो भन्दा धेरै बढी क्षमतावान् छ। तर यो कुराको जानकारी यमराजलाई नै पनि उनको लेखापाल सल्लाहकार चित्रगुप्तले बताएनछन् नत्र उनले राँगोको सट्टा चमेरोलाई बाहन बनाउँथे होलान्। तर अमेरिकाका आदिवासी मध्ये एक समूहले चमेरालाई भगवानका रुपमा मानि ल्याएको प्रमाण ओक्साका (चमरे दैव) मूर्तिमा अभिव्यक्त छ। 

    युरोपेली संस्कृतिहरुमा चमेरालाई अध्यारोमा जागृत हुने शक्तिका प्रतीक र मानव रक्त चुस्ने चुडे‌लकाl रुपमा कथा पाइन्छ। संसारको सबै भन्दा प्रसिद्ध  भूत/चुडेंल ड्रयाकुला पुनर्जागृत भएपछि चमेरो भएर उड्छ। उसका चेला साना चमेरा हुने नै भए। रगत चुस्ने यस्ता चुडेंल चमेराको काल्पनिक वर्णनका बावजुद सबै चमेराले रगत  चुस्दैनन्। चमेराका विविध प्रजातिहरुमा एउटा प्रजातिले मात्र रगत चुस्छ।  त्यस प्रजातिले पनि मानिसको रगत चुसेको आजसम्म थाहा छैन। बाँकी अधिकांश प्रजातिका चमेराहरुको मुख्य भोजन भनेकै किराफट्यांग्राहरु हुन्।

    अमेरिकामा गरिएको एक अध्ययनअनुसार बाली नोक्सान गर्ने किराफट्यांग्रा खाएर चमेराले अमेरिकामा मात्र कम्तीमा तीन अर्ब डलर र बढीमा ५३ अर्ब डलरको वार्षिकी योगदान गर्ने गरेको आकलन छ। त्यति योगदान दिने चमेरो आज कोरोना भाइरसको बाहक भयो भनेर घृणापात्र भएको छ। 

    त्यसो त  चमेरालाई दैव वा त्यसको प्रतिक देखि लिएर राष्ट्रिय प्रतिक एवं मानवीय आकांक्षाहरूको पूर्तिका सहयोगीका रुपमा समेत लिइएको पाइन्छ। अमेरिकाका टेक्सास, अल्कोहमा तथा भर्जिनियाका राजकीय चिन्हमा चमेरो विराजमान छ। (संयुक्तराज्य अमेरिकाको राजकीय चीनमा गिद्ध बसेजस्तो)। ब्याटम्यान (चमेरो मानिस) अमेरिकामा आइपर्ने व्यक्तिगत वा राजकीय वा अंतरिक्षकीय संकटमोचकका रुपमा पुराण हालिएको आधा शताब्दीभन्दा बढी नै भैसक्यो । विश्वमा प्रचलित कार्टुन व्याटम्यान नेपालका बालबालिकाका लागि अति नै रोचक बनेको थियो।

    चीनमा भँगरो, मुसा, लामखुट्टे र झिंगा  विरुद्ध अभियान चलेका थिए। ती मध्ये अब  पाँचौको नियति फरक हुन सक्छ। हालै जँगली वन्यजन्तुको मारमा प्रतिवन्ध लगाइएको छ।  हुन त चीनमा चमेरालाई दीर्घायू, सम्पति, स्वास्थ्य, प्रेम र शान्तिपूर्ण मृत्युको आशीर्वाद ल्याउने प्राणीका रूपमा समेत आराधना गरिन्छ। यसरी शान्तिपूर्ण मृत्युको आशीर्वाद  ल्याउने प्राणी भनिएको कुरा चाहिँ अलिक मिल्ने जस्तो देखियो यस पटक। 

    इतिहासमा तेङ् मरिहाले, सी जिन पिङले अहिलेसम्म मुख खोलेका छैनन्। र यसको नियति के हुन्छ भन्न सकिएको छैन। अरु चार भँगरो, मुसा, लामखुट्टे र झिंगालाई  चीनमा पुँजीवादी प्राणीका रूपमा माओले व्याख्या गरेका  थिए। यसकारण यी चार भँगरो, मुसा, लामखुट्टे र झिंगाबाट मुक्त बनाउन चार प्राणी विरुद्धको अभियान’ (१९५८-६०)  चालिएको थियो। यस अभियानमा यतिधेरै भँगेरा मारिए कि विदेशी दूतावासमा शरण लिएका भँगेरो समेत छोडिएन। भँगेरा सखाप भएपछि सलहको खुँदो पल्टियो।  सलहले भँगेराले खाए भन्दा कैयौं गुणा बढी बाली खायो र चीनमा भोकमरीको स्थिति पैदा भयो। भँगेरा मार्दाको फाइदा माओ भन्दा सलहले पहिले बुझे। बेफाइदा बुझ्दा सम्म लाखौं मानिसको भोकले मर्ने अवस्था बन्यो।  

    सबै चमेराहरु विविध प्रकारका कोरोनाभाइरस लगायत जीवाणु/किटाणुका खानी नै हुन्। तर चमेराले आफ्नो शरीरको तौल भन्दा धेरै ज्यादा किरा फट्यांग्रा हरेक दिन खाने गर्छ। चमेरा लगायतका चराहरुले बाली तथा फलफूलहरुमा लाग्ने किराहरु नखाइदिने हो भने पर्यावरणीय चक्रमा ठूलो अवरोध तथा दुष्प्रभाव देखिन सक्छ। चमेरामा कोरोनाभाइरस भएपनि उ त्यसबाट मर्दैन उसले त्यसैसँग जिउन सिकेको छ। हामीले विगतमा आफ्नो जीवनको सहजताका लागि औलो उन्मूलन गर्न डिडिटी छर्‍यौं । मच्छड सखाप भएनन्। औलो औषधिले निको हुन थाल्यो हामीले फोसामा डिडिटी जस्तो बिष खायौं। अहिले बालीनालीमा छरिने विषादीले मौरी नास गरिसकेका छौं अब फलफूलमा परागसेचन नहुने अवस्था बन्दैछ। अहिले खेतका कान्लामा मास र मस्याम लाग्न छाडेका छन्।

    प्रकृतिमा भएका सबै प्राणीको प्रयोजन छ। कति कुरा हामीलाई थाहा छ धेरै थाहा छैन। कोभिड-१९ को महामारीपछि चमेरा तथा सालकलाई शत्रु किटान गरी निर्मूल पार्ने आत्मघाती अभियान (माओ-भँगरा-सलह) वा प्रयत्न वा विचार आउन सक्छन्। आफ्नो आहारा, दिनचर्या, उत्पादन कार्यमा सहभागिता एवं उपयोगमा संयमता अपनायौं र रोग वा रोगका कारणहरूको सानिध्यमा नपर्ने होसियारी सधैं अबलम्बन गर्यौं भने  चमेरो हामीलाई कोरोना जस्ता संक्रमणकारी सार्न आउदैन।

    ढुक्क हुनुहोस्!  चमेरोलाई आफ्नो तौल भन्दा बढी खानाको जोहो गर्ने फुर्सद छैन। मान्छेहरु चमेरोमात्र होइन यस धर्तिका समस्त प्राणीको भोजन हरण नगरौं। त्यसैकारण चमेरोले बेलाबेलामा हामीले चेतावनि दिदैंछ कि?

    (नोटः हालसालै विभिन्न समाचार एजेन्सीहरुमा गरिएका चर्चाका आधारमा तयार गरिएको।)

    प्रतिक्रियााबाट प्राप्त : पत्रकार प्रतिक भण्डारी लेख्छन्- नेपालमा पनि चमेरा मासु खाइन्छ। चेपाङहरू यसलाई बिशेष परिकार ठान्छन् । चमेरा शिकार पनि महत्वका साथ हुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      यम बराल

      यम बराल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.