Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

यम बराल यम बराल
जेष्ठ १९, २०७७
- कोभिड–१९, यो हप्ता, विचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना भाइरसका थुप्रै प्रजातिमध्ये एकको विकसित रुप कोरोनाभाइरस–२ पहिचान गरिएको ४/५ महिना मात्र भएको छ। यस भाइरसले मानवका शरीरमा कहाँ कहाँ कसरी प्रभाव पार्दछ भन्ने ठ्याक्कै तथ्य सबै प्रकाशमा आइसकेका छैनन्– अध्ययन, अनुसन्धानकै क्रममा छन्।

    यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने प्रमाणित छ तर समुदायस्तरमा यसको संक्रमण कसरी स्थानीयकृत भएर रहन्छ भन्ने बताएका छैनन्। मान्छेबाहेक अन्य के कुन वस्तुमा रहेर पुनः सक्रिय हुन्छन् त्यो पनि ठोकुवा गर्न सकेका छैनन्। अरु दुई तीन लहर आउछन् भनेर भन्छन्के, त्यसबेला पुन लकडाउन गर्नु पर्ने हो ? मनमा कौतुहलता र भय जन्मन्छ।

    अहिलेसम्म यस विरुद्ध काम गर्न सक्ने न त औषधि पत्ता लागेको छ, न त खोप नै। औषधि पत्ता लाउन विश्वका ओखति कम्पनि कुदेका छैनन्। ती  प्रभावकारी हुँदैनन् र यदि केही प्रभावकारी भइहालेपनि ती बाट नाफा हुँदैन। त्यसैले  कोभिड– १९ बाट आक्रान्त भएकाहरुलाई हाल विश्वमा भएका विभिन्न प्रकारका औषधि दिइए, कोही निको भए कोही निको भएनन्। निको भएका पनि यसै औषधिले निको भएका हुन् भन्न कसैले सकेनन्।  अमेरिकाका ट्रम्पले भारतका मोदीलाई थर्काएर लगेको औलोको ओखति पनि काम नलाग्ने सावित भयो। यसकारण निको भएकाहरुलाई ती औषधिले नै काम गरेको कसैले ठोकुवा गर्न सकेनन्।

    कोभिड– १९ को उपचार भनेको यसमा अन्य खालका संक्रमण हुन नदिन आइसोलेसनमा बस्नु मात्र हो। सास फेर्न गाह्रो भयो भने भेन्टिलेटरका मद्दत लिन लगाउने गरिएकोछ। नेपालमा त भेन्टिलेटरको खर्च क्यालकुलेटरले पनि गन्न सक्दैन भन्छन्। भेन्टिलेटरमा राख्नु र घाँटेवैद्य कहाँ पुर्‍याउनु  एउटै हो भन्ने पनि सुनिन्छ।

    यही बेलामा कोभिड– १९ को बीमा गर्ने/गराउने पूँजीवादी लुब्धता देखिन थालेको छ। शारीरिक प्रतिरक्षा बलियो छ भने कोरोना रुघा लागे भन्दा कमै हो भन्न थालिएको छ।  जिन्दगीभर दाप्सिएको पेट लिएर बस्ने गरीवल‍े दुईचार दिन कागति र स्याउका जूस पिएर  प्रतिरक्षा बलियो हुँदैन सरकारलाई बुझाउन नसकिने कुरा यो भएकाे छ।

    कोरोनाबाट निको हुन पनि मनको बलियो बनाउनु पर्छ भन्ने सुनियाे। ज्यान नै फुकिढल्ला छ भने मनको बल कसरी बलियो हुन्छ। प्रश्नको उत्तर पाउन कठीन छ।

    अब कोभिड– १९ को महामारी पूँजीवादी विश्व अर्थतन्त्रमा आइरहने परकम्पका प्रभावहरुलाई ढाकछोप गर्ने हतियार हुन्छ कि भन्ने भय उत्पन्न भएको छ। हालैको लकडाउन पनि शुरुमा आयातित रोक्न र मुलुकमा पसेका कोरोनावाहक पहिचान गर्न समय र तयारीका लागि उचित थियो । २१ दिनपछिको सीमा बन्द र व्यवसस्थापन गरेमात्र हुने थियो। तर ओली सरकारले नेकपामा आफू अल्पमत परेको अवस्थालाई उल्ट्याउन देशव्यापी लकडाउन गर्‍यो। यस्तै कुरा भारतमा मोदीले गरे। यसले विश्व लगायत हाम्रै देशमा पनि लोकतान्त्रिक प्रणालीलाई भुत्ते बनाउने सम्भावना देखिदैंछ। यसले सामाजिक–आर्थिक रुपान्तरणका आकांक्षाहरुलाई पर सार्ने र सत्ताहंकारलाई वैधानिकता दिन बल पुर्‍याउने सम्भावना प्रष्ट देखिन्छ।

    सबै प्रकारका रोग/भोक/अपहुँच जस्तै कोभिड– १९ ले पनि गरिब / निम्न मध्यम वर्गीय मानिसहरुमाथि प्रत्यक्ष एवं परोक्ष दुवै तरिकाले बढी प्रभाव पार्दछ। नेपालमा पनि यस्तै हो। भाइरसको संक्रमण नफैलियोस् भनी जारी गरिएको लकडाउनको उर्दीले नोकरशाही एवं राजनीतिक उपरितन्त्रमा पहुँच भएकाहरुलाई कमै असर गर्छ वा असर गर्दैन, गरेन। बी.पी. राजमार्गमा पैदल हिँड्ने मजदूरहरुले सत्र हण्डर खाए तर सांसद ‘अपहरण’ गर्ने गाडीका तांतीले हरेक नाकामा सलाम भेट्टाए।

    विदेशमा अध्ययन गर्ने सम्भ्रान्तका छोरा/छोरीलाई सरकार प्लेन चार्टर गरेर ल्यायो तर दक्षिणी सिमानाबाट पसेको ‘बहादूर’ केटो क्वारेन्टाइन नाम दिइएको खोरमा पानी पनि पिउन नपाएको सुनिदैंछ। यी प्रतिनिधि घटना हुन्। जनताप्रति उत्तरदायित्वको गहिरो लगाव नभएका वा कम भएका सरकारहरुका चरित्र हुन्। त्यो भन्दा बढी वा तात्कालिन वा दीर्घकालिन राजनीतिक नाफाका लागि मात्र हरेक आपदालाई अवसरका रुपमा लिने राजनीतिक नेतृत्व क्रुरताको अभिव्यक्ति हो। हाल विश्वका प्रचारमुखी नेताको सिको नै यहाँका सरकारले गर्दै आएको विद्यमान आपदाको अनुक्रिया ज्यादा समाधानमुखी होइन प्रचारमुखीमात्र भएको प्रष्ट भइसकेको छ।

    भाइरस नयाँ हो। त्यसैले योसँग चिकित्सकहरु पनि डराउँछन्। त्यसैकारण तिनीहरु भ्यावहको चित्र कोर्छन् र संक्रमितहरुको फ्रन्टफेसमा रहेर जाच्ने कुरालाई पन्छाइरहेको सुनिएको छ। वार्डमा राउण्ड नगरेको त कपिलवस्तुकी संक्रमित नर्सले नै बताएकी छिन् र विरगञ्जका एक संक्रमित (पत्रकार) लाई फोनबाट नै जाँचेको अनलाइनखवरले लेखेको छ।

    सामाजिक दूरी कायम राख्न घरबाट बाहिर ननिस्कने उर्दीे छ, तर परामर्श कम छ। धेरै भिँड हुने डिपार्टमेन्ट पसलहरु दिनभर खोल्न दिइको छ भने साना सागसव्जी पसलेलाई ३/४ घण्टामात्र खोल्न दिनाले त्यहीं भिंडभाँड भएको छ।

    नेपाल शहरी युगमा प्रवेश गरिसक्यो भन्नका लागि गाउँका गाउँ मिसाएर बनाइएका नगरपालिकाका बनाइएको छ। यसले शहरी जनसंख्याको यकिन गर्न कठीन बनाएको छ। केही बजारहरुलाई छाड्ने हो भने नेपालको जनसंख्याको दुईतिहाई हिस्सा गाउँमै छ। त्यहाँ बस्नेका वस्तुभाऊ छन्, धेरै थोरै खेतिपाती छ। अर्म–पर्म चलाउनै परेको छ। संयुक्त परिवार छन्।

    शहर गएकाहरु पनि फर्किएका छन्। गाउँ आफैंमा सामाजिक दूरी कायम गरिरहेको छ। कोरोना पनि छैन। कोरोना कसैले लिएर आउँछ कि भनेर गाउँ चनाखो भएर बसेको छ।
    यसरी कोरोनावाहकलाई घेरा हाल्न सके नेपालका ७५ प्रतिशत जनताले सामाजिक दूरी कायम नगरे पनि हुन्थ्यो। तर सीमामा सग्लै आएका श्रमिकहरुलाई वाख्रा थुन्ने खोर जस्ता क्वारेन्टाइनमा राखेर सरकारले गाउँतिर कोरोना पठाउँछ कि भन्ने डर भएको छ।

    निष्कर्ष त होइन-  एक मनले भन्छ- कता कता कोरोना तानाशाह र दलाल पूँजीको हतियार बनेको छ, आम नागरिक त्यसका शिकञ्जामा परिसकेका छन् र  त्यसबाट तिनीहरु बर्षेनी थला पर्नेछन्। अर्को मनले भन्छ- यति नै जानेपछि तिनीहरुका शिकञ्जाबाट उम्कन आम नागरिकले प्रतिरोधका उपायहरु त गर्लान् नि!

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      यम बराल

      यम बराल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) को आर्थिक पाटो

      केशव आचार्य
      असार ३, २०८१

      विषयप्रवेश २०८१ सालको आगामी साउन महिनादेखि नेपाल सोह्रौं योजनामा प्रवेश गर्दैछ। योजनाबद्ध परिपाटीबाट नेपालको समग्र सामाजिक आर्थिक विकासको थालनी गरेको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.