Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

३८ बर्षअगाडि माले महासचिवबाट आफूलाई हटाइएको प्रकरणवारे सिपी मैनालीको प्रस्टिकरण

सी. पी. मैनाली सी. पी. मैनाली
कार्तिक २६, २०७७
- यो हप्ता, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    देशको प्रतिष्ठित साप्ताहिक जनआस्थाको गताङ्क(कार्तिक १९, २०७७) मा प्रकाशित “सिपी मैनालीलाई यसरी सिध्याइयो” शिर्षक भएको एउटा बेनामे टिप्पणी–लेखले मेरो ध्यानाकर्षण गर्‍यो । त्यसमा उल्लेखित सबै बिषयमा नभएर मसँग सम्बन्धित तथ्यहरूलाई पाठकसमक्ष ल्याउनु आवश्यक ठानेकोले यो टिप्पणी–लेख कोरिरहेको छु ।

    त्यसको प्रारम्भमा नै लेखिएको छ, सिपी मैनालीको नेतृत्वमा तत्कालिन नेकपा (माले) ले पार्टी एकीकरणको कार्यलाई अगाडि बढाएको बेला “‘अहिलेका केपी ओलीमा झैं सिपीमा एक किसिमको तानाशाह स्वभाव सवार भयो ।” यो निराधार आरोप मात्र हो । वास्तविकता अर्कै छ । म महासचिव छँदा नेकपा (माले) मा निम्नपुँजीवादी दृष्टिकोण, उग्रवामपन्थी चिन्तन र संगठन एवम् संघर्षका क्षेत्रमा संकीर्णता प्रबल थिए । तिनलाई सच्याउने कार्यमा सिङ्गो नेतृत्व तह नै लागेको थियो,जसको पहल र अगुवाइ सांगठानिक हैसियतले मैले नै गरिरहेको थिएँ । विगतमा मैले पनि लिएका माथि उल्लेखित बैचारिक–राजनीतिक दोषहरूलाई सच्याउने क्रममा तत्कालिन ‘माले’मा अन्य नेता कामरेडहरूभन्दा म अलिक अघि रहेछुस त्यसैकारण पार्टीभित्र म महासचिवसँग अन्य नेताहरूको राजनैतिक मतभिन्नता बढ्दै गए ।

    झापा कालदेखि तत्कालिन ‘माले’ पार्टीमा भद्दा रुपमा रहेका उपरोक्त दोषहरूलाई मेरै नेतृत्वमा सामुहिक रुपमा सफलताका साथ सच्याइयो । त्यो काम गर्ने दौरान छलफलको क्रममा केन्द्रीय कमिटीभित्र भिन्न कोण र बिचारहरू प्रस्तुत भएका भए पनि सहमतिको आधारमा निर्णयहरू हुने गर्थे । पार्टीमा सन्तोषजनक ढंगको राजनैतिक–बैचारिक एकता थियो । नेतृत्व पंक्तिमा मत–भिन्नताहरू ‘जनमत–संग्रह’को घोषणा (२०३६ जेठ १० गते) पश्चात् उत्पन्न भए । सिलसिलेवार ढंगले उल्लेख गर्ने हो भने,निम्नप्रकार गर्नुपर्ने हुन्छ:

    ९क० ‘जनमत संग्रह’को घोषणापश्चात् मैले पीबी बैठकमा यस्तो बिचार राखें, ‘यस्तो घोषणा गर्नु राजा एक कदम पछि हट्नु हो । यो सकारात्मक छ । तर राजाले निर्दलीय पंचायती ब्यवस्थालाई फर्काउने षड्यन्त्र गर्न सक्ने हुनाले निर्दलीय ब्यवस्थाबिरोधी संघर्षलाई निरन्तर अघि बढाउनु पर्छ । उपयुक्त समयमा मतदान गर्नेबारे निर्णय गर्नुपर्छ ।’ तर पार्टीले पीबीमा रहेको बहुमतको कारण ‘जनमत–संग्रहलाई धोखा हो भन्दै बहिष्कार गर्ने’ नीति लियो । त्यसबेला मैले आफ्नो बिरोधी–मत दर्ता गराइन । यस नीतिको कारण भएका गलत ब्यवहारहरूलाई सच्याउने क्रममा पार्टीले क्रमिक रुपमा पाँच पूर्वशर्तको आधारमा जनमत संग्रहलाई उपयोग गर्ने नीति,संभवतः २०३६ को असोजदेखि अपनायो ।

    यो पनि पढ्नुहोस्
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए? 

    महत्वपूर्ण बिषयमा म ‘एक्लो’ परेकोले मलाई पार्टी संचालन गर्न नै असहज भएको थियो ।

    (ख) ‘जनमत संग्रह’को मतदान गर्ने मिति (२०३७ साल बैशाख २० गते) २०३६ को फागुन/चैततिर घोषणा भयो । मतदानसम्बन्धी निर्णय गर्न आयोजित केन्द्रीय विस्तारित बैठक अघिको के।क।को बैठकमा मैले निम्न बिचार प्रस्तुत गरेंः ‘पाँच पूवशर्तमध्ये राजाले एउटा पनि स्वीकार नगरेको भए पनि निर्दलीय ब्यवस्थाभन्दा बहुदलीय ब्यवस्था उदार र जनअधिकार अनुकूल हुने भएकोले पार्टीले बहुदलीय ब्यवस्थाको पक्षमा राजनीतिक अभियान चलाउँदै नीलोमा अर्थात् बहुदलको पक्षमा मतदान गर्नुपर्छ । तर बहुमत पक्षले मतदान बहिष्कार गर्ने राजनीतिक अभियान संचालन गर्दै मतदान बिथोल्ने र बहिष्कार गर्ने नीति लियो । मैले त्यसबिरुद्ध ‘भिन्न मत दर्ता गर्ने’ र पछि आवश्यक परेको बेला त्यसलाई सार्वजनिक गर्ने अडान लिएपछि बहुमत पक्षले मतदान नीतिगत बहिष्कार गर्ने (अर्थात् नेताहरूले भोट हाल्न नजाने,पार्टी पंक्तिलाई मतदानमा स्वतन्त्र छाड्ने, बहिष्कारको राजनीतिक अभियान नचलाउने र चुनाव नबिथोल्ने) विकल्प अघि सा¥यो । म आफ्नो मतमा कायम रहे पनि मैले ‘लिखित भिन्न मत दर्ता’ नगर्ने सम्झौता भयो ।

    (ग) समाजको प्रधान अन्तरबिरोधको सूत्रीकरण,(घ) पार्टीको तात्कालीन कार्यक्रम तथा कार्यनीति र (ङ) नेपाललाई “शान्तिक्षेत्र बनाउने प्रस्तावलाई पूर्ण विरोध नगरी विश्लेषणात्मक ढंगले मात्र बिरोध गर्ने बिषयहरूबारे मसँग सवै केकसहरूको मतभिन्नता बढ्यो र गंभीर भयो । यस्ता महत्वपूर्ण बिषयमा म ‘एक्लो’ परेकोले मलाई पार्टी संचालन गर्न नै असहज भएको थियो । राजनीतिक बिषयहरूमा महासचिवप्रति अविश्वासको वातावरण निरन्तर बढिरहेको थियो ।

    म के।क।मा अल्पमतमा मात्र होइन, माथिका बिषयमा “एक्लो मत”मा पुगेको थिएँ । त्यस्तो अवस्थामा ममा केही चिडचिडाहट उत्पन्न भएको थियो ।

    पार्टीभित्रको यस्तो राजनीतिक स्थितिमा पनि मैले महासचिवको हैसियतमा सबैका बिचारहरूलाई पार्टीभित्र अपानिमार्फत् पठाउने काम गरें,जेलभित्र केकससरह मान्यता प्राप्त कमरेडहरू (मोहनचन्द्र, आर।के,केपी,मोदनाथ प्रश्रित र अन्य) लाई गोप्यपत्रद्वारा सांकेतिक रुपमा जानकारी गराएको थिएँ,जुन कामबारे तत्कालिन ‘माले’ पोलिटब्युरो पूर्ण जानकार र सहमतिमा थियो । र, सांगठानिक निर्णय बैठकद्वारा सामुहिक ढंगले नै गरिन्थे ।

    यसरी पार्टी–संचालन गर्ने सीपी मैनालीमा कहाँ र कसरी “तानाशाही स्वभाव” देखियो? अथवा टिप्पणी लेखकलाई कसले त्यस्तो सूचना दियो ?
    हो, त्यसबेला म के.क.मा अल्पमतमा मात्र होइन, माथिका बिषयमा “एक्लो मत”मा पुगेको थिएँ । मैले स्वीकार्नुपर्छ,त्यस्तो अवस्थामा ममा केही चिडचिडाहट उत्पन्न भएको थियो । तर यस्तो कुरो पटक्कै भएको थिएन, जस्तो उक्त बेनामे टिप्पणी लेखमा उल्लेखित छ: “तर, जे गरे पनि वहाँ महासचिव छाड्न नमान्ने । हटाउने कुरा निस्कियो कि ‘लु, तिमीहरू नै चलाऊ’ भन्दै माइन्युट फ्याँकेर हिंड्ने ।” २०३९ सालको कार्तिक २२ गतेअघि तत्कालिन नेकपा (माले) को के।क।भित्र मलाई महासचिव पदबाट हटाउने भनी कुनै प्रस्ताव आएको थिएन,कुनै छलफल नै भएको थिएन । हुँदै नभएको छलफलको क्रममा मैले त्यस्तो ब्यवहार गरें भन्ने आक्षेप सतप्रतिशत निराधार आक्षेप हो । जीवित रहेका त्यसबेलाका के।क।स।हरू अद्यावधि साक्षी छन् । हो,कुनै राजनीतिक बिषयमा निराधार आक्षेप लगाइँदा १-२ पटक त्यस्तो अनुचित ब्यवहारचाँहि भएको थियो ।

    पार्टीमा बिशेष गरी जनमत संग्रह पश्चात् तात्कालिक कार्यक्रम र कार्यनीतिबारे गंभीर मतभिन्नता भए पछि मैले धेरै सोंचे, बिचार–विमर्श गरें । समयक्रममा म ‘जनगणतन्त्रको स्थापनालाई रणनीतिक लक्ष्य मान्दै तात्कालिक कार्यनीति निर्दलीय ब्यवस्थालाई हटाई बहुदलीय प्रजातन्त्र स्थापना (बैधानिक भाषामा पार्टी स्वतन्त्रता) को निम्ति संघर्ष गर्ने’ नै हुनुपर्छ, र ‘तत्काल बुर्जुवा गणतन्त्र (वैधानिक भाषामा ‘राजनीतिक स्वतन्त्रता) कायम गर्ने पनि होइन’ भन्ने टुंगोमा पुगेको थिएँ । तात्कालिक कार्यक्रम र कार्यनीतिबारे निर्णय गर्ने पार्टी के.क.को बैठक आयोजना गरिनुभन्दा २-३ महिना पहिले मैले आफू बसिरहेको “आश्रयस्थल”मा बाँकी पोलिटब्युरो सदस्यहरू (क.माधव नेपाल, क.जीवराज आश्रित र बैकल्पिक पोलिटब्युरो सदस्य क.अमृत बोहरा) लाई आमन्त्रण गरेँ । चारैजनाले सँगै खाना खायौं र २-३ घण्टा गम्भीर विचार–विमर्श गर्‍यौं ।

    उक्त छलफलको सारलाई म यहाँ यसरी उल्लेख गर्न सक्तछुस्( ‘तात्कालिक कार्यक्रम र कार्यनीतिबारे मेरो र केन्द्रीय कमिटी सदस्यहरू बीच गम्भीर मतभिन्नता छ । केकको बैठकअघिको यस अवधिमा आपसी छलफलद्वारा हाम्रोबीचमा कुनै एक कार्यनीतिमा सहमति जुट्न सके म बहुमतमा नै हुन्छु,र त्यस्तो बेला मैले महासचिवको जिम्मेवारी सम्हालिरहन सक्छु । तर कुनै पनि कार्यनीतिमा सहमति जुट्न नसके म एक्लो अल्पमतमा हुन्छु । त्यस्तो अवस्थामा मैले महासचिव पदबाट राजिनामा दिनुपर्छ र निश्चित रुपमा दिनेछु । अल्पमतमा परी मैले राजिनामा दिने अवस्थामा तपाइँहरूलाई नयाँ महासचिव छान्न अप्ठेरो नपरोस् भनी आजै महासचिवको हैसियतमा तपाइँहरूलाई नयाँ संभावित महासचिवबारे पोलिटब्युरो सदस्यहरूभित्र वा आवश्यक परे केन्द्रीय कमिटी सदस्यहरूभित्र मात्र छलफल गर्नसक्ने अधिकार दिन्छु । तर त्यसभन्दा तल नजानु होला ।’

    २०३९ सालको कार्तिक तेस्रो साता बसेको बैठकमा कमरेड वामदेव गौतमद्वारा प्रस्तुत ‘अन्तरिम जनवादी सरकार गठन गर्ने तात्कालिक कार्यक्रम र कार्यनीति’ बहुमतद्वारा पारित भयो । पार्टी स्वतन्त्रताको कार्यनीतिमा म एक्लो परें । तत्पश्चात बैठकमा महासचिवसम्बन्धी एजेण्डा थपियो । छलफल शुरु हुनुभन्दा पहिले नै मैले “तात्कालिक कार्यक्रम र कार्यनीतिबारे के।क।मा अल्पमतमा परेकोले नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा गर्दछु” भन्ने ब्यहोराको पत्र बैठकसमक्ष प्रस्तुत गरें । बैठकमा महासचिव (म) बाहेक अरुबाट अलग्गै बैठक बस्ने माग गरियो । मैले स्वीकृति दिएँ । (आजभोलि मलाई लाग्दछ त्यसो गर्नु गलत थियो । त्यसले गर्दा पार्टीमा पूर्वाग्रह र गुटवन्दीलाई प्रोत्साहन भयो।) उनीहरूले २ घण्टा लामो बैठक गरी निम्न निर्णय सुनाए– ‘महासचिवबाट प्रस्तुत राजीनामालाई अस्वीकृत गरी मलाई अनुशासनात्मक कार्वाही गर्ने र पार्टी महासचिव तथा पोलिटब्युरो सदस्य दुवै पदबाट निष्काशन गर्ने।’ मैले प्रतिवाद गरें। तर भीडतन्त्रको अगाडि मेरो केही जोड चलेन । ममाथि यसप्रकार बिनाआधार कार्वाही गरियो। त्यसबेला मोहनचन्द्र, आर।के, केपी, मोदनाथ आदि सबै नेता जेलभित्र थिए।

    यो पनि पढ्नुहोस्
    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ? 

    म एक्लो परेका सबै बिषयहरू पछि सही ठहरिए,जसमध्ये केहीलाई पार्टीले कार्यान्वयन गर्‍यो, कतिपय बिषयबारे पार्टी मौन नै बसेको छ । गलत भनेर ममाथि कार्वाही गर्ने आधार बनेका तर पनि पछि पार्टीले ‘सही भनेर’ अपनाएका बिषयहरूबारे हिजोको एमालेले न आजसम्म पनि आत्मालोचना गर्दै दोषारोपित पक्षलाई सफाइ दिएको छ,न त केकमा अल्पमतमा परेको कारण बैठकमा राजीनामा–पत्र प्रस्तुत गर्ने म सीपी मैनालीलाई अनुशासनको कार्वाही गरी हटाउनु पूर्वाग्रह र निहित स्वार्थका कारण गरिएको अराजनीतिक भीडतन्त्री कार्वाही थियो भनी स्वीकार गर्न सकेको छ । सिद्धान्त र राजनीतिमा रहेका गम्भीर स्खलनसँगै यस्ता गलत चिन्तन,शैली र पद्दतिका कारण आज नेकपा राजनीतिक र सांगठानिक संकटको डिलमा पुगेको छ । एमाले मात्र होइन, माओवादी–केन्द्र नामक घटक पनि दुवै यस्ता दोष, दुर्गुण, गल्ती र मार्क्सवादबाट स्खलित हुने कैयौं गलत प्रवृत्तिको बाहक बनेका थिए र तिनीहरूबाट बनेको पार्टीको वर्तमान संस्करण डबल नेकपाले टालटुले काम मात्र गरेर वर्तमान संकटबाट उन्मुक्ति पाउन सक्तैन ।

    २६ कार्तिक २०७७ मा जनआस्थामा प्रकाशित

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सी. पी. मैनाली

      सी. पी. मैनाली

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.