Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खोपमा विभेद र विकासशील देशको सङ्घर्ष

धनी देशहरूले ‘आफू प्रथम’ मात्र भनेनन्, बरू ‘आफै प्रथम, आफै दोस्रो, आफै तेस्रो र आफै चौथौँ’ भनिरहेका छन् ।

nepal_readers nepal_readers
अशोज १९, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -निक डियरडेन-

    खोप समानतामा धनी देशहरूको अनैतिक स्वार्थी व्यवहारले के स्वच्छ अर्थतन्त्रको निर्माणमा मद्दत गर्ला ? पक्कै गर्नेछ, यदि हामीले त्यसको निम्ति लड्न सक्यौँ भने। कुटनीतिज्ञहरू जब अभियन्ताहरूजस्तै बोल्न थाल्दा हामीले बुझ्दै छौँ, भूराजनीति बदल्न थालेको छ । यो साता संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले विश्व नेताहरूसामु खोप असमानताको भयावह अवस्थाबारे लामै भाषण सुनाए । खोप असमानतालाई उनले ‘संसारका देशहरूको नैतिक पतन’ को संज्ञा दिए । “यो अनैतिकता हो”, उनले भने । पन्ध्र दिनअघि विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस अधानम घिब्रिएससले सञ्चारमाध्यमलाई भनेका थिए, “विश्वव्यापी खोप आपूर्तिमा नियन्त्रण गर्ने कम्पनी र देशहरूले संसारका गरिब देशहरूलाई पछाडि छोड्दा म कदापि पनि चुप लागेर बस्न सक्दिनँ ।”

    गत साता संयुक्त राष्ट्र सङ्घको महासभामा संसारका सबै विकासशील देशहरू (द ग्लोबल साउथ) ले खोपको प्याटेन्ट अधिकार अरू देशलाई दिन नचाहेकोमा पश्चिमा देशहरू र औषधि कम्पनीहरूको भत्र्सना गरे । पेरूका नवनिर्वाचित राष्ट्रपति पेड्रो कास्टिल्योले कोरोनाभाइरसको खोपमा समान र सुलभ पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सम्झौताको माग गरे । उनले महामारीले ‘सहजता र ऐक्यबद्धताको सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय प्रणालीले काम गर्न नसकेको’ देखाएको बताए ।

    कोभिडको कारण धेरै सङ्ख्यामा मानिस मर्ने देशहरूमध्ये एउटा देश पेरू पनि हो । ३ करोड २० लाख जनसङ्ख्या भएको पेरूमा कोभिडको कारण २ लाख मानिसको निधन भइसकेको छ । हालसम्म त्यहाँको कुल जनसङ्ख्याको ३० प्रतिशतभन्दा कम मानिसले मात्र कोभिडको खोप लगाएका छन् ।

    संसारका अधिकांश देशका जनतालाई कोभिडको पहिलो मात्रा खोप पनि दिन नसकिरहेको अवस्थामा संरा अमेरिका र बेलायतजस्ता पश्चिमा देशहरूले आफ्ना नागरिकलाई तेस्रो मात्रा खोप दिन थालेको देखेर विकासशील देशका नेताहरू चाहे उनीहरू वामपन्थी हुन् वा दक्षिणपन्थीहरू, सबै आक्रोशित भएका छन् । संसारभर ६ अर्ब खोप वितरण भइरहेको छ । तर, त्यसको तीन–चौथाइ खोप मात्र दस देशमा वितरण भएका छन् । बेलायतले आफ्ना ६७ प्रतिशत जनतालाई पूर्ण खोप दिइसकेका छन् । तर, सिङ्गो अफ्रिकामा भने जम्मा तीन प्रतिशत जनताले मात्र पूर्ण खोप लगाएका छन् । न्यून आय भएका देशहरूले आफ्ना कुल जनसङ्ख्यामध्ये मात्र ०.५ प्रतिशतले मात्र खोप लगाएका छन् ।

    धनी देशहरूले ‘आफू प्रथम’ मात्र भनेनन्, बरू ‘आफै प्रथम, आफै दोस्रो, आफै तेस्रो र आफै चौथौँ’ भनिरहेका छन् । विश्वव्यापी आक्रोशको दबाबमा संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले यो साता थप ५० करोड खोप विश्वव्यापी वितरणको लागि दिने वाचा गरेका छन् । यो समेत गरेर संरा अमेरिकाले १ अर्ब १० करोड मात्रा खोप उपलब्ध गराइसकेको छ । धनी देशबाट झरेको यो सानो थोपाले थोरै भए पनि प्यास मेटिनेछ । तर, यति खोप भनेको निकै थोरै हो । त्यसकारण धेरै विकासशील देशका नेताहरूले यो सहायता अपुग भएको भन्दै गुनासो गरिरहेका छन् । समस्या विश्व अर्थतन्त्रमा छ । विश्वको आजको अर्थव्यवस्थाले बहुराष्ट्रिय कम्पनीलाई खोपको प्याटेन्ट अधिकार दिएको छ । फलतः खोपमा एक प्रकारको एकाधिकार स्थापित छ ।

    धनी देशसँग अतिरिक्त खोप भए पनि विकासशील देशहरूले पाउने अपेक्षा गर्न सक्ने खोपभन्दा उनीहरूसँग निकै कम मात्र खोप उपलब्ध छ । खोपको आपूर्ति बढे पनि असमानता भने अझ फराकिलो बनेको छ । उन्नाइसौँ शताब्दीमा बेलायती साम्राज्यअन्तर्गतको भारतमा भएको अनिकालको प्रसङ्ग यहाँ स्मरणीय छ । त्यत्तिबेला समस्या खाद्यान्नको अभाव थिएन । बरू बजार व्यवस्था थियो । गरिबको आवश्यकतालाई भन्दा धनीको नाफालाई बढी दिने बजार प्रणालीको कारण त्यो अनिकाल भएको थियो ।

    एकाधिकारको कारण किन यति धेरै आक्रोश फैलिएको भन्ने विषयमा बुझ्न भने औषधि उद्योगका केही नयाँ तथ्याङ्कमा ध्यान दिनु समिचीन हुनेछ । यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा धनी देशहरूसँग अतिरिक्त १ अर्ब २० करोड खोप हुनेछ । त्यतिञ्जेल १२ अर्ब खोप उत्पादन भइसकेको हुनेछ । विकसित देशहरूमा यति धेरै अतिरिक्त खोप भएको सङ्ख्या घोषणा गर्दै गर्दा संसारका अधिकांश देश खोपको लागि निर्भर रहेको कोभ्याक्सले भने यो वर्षको अन्त्यसम्ममा खोप वितरणको सन्दर्भमा आफूले तोकेको लक्ष्य पूरा गर्न ५० करोडभन्दा बढी खोपको अभाव हुने बताएको छ ।

    अर्को शब्दमा, धनी देशसँग अतिरिक्त खोप भए पनि विकासशील देशहरूले पाउने अपेक्षा गर्न सक्ने खोपभन्दा उनीहरूसँग निकै कम मात्र खोप उपलब्ध छ । खोपको आपूर्ति बढे पनि असमानता भने अझ फराकिलो बनेको छ । उन्नाइसौँ शताब्दीमा बेलायती साम्राज्यअन्तर्गतको भारतमा भएको अनिकालको प्रसङ्ग यहाँ स्मरणीय छ । त्यत्तिबेला समस्या खाद्यान्नको अभाव थिएन । बरू बजार व्यवस्था थियो । गरिबको आवश्यकतालाई भन्दा धनीको नाफालाई बढी दिने बजार प्रणालीको कारण त्यो अनिकाल भएको थियो ।

    आज धनी सरकारहरूले यो महामारीमाथि नियन्त्रणको जिम्मा बजारलाई छोडेको छ । बजार भन्नाले ठुलठुला बहुराष्ट्रिय कम्पनीहरू हुन् । ती कम्पनीहरूले ठूलो परिमाणमा जनताको पैसा गोजीमा हालेका छन् । तर, आफूसँग भएको जानकारी भने अरूलाई दिन चाहेका छैनन् ।

    यो साता एमनेस्टी इन्टरनेसनलले मानवीय सङ्कट अझ सघन बनाउन ती औषधि कम्पनीहरूलाई दोषी बताएको छ । एमनेस्टीले खोप उत्पादनमा सबभन्दा अघि रहेका पीफाइजर र बायोटेकले न्यून आयका देशहरूलाई उपलब्ध गराएको कुल खोपको मात्राभन्दा स्वीडेन एक्लैलाई मात्र नौ गुणा बढी खोप दिएको बताएको छ । खोप बेचेर सन् २०२० को अन्त्यसम्ममा मात्र पीफाइजर, बायोटेक र मोडर्नाले १ खर्ब ३३ अर्ब अमेरिकी डलर नाफा कमाउनेछ । यद्यपि, तीमध्ये कुनै पनि अथवा कुनै पनि पश्चिमा उत्पादकले खोप उत्पादनको निम्ति आवश्यक जानकारी अरूलाई दिन तयार भएका छैनन् । उनीहरूको नाफाको स्रोत नै गोप्यता भएको छ ।

    त्यसकारण यस्ता एकाधिकार सिर्जना गरेको प्याटेन्ट अधिकार अन्त्य गरेर र खोप बनाउने जानकारी अन्य देशहरूलाई पनि दिएर सबै देशलाई आफ्नो लागि आवश्यक खोप आफैले उत्पादन गर्न सक्ने बनाउनुभयो ।

    अधिकांश विकासशील देशहरूको यो प्रमुख माग बनेको छ । उनीहरू ‘जनताको खोप’ अभियानलाई जोड दिइरहेका छन् । झन्डै एक वर्षअघिदेखि विश्व व्यापार सङ्गठनमा यो विषयमा वार्ता चलिरहेको छ । तर, त्यो प्रस्ताव मुख्यतः युरोपेली देशहरूले रोकेका छन् । विशेषतः जर्मनी र बेलायतले यो प्रस्तावमा रोक लगाएका छन् ।

    यो साता देखिएको आक्रोशको कारण त्यही हो । धेरैको लागि अन्तर्राष्ट्रिय प्रणाली नैतिक रूपमा टाँट पल्टिसकेको प्रमाणित भएको छ । धेरै देशहरूले आफूलाई अत्यावश्यक औषधिको निम्ति विश्व व्यापार प्रणालीमा भर पर्ने अवस्था रहेन । उनीहरूले औषधिमा आफ्नो अधिकार खोजिरहेका छन् । त्यही भएर विश्व व्यापार सङ्गठनमा उनीहरूले प्याटेन्ट अधिकार खारेजीको लागि लडिरहेका छन् ।

    बेलायत र जर्मनीजस्ता देशहरूको खेलबाट आजित विश्व स्वास्थ्य सङ्गठनको समर्थनप्राप्त विश्वका विकासशील देशहरूले यो विषयलाई आफ्नो हातमा लिन थालेका छन् । एउटा उत्साहवद्र्धक विकास भनेको ‘एमआरएनए हब’ को स्थापना हो । त्यसअन्तर्गत पीफाइजर र मोडर्नाको खोपमाथि अनुसन्धान गर्ने र सिधै अप्र्रिmकाको दक्षिणी भागमा खोप उत्पादन गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक पैसाले बनाएको मोडर्ना खोपका सीईओ अर्बपति भइसकेका छन् । लाजमर्दो कुरा, खोप बनाउने तरिकाबारे उसले कसैलाई भनेको छैन । हबले पक्कै पनि मोडर्नाको नक्कल गरेर खोप बनाउन प्रयास गर्नेछ । अनि बिनाअनुमति खोप उत्पादन गर्नेछ ।

    एसियामा त्यस्तो हब इन्डोनेसियामा बनाउने तयारी गरिरहेको छ । एमआरएनएको परिवर्तनकारी क्षमताको आधारमा यसले कोभिड–१९ विरूद्धमात्र होइन, एचआईभी, क्यान्सर, मलेरिया र अन्य रोगको पनि खोप वा उपचारमा ठूलो योगदान गर्नसक्छ । यो महत्वपूर्ण विकास हो । यसको अर्थ यो क्रान्तिकारी प्रविधिलाई नाफामुखी बहुराष्ट्रिय कम्पनीबाट खोसेर नितान्त फरक चिकित्सकीय अनुुसन्धान प्रणाली बनाउन सकिन्छ ।

    स्वास्थ्य आपत्काल सामना गर्न संसारको अक्षमता मात्र अहिले प्रकाशमा छैन । धेरै देशहरूले अहिले विश्व अर्थतन्त्रका नियमहरूप्रति नै अविश्वासले जलवायु परिवर्तनदेखि सदाशक्तिमान ठूलो प्रविधिले मानव अधिकारमा तेस्र्याएको चुनौतीसम्मका गम्भीर प्रश्नलाई सही ढङ्गले समाधान गर्न सक्दैन । विकासशील देशहरूका औषधि प्रणाली बनाउनुपर्ने प्रयोगले पनि हामीलाई अर्को बाटो हिँड्न झक्झकाइरहेको छ ।

    यदि आजको अन्तर्राष्ट्रिय प्रणालीले मानव जातिलाई असफल बनाइरहेको छ भने हामीले त्यसलाई पुनःनिर्माण गर्नुपर्छ । धनीहरूले रोक्न सक्ने अन्त्यहीन वार्ता गरेर होइन, आज र यहीँ नै नयाँ वास्तविकता सिर्जना गरेर अन्तर्राष्ट्रिय प्रणाली पुनःनिर्माण गर्नुपर्छ ।

    स्रोतः अल जजिरा, नेपाली अनुवादः मेरिना/ मजदुर अनलाइन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.