Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के बोटबिरुवालाई साँच्चै दुख्छ?

रघु आदित्य रघु आदित्य
फाल्गुन ३, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “जगदीश चन्द्र बोसलगायतका वैज्ञानिक”ले बोटविरुवालाई पनि दुख्छ भन्ने प्रमाणित गरे” भन्ने भ्रमलाई तल सम्बोधन गरेको छु:
    प्रसिद्ध भारतीय वैज्ञानिक जगदीश चन्द्र बोसले मुख्य रूपमा दुईवटा विरुवा: लज्जावती झार र Dancing plant वा Telegraph plantको अध्ययन गरी तिनमा बाह्य उत्तेजना (Stimulus: प्रकाश, ताप, स्पर्श आदि)को सञ्चार केमिकल/रसायनिक माध्यमबाट नभई विद्युतीय माध्यमबाट हुन्छ भन्ने पत्ता लगाए । तर उनको अध्ययनको निष्कर्षमा कतै पनि उनले विरुवाले पीडा महसुस गर्छन् भनेर कतै उल्लेख गरेका छैनन् l

    विद्युतीय माध्यमबाट उत्तेजनाको सञ्चार हुने भएकाले र तिनको आधारभूत संरचनाका केही कुराहरू मेल खान गएकाले बोटविरुवाहरूमा हुने त्यस्तो प्रणालीलाई उनले वनस्पतीय स्नायुतन्त्र (Plant Nervous System) भन्ने नाम दिए जसलाई आधार बनाएर आज प्राय: अर्धज्ञानीहरूले बोटविरुवालाई पनि दुख्छ भन्ने भ्रामात्मक निष्कर्ष निकालेको पाइन्छ l १००वर्षअघि उनले गरेका अध्ययनदेखि अहिलेसम्म गरिएका अध्ययनका कुनै पनि सहकर्मी-समीक्षा गरिएका (Peer-reviewed) र मान्यता पाएका शोध-पत्रहरूमा कतै पनि विरुवाहरूले पशुहरूजस्तै दु:ख पीडा भोग्छन् भन्ने निष्कर्ष निकालिएको छैन l यदाकदा विरुवाहरूले पनि पीडा महसुस गर्छन् भनेर ठोकुवा गर्ने एकल शोध-पत्रका निष्कर्षहरूलाई वृहत समिक्षापछि “भ्रमात्मक” भनेर खारेज गरिएको छ l

    -रघु आदित्य

     

    तर बोटविरुवा पनि जटिल प्राणी हुन् भन्ने कुरामा कुनै शंका छैन । तिनमा पनि हावा, पानी, घाम आदिको अनुकूलता ठम्याउने संवेदी प्रणाली (Sensory system) हुन्छ । केही विरुवामा त ध्वनी समेतको सूष्म संवेदनशीलता पाइएको छ । खतरा, पोषक तत्व इत्यादिकोबारे सञ्चारका लागि जमिनमुनि जराहरूको संजालमा आधारित अल्पविकसित सञ्चार प्रणाली समेत उनीहरूले प्रयोग गर्छन् । तर जगदीश चन्द्र बोसले नामाकरण गरको ‘वनास्पतीय स्नायुतन्त्र’ र पशुपंक्षीको स्नायुतन्त्रका हरेक तहमा अत्यन्तै गहन भिन्नता छन् । अहिलेका लागि हामी तिनको पीडा सञ्चार गर्ने क्षमताबारे मात्र कुरा गरौँ ।

     

    पीडा भनेकै नोसिसेप्टर्स /पेन रिसेप्टर्सको कार्यक्षेत्र हो l पेन रिसेप्टरहरू पशुहरूको शरीरमा मात्र हुने अत्यन्तै विशिष्टीकृत (Specialized)संवेदी न्यूरोन् हुन् l हाम्रै शरीरमा पनि यी पेन रिसेप्टर जहाँजहाँ छन् त्यहाँत्यहाँ मात्र हामीलाई पीडा महसुस हुनेगर्छ । हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग – हाम्रो मस्तिष्कमा समेत पेन रिसेप्टरहरू नहुने भएकाले हामीले आफ्ना मस्तिष्कमा कुनै पीडादायी कुराको संवेदना लिन सक्दैनौं । अर्थात्, हाम्रो खप्परलाई खोलिसकेपछि कुनै सुइरोले हाम्रो मस्तिष्कमा घोंचेपनि हामीले चाल पाउँदैनौं । त्यसैले मस्तिष्कको शल्यक्रिया गर्दा बिरामीलाई पूरै होशमै राखेर समेत गर्ने गरिन्छ । (मस्तिष्कमा कुनै पेन रिसेप्टर हुँदैन भने हाम्रो टाउको बेलाबेला किन दुख्छ भन्ने जान्न यो लिंकमा जानुस्: If the brain can’t feel pain, why do I get headaches?

    पीडाबोधको औचित्य नै शरीरलाई खतरा वा हानीबाट जोगाउनु हो । हामी (स्तनपायी, पंक्षी, सरीसृप/reptiles उभयचर/ambhibians, माछा लगायतका पशुपंक्षी)मा पेन रिसेप्टरहरू हुनुको कारण भनेकै हामीले पीडाबोध हुने बित्तिकै आफ्नो शरीरलाई पीडाको श्रोतबाट हटाउन सक्नु हो । तर विरुवाहरूलाई हिर्काउँदा, पोल्दा वा घोंच्दा तिनले आफूलाई वा आफ्ना अंगलाई तुरुन्तै खतराको श्रोतबाट हटाउन नसक्ने (वा Reactive movement गर्न नसक्ने) भएकाले तिनका लागि पीडा महसुस गर्नुको कुनै लाभ (Evolutionary advantage)हुँदैन र त्यसैले इभोल्युशनले नै उनीहरूलाई पीडा बोध गर्ने हामी जस्तो क्षमताको दिएको छैन । लज्जावती झारजस्ता केही रियाक्टिभ प्रजातिहरूमा समेत अल्पविकसित ‘टच/स्पर्स रिसेप्टर वा मेकानोसेप्टरहरू’ मात्र हुन्छन् – ‘पेन रिसेप्टरहरू’ बिल्कुल हुँदैनन् (टच रिसेप्टर र पेन रिसेप्टर अलग-अलग कुरा हुन्) ।

    पशुपंक्षीले भोग्नसक्ने भावनात्मक दु:ख-पीडाको तुलना त बोटबरुवासँग गर्दै नगरौं । भावनात्मक चोट, त्रास, प्रेम, लगाव आदि महसुस गर्नका लागि विरुवाहरूमा आवश्यक संरचनात्मक जग नै हुँदैन ।

    “तर बोटविरुवा पनि त जीवित प्राणी नै हुन् नि होइनन् र ?”

    सुन्दा अनौठो लाग्ला तर शाकाहार अभियान भनेको वास्तवमा जीवन बचाउनु र मृत्यु हुन नदिनुमा केन्द्रित विषय नै होइन । जीवन त रोग लगाउने जीवाणुको पनि हुन्छ । यसको अर्थ औषधी नै नखानु भन्ने कदापी होइन । तर मासु र अन्य कुराका अनेकन विकल्प हुँदाहुँदै हामीले अरू प्राणीलाई दिने *अनावश्यक* शारीरिक र मानसिक दुःख, यातना/सास्तीलाई सम्भव भए सम्म हटाउनु वा घटाउनु अहिले विश्वभर चलिरहेका शाकाहार अभियान (Vegan movements) हरुको मुख्य उद्देश्य हो ।

    आफ्नै बलि दिएर अरू कसैलाई बचाउने कुरो तर्कसंग कुरो हुँदैन । मरूभूमिमा केही खान नपाए मानिसले एकअर्काको लास नै खाए पनि त्यो अपराध हुँदैन । प्राकृतिक मांसाहारीसँग पनि मासु खानुको विकल्प नै हुन्न । तर हामी ७.५मध्ये अधिकतर मानिससँग आज मासुजन्य कुराका प्रशस्त विकल्प छन् । यसर्थ, मासु र पशुजन्य हामीले छाड्ने हो भने पृथ्वी र वातावरणका लागि पनि त्यो हितकर हुनेथियो । पशु उद्योगमा पशुपंक्षीले जति कष्ट आज पाइरहेका छन्, त्यो पनि घट्नेथियो । आखिर मानवजाति समग्र पृथ्वीमा न्याय र शान्ति चाहन्छ होइन र ?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रघु आदित्य

      रघु आदित्य

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.