Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home मुख्य समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बलीवुड भिलेन ‘मोगैम्बो’ – भारतीय कांग्रेस नेता अधीर रञ्जन चौधरी

by पत्रपत्रिकाबाट
February 23, 2020
- मुख्य समाचार, यो हप्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बलीवुड भिलेन ‘मोगैम्बो’ – भारतीय कांग्रेस नेता अधीर रञ्जन चौधरी
Share on FacebookShare on TwitterEmail

मुर्शिदाबाद: २३ फरवरी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण मुख्य चर्चामा छ। ट्रम्प २४ फरवरीमा भारतमा आइपुग्नेछन्। ट्रम्पसँगै उनकी पत्नी मेलानिया, छोरी इवाङ्का ट्रम्प र जुवाइँ जेरेड कुशनेर पनि आउनेछन्।

जुवाइँ जेरेड अमेरिकी राष्ट्रपतिका वरिष्ठ सलाहकार पनि हुन्। ट्रम्प परिवारको स्वागतमा अहमदाबादलाई बेहुली जसरी सिंगारिएकोछ। ट्रम्पले अमेरिकी मीडियालाई पटकपटक भारत यात्रा ज्यादै उत्साहपूर्वक हुने बताएका छन्। अहमदाबादमा उनको स्वागत गर्ने तयारीका लागि करीब ७० लाख नागरिक जुटेका छन्। अमेरिकी राष्ट्रपतिको स्वागतका लागि भइरहेको खर्चको बारेमा विपक्षीहरु मोदी सरकारमाथि विभिन्न आरोप लगाइरहेकाछन्। विपक्षी दलहरुका नेता यसलाई फजूल खर्च भन्दै सरकारमा हमला गरिरहेका छन्। कांग्रेसका वरिष्ठ नेता अधीर रञ्जन चौधरीले मोदी सरकारमाथि आरोप लगाउँदै ट्रम्पलाई एक बलीवुड फिल्मको मशहूर भिलेन ‘मोगैम्बो’ सँग तुलना गरेकाछन्। उनले भने – भारत सरकार ‘मोगैम्बो’ लाई खुशी पार्न सबैथोक गरिरहेकोछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको का भारत भ्रमण मुख्य चर्चामा छ। ट्रम्प २४ फरवरीमा भारतमा आइपुग्नेछन्। ट्रम्पसँगै उनकी पत्नी मेलानिया, छोरी इवाङ्का ट्रम्प र जुवाइँ जेरेड कुशनेर पनि आउनेछन्।

लोकसभाका विपक्षी नेता अधीर रञ्जन चौधरीले भने, ‘सरकारी ढुकुटीबाट करोड़ों रुपया खर्च गर्नु पर्ने कारण के हो ? डोनाल्ड ट्रम्पलाई खुशी पार्न झुग्गी-झुपडीहरुमा बस्ने गरीवहरुलाई लुकाउनु पर्ने हो या खेद्नु पर्ने हो ? के यसो गर्नु ठीक हो ? गुजरातको विकास पीएम मोदीले गरे अरे त्यहाँ उनले जे गरे त्यो अरु राज्यहरुका लागि मोडल हुनसक्छ? तर त्यही गुजरातमा गरीबहरुमाथि शोषण भइरहेको नै छ। त्यसमाथि हामी ‘मोगैम्बो’ लाई खुशी पार्न जे पनि गर्ने? हामी मोदी सरकारको विरोधमा प्रदर्शन गर्छौं।’

‘मोगैम्बो’ को हो ?
सन् १९८७ मा रिलीज भएको अनिल कपूर नायक रहेको फिल्म “मिस्टर इंडिया” मा भिलेनको नाम ‘मोगैम्बो’ थियो। यस चरित्रलाई अभिनेता स्वर्गीय अमरीश पुरीले निर्वाह गरेका थिए। उनी शहरका क्रुर गुण्डानायक थिए। यस्तै कांग्रेस नेता अधीर रञ्जन चौधरीले डोनाल्ड ट्रम्पलाई ‘मोगैम्बो’ विश्वका ‘मोगैम्बो’का रुपमा चित्रित गरेको बुझिन्छ। स्मरण रहोस्, अधीर रञ्जनले ट्रम्पलाई राष्ट्रपति भवनमा गरिने २५ फरवरीको स्वागत समारोहमा सहभागी नहुने घोषणा गरेकाछन्। उनले बताएका छन् – कांग्रेसकी अध्यक्षा सोनिया गान्धीलाई निमन्त्रणा पत्र नै पठाइएको छैन, र उनी पनि त्यस कार्यक्रममा सहभागी हुँदिनन्।

बताइएको छ कि २४ फरवरीमा डोनाल्ड ट्रम्प अहमदाबाद पुग्नेछन्। त्यहाँ उनलाई पीएम मोदीले स्वागत गर्नेछन्। उनीहरुले एयरपोर्टदेखि मोटेरा स्टेडियमसम्म रोड शो गर्नेछन्। मोटेरा स्टेडियम विश्वको ठूलो क्रिकेट स्टेडियम हो। मोटेरा स्टेडियममा गरिने उद्घाटनपछि ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना समेत गरिनेछ। यस कार्यक्रमपछि ट्रम्प आफ्ना परिवारसँगसँगै आगरा जानेछन्। आगरामा उनले ताजमहल हेर्नेछन्। २५ फरवरीमा अमेरिकी राष्ट्रपतिले दिल्लीमा पीएम मोदी तथा अन्य राजनीतिक व्यक्तिहरुसँग भेट गर्नेछन्। मेलानिया ट्रम्प दिल्लीका सरकारी स्कूलहरुबारे जानकारी लिनेछिन्। हुन त मेलानिया ट्रम्पको कार्यक्रममा दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवाल र उपमुख्यमन्त्रि मनीष सिसोदियासमेत सामेल हुने तय भएको थियो तर अन्तिमसमयमा उनीहरुको नाम सो सूचिबाट हटाइएको छ।

स्राोतः हुल सिंहद्वारा प्रेषित एनडिटिभिमा २३ फरवरी २०२० प्रसारित।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.