Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आइन्सटाइन, के तपाईं इश्वरमा विश्वास गर्नुहुन्छ?

जिलेन मूर जिलेन मूर
मंसिर २३, २०७७
- यो हप्ता, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जब आइन्सटाइन अमेरिकी विश्वविद्यालयहरुमा प्रवचन दिइरहेका हुन्थे, त्यसबेला उनलाई विद्यार्थीहरुद्वारा सबैभन्दा बढी सोधिने प्रश्न थियो:

    के तपाईं इश्वरमा विश्वास गर्नुहुन्छ?

    र आइन्सटाइन सधैं जवाफ दिन्थे: म स्पिनोजाको इश्वर माथि विश्वास गर्छु।

    बारुच दे स्पिनोजा डचल्याण्ड निवासी एक दर्शनशास्त्री थिए, जसलाई १७औं शताब्दीको दर्शनमा देस्कार्ट्स जसरी नै महान विवेकवादी मानिन्छ।

    बारुच दे स्पिनोजाका भगवानले भन्दथे : “प्रार्थना गर्न बन्द गर। म तिमीहरु घरबाट बाहिर निस्केर संसारको आनन्द लिएको हेर्न चाहन्छु। म तिमीहरूले गाएको, रमाइलो गरेको र मैले तिमीहरुका लागि बनाइदिएका सम्पुर्ण कुराहरुको आनन्द उठाउ भन्ने चाहन्छु।

    “तिमीहरूले मेरो घर हो भन्दै बनाइदिएका ती अध्याँरा र चिसा मन्दिरहरुमा जान बन्द गर। मेरो निवास त हिमालहरु, जङ्गलहरु, नदिहरु, समुद्र किनारहरुमा छ। म त त्यहाँ पो बस्छु र त्यहाँ बसेर पो तिमीहरू प्रतिको मेरो प्रेम ब्यक्त गर्छु।

    “तिम्रो दुखी जीवनको दोष मलाई दिन बन्द गर; मैले तिमीमा कुनै कमजोरी छ वा तिमी पापी हौ वा तिम्रो यौनिकता अभिसाप हो भनेर कहिल्यै भनिन। यौन मैले तिमीलाई दिएको एक सुन्दर उपहार हो, त्यसको तिमीले आफ्नो प्रेम, परम आनन्द र उल्लास ब्यक्त गर्न सक्छौ। अतः अरुले तिमीलाई विश्वास दिलाएका यावत कुराहरुको लागि मलाई दोष नदेऊ।

    “मसँग असम्वन्धित कथित पवित्र ग्रन्थहरु पढ्न बन्द गर। यदि तिमी सुर्योदयमा, प्राकृतिक छटाहरुमा, आफ्ना मित्रको हेराईमा, तिम्रो छोराको आँखामा मलाई पढ्न सक्दैनौ भने तिमीले मलाई कुनै पुस्तकमा भेट्ने छैनौ।

    “मेरो काम म कसरी गरौं?” भनी मलाई नसोध। मसँग यति बिङ्घ्न डराउन बन्द गर। म तिम्रो परीक्षा लिइरहेको हुन्न, वा तिम्रो आलोचना गर्दिन। म न त तिमीसँग रिसाउँछु वा न त दिग्दार हुने गर्छु। म पवित्र प्रेम हुँ।

    “क्षमा माग्न बन्द गर, माफि दिनुपर्ने त्यस्तो कुनै कारण छैन।

    “यदि मैले तिमीलाई बनाएको हो भने मैले तिमी भित्र अनुराग, कर्तव्यसीमाहरु, आनन्द, भावना, आवश्यकताहरु, असंगतिहरु र सबैभन्दा उत्तम स्वतन्त्र चाहना भरिदिएको छु। मैले भरिदिएका केही कुराहरु प्रति तिमी प्रतिक्रिया जनाउछौ भने मैले तिमीलाई दोष किन दिने?

    “मेरा प्रिय ! यो जीवन कुनै परीक्षा होइन, माथि चढ्ने खुट्किलो होइन, न त यो रियाज वा स्वर्गको पूर्व–अभ्यास नै हो। यहाँ र अहिलेको यो जीवन नै सर्वस्व हो- र तिमीलाई चाहिने सबैथोक यही हो।

    “मैले तिमीलाई पुर्णरुपमा स्वतन्त्र छोडिदिएको छु, कुनै दण्ड र पुरस्कार छैन, न पाप वा पुण्य छ, न भाग्य लेख्ने भावी छ, न कर्मको फल राख्ने चित्रगुप्त छ।

    “आफ्नो जीवनकालभरी तिमी जे कुरा पनि रचना गर्न पूर्ण स्वतन्त्र छौ। त्यो तिमी नै हौ जसले स्वर्ग र नर्क बनायौ।

    “जीवन यसरी बिताऊ मानौ यो जीवन पारी अरु केही छैन। मानौ आनन्द उठाउने, प्रेम गर्ने र अस्तित्वमा आउने यो एकमात्र अवसर हो। अनि त तिमीले मैले दिएको अवसरबाट आनन्द लिएका हुनेछौ।

    “यदि पुनर्जन्म हुन्छ नै भने पनि निश्चिन्त बन कि “यदि मैले नै तिमीलाई बनाएको हो भने तिमी यस्तो भयौ भनेर म तिमीलाई कसरी सजाय गर्न सक्छु? के तिमीलाई लाग्छ -अनन्तसम्म खराब व्यवहार गर्ने आफ्ना सन्तानलाई जलाउने स्थान म कसरी निर्माण गर्छु? कस्तो प्रकारको ईश्वरले त्यसो गर्न सक्छ?

    “आफ्ना दौतरीको सम्मान गर र जुन वस्तुको तिमी चाहना राख्दैनौ त्यो वस्तु उपहार नदेऊ । म केवल तिमीले आफ्नो जीवनलाई ध्यान देऊ भन्ने चाहन्छु- चनाखोपन तिम्रो मार्गदर्शक हो।

    म तिमीलाई ठिक वा बेठिक कुन ढङ्गले व्यवहार गर्‍यौ भनेर सोध्ने छैन। म त सोध्नेछु, `के तिमीलाई (मेरो उपहार) जीन्दगी  मन पर्‍यो? तिमीले कतिको रमाइलो गर्‍यौ? सबैभन्दा बढि आनन्द के गर्दा भयो? यसबाट तिमीले के शिक्षा लियौ´?

    “म माथि विश्वास गर्न बन्द गर; विश्वास गर्नु ढुक्क हुनु हो, अनुमान गर्नु हो, कल्पना गर्नु हो। जब तिमी आफ्नी प्रेमीकालाई चुम्छौ, मलाई अनुभव गर, आफ्नी छोरीलाई काखमा राखिरहँदा, आफ्नो कुकुरलाई सुमसुम्याइरहँदा र समुद्रमा नुहाइरहँदा मलाई अनुभव गर।

    “मेरो जयजयकार गर्न बन्द गर। यसबेला म कस्तो अहमत्याई लागेको बौलाहा भगवान रहेछ भन्ने तिमीलाई लागेको होला?  म आफ्नो प्रशंसा सुनेर दिग्दार भएको छु। कृतज्ञताको ओइरोले म वाक्क भइसकेको छु? के तिमी अनुग्रहित छौ? आफ्नो, आफ्नो स्वास्थ्य, आफ्ना नातादारहरुको र यस दुनियाको  सेवा गरेर अनुग्रहित भएको प्रमाणीत गर। आफ्नो उल्लास ब्यक्त गर! मेरो प्रशंसा गर्ने उपाय यहि हो।

    “कुराहरुलाई जटिल बनाउन र सुगा झै म बारे तिमीलाई घोकाइएका कुराहरु भट्याउन बन्द गर। तिमीलाई थप चमत्कारहरु किन चाहियो? यति विंघ्न व्याख्या किन चाहियो? एउटै सत्य कुरा – तिमी यहाँ छौ, तिमी जिवित छौ र यो संसार चमत्कारहरुले भरिपूर्ण छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जिलेन मूर

      जिलेन मूर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जलवायु परिवर्तन र खाद्य अधिकार

      जलवायु परिवर्तन र खाद्य अधिकार

      डा. भेषराज अधिकारी
      असार १, २०८१

      १. विषय प्रवेश संसारको हरेक कुनामा जहाँ जहाँ मानव वस्ती छ, प्रायः त्यहाँ कुनै न कुनै रूपमा खाद्य अभाव तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.