Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महामारी र वन्य जीवजन्तु: के हामी मर्स महामारी भइरहेका बेला ऊँटको दूध पिउन सक्छौं?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन २१, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    झाओ यिंगः हालैको कोभिड-१९ महामारीले विगतका कोरोनाभाइरसका परिवारले चलाएका महामारीलाई स्मृतिमा ल्याएकोछ। प्रथम पटक १९६० को दशकमा पहिचान गरिएको कोरोनाभाइरसले २१ औं शताब्दीमा केही ठूलो महामारी ल्याइसकेका छन्, जसमा सन् २००३ को सार्स (गम्भिर तीव्र श्वासप्रश्वास सिन्ड्रोम), २०१२ को मर्स (मध्यपूर्वी श्वासप्रश्वास सिन्ड्रोम) र हालको कोभिड–१९ महामारी।

    यी तीन महामारीहरु मध्ये, उच्चतम मृत्यु दर मर्सको ३४.३% र सार्सको १० प्रतिशत थियो। तर कोभिड–१९ को मृत्युदर ३.३% मात्र हुने अनुमान छ। कोरोना परिवारका भाइरस विरुद्ध हाल कुनै खोप उपलब्ध छैन भन्ने कुरालाई ध्यानमा राख्‍नु पर्छ। यसकारण रोग फैलिनबाट रोक्नका लागि सबभन्दा पहिला मर्स कोरोनाभाइरस (MERS-CoV) को भण्डार पत्ता लगाउनु पर्ने हुन्छ र त्यो भण्डारबाट कोरोना अन्यत्र फैलन नसक्ने वातावरण बनाउनु पर्छ।

    आजको दिनसम्म, मर्सको महामारी अरबी प्रायद्वीपमा भएका छन् वा यस क्षेत्र नजिकका देशहरूमा अनि यी स्थानहरुमा आवतजावत गरेकाहरुमा भएका छन्। सन् २०१२ पछि, मर्स २७ देशहरूमा फैलिएको छ र करीव ८० प्रतिशत विमारीहरु साउदी अरबमा फेला परे, जहाँ हालपनि मर्स महामारी भइरहेको छ।

    मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका केही भागहरूका एक जुरे अरबी उँटहरूका रगतको सिरमको जाँचबाट मर्स-कोरोनाभाइरसको प्रमुख वासस्थल भनेर तुरुन्तै थाहा पाइयो। यसो हुँदा ऊँटहरू पहिले भाइरसको संसर्गमा रहेको संकेत गर्‍यो।

    नोभेम्बर २०१३ मा एक ४३ वर्षीय व्यक्तिमा मर्स भाइरसको संक्रमण भएको पत्ता लाग्यो जसले ९ वटा एक जुरे अरबी उँटहरू पालेका थिए। उनमा संक्रमणका लक्षणहरू देखिनु अघि उनका चारवटा ऊँटहरू बिरामी परेका थिए। पछि, ती उँट मालिकलाई मर्स–कोरोनाभाइरसको संक्रमण भएको पहिचान गरियो। ती एक जुरे अरबी उँट आनुवंशिक रूपमा उस्तै भएको पहिचान भयो र यस कुराले एक जुरे अरबी उँटलाई मर्सकोरोना भाइरसको सम्भावित होस्ट भएको निश्चित गर्न सहयोग पुग्यो।

    संक्रमित मानवहरूलाई ज्वरो, खोकी वा पखाला र वाकवाकी हुन सक्छ, तर एक जुरे अरबी उँटमा संक्रमण पछि सामान्य क्लिनिकल चिह्नमा मात्र देखिन सक्छन्। यसै कारणले हुनसक्छ, मध्य पूर्व र अफ्रिकाका अरबी उँटहरूले मर्स–कोरोना भाइरसलाई थाहा नदिकनै करीव करीव ३७ वर्षसम्म पालेर राखेहोलान्।

    १९८३ र १९८४ का बीचमा सोमालिया तथा सुडान र १९९७ मा इजिप्टका एक जुरे अरबी ऊँटहरुको रगतको सीरम संकलन गरिएको थियो। ती नमूनाहरूमा मर्स–कोरोनाभाइरसका एन्टीबडी पहिलो पटक फेला परेको थियो। १८९ नमूना लिइएकोमा ८१ प्रतिशतमा मर्स–कोरोनाभाइरसका एन्टीबडी पाइएको थियो।

    अप्रिल २०१८ सम्ममा, एक जुरे अरबी ऊँटहरूमा मर्स-भाइरसको सेरोलॉजिकल प्रमाण २० देशहरू, मुख्यतया अरब प्रायद्वीप र अफ्रिकामा फेला परेकाछन्। अर्को अध्ययनमा, कजाखस्तानमा ५५० उँटहरूको सीरम नमूनाहरू परीक्षण गरिएको थियो। त्यसबेला ४५५ वटा एक जुरे अरबी उँटहरुको र ९५ वटा दुई जुरे अरबी बैक्ट्रियन ऊँटहरूको रगत जाँच गरियो। सबै रगतको सीरम नमूनाहरू नकरात्मक परिणाम देखियो । यसको अर्थ त्यो क्षेत्रका ऊँट मर्स–कोरोनाभाइरसका भण्डार नभएको मानियो।

    के एक जुरे अरबी ऊँटहरु बाहेक, मर्स–कोरोनाभाइरसका अन्य सम्भावित भण्डारहरु छन्? सन् २०१० र २०११ बीच साउदी अरेबियामा गरिएको एक अध्ययनमा भेडा, बाख्रा, गाईवस्तु र कुखुराको सीरम नमूना बिभिन्न क्षेत्रहरूबाट संकलन गरिएको थियो, तर ती सबै मर्स-सीओभीको नकरात्मक परिणाम देखियो। युएईबाट घोडाहरूका नमूनाहरू परीक्षण गर्दा पनि मर्स-सीओभीको नकरात्मक परिणाम देखियो।

    यद्यपि अनुसन्धानकर्ताहरूले आफ्ना प्रयासहरु निरन्तरता दिई नै रहेकाछन्। २०१५ मा कतारमा एक अनुसन्धान गरेका थिए, जसमा १५ वटा स्वस्थ अल्पाकस र यी सँगै मर्सकोरोनाभाइरस भएका १० वटा एकजुरे अरवी ऊँटहरूलाई एकै गोठमा पालियो। यसपछिको परिणामले अल्पाकस भाइरसको सम्भावित भण्डार हो भन्ने सुझाव दियो। यद्यपि अन्य क्षेत्रहरूमा गरिएका अनुसन्धानमा अल्पाकस संक्रमित भएको कुनै प्रमाण भेटिएन। यसको पुस्टयाई गर्न थप प्रमाण आवश्यक छ।
    यी सबै प्रमाणहरूले मर्स–कोरोनाभाइरसको भण्डारको रूपमा एकजुरे अरबी उँटहरू भएको औंल्याएता पनि यसबाट कसरी प्रसारण भइरहेको वा प्रसारण–मार्ग पूर्णरूपमा बुझिएको छैन। यस्तो लाग्छ, यो मर्स–कोरोनाभाइरसको चमेरोमा पाइएको कोरोनाभाइरससँग धेरै घनिष्ट आनुवशींक नाता (फाइलोजेनेटिक सम्बन्ध) रहेको थियो। यसैकारण कसै-कसैले यो भाइरस चमेरोबाट उत्पत्ति भएको अनुमान गरेका छन् र कुनै समयमा एकजुरे अरबी उँटमा सरेको हुन सक्छ भनेकाछन्, तर यो परिकल्पना मात्र रहेकोछ।

    यसैकारण मर्स–कोरोनाभाइरसबाट बच्न ऊँटहरूसँगको सम्पर्कबाट टाढै रहन भनिएको हो। त्यसंतै राम्ररी नउमालेको ऊँटको दूध नपिउनु वा डब्ल्युएचओले निर्धारित गरे अनुसार ऊँटको मासुको स्तर नभएमा त्यसतो मासु नखानु हो। यस कुरालाई ध्यानमा राख्‍नुहोस्! संक्रमित ऊँटको दुधमा मर्स–कोरोनाभाइरसको आरएनए भेटिएको थियो। यदि तपाईं ऊँटको मासु र ऊँटको दुध खाने नै हो भनेपनि, तिनीहरू पूर्णरूपले पकाइएको र पाश्चराइज्ड गरिएका छन् भन्ने निश्चित गरेर मात्र खानुहोस्।

    ‘महामारी र वन्यजीवजन्तु’ को सम्बन्ध
    आजकल, महामारी वा विश्व–महामारीको ७० प्रतिशत वन्यजीवजन्तुसँग जोडिएका छन्। मानिसहरु मासुका लागि शिकार गर्ने र जंगली जनावरहरूको बासस्थानमा अतिक्रमण गर्ने गर्दा तिनीहरूले भण्डार गरेका विभिन्न भाइरसहरू मानवमा सर्न सक्ने सम्भावना बढी हुन्छ। यही अर्थमा वन्यजीवजन्तु बेचविखनमा लगाइएको प्रतिवन्धलाई स्वीकार गर्नु पर्दछ।

    भावानुवादः सिजिटिएन अनलाइनमा ३ मार्चमा प्रसारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.