Monday, April 12, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

महामारी र वन्य जीवजन्तु: के हामी मर्स महामारी भइरहेका बेला ऊँटको दूध पिउन सक्छौं?

by पत्रपत्रिकाबाट
March 4, 2020
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
महामारी र वन्य जीवजन्तु: के हामी मर्स महामारी भइरहेका बेला ऊँटको दूध पिउन सक्छौं?
Share on FacebookShare on TwitterEmail

झाओ यिंगः हालैको कोभिड-१९ महामारीले विगतका कोरोनाभाइरसका परिवारले चलाएका महामारीलाई स्मृतिमा ल्याएकोछ। प्रथम पटक १९६० को दशकमा पहिचान गरिएको कोरोनाभाइरसले २१ औं शताब्दीमा केही ठूलो महामारी ल्याइसकेका छन्, जसमा सन् २००३ को सार्स (गम्भिर तीव्र श्वासप्रश्वास सिन्ड्रोम), २०१२ को मर्स (मध्यपूर्वी श्वासप्रश्वास सिन्ड्रोम) र हालको कोभिड–१९ महामारी।

यी तीन महामारीहरु मध्ये, उच्चतम मृत्यु दर मर्सको ३४.३% र सार्सको १० प्रतिशत थियो। तर कोभिड–१९ को मृत्युदर ३.३% मात्र हुने अनुमान छ। कोरोना परिवारका भाइरस विरुद्ध हाल कुनै खोप उपलब्ध छैन भन्ने कुरालाई ध्यानमा राख्‍नु पर्छ। यसकारण रोग फैलिनबाट रोक्नका लागि सबभन्दा पहिला मर्स कोरोनाभाइरस (MERS-CoV) को भण्डार पत्ता लगाउनु पर्ने हुन्छ र त्यो भण्डारबाट कोरोना अन्यत्र फैलन नसक्ने वातावरण बनाउनु पर्छ।

आजको दिनसम्म, मर्सको महामारी अरबी प्रायद्वीपमा भएका छन् वा यस क्षेत्र नजिकका देशहरूमा अनि यी स्थानहरुमा आवतजावत गरेकाहरुमा भएका छन्। सन् २०१२ पछि, मर्स २७ देशहरूमा फैलिएको छ र करीव ८० प्रतिशत विमारीहरु साउदी अरबमा फेला परे, जहाँ हालपनि मर्स महामारी भइरहेको छ।

मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका केही भागहरूका एक जुरे अरबी उँटहरूका रगतको सिरमको जाँचबाट मर्स-कोरोनाभाइरसको प्रमुख वासस्थल भनेर तुरुन्तै थाहा पाइयो। यसो हुँदा ऊँटहरू पहिले भाइरसको संसर्गमा रहेको संकेत गर्‍यो।

नोभेम्बर २०१३ मा एक ४३ वर्षीय व्यक्तिमा मर्स भाइरसको संक्रमण भएको पत्ता लाग्यो जसले ९ वटा एक जुरे अरबी उँटहरू पालेका थिए। उनमा संक्रमणका लक्षणहरू देखिनु अघि उनका चारवटा ऊँटहरू बिरामी परेका थिए। पछि, ती उँट मालिकलाई मर्स–कोरोनाभाइरसको संक्रमण भएको पहिचान गरियो। ती एक जुरे अरबी उँट आनुवंशिक रूपमा उस्तै भएको पहिचान भयो र यस कुराले एक जुरे अरबी उँटलाई मर्सकोरोना भाइरसको सम्भावित होस्ट भएको निश्चित गर्न सहयोग पुग्यो।

संक्रमित मानवहरूलाई ज्वरो, खोकी वा पखाला र वाकवाकी हुन सक्छ, तर एक जुरे अरबी उँटमा संक्रमण पछि सामान्य क्लिनिकल चिह्नमा मात्र देखिन सक्छन्। यसै कारणले हुनसक्छ, मध्य पूर्व र अफ्रिकाका अरबी उँटहरूले मर्स–कोरोना भाइरसलाई थाहा नदिकनै करीव करीव ३७ वर्षसम्म पालेर राखेहोलान्।

१९८३ र १९८४ का बीचमा सोमालिया तथा सुडान र १९९७ मा इजिप्टका एक जुरे अरबी ऊँटहरुको रगतको सीरम संकलन गरिएको थियो। ती नमूनाहरूमा मर्स–कोरोनाभाइरसका एन्टीबडी पहिलो पटक फेला परेको थियो। १८९ नमूना लिइएकोमा ८१ प्रतिशतमा मर्स–कोरोनाभाइरसका एन्टीबडी पाइएको थियो।

अप्रिल २०१८ सम्ममा, एक जुरे अरबी ऊँटहरूमा मर्स-भाइरसको सेरोलॉजिकल प्रमाण २० देशहरू, मुख्यतया अरब प्रायद्वीप र अफ्रिकामा फेला परेकाछन्। अर्को अध्ययनमा, कजाखस्तानमा ५५० उँटहरूको सीरम नमूनाहरू परीक्षण गरिएको थियो। त्यसबेला ४५५ वटा एक जुरे अरबी उँटहरुको र ९५ वटा दुई जुरे अरबी बैक्ट्रियन ऊँटहरूको रगत जाँच गरियो। सबै रगतको सीरम नमूनाहरू नकरात्मक परिणाम देखियो । यसको अर्थ त्यो क्षेत्रका ऊँट मर्स–कोरोनाभाइरसका भण्डार नभएको मानियो।

के एक जुरे अरबी ऊँटहरु बाहेक, मर्स–कोरोनाभाइरसका अन्य सम्भावित भण्डारहरु छन्? सन् २०१० र २०११ बीच साउदी अरेबियामा गरिएको एक अध्ययनमा भेडा, बाख्रा, गाईवस्तु र कुखुराको सीरम नमूना बिभिन्न क्षेत्रहरूबाट संकलन गरिएको थियो, तर ती सबै मर्स-सीओभीको नकरात्मक परिणाम देखियो। युएईबाट घोडाहरूका नमूनाहरू परीक्षण गर्दा पनि मर्स-सीओभीको नकरात्मक परिणाम देखियो।

यद्यपि अनुसन्धानकर्ताहरूले आफ्ना प्रयासहरु निरन्तरता दिई नै रहेकाछन्। २०१५ मा कतारमा एक अनुसन्धान गरेका थिए, जसमा १५ वटा स्वस्थ अल्पाकस र यी सँगै मर्सकोरोनाभाइरस भएका १० वटा एकजुरे अरवी ऊँटहरूलाई एकै गोठमा पालियो। यसपछिको परिणामले अल्पाकस भाइरसको सम्भावित भण्डार हो भन्ने सुझाव दियो। यद्यपि अन्य क्षेत्रहरूमा गरिएका अनुसन्धानमा अल्पाकस संक्रमित भएको कुनै प्रमाण भेटिएन। यसको पुस्टयाई गर्न थप प्रमाण आवश्यक छ।
यी सबै प्रमाणहरूले मर्स–कोरोनाभाइरसको भण्डारको रूपमा एकजुरे अरबी उँटहरू भएको औंल्याएता पनि यसबाट कसरी प्रसारण भइरहेको वा प्रसारण–मार्ग पूर्णरूपमा बुझिएको छैन। यस्तो लाग्छ, यो मर्स–कोरोनाभाइरसको चमेरोमा पाइएको कोरोनाभाइरससँग धेरै घनिष्ट आनुवशींक नाता (फाइलोजेनेटिक सम्बन्ध) रहेको थियो। यसैकारण कसै-कसैले यो भाइरस चमेरोबाट उत्पत्ति भएको अनुमान गरेका छन् र कुनै समयमा एकजुरे अरबी उँटमा सरेको हुन सक्छ भनेकाछन्, तर यो परिकल्पना मात्र रहेकोछ।

यसैकारण मर्स–कोरोनाभाइरसबाट बच्न ऊँटहरूसँगको सम्पर्कबाट टाढै रहन भनिएको हो। त्यसंतै राम्ररी नउमालेको ऊँटको दूध नपिउनु वा डब्ल्युएचओले निर्धारित गरे अनुसार ऊँटको मासुको स्तर नभएमा त्यसतो मासु नखानु हो। यस कुरालाई ध्यानमा राख्‍नुहोस्! संक्रमित ऊँटको दुधमा मर्स–कोरोनाभाइरसको आरएनए भेटिएको थियो। यदि तपाईं ऊँटको मासु र ऊँटको दुध खाने नै हो भनेपनि, तिनीहरू पूर्णरूपले पकाइएको र पाश्चराइज्ड गरिएका छन् भन्ने निश्चित गरेर मात्र खानुहोस्।

‘महामारी र वन्यजीवजन्तु’ को सम्बन्ध
आजकल, महामारी वा विश्व–महामारीको ७० प्रतिशत वन्यजीवजन्तुसँग जोडिएका छन्। मानिसहरु मासुका लागि शिकार गर्ने र जंगली जनावरहरूको बासस्थानमा अतिक्रमण गर्ने गर्दा तिनीहरूले भण्डार गरेका विभिन्न भाइरसहरू मानवमा सर्न सक्ने सम्भावना बढी हुन्छ। यही अर्थमा वन्यजीवजन्तु बेचविखनमा लगाइएको प्रतिवन्धलाई स्वीकार गर्नु पर्दछ।

भावानुवादः सिजिटिएन अनलाइनमा ३ मार्चमा प्रसारित।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.