Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पटका पड्काउँदा ज्यान र आँखा गुमाएकाहरू (फोटोहरूसहित)

‘जतिखेर पटका पड्क्यो, मलाई म त युद्धक्षेत्रभित्र पसेछुजस्तो लाग्यो। अहिले पनि मलाई आफ्नो आँखा गुमेकोमा सार्है नमज्जा लाग्छ। तर के गर्ने? अब पहिलेकै जस्तो दुबै आँखाबाट संसार देख्न सम्भव छैन।’

nepal_readers nepal_readers
कार्तिक ९, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आजका दिनमा विश्वभर लाखौँ मान्छेहरू दुर्घटना तथा अन्य संक्रमणहरूका कारण दृष्टिविहिन हुने गर्छन्। आँखा गुमाउनेहरूले त्यस अवस्थाको असहजता महसुस गर्नै भएको होला तर जो आँखा देख्छन्, उनीहरू आफ्नो देख्ने क्षमता गुमाउने कुराको कल्पना पनि गर्न सक्दैनन् किनकि संसारलाई अनेक रङ र आयामहरूमा देख्नुको मजा अनन्त छ। तर उत्सव मनाउने या खुसी बाँड्ने नाममा पटका पड्काउँदा संसारका अनेकौँ देशका मान्छेहरू आँखा नै गुमाएका घट्नाहरू दर्जनौँ होइन, सैयौँ छन्। कतिपयले त आतसवाजीहरूमा परेर ज्यानै पनि गुमाउने गरेका छन्।

    तिहार आउँदै गर्दा हाम्रो देशमा पनि प्रहरी प्रशासनलाई छलेर या नजराना खुवाएर खासगरी छिमेकी देश भारतबाट पटाका भित्रिने सम्भावना छ। त्यस्ता पटका र आतसवाजीका रसायन र धुवाँले हाम्रो पर्यावरण त विगार्ने नै छ, सँगै आँखा फुट्ने र ज्यानै जाने सम्भावना पनि छ। खासगरी बच्चाका बाआमाहरूले यसतर्फ विशेष ध्यान दिनु जरुरी छ। त्यसतर्फ अत्यन्तै सचेत रहन आग्रह गर्दै पटाकाका कारण भएका पाँच दुखद घट्नाका विवरणहरू हामीले प्रस्तुत गरेका छौँ (स./नेपाल रिडर्स):

    १. घट्ना सन् २०१७ को हो। बेलायतको कार्डिफथित २५ वर्षीय एन्टोनी ब्यारीले फायरवक्र्स (पटाका लगायतका आसवाजी) का कारण आफ्नो दाहिने आँखा गुमाए। ब्यारी अहिले भन्छन्, ‘जतिखेर पटका पड्क्यो, मलाई म त युद्धक्षेत्रभित्र पसेछुजस्तो लाग्यो। अहिले पनि मलाई आफ्नो आँखा गुमेकोमा सार्है नमज्जा लाग्छ। तर के गर्ने? अब पहिलेकै जस्तो दुबै आँखाबाट संसार देख्न सम्भव छैन।’

    एन्टोनी ब्यारी

    जहाँ पटका पड्काइएको थियो, त्यस क्षेत्र वरपर बच्चाहरू थिए र बच्चाहरूका बीचमा नै पटका पड्केला भन्ने ठानेर ब्यारीले पटाका अलि पर हटाउन त्यसतर्फ गएका थिए। तर, हटाउन खोज्दाखोज्दै उनको हातैमा पटाका पड्कियो र उपचार गर्नै नमिल्ने गरी उनको आँखा बिग्रियो। अहिले उनको आँखामा नक्कली नानी राखिएको छ। तर प्राकृतिक नानीझैँ कृत्रिम नानी नचल्ने भएकाले मान्छेहरू उनलाई आश्चर्य मानेर हेर्छन् र ब्यारी त्यही कुराले दुखी हुने गर्छन्। ‘तर आखिर जीवनमा संघर्ष गर्नैछ। म पुरानो दिन भूल्न चाहन्छु।’

    डेभ रेक्सरोथ

    २. योचाहिँ सन् २०१४ को घटना हो। अमेरिकन स्वतन्त्रता दिवस मनाउने क्रममा डेट्रोइट निवासी मौसमविद डेभ रेक्सरोथले आफ्नो एउटा आँखा गुमाए। पटाका पड्कन थालेको छ कि छैन भनेर जाँच गर्ने क्रममै पटाका पड्केपछि उनले आफ्ना एउटा बाया आँखाको श्रव्यशक्ति गुमाएका थिए। डेभले अहिले बायाँ आँखामा कृत्रिम नानी प्रत्यारोपण गराएका छन्। उनी भन्छन्, ‘अचेल म बाँकी रहेको एउटा आँखाको एकदमै हिफाजत गर्छु। आँखाको सुरक्षाका लागि प्राय चस्मा लगाउँछु।’

    ३. यो गत सालको घटना हो। बेलायतको कार्डिफस्थित आफ्नै घरमा एम्बर लेविसी नामकी युवती २०२० को ३१ जनवरीमा आफ्नो घरको बँगैचामा आफन्तहरूसँग रमाइरहेकी थिइन्। त्यति नै खेर पटका पड्कँदा उनको दुबै आँखामा घाउ लाग्यो। पटकाका कारण एउटा आँखाले काम नगर्ने भयो भने अर्को आँखाचाहिँ उपचारपछि ठीक भयो। लेबिसी भन्छिन्, ‘मान्छेहरू यति जाबो पटाकाले के नै फरक पर्छ भन्ठान्छन् र बजारमा गएर पटाका किनेर ल्याएर घरमा पडकाउँछन्। तर आँखा गएपछि त जीवन कठीन पो हुन्छ। खासमा पटाका बेच्नमा प्रतिवन्ध लगाइनुपर्छ।’

    एम्बर लेविसी

    अहिले लेबिसी एउटा आँखामा कृत्रिम आँखाको नानी प्रयोग गर्छिन्। पटकाका कारण आफ्नो आँखा गुमेको क्षणको सम्झना गर्दै उनी भन्छिन् ‘अति पीडा भयो, टाउकोनिरको कपाल पनि जलेछ। मैले ऐनामा गएर हेर्दा मेरो आँखाको नानी नै कालो भएको देखेँ र कहालिएँ। कसैले पटका नपड्काओस्। यो मूर्खतापूर्ण काम हो।’

    ४. यो घटनाचाहिँ छिमेकी भारतकै हो। उत्तरप्रदेशको इलाहाबालाई प्रतिनिधित्व गर्ने सांसद रीता बहुगुणाकी छ वर्षीय नातिनी किया जोशीको पटका विस्फोटमा परेर मृत्यु भयो। अघिल्लो सालको तिहारमा आफ्नै घरको छतमा किया आफ्ना साथीहरूसँग पटका पड्काइरहेकी थिइन्। पटका पड्काउने क्रममै विस्फोट भयो र उनको शरीरको ६० प्रतिसत भाग जल्न पुग्यो। त्यसरी बित्नुभन्दा केही हप्ता पहिले मात्रै किया आफ्नो आमासँगै कोरोनाका कारण संक्रमित भएर अस्पतालमा उपचार गरीवरी भाइरसमुक्त भई घर फर्केकी थिइन्।

    आफ्ना हजुरआमा, हजुरबा र बाका साथमा किया जोशी।

    ५. यो घट्ना पनि अघिल्लो सालको तिहारकै हो। भारतको उत्तर–पश्चिम दिल्लीमा पटका पड्काउने क्रममा ९ वर्षका एक बालकको मृत्यु भएको थियो। प्रहरीका अनुसार पटाकालाई गिलासभित्र राखेर पड्काउने क्रममा बालकको मृत्यु भएको हो। प्रिन्स नाम गरेका ती बालक दुई कक्षामा पढ्थे। गिलाससहित पटाका नै मृतक बालकको शरीरमा छिरेको बताइएको थियो। बच्चाको मृत्युका बारेमा सामाजिक संजालबाट प्रहरीले थाहा पाएपछि प्रहरी कारवाही अघि बढेको थियो। बच्चा आफ्नो बाआमाका साथ अलीपुरको ओम विहार कोलोनीमा बस्ने गर्थे। उनका बा मजदुर हुन् भने आमा किसान।

    एक काल्पनिक तस्वीर।

    स्मरणीय छ, गत वर्ष भारतको केरलाको मल्लपुरममा एक गर्भवती हात्तीलाई उपद्र्याहरूले नरिवलभित्र पटका राखेर  खुवाएका थिए, पछि हात्तीको मुखमा बिस्फोट भयो र केही दिनको सकसपछि उक्त हात्तीको मृत्यु भयो। त्यस घटनाको केहि पछि भारतकै हिमाचंल प्रदेशको बिलासपुर जनपदस्थित झंडुत्ता क्षेत्रमा गर्भवती गाईलाई उसैगरी पटका खुवाइएको थियो। पटका बिस्फोटमा गाई गम्भीर घाइते भएको बताइएको थियो। भारतमा खासगरी पटाकासँग गरिने यस्तै उपद्र्याहा हर्कतका कारण मान्छेसँगै पशु पनि उत्तिकै पीडित हुने गरेका छन्। अघिल्लो साल प्रदुषणलाई रोक्न भन्दै भारतका विभिन्न राज्यले पटका पड्काउनमा समेत प्रतिबन्ध लगाएका थिए।

    पटका विस्फोटको घाउ सहन गर्न नसकेर पानीमा बसिरहेको गर्भिणी हात्ती। पछि यस हात्तीको मृत्यु भएको थियो।

    सन् २००५ देखि २०१४ को तथ्यांकलाई हेर्दा भारतमा यस अवधिमा करीब ३५ सय जनाको मृत्यु पटकाका कारण भएको थियो। पटकाको प्रदुषणका कारण अनेक रोग लागेर मर्ने व्यक्तिहरूका बारे भने अध्ययन नै हुने गरेको छैन। त्यसको अध्ययन गर्नमा अनेक जटिलता छन्। तिहार आउनै लाग्दा भारतका विभिन्न पटाका फ्याक्ट्रीहरूमा हुने विस्फोटमा वार्षिक दर्जनौँ मान्छे मर्ने गर्छन् र सैयौँ घाइते हुने गरेका छन्। नेपालमा पनि पटकाका कारण बेलाबेला दुर्घटना र मृत्युका खबरहरू सुनिने गरेका छन्।

    ख्याल गर्न लायक तथ्य यो छ कि पटाका पड्काउँदा वातावरण प्रदुषित हुने मात्रै होइन, कुकुरलगायतका पशुहरू आत्तिन्छन्। सानोभन्दा सानो आवाजसमेत सुन्न सक्ने कुकरलाई पटाका र विस्फोटक पदार्थको ठूला आवाजले जीवनभर बेचैन बनाउन सक्छ। उनीहरूमा डिप्रेसन र तनाब बढाउँछ। पटाका पड्काउँदा कतिपय वस्तीमा बस्ने चराहरू आत्तिएर उड्ने क्रममा भित्ता र पर्खालहरूमा ठोकिएर मर्ने गर्छन्। यसर्थ, यो तिहार (दिवाली/दिपावली) मा पटाका नपड्काउँ, वातावरण प्रदुषित नबनाउँ। बिजुली बत्तीहरू बालेरै तिहार मनाउँ। सुरक्षाको ख्याल गरौँ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.