Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

सारा फ्लाउन्डर्स  सारा फ्लाउन्डर्स 
मंसिर २६, २०७७
- यो हप्ता, सामयिक, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वका ५% भन्दा कम मानिसहरू बस्ने अमेरिकालाई, विश्वको अन्य भागमा बस्ने अन्य ९५% मानिसहरुको भविष्यबारे त्यति सरोकार देखिदैन।

    कहिले, कसरी र कुन परिस्थितिमा संयुक्त राज्य अमेरिकाभित्र भ्याक्सिन वितरण गर्न सकिएला, यो नै अमेरिकाको अत्यधिक चिन्ताको विषय हो। अमेरिकामा कोभिड–१९ को मृत्यु दर अति नै उच्च स्तरमा पुगेको छ र अझै पनि बढ्नेछ। आउने फेब्रुअरीसम्ममा मृत्यु संख्या ५ लाख पुग्नसक्ने भविष्यवाणी गरिएकोछ।

    वर्तमान अमेरिकी सरकारको कुराबाट स्पष्ट हुँदैछ कि संयुक्त राज्य अमेरिकाको आवश्यकता पूरा नभएसम्म बाँकी विश्वलाई खोपहरू उपलव्ध हुनेछैनन्। यसको पुनर्पुष्टि राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर २१ को जी २० बैठकमा गरे।

     चीनको विश्वव्यापी स्वास्थ्य परियोजना

    यसैबीच, चीनमा कोभिड–१९ भाइरस नियन्त्रणमा छ। त्यहाँ पाँच हजार भन्दा कमको मृत्यु भएको छ। यो रोगको नियन्त्रण गर्न त्यसको केन्द्रीय योजनाबद्ध अर्थव्यवस्थाले गर्‍यो। जसको कारण चीनलाई विश्वव्यापी रूपमा मेडिकल आपूर्ति र आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरणहरू प्रदान गर्न सक्षम बन्न सहयोग पुर्‍यायो।

    अब चीन यस्तो मुलुकको रुपमा देखा पर्दैछ, जो विश्वव्यापी रूपमा जीवनदायिनी खोपका करोडौं डोज निशुल्क प्रदान गर्न इच्छुक देखिएकोछ।

    चिनियाँ नेताहरूले आफ्नो सफल खोप अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका विकासोन्मुख देशहरूलाई प्राथमिकतामा दिने प्रतिज्ञा गरेका छन्। यस्तो प्रतिज्ञाले चिनीया खोप विश्वव्यापी सार्वजनिक स्वास्थ्य उत्पादनवस्तु हुने कुरा बुझाउछ। यी खाली प्रतिज्ञाहरूमात्र होइनन्। चीनसँग करोडौं डोज उत्पादन गर्ने प्राविधिक क्षमता छ र अझ महत्त्वपूर्ण कुरा, विश्वभरि खोपहरू वितरण गर्ने क्षमता पनि छ।

    अरबौं डलर वाला निजी स्वामित्वका औषधि कम्पनीहरूलाई थप चुनौतीको रूपमा, चीनले यी खोपहरू स्थानीय रूपमा उत्पादन गर्न टेक्नोलोजिकल ज्ञान उपलब्ध गराउनका लागि पनि प्रतिबद्ध छ।

    महामारीको शुरुमा, चिनियाँ नेताहरूले बारम्बार जोड दिदैछन् – चीनको खोपहरू विशेषगरी विकासशील देशहरूमा वितरण गर्नका लागि हुन्। मई १८ मा, चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व स्वास्थ्य सम्मेलनको ७३ औं सत्रको उद्घाटनमा चीनमा कोभिड–१९ को खोप विकास र वितरण विश्वव्यापी जनताको हितको लागि गरिने कुरा स्पष्ट गरेका छन्।

     महामारीको बृद्धि भइरहेको अवस्थामा, २९ मईमा, ट्रम्पले डब्ल्यूएचओसँगका सबै अमेरिकी सम्बन्धहरू बिच्छेद गरे, साथसाथै विश्वव्यापी महामारी अनुसन्धानमा युएस एड वा सहयोगसम्बन्धी कुनै पनि प्रस्तावमा संलग्न नरहने जनाए।

    अब चीनको योगदानले विकासोन्मुख देशहरूमा खोपको पहुँच र सुलभ–प्राप्ति हुने सुनिश्चित गर्नेछ। चीनले महामारीको सामना गर्न आवश्यक पूर्वाधारका लागि ती देशहरूलाई २ अर्ब डलरको प्रतिबद्धता पनि गरेको छ।

    अफ्रिकी नेताहरूसँगको जून सम्मेलनको एक भिडियो शिखर सम्मेलनमा शी जी पीङ्ले भनेका थिए “जब चीनमा कोभिड–१९ खोप विकास र उत्पादन हुनेछ तब अफ्रिकी देशहरूले पहिलो फाइदा पाउने छन्।” यस्तै आश्वासन नोभेम्बर २१ मा भएको जी २० शिखर सम्मेलनमा भिडियोमार्फत् राष्ट्रपति सीले दोहोर्‍याएका थिए।

    अक्टुबर ८ मा, चीनले  खोपसम्बन्धी गठबन्धन (GAVI) सँग औपचारिकरूपमा खोप कार्यान्वयन योजनामा ​​सामेल हुन सम्झौतामा हस्ताक्षर गर्‍यो। यसको मतलब चीनका खोपहरू विश्वव्यापी सार्वजनिक उत्पादन हुनेछ र विकासोन्मुख देशहरूलाई भ्याक्सिन प्रदान गर्न प्राथमिकता दिइनेछ।

    कुनाबाट अमेरिकी आक्रमण

    अमेरिका चीनको अवर्णनीय मानवीय प्रयाससँग मुकाविला गर्न असमर्थ छ। त्यसैले चीनको विश्वव्यापी सहायताको बारम्बार अमेरिकी कर्पोरेट मिडिया र वाशिंगटन थिंक ट्याङ्कद्वारा भइरहेको आलोचना अति नै आश्चर्यजनक छ।

    न्यु योर्कस्थित परराष्ट्र मामलासम्बन्धी काउन्सिलका वरिष्ठ विज्ञ यान्जहोङ्ग ह्वाङ्गको करोडौं डोज निःशुल्क वितरण गर्ने भनाई बिरूद्ध पूँजीवादी चेतावनी दिन सीएनएनले प्रश्न उठायो: “यी खोपहरू पनि बेजिङले ‘विदेश नीतिको औजारको रूपमा नरम शक्ति र अन्तर्राष्ट्रिय प्रभाव प्रवर्धन निर्माण गर्ने’ खोप कूटनीतिका रुपमा प्रयोग गरिन सक्दछन्।

    तर विश्वव्यापी सहयोग पुर्‍याएकोमा चीनको आलोचना गर्दागर्दै पनि चीनले आफ्नो सीमानाभित्र कोरोनाभाइरसलाई ठूलो मात्रामा निर्मूल पारेको छ भन्न अमेरिकी मिडिया स्वीकार गर्न बाध्य भएको छ।किनकि चीनमा भाइरसलाई अत्यन्तै नियन्त्रणमा राखिएकोछ। यसको मतलव चीनको १ अरब ४० करोड जनसंख्यामा प्रत्येक व्यक्तिलाई खोप लगाउन तुरुन्त आवश्यक छैन।

    पाँच नयाँ खोपहरू

    चीनमा हाल चार कम्पनीहरूले कोरोनाभाइरसका पाँच खोपहरू विकास गरेका छन्। ती पाँच खोपहरू नै कम्तिमा १६ वटा काउन्टीमा ३ चरणका क्लिनिकल परीक्षणमा पुगेका छन्। चरण ३ आम समुदाय वितरणको लागि सुरक्षित मान्नु अघिको खोपको अन्तिम परीक्षण हो।

    चिनियाँ खोपहरू विकास गर्ने कम्पनीहरू सरकारी स्वामित्वमा रहेका सार्वजनिक कम्पनीहरू र विश्वभरिका कम्पनीहरूसँग सहकार्य गरिरहेका निजी कम्पनीहरू दुवै खालका छन्। तिनीहरूको सामूहिक लक्ष्य भनेको स्थानीय उत्पादनलाई सक्षम तुल्याउने टेक्नोलोजीका साथै सुपथ मूल्यमा भ्याक्सिनहरूको ठूलो स्तरमा उत्पादन हुनसक्ने कुराको ग्यारेन्टी गर्नु हो।

    क्यानसिनो बायोलजिक्स कम्पनीले चिनियाँ सेनाको अनुसन्धान इकाईको सहकार्यमा कोरोनाभाइरस खोप विकास गर्दैछ। यसले ३ करोड ५० लाख डोज मेक्सिकोमा पुर्‍याउने छ। यो देशमा नै यो परीक्षण गरिएको देशहरू मध्ये एक हो। प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नल, “द लान्सेट” ले त्यो खोपको पहिलो र दोस्रो चरणहरूको क्लिनिकल परीक्षण डेटा प्रकाशित गरिसकेको छ।

    सिनोभ्याक बायोटेक लिमिटेड चीनस्थीत बायोफार्मास्यूटिकल अर्को कम्पनी हो। यो खोपहरूको अनुसन्धान, विकास र निर्माणमा केन्द्रित छ। सिनोभ्याकले इण्डोनेशियाको अग्रणी बायोफर्मास्यूटिकल कम्पनी पीटी बायो फर्मासँग मार्च २०२१ अघि कोरोनाभ्याकको कम्तिमा ४ करोड डोज उत्पादन गर्ने सम्झौता गरेका छन्। सिनोभ्याकले ब्राजिललाई ४ करोड ६० लाख र टर्कीलाई ५ करोड उपलव्ध गराउनेछ।

    चिनियाँ नेशनल बायोटेक ग्रुप, सरकारी स्वामित्व भएको एक विशाल औषधि उत्पादन कम्पनी अर्थात् चीन नेशनल फार्मास्यूटिकल ग्रुप (सिनोफर्म) को एकाई हो। त्यसले विकास गरिरहेको दुईवटा खोपहरू विभिन्न १० देशहरुमा तेस्रो चरणको परिक्षणमा छन्। ती धेरैजसो मध्य पूर्व एशिया र दक्षिण अमेरिकामा गरिदैछन्। यही ग्रुप (सीएनबीजी) ले २०२१ मा १ अरब भन्दा बढी डोज उत्पादन गर्न सक्छ।

    सरकारी स्वामित्वमा रहेको सिनोफर्मले नोभेम्बर १९ मा घोषणा गरे अनुसार यसको खोप करिब १० लाख मानिसहरूलाई दिइयो जसले प्रतिकूल साइडइफेक्ट गरेको पाइएन।

    भण्डारण र ढुवानी गर्न सहज भएको भ्याक्सिन

    चिनियाँ औषधि कम्पनीहरूले बनाएका कोभिड–१९ खोपहरू पोलियो र फ्लू शट जस्ता अन्य थुप्रै महामारीका खोपसँग मिल्दाजुल्दा छन्। यी खोपहरू विश्वव्यापी रूपमा हालको प्रविधिमा अनुकरण गर्न सजिलो हुनेछन्। फाइजर र मोर्डना खोपहरू व्यापकमात्रामा उत्पादन गर्न धेरै कठिन हुने गरी नयाँ प्रविधिको प्रयोग गरेर विकसित गरिएका छन्।

    चिनिया खोपको अर्को महत्त्वपूर्ण फाइदा छ: तिनीहरूलाई भण्डारण र ढुवानीको लागि अल्ट्रा-फ्रिजिंग तापमान आवश्यक पर्दैन। उपयुक्त स‌ंचयनका लागि, फाइजर खोपहरू अल्ट्राकोल्ड -७५° डिग्री सेल्सियस (-१०३° फरेनहाइट) र मोर्डना खोप -२० डिग्री सेल्सियसभित्र भण्डार गरिएको हुनुपर्दछ। चिनिया खोपहरूलाई २ डिग्री सेल्सियस देखि ८ डिग्री सेल्सियस (३६ डिग्री सेल्सियस देखि ४६ डिग्री फरेनहाइट) मात्रको रेफ्रिजेरेसन भए हुन्छ।

    अत्याधिक चिसो तापक्रम नै नचाहिने खोपलाई पनि विश्वका अधिकांश भागहरूमा पानीजहाजमा चलानी र भण्डारण गरी त्यसको गुणस्तर कायम राख्नु एउटा चुनौती हो।

    केन्याओ भनेको अलिबाबा ग्रुपको चिनियाँ सामान ओसारपसार गर्ने शाखा हो। त्यसले आफूसँग अब जुनसुकै स्थानमा चिनियाँ खोपहरूका लागि उपयुक्त हुने जलवायु-नियन्त्रित पूर्वाधार रहेको छ र विश्वव्यापी रूपमा वितरण गर्न तयारी अवस्थामा भएको बताएको छ। यस कम्पनीले इथियोपियाली एयरलाइन्ससँग साझेदारी गरी अफ्रिका र मध्य पूर्वमा चीनबाट तापमान-सम्वेदनशील औषधि ढुवानीको लागि कोल्ड-चेन कार्गो अपरेशन चलाउन सहयोग पुर्‍याइरहेको छ। अब यी नयाँ एयर फ्रेट उडानहरू हप्तामा दुई पटक शेन्जेन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अफ्रिकाका लागि सञ्चालनमा आउनेछन्।

    चीनले घागडान घागडान फार्मालाई चुनौती दिदैँछ

    नयाँ चिनियाँ खोप जसरी विश्वमा टेक्नोलोजी र वितरण बाँडफाँड गर्ने काम अमेरिकी फर्मास्यूटिकल कर्पोरेशनहरूको लागि आधारभूत चुनौती हो। यो अरबौं-डलरको व्यवसाय कुनै पनि औद्योगिक समूहका लागि अत्यधिक नाफामूलक छ।

    अमेरिकी सरकारले औषधी कम्पनीहरूलाई कोभिड भ्याक्सिनको अनुसन्धानका लागि १० अरब ५० करोड डलर भन्दा बढी अनुदान दिएको छ। तर पोलियो र यसभन्दा अघिका खोप अनुसन्धान विपरीत, यी विशाल निजी करपोरेटहरूले सरकारी कोषको सहयोगमा बनेका उत्पादनहरू नै सरकारी एजेन्सीहरूलाई अत्यधिक मुनाफा लिएर बेच्ने छन्।

    पूंजीवादी निजी स्वामित्व भनेको कुनै पनि विश्वव्यापी समस्या समाधान गर्न नदिने सबैभन्दा ठूलो अवरोध हो। यसले सधैं सार्वजनिक उत्पादन कार्यमा बाधा पुर्‍याउँदछ।

     साभारः वर्कर्स वर्ल्ड पार्टी न्यूओर्क अमेरिकाको मुखपत्र  मुन्डो अब्रेरो वर्कर वर्ल्डमा  ८ डिसेम्बर,, २०२० मा पोष्टबाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सारा फ्लाउन्डर्स 

      सारा फ्लाउन्डर्स 

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.