Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के हाम्रा विद्यालयहरूका पोशाक समावेशी छन्?

ठूला शहरहरू र नाम चलेका ठूला विद्यालयहरूमा स्कर्टलाई पाइन्टमा बदलिन्छ। यसलाई जेन्डर न्युट्रल अप्रोच भनेर भनिन्छ। किनकि यदि सबैले पाइन्ट लगाउँछन् भने पाइन्टलाई युनिसेक्स युनिफर्मका रूपमा लिन सकिन्छ। अब यहाँ दुईवटा प्रश्न खडा हुन्छ। पहिलो–के केटीहरूले पाइन्ट लगाउँदैमा लिंङ्गभेदमा आधारित व्यवहारमा कुनै परिवर्तन आउँछ? दोस्रो– के यो समस्या छात्राको मात्रै हो?

मधुरिमा मैती मधुरिमा मैती
जेष्ठ २३, २०७८
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका विद्यालयहरूमा विद्यालय अनुसारका अलग–अलग रङ्गका युनिफर्म पनि प्रचलनमा छन्। सामान्यतः छात्राहरूका लागि सर्ट र स्कर्ट तथा छात्रहरूका लागि सर्ट र पाइन्टको व्यवस्था हुने गर्छ। तर के स्कर्ट छात्राहरूका लागि सहज पोशाक बन्न सकेको छ? यी दुई प्रकारका पोशाकले एलजिटिक्युआइए+ अर्थात् फरक लैंङ्गिक पहिचान भएका विद्यार्थीहरूलाई समेट्न सकेको छ त?

    छात्राहरूमा संकोच

    विद्यालयको युनिफर्मको माध्यमबाट मजबुत बन्दै गएको लिङ्गभेदको अवधारणा समाजको समस्या हो। तर कति मानिस यस समस्याका बारेमा अवगत छन्? कतिले यसको विरोध गरेका छन्? ‘युनिफर्म’ को उपयोग समानता दर्शाउनका लागि गरिन्छ। तर यहाँ छात्राहरूलाई छात्रहरूभन्दा अलग देखाउनका लागि ‘युनिफर्म’ को प्रयोग भइरहेको छ। यसलाई अझ नियालेर हेर्दा महशुस हुन्छ कि ‘युनिफर्म’लाई सामाजिक स्तरमा तल्लो श्रेणीको पहिचानका लागि प्रयोग गरिन्छ।

    विश्वका धेरै देशहरूमा स्कुलदेखि कलेजसम्मका विद्याथीले युनिफर्म लगाउनुपर्ने प्रचलन छ। अलग–अलग वर्ग र जातिका छात्रछात्राहरूबीच एकरुपता कायम राख्नका लागि युनिफर्मको प्रयोग गरिन्छ। यद्यपि, यो प्रचलनले पूँजीवादलाई अझै शक्तिशाली बनाएर यसको अनुरुपतालाई बढवा दिने गरेको देखिन्छ। युनिफर्ममा ‘कलर’ र ‘टाइ’को चलन धेरै लामो समयदेखि छ, जसबाट विद्यार्थी प्रतिष्ठित नोकरीतर्फ प्रेरित हुन्छन्। यसका साथै युनिफर्मले बालबालिकालाई लिङ्गको आधारमा अलग राख्ने उद्देश्य पनि राखेको हुन्छ।

    छात्राहरूका लागि स्कर्ट–सर्ट र छात्रहरूका लागि पाइन्ट–सर्ट विश्वभर प्रचलनमा छन। यही युनिफर्म विद्यालयमा बढिरहेको लिंङ्गभेदसँग जोडिएको बहस अहिले केन्द्रबिन्दुमा छ। खासगरी स्कर्टलाई लिएर छात्रा र उनका अभिभावकमा हुने गरेको चिन्ता हामी सबैमाझ स्पष्ट छ। किनभने छात्राका लागि तय गरिएको स्कर्ट पितृसत्तात्मक सोचको उपज हो। छात्राहरू स्कर्ट लगाएर खेलकुदमा सहभागी हुन संकोच मान्छन् किनकि स्कर्ट लगाएर खेलकुदमा सहभागी बन्न अप्ठ्यारो हुन्छ। जबकि उनीहरूसँगै पढ्ने छात्र निसंकोच विद्यालयमा घुमफिर गर्छ र हरेक गतिविधिमा सहभागी हुन्छ।

    स्कर्ट लगाउँदा एकदमै सचेत भएर हिँड्नुपर्ने हुन्छ। छात्राहरू अरुका अघि आफ्नो ‘अश्लीलता’ नदेखियोस् भन्नेमा सदैव चनाखो र होसियार रहनुपर्ने हुन्छ। त्यसैले छात्राहरूको स्कर्टको लम्बाई वा उनको सर्टमा झल्किएको भित्रि वस्त्रमाथिका अश्लिल टिप्पणीहरूले उनीहरूलाई हतोत्साही बनाउँछ। र, यो डर बोकेर हिँड्न उनीहरू वाध्य हुन्छन्। यो पनि एक प्रकारको उत्पीडन हो। पितृसत्तात्मक सोचको यस्तो दबाब र उत्पीडनबाट बच्नका लागि छात्राहरूमा विद्यालय छोड्ने दर वृद्धि हुनु स्वभाविक हो।

    विकल्पः युनिसेक्स युनिफर्म

    पितृसत्तात्मक समाजसँग यो समस्याको एउटै हल हुन्छ, केटीहरूको स्कुले पोशाक नै परिवर्तन गरिदिउँ। त्यसैले कतिपय ठाउँमा फ्रकको सट्टा कुर्ता सलवार लगाउन लगाइन्छ र उनीहरूलाई यसको फाइदाको हिसाबकिताब देखाइन्छ। तर, के कुर्ता सलवारमा केटीहरू केटाजस्तै निस्फिक्री दौडन र घुम्न सहज मान्छन्? यसले विद्यालयमा हुने लिङ्गभेदलाई कम गर्ला त?

    ठूला शहरहरू र नाम चलेका ठूला विद्यालयहरूमा स्कर्टलाई पाइन्टमा बदलिन्छ। यसलाई जेन्डर न्युट्रल अप्रोच भनेर भनिन्छ। किनकि यदि सबैले पाइन्ट लगाउँछन् भने पाइन्टलाई युनिसेक्स युनिफर्मका रूपमा लिन सकिन्छ। अब यहाँ दुईवटा प्रश्न खडा हुन्छ। पहिलो–के केटीहरूले पाइन्ट लगाउँदैमा लिंङ्गभेदमा आधारित व्यवहारमा कुनै परिवर्तन आउँछ? दोस्रो– के यो समस्या छात्राको मात्रै हो?

    हरेक मामलामा छात्राहरूलाई मात्रै दोष दिनु पितृसत्तात्मक समाजको एउटा स्वभाव हो। छात्राहरूले लगाउने लुगामाथिको अनावश्यक चर्चा पनि यही स्वभावभित्र पर्छ। एउटी महिलाले समाजबाट निर्धारित कपडा नै लगाउनुपर्छ भन्ने मानसिकता राख्नु पितृसत्तात्मक सोचको उपज हो। यसले केटीहरूलाई नारीत्वको ढाँचाभित्रै रहिरहन दबाब दिन्छ।

    यस्तै केटाहरूलाई पनि पितृसत्ताद्वारा तय गरिएको पुरुषत्वको परिभाषामा ढाल्नु नै यसको उद्देश्य हो। पितृसत्तात्मक समाजले केटाले कहिले पनि स्कर्ट लगाउने माग नगरोस् र केटी कहिले पनि केटा जस्तो देखिनेगरी प्रस्तुत नहोस् भन्ने चाहन्छ। यससँगै अर्को एउटा मूल विषय छ, एलजिटिक्युआइए+ अर्थात भिन्न लैंङ्गिक पहिचान भएका समुदायका विद्यार्थीहरूको सवाल।

    एलजिटिक्युआइए+ विद्यार्थीको समस्या

    हाम्रा विद्यालयहरूमा कहिले पनि एलजिटिक्युआइए+ समुदाय र यिनको पहिचानका विषयमा चर्चासम्म पनि हुँदैन। विद्यालयमा लगाइने पोशाकको मुद्दाबाट सबैभन्दा बढी भिन्न पहिचान भएका र ट्रान्स समुदायलाई समाजले अलग राखेको छ। किनकि ट्रान्स हुनुले समाजमा पुरुष र महिलाको विभाजनमा सवाल उठ्छ, यसले समाजलाई चुनौती दिन्छ।

    फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टका अनुसार भारतको तमिलनाडुमा ४०० भन्दा बढी एलजिटिक्युआइए+ समुदायबाट आउने युवाहरूमाथि युनेस्कोले गरेको एक सर्भेमा सहभागी भएका मध्ये आधाभन्दा बढी विद्यार्थीहरू विद्यालयमा हुने गरेका उत्पीडनबाट बच्नका लागि आफ्नो पढाई छोडिदिन्छन्।

    यस्ता उत्पीडनहरूमा किशोरी/अलग पहिचान भएकाहरूलाई बलात्कारको धम्की, कुटपिट, कोठामा बन्द गर्ने, सामान लुकाइदिने र उनीहरूका बारेमा तल्लोस्तरका अफवाहरू फैलाइने काम हुन्छन्। पितृसत्तात्मक समाज एलजिटिक्युआइए समुदायलाई शिक्षादेखि टाढा राखेर यो प्रमाणित गर्न खोज्छ कि यदि कोही पनि समाजको निर्धारित नियमबाट अलग हुन खोज्छ भने उनलाई बहिस्कृत गर्ने गरिन्छ।

    शिक्षा जो कोहीको जन्मसिद्ध अधिकार हो। र, यो दमनकारी तागतसँग लड्नका लागि एकमात्र उपकरण पनि हो। यदि शिक्षा प्राप्त हुँदैन भने लड्नका लागि मनोबल पनि हुँदैन। जहाँ विरोध हुँदैन, त्यहाँ दमन कायम रहन्छ। हाम्रो समाजको पितृसत्तात्मक, जातिवादी र होमोफोबिक स्वभावका कारण यस समाजमा ट्रान्स तथा पूरै एलजिटिक्युआइए समुदायको स्थिति राम्रो हुन अझै धेरै समय पर्खनुपर्नेछ।
    ताइवानमा केटाहरूका लागि समेत स्कर्ट !

    दक्षिण एसियाका प्रायः सबै देशमा अहिले पनि समलैंगिक दम्पत्तिहरूलाई विवाह गर्न समेत कुनै अधिकार दिइएको छैन। एशियन देशमा पहिलो र एक मात्र देश ताइवान हो, जहाँ एलजिटिक्युआइए+ समुदायलाई संविधानमै वैवाहिक अधिकार दिइएको छ।

    ताइवानका फेसन डिजाइनर एंगस चियांगले पारम्परिक स्कुल युनिफर्मलाई इन्द्रधनुषी रूप दिएका छन्। यस युनिफर्मलाई उनले जेन्डर न्युट्रल (लैंगिक रूपमा तटस्थ) बनाएका छन्। नीति, भाषा र सामाजिक संस्थाहरूमा लिङ्गको आधारमा मानिसहरूको सामाजिक भूमिकामा भेदभाव नहुनु नै जेन्डर न्युट्रल हुनु हो। समाजका लागि विद्यालयको युनिफर्मलाई जेन्डर न्युट्रल बनाइनु एउटा खुट्किलो हो।

    एंगस चियांले डिजाइन गरेको यस युनिफर्मलाई ‘प्रोजेक्ट युनिफर्म’ को नाम दिइएको छ। जसमा १६ अलग–अलग युनिफर्मका सेटहरू छन्। जो प्रत्येक विद्यार्थीहरूलाई अनुकूल हुन्छ र यसले विविध तथा फेसनेबल विकल्प दिन्छ। यी विकल्पहरू राखिनुले ट्रान्स समुदायलाई सकारात्मक सन्देश पनि दिन्छ। १६ युनिफर्ममा धेरैजसो स्कर्ट नै सामेल गरिएको छ।

    यो युनिफर्म छात्र, छात्रा र ट्रान्स जेन्डरका बच्चाहरूका लागि बनाइएको हो। स्कर्ट केटीहरूकै लागि मात्रै मानिन्छ र यदि कोही पुरुष यसलाई लगाउँछ भने उसले पुरुषत्व गुमाएको मान्यता समाजले राख्छ। तर एंगस चियांगद्वारा निर्मित प्रोजेक्ट युनफर्मले समाजलाई समावेशी बनाउनका लागि विकल्प पेश गरेको छ।

    फेमिनिजम इन इन्डियाबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मधुरिमा मैती

      मधुरिमा मैती

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.