Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

त्यो होली वाइन थियो कि ओली वाइन ?

राजधानी नै ठप्प पारेर ओली नेतृत्वको सरकारले क्रिश्चियन सम्प्रदायको एक अति दक्षिणपन्थी समूहको कार्यक्रमलाई सफल पारेका होइनन्? अनि होली वाइनको एकल नैतिक दायित्व भिराउने नैतिक साहस ओलीपक्षीय जनहरूलाई कसरी छ?

झंकेश्वर दास झंकेश्वर दास
साउन १२, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    २०७५ को मंसिर महिनामा नेपालमा एउटा विवादास्पद धार्मिक सम्मेलनकाे आयोजना गरियाे। दक्षिण कोरियामा हेर्डक्वार्टर रहेको ‘युनिभर्सल पिस फाउन्डेसन’ (यूपीएफ) नामक संस्थाको आयोजनामा उक्त ‘एसिया प्रशान्त सम्मेलन’ हुने घोषणा भएलगत्तै त्यसलाई लिएर नेपालमा अनेकौँ प्रश्नहरू उठेका थिए। तत्कालिन् कम्युनिष्ट सरकारले सहआयोजकका रूपमा साे सम्मलेन आयोजना गराएकाे थियो। सम्मेलनलाई सफल पार्न सरकार अति सक्रिय रूपमा लागेको थियो। उतिखेर ‘राष्ट्रवादी चट्टानी अडान’को रापतापमा वाहवाही कमाएर चर्चाको शीखरमा पुगेका खड्ग प्रसाद शर्मा ओली स्वयं देशका प्रधानमन्त्रीका कुर्सीमा बिराजमान थिए।

    यूपीएफ आफैँमा एक विवादास्पद संस्था हो। नाम सुन्दा कुनै अन्तर्राष्ट्रिय सहायता निकायजस्तो सुनिए पनि यो संस्थाले आफ्ना अनेकौँ कार्यक्रमहरूमार्फत क्रिश्चियन धर्म फैलाउने काम गर्छ। इसाईहरूका अनेकौँ समुदायमध्ये ‘युनिफिकेसन चर्च’ पनि एउटा हो र साेही चर्चकै सहयोगी संस्था हो युपिएफ। सुन म्युङ मुनले स्थापना गरेको सो संस्थाले कुनै समय कम्युनिष्ट विरोधी अभियानसमेत चलाउँथ्यो। अहिले याे पनि यस संस्थाले कम्युनिष्ट सरकार र सिद्धान्तकाे बिराेध गर्छ। यसका संस्थापक मुन स्वयं पहिले उत्तर कोरियामा धर्म प्रचार गरेको आरोपमा पक्राउ परी ६ वर्ष त्यहाँकाे जेलमा बसेका थिए। पछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए।

    मुनको मृत्युपछि अहिले उनकी श्रीमती हाक जा हान मुनले आफ्नाे पतिले स्थापना गरेको ‘धर्म’ धानिरहेकी छन्। मुन १९६० को आप्रिल महिनामा मुनले हाक जा हानसँग विवाह गरेका थिए। उनीहरुका १० छोराछोरी र ३० नातिनातिनाहरु छन्। उनी आफूलाई ‘जिसस क्राइस्टकी एक्ली छोरी’ र ‘सच्चा माता’ ठान्छिन्। आफ्नो लोग्नेजस्तै उनी पनि कम्युनिष्ट राज्यको विरोध गर्छिन्। इश्वरको कृपा भएका कारण दक्षिण कोरिया धनी बनेको तथा इश्वरविरोधी भएका कारण उत्तर कोरिया गरिब भएको तर्क गर्छिन्। नेपालमै आयोजित सम्मेलनमा सम्बोधन गर्ने क्रममा समेत ‘माता’ले साम्यवादको आलोचना गरेकी थिइन्।

    सरकार नै त्यस्तो विवादास्पद संस्थाको सम्मेलनको सहआयोजक बन्न खोज्दा उतिखेर त्यसको व्यापक विरोध भएको थियो। र, चौतर्फी विरोध हुँदाहुँदै पनि सरकारले सो सम्मेलन गरेरै छाड्ने अड्डी लिएको थियो। सो कार्यक्रममा सहभागी हुन विभिन्न देशबाट सैयौँ विदेशीहरू नेपाल आएका थिए। कम्बोडियाका प्रधानमन्त्री हुन सेन तथा म्यानमारकी तत्कालिन् स्टेट काउन्सिलर तथा चर्चित ‘प्रजातन्त्रवादी नेतृ’ आङ सान सूकी समेत सो सम्मेलनकै लागि नेपाल आएका थिए। हुनसेन र सुकी आफैँमा विवादित नेताहरू हुन्। तर धार्मिक आइएनजिओको कार्यक्रममा नेपाल आएका सुकी र हुनसेनलगायतहरूको सम्पूर्ण खर्च ओली सरकारले बेहोरिदिएको थियो।

    उतिखेर सरकारले ‘सम्बन्ध विस्तारका लागि’ भन्दै भ्रमणलाई द्विपक्षीय मान्यता समेत दिएको बताइएको थियो। धार्मिक सम्मेलनको छेकोमा नेपाल आएका पाहुनाहरूसँग सम्बन्ध विस्तार गरेर देशले लाभ लिन चाहेको प्रधानमन्त्री निकटका व्यक्तिहरूले बताएका थिए। तर देखिने गरी त्यस सम्मेलनबाट कम्बोडियासँग हवाई उडान सम्झौताबाहेक कुनै उल्लेखनीय उपलब्धि हात पर्न सकेन। बरु अन्धविश्वास फैलाउने सो धार्मिक सम्मेलनबारे सामाजिक संजालमा अनेक ट्रोल बने। र, सो सम्मेलनमा सहभागीहरूलाई पिलाइएको ‘होली वाइन’बारे अहिले पनि बेलाबेला अनेक कोणबाट टिप्पणी हुने गरेको छ। नेपालमा पश्चिमाहरूले सुनियोजित रूपमै इसाई धर्म प्रचार गर्ने गरेको भनेर टिप्पणी गर्नेहरूले ‘होली वाइन’लाई एउटा बिम्ब वा प्रतिककै रूपमा स्थापित गरेका छन्।

    स्मरणीय छ, होली वाइन पिलाइएको उक्त सम्मेलनका आगन्तुकहरूलाई विभिन्न देशका ‘सात विशिष्ट पाहुना’लाई ओली सरकारका ‘डिफेन्डर’, तत्कालिन् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए। सूकी तथा सेनले नेपाली सेनाको सलामीसहितको भव्य स्वागत पाएका थिए। क्रिश्चियनहरूको जम्बो टोलीलाई काठमाडौंमा स्वागत गर्ने क्रममा ट्राफिक व्यवस्थापनका लागि सवारीमा जोरबिजोर प्रणाली लगाएको थियो तर सर्वसाधारणको बिरोधपछि सो निर्णय फिर्ता गरिएको थियो। ३ दिनसम्म होटल हायातदेखि सोल्टी होटलसम्मका बाटा छेकेर सवारी चलाउँदा राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो।

    होटल सोल्टीमा आयोजित सो सम्मेलनमा प्रधानमन्त्री खड्गप्रसाद ओली ३ दिनसम्म होटल सोल्टीमै बसेर उक्त सम्मेलनमा आएका सहभागीहरूसँग भेटघाट गरेका थिए। उतिखेर प्रम ओली यस्ता कार्यक्रममा सक्रिय रूपमा सहभागी हुनेगरी स्वस्थ पनि थिएनन्। त्यस्ताे असहज अवस्थामा देशको प्रधानमन्त्रीले निरन्तर ३ दिन एउटा क्रिश्चियन सम्मेलनलाई समय दिएको विषय आफैँमा अनौठो र आश्चर्यकाे विषय थियो। युनिभर्सल पिस फाउन्डेसन (यूपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नेतृत्व र सुशासन पुरस्कार’ भन्दै करीब १ करोड १९ लाख राशीको पुरस्कारसमेत दिएको थियो।

    कार्यक्रममा बोल्दै ओलीले उक्त पुरस्कार नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए। तर अहिलेसम्म त्यो पुरस्कार केका लागि खर्च भयो कसैलाई थाहा छैन। सोही कार्यक्रमलाई उतिखेरका परराष्ट्रमन्त्री तथा ओली सरकारका ‘मिडफिल्डर’ प्रदीप ज्ञवालीले सम्बोधन गरेका थिए। सो कार्यक्रमको निम्तो पठाउने काममा समेत प्रधानमन्त्री ओलीका विदेश सल्लाहकार राजन भट्टराईलगायत सक्रिय रूपमा संलग्न थिए।

    र, कार्यक्रमको दोस्रो दिन ‘माताबाट आशिर्वाद दिने कार्यक्रम’मा देशका प्रधानमन्त्रीका जोडीदेखि स्थानीय निकायका प्रमुखहरूका जोडीलाई समेत निमन्त्रणा गरिएको थियो। भट्टराईले एक मिडियासँगको कुराकानीमा उतिखेर भनेका थिए, ‘कार्यक्रमको सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी उच्च बनाएको छ। नेपाल पनि ठूला–ठूला सम्मेलन गर्न सक्षम छ भन्ने यो समिटले अझै पुष्टी गरिदिएको छ।’

    तर सो ‘माता’को संस्थाको विवादित छविबारे मिडियाले अनेकौँ प्रश्नहरू उठाएपछि प्रधानमन्त्री ओली र स्थानीय प्रमुखहरू सो कार्यक्रममा सहभागी भएनन्। र, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि माताबाट आशिर्वाद लिएनन्। जोडीहरूलाई आशिर्वाद दिने उक्त कार्यक्रममा पिलाइएको तथाकथित पवित्र रक्सीको चर्चा उतिखेर व्यापक भएको थियो। कार्यक्रमका नेपाली उद्घोषकले ‘होली वाइन’लाई ‘होली वाटर’ भन्दै छक्याउन खोजेका थिए। तर, अंग्रेजी उद्घोषकले भने होली वाइन नै भनिरहेका थिए। प्लास्टिकको कपमा पहेँलो रङको ‘होली वाइन’ त्यहाँ आएका सबै जोडीहरुलाई पिउन लगाइएको थियो। होली वाइन ‘२१ वटा विभिन्न तत्वहरू हालेर बनाइएको हुन्छ, जसमा रगतको संकेतसमेत भएको केही चीज’ हुनेगर्छ।

    त्यस कार्यक्रममा सहभागीहरुलाई एक अर्काको हात समातेर ‘सच्चा पिता’ भनिने यूनिफिकेसन चर्चका धर्मगुरुसन म्योङ मुनलाई सम्झिँदै प्रार्थना गर्न लगाइएको थियो । पछि ‘सच्चा माता’ हाक जा हान मुनले सबै जोडीहरुलाई ‘पवित्र रक्सी’ ले सेचन गरिएकी थिइन् । यूनिफिकेसन चर्चको सिद्धान्त अनुसार यसरी रक्सी पिएका जोडीहरू मुन दम्पत्तिको क्रिश्चियन बंशमा समाहित हुन्छन्। माताले उक्त रक्सीले रक्तसुद्धि गर्ने बताएकी थिइन्। उक्त कार्यक्रममा कांग्रेसलगायत उतिखेरका प्रतिपक्ष दलहरू भने सम्मेलनमा सहभागी भएका थिएनन्।

    कम्युनिष्टबिरोधी क्रिश्चियन धार्मिक संस्थाले गराएको उक्त कार्यक्रममा सहभागी भएकोबारे नेकपा स्थायी कमिटीमा समेत पछि (पुषमा) तत्कालिन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपाका वरिष्ठ नेता नेपालको व्यापक आलोचना भएको थियो। उतिखेर, नेकपाका स्थायी कमिटी सदस्य तथा मार्क्सवादी विश्लेषक घनश्याम भूसालले ट्वीटसमेत गरेका थिए। भूसालले लेखेका थिए, ‘विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ।’

    तर, अहिले ओलीलाई प्रधानमन्त्री पदबाट अदालतले अपदस्थ गराइदिएपछि ओली पक्षीय नेता कार्यकर्ताहरूले माधवकुमार नेपाललाई ‘होली वाइन’को बिल्ला भिराउन थालेका छन्। विचित्र छ, ओली स्वयं अति अन्धविश्वासी कोरियाली क्रिश्चियनहरूको कार्यक्रमलाई सफल बनाउन कार्यक्रमस्थलमै डेरा जमाएर बस्ने, अनि दोषचाहिँ माधवकुमार नेपाललाई मात्रै?

    निश्चितै रूपमा, कुनै पनि संस्थाको कार्यक्रममा सहभागी हुने विषयमा मात्रै होइन, एउटा संवेदनशील नेताले कोही व्यक्तिसँग तस्वीर खिचाउँदासमेत भोलि सो तस्वीरको दुरुपयोग हुन सक्छ कि भनेर संवेदनशील हुनुपर्छ। यसो हुँदा कुनै संस्थाले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदा, सो कार्यक्रममा संस्थापक, संचालक र सदस्यहरू को हुन् र तिनले के प्रयोजनका लागि लागि काम गरिरहेका छन् भन्ने कुरो बुझ्नुपर्छ। कमसेकम देश चलाउने नेता र देशका जिम्मेवार निकायहरूका प्रमुखहरूले ‘व्यवसायिक शुद्धता र निष्पक्षता’का लागि त्यसो गर्नैपर्छ। विदेशी संस्थाले आयोजना गरेको भन्ने नाममै हाम्रा केही नेताहरू चिप्लेका छन्। र, युपिएफको कार्यक्रममा हाम्रा नेताहरू चुकेकै हुन्।
    तर उक्त कुख्यात होली वाइनको ‘पापको भारी’ माधवकुमार नेपाललाई मात्रै बोकाउन किन खोज्दैछन् साईबर कुल्लीहरू? सरकारकै सहआयोजनामा कार्यक्रम हुने, कार्यक्रम सफल पार्न ३ दिन कार्यक्रमस्थल होटलमै डेरा जमाएर बस्ने अनि त्यतिमात्र नभएर त्यति विवादित संस्थाले पुरस्कृत गर्दा दंग पर्दै पुरस्कार बोक्ने व्यक्ति स्वयं खड्गप्रसाद ओली होइनन्? राजधानी नै ठप्प पारेर ओली नेतृत्वको सरकारले क्रिश्चियन सम्प्रदायको एक अति दक्षिणपन्थी समूहको कार्यक्रमलाई सफल पारेका होइनन्? अनि होली वाइनको एकल नैतिक दायित्व अरुलाई भिराउने नैतिक साहस ओलीपक्षीय जनहरूलाई कसरी छ?                  खासमा त्यो ओली वाइन थियो कि होली वाइन?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झंकेश्वर दास

      झंकेश्वर दास

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.