Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकी प्रणाली कोभिड-१९ महामारीसँग लड्न असक्षम छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २, २०७६
- समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विहिबारका दिन राष्ट्रिय एलर्जी तथा संक्रामक रोग अध्ययन संस्थानका निर्देशक डा. एनथनी फाकीले अमेरिकी प्रतिनिधि सभाको अनुगमन तथा सुधार समिति समक्ष “अहिले हामीलाई आवश्यक र तपाईहरुले चाहेका मागहरुलाई पूरा गर्न हाम्रो प्रणाली सक्षम छैन। त्यो असफल भइरहेको छ”, भने। उक्त टिप्पणी यसै हप्ता केही दिन अगाडि कोभिड-१९ महामारी फैलनबाट रोक्न कोषको अभावका साथै रोग परिक्षणको न्यून दर, ढिलाइ र स्रोतको कमी बारे अमेरिकी सि डि सि का निर्देशक रबर्ट रेडफिल्डले गरेको आलोचनाकै विस्तारित आवाज थियो।

    आजका दिनका घटनाहरुले अवश्य नै इतिहासमा छाप छोड्नेछन्। ट्रम्पको भाषणबाट अनुत्प्रेरित र युरोपबाट आउने यात्रुहरु माथि उनले लगाएको अनअपेक्षित प्रवेश निषेधले ड्वो जोन्स इन्डेक्स (औद्योगिक स्टक मार्केट इन्डेक्स) ३० वर्ष यता कै धेरै १० प्रतिशतले तल झर्‍यो। एन बि ए (बास्केटबल प्रतियोगिता) ले यो सिजनको प्रतियोगिताहरु नै रद्द गर्‍यो र डिज्नेल्याण्ड पार्क बन्द गरियो। विपद बढ्दै जाँदा रिपब्लिकनहरुको बहुमत भएको सिनेट भाइरस विरुद्ध लड्नका लागि प्रस्तावित आर्थिक राहत प्याकेजको विवरणका विषयमा प्रतिनिधि सभामा भिषण युद्ध भयो। सिनेट नेता मिच म्याक्कोनेलले प्याकेजमा रहेको तलवी विरामी विदा जस्ता कुराको प्रावधानलाई लिएर त्यसलाई न्यान्सी पेलोसीको “वैचारिक वरदानको माग सूची” भनी विरोध गरे।

    यहाँ भइरहेका सबै कुराको आम विषयवस्तु  के हुन सक्छ? यस्तो द्रुत गतिमा गहिरिदो राष्ट्रिय संकटको अवस्थामा अमेरिकी राजनीतिक प्रणाली गन्जागोलपूर्ण, नेतृत्वविहीन, असंगठित र दिशाविहीन सावित हुँदैछ। रोगको कारण र प्रभाव वैचारिक हो र रोगको पहिचान नवउदारवादी पूँजीवाद हो। बजारको भूमिका, नाफाखोरी र संकुचित राज्यको स्तुति गाउने शासनको स्वरुप भएको निजी तथा बहुलवादी अमेरिकी स्वास्थ्य उपचार–सेवा प्रणालीले राष्ट्रिय र संगठनात्मक सम्बोधनमा बाधा पुर्‍याएको छ।

    बजारको अवस्थाहरुको भूमिकामाथि अनावश्यकरुपले ध्यान केन्द्रित गर्नाले सञ्चालनका हिसाबले प्रभावकारी हुनसक्छ तर राष्ट्रिय स्तरमा अमेरिकी स्वास्थ्य सेवा प्रणाली खराब रुपमा संगठित छ। बीमा मार्फत् सरकारद्वारा अनुदान प्रदान गरिने भएता पनि देशको उग्रपूँजीवादी विचारधाराले बजारलाई बेलगाम अधिकार (शक्ति) दिएका कारण सेवामा निजी क्षेत्रको प्रवेश गर्ने व्यापक स्थान दिइएको छ।

    अमेरिकामा स्वास्थ्य उपचारसेवा भनेको वास्तवमा प्रतिस्पर्धी ब्यापार तथा संगठनहरुको श्रृङ्खला हो जसको मूल ध्येय कसरी नाफा कमाउने भन्ने हुन्छ अतः उनीहरु बृहत् जनहित प्रति जिम्मेवार हुनुभन्दा पनि एकअर्का बीचको प्रतिस्पर्धा मै अल्मलिन्छन्। यस प्रकारको प्रणालीले अन्ततः स्वास्थ्य उपचारसेवा सञ्चालन माथिको राजनीतिज्ञ तथा अधिकारीहरूको प्रत्यक्ष संगठनात्मक नियन्त्रणलाई कमजोर तुल्याउछ र कुनै संकटको समग्र सम्बोधन गर्नका लागि गरिने संयोजनलाई कठिन बनाउछ।

    यस समस्यालाई अमेरिकाको शासन संरचनाले झन् चर्को बनाउँछ किनभने यसले विभिन्न राज्यहरुमा अमिल्दा र भिन्दाभिन्दै प्रकारका स्वास्थ्य सेवा नियम र नीतिहरु बनाउँछ। उपचार खर्च बहन गर्न नसक्ने अवस्थाले त त्यसमा अरु समस्या थप्छ। फलस्वरुप तथ्यहरुले कुनै कुनै राज्यहरुले यिनै समस्याहरुले देशमा टेष्ट किटहरुको कमि, जाँचको (टेष्ट) अप्रभावकारी मापदण्ड र जाँच गराउनमा प्रशासनिक अड्चन खप्न परिरहेको छ। यी सबै समस्याहरुका जरा यिनै सस्थाहरुद्वारा सञ्चालित बजारका सिद्धान्त र लक्ष्यमा गाडिएका छन्।

    यी सबै कमजोरीहरु केही स्थानीय स्तरमा प्रकोप उव्जने क्रम देखिएका छन्। अत: यसले उनीहरूलाई कुनै खास विरामी वा मामलाको सम्बोधनमा प्रभावकारी बनाउन सक्ला तर यसले सम्बोधनलाई संयोजन गर्ने चुनौति खडा गर्नेछ।

    अमेरिकी राष्ट्रपतिमा संघीय सरकारका संयोजन र स्रोतहरुलाई सबल बनाउने विभिन्न आपतकालिन अधिकार र प्रावधानहरु निहित भएता पनि ट्रम्पले तिनको प्रयोग गर्न चाहेका छैनन्। फेरि पनि समस्या बजार अहस्तक्षेपको विचारधारा र सिद्धान्तमा रहेकोछ। यही अहस्तक्षेपको विचारधारा र सिद्धान्तमा अमेरिकी स्वास्थ्य उपचार सेवा प्रशासनलाई निर्देशित गर्ने र राज्यको भूमिका बढाउने कुरा विरुद्ध दृढताका साथ उभिने कुराले नै समस्यामा पार्छ।

    ट्रम्पको २०१६ का प्रमुख चुनावी प्रतिबद्धता मध्ये एउटा `ओबामा कियर´ को अन्त्य गर्नु थियो जसको अर्थ धान्न सकिने स्वास्थ सेवा विमालाई सिध्याउनु थियो। यद्यपि उनी त्यसो गर्न असफल रहे तर पनि त्यसको संकेत महत्वपूर्ण छ। ट्रम्पले बजेट घटाएर देशको महामारी सम्बोधन संयन्त्र विघठन गरे। प्रत्यक्ष ट्रम्पले नभए पनि कसरी यी सोचहरुले कंग्रेसमा प्रस्तुत सम्बोधन सम्बन्धी विधेयकहरु, विशेषगरि तलबी विरामी बिदाको प्रगतिमा ब्यवधान खडा गरिरहेका छन् भनी हामी देख्न सक्छौं।

    यस मामिलामा कोभिड-१९ विरुद्ध लड्न अमेरिकी प्रणाली अति लोसे, मतलबहिन (unresponsive), विभाजित र वैचारिक रुपले असुहाउदो प्रमाणित हुँदैछ। जब कुनै स्वास्थ्य विज्ञले देश असफल हुँदैछ भनेर कंग्रेस समक्ष बयान दिन्छ भने यो सामान्य कुरा होइन। बजारको महत्व र स्वायत्त शासनमा बढि जोड दिनाले राज्यले गर्ने सम्बोधनमा धेरै ढिलाइ भएको छ। हुन त ढिलाई भएको कुरा अहिले आएर स्वीकारिएको छ तर “ज्यादै कम र धेरै ढिलो” भन्ने भावना अझै ब्याप्त छ किनभने विचारधाराले साझा कल्याणका लागि बोल्न र चल्न अधिकारीहरुको मुख र पाइताला कर्‍याप्पै समातेको छ,  जुन दृष्य हाल हामी कंग्रेसमा देखिरहेका छौं।

    लेखकः टम फाउडी ब्रिटिस राजनीतिक तथा अन्तरराष्ट्रिय सम्बन्ध विश्लेषक र दुरहाम तथन अक्सफोर्ड विश्वविद्यालयका स्नातक हुन्। उनी चिन उत्तर कोरिया, ब्रिटेन र अमेरिका सम्बन्धी लेखहरु लेख्छन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      हल्ला गरेझैं नराम्रो छैन सार्वजनिक स्वास्थ्य सेवा – डा. सन्तोष पौडेल

      नेपाल रिडर्स
      फाल्गुन २५, २०८०

      वीर अस्पताल नेपालको सबैभन्दा पुरानो ऐतिहासिक अस्पताल हो। यो अस्पताल वि.सं. १९४७ साउन १२ गते वीर शम्शेरको पहलमा स्थापित भएको...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

      कोमल भट्टराई
      माघ ३, २०८०

      कथाराम्भ केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.