Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
Saturday, April 18, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यसरी शासकको हतियार बन्यो ईसाई धर्म

धर्मकै नाममा चारवटा क्रुसेड(धर्मयुद्ध)हरू भए, जहाँ लाखौँको ज्यान गयो। चर्च यति शक्तिशाली हुदै गए कि तिनले राजनितिलाई नै नियन्त्रण गर्न थाल्यो।

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
मंसिर ३, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एशिया भुमध्य सागरको तटीय क्षेत्र तथा इजरायल, फिनिसिया र सिरिया क्षेत्रमा यहुदी धर्मको ब्यापक प्रभाव थियो। यो लगभग इसापूर्व छैठौँ शताब्दीको समय थियो, जतिबेला आर्यसभ्यतामा महामानब बुद्ध एवम् चीनियाँ सभ्यतामा कन्फ्युसियस तथा ताओजस्ता नविनतम् प्रगतिशील चेतनाको प्रबिष्टी हुँदै थियो।

    तत्कालिन समयमा भुमध्यसागर तटिय क्षेत्रको अधिकांश क्षेत्र रोमन साम्राज्यको अधिनमा थियो। जहाँ रोमन सम्राट सिजरलाई भगवानको रूपमा पुज्ने गरिन्थ्यो, यद्दपी इजरायल, सिरिया क्षेत्रमा यहुदीहरू मौलिक धार्मिक आचरण गरिरहेका थिए। यहुदी धर्म पूर्णतया अन्धबिस्वास, जादुटुनाले ग्रस्त थियो। सहर र गाँउहरूमा अनेकन मन्दिर निर्माण भएका थिए।

    त्यस्ता मन्दिरहरूमा शासकवर्गहरूद्वारा पुजारीहरू नियुक्त गरिएका हुन्थे। मन्दिरहरूको आर्थिक कारोबार पूर्ण रूपमा शासक बर्गको अधिनमा हुन्थ्यो। भेट, पुजा कर्मकाण्ड एवम् पुजारीभक्ती यहुदी धर्मको मुल दर्शनका रूपमा स्थापित भएको थियो। अर्थात्ः मुलत यो करीब–करीब आर्यसभ्यताको त्यस अवस्थासँग मिल्दोजुल्दो थियो, जतिबेला पुरोहितबाद र कर्मकाण्डले हिन्दुसमाज पतनोन्मोख थियो।

    यहुदी पुजारीहरू हमेसा ईश्वरले एउटा यस्तो प्रतिनिधि (प्रोफेट) पठाउने कुरामा विश्वास गर्थे, जसले यरुसेलमबाट एक नयाँ यहुदी राज्यको स्थापना गर्नेछ। शायद, इतिहासलाई केहि अलग नै मन्जुर थियो। जिससका रूपमा एक बिलक्षण र तेजस्वी एक मानिसको त जन्म भयो तर उ यहुदीहरूको कल्पनाभन्दा बाहिरको प्राणी थियो। एक–नश्लीय राज्यको परिकल्पना गरीरहेका यहुदीहरूको जिससले धज्जी उडाइदिए।

    जिससको उपदेश/विचार कुनै एक नश्ल, सम्प्रदाय वा जाति केन्द्रित थिएन। उनी एक सार्वभौम ईश्वरको वकालत गर्थे, जसले सारा विश्व र समाजको प्रतिनिधित्व गरोस्। मानवीय समस्याहरूको समाधान कुनै अलौकिक सत्ताको अधिनमा नभई यही लोकमा सम्भव छ भन्ने बौद्धमतजस्तै जिससले इस्वरको साम्राज्य कुनै स्वर्गमा नभई प्रेम र सेवामुखी मानब हृदयमा रहन्छ भने। सिङ्गो समाज अन्धविश्वास र पारलौकिक ईश्वरको भक्तिमा लुप्त समाजमा जिससको त्यस बेलाको सोच निकै क्रान्तिकारी थियो।

    यहुदी व्यापारी र शासक वर्गहरू चहान्थे कि जिसस उनीहरूको साम्राज्यको उन्नतिका लागिका काम गरुन्। र, उनीहरूको मान्यतामा आघात त्यतिबेला पुग्यो, जतिबेला जिससले यरूसेलमका गरिब, असहाय र निमुखाको पक्षमा बोल्न थाले। यहुदीहरूलाई यो कुरा चित्त बुझेन। उनीहरूले जिससलाई अधर्मि वा क्रान्ति गर्न आएको ठान्दै जिससलाई रोमन सम्राज्यकै खतरापूर्ण ठान्न थाले। अन्ततः जिसलाई जेथेस्मेनबाट समातिएर रोमन गर्वनर पाइलेटसामु पेस गरियो। यहुदी पुजारी केकसको नेतृत्वमा रोमन अदालतमा जिससबिरुद्व मुद्दा चलाइयो र उनलाई यरूशेलमको गोलगोथ पहाडमा क्रुसमा झुन्ड्याइयो।

    सरल भाषामा भन्नुपर्दा यो एक साधारण घटना थियो। राजनैतिक संरक्षण प्राप्त धार्मिक कुरीतिले व्याप्प्त समाजमा एक फरक चेतनाको रूपमा जिससको उदय भयो, जसलाई परम्परावादीहरूले अपराधी ठाने र मृत्युदण्ड दिए। तर जिससका अनुयायीहरू यसलाई साधारण घटना मान्न तयार थिएनन्। उनीहरू जिसस ‘ईश्वरको दरबार’मा गएको ठान्थे। बिस्तारै–बिस्तारै जिससको मुर्दा चिहानबाट हराएका कथा–कहानीहरू फैलन थाले। आज विज्ञानको युगमा त मान्छेहरू हल्ला र हौवामा विश्वास गर्छन् भने सैयौँ वर्ष अघिको कुरा थियो यो।

    जिससको वास्तविक उपदेश गोलगोथ पहाडमा उनीसँगै अन्त्य भयो। त्यसपश्चात करिब ५०–६० बर्ष पश्चात बाइबलको न्यु टेस्टामेन्ट लेखियो। न्यु टेस्टामेन्टमा कैयौँ कपोल्कल्पित जादुटुनावाला कथाहरू हालिए। अर्थात् त्यतिखेर आगामी कैयौँ शताब्दीसम्म प्रभाव पार्ने येरुसेलममा एउटा विषाक्तपुर्ण नसाको निर्माण प्रकृया चलिरहेको थियो। जसलाई आम भाषामा आजका दिनमा इसाई धर्म भनिन्छ।

    अगाडीको कमान्ड अब यहुदी शिक्षक पलको हातमा थियो। उनले इसाई मत र बाइबललाई अझ ब्यापक र परिस्कृत रूपमा रोमन साम्राज्यमा प्रचार गर्न थाले। वस्तुतः रोमन समाज दास प्रथाबाट ग्रसित थियो। र, शासक बर्गको अधिनमा ‘देउता’हरू थिए। इसाई मतको सरल र सिधा उपदेशले सर्वप्रथम रोमन दास बर्गलाई प्रभाव पार्रयो। किनकि त्यस समाजमा यसअघि ‘परमात्मा’को पहँुच शासक वर्गसम्म मात्र थियो। इसाईको सार्वभौम ईश्वरको मतले अब ईस्वरलाई दासहरूको पहुँचमा पुर्रयायो। दासहरूले समेत देउता पाए। इसाई धर्म अब रफ्तारमा फैलियो।

    क्रमिक रूपमा रोमन सैनिकहरू पनि इसाई मत मान्न थाले। प्रथमतः सत्ताले त्यसलाई दमन गर्रयो। तर इसाई मतको प्रभाव यति धेरै बढ्यो कि अन्ततः रोमन सम्राट कन्स्टेनटाइनले सन् ३२४ मा इसाई मतलाई नै राजधर्मको रूपमा स्वीकारे। उनले सन् ३२५ मा रोमन साम्राज्य भरीबाट धार्मिक गुरु र शिक्षकहरू बोलाएर रोममा एउटा धार्मिक सभाको आयोजना नै गरे। यो नै इतिहासको पहिलो घट्ना थियो, जहाँ इसाई धर्मको औपचारिक राजनितिकरण सुरु भयो।

    त्यसपछी इसाई धर्म शासकबर्गको त्यो हतियारमा परीणत भयो, जसले करिब करीब एक हजार वर्षसम्म पश्चिमी समाजलाई एउटा क्रुर, अन्धकार र निर्दयीपूर्ण दलदलमा धकेल्यो। धर्ममा एकरूपता ल्याउन चर्चको स्थापना हुन थाल्यो। देवताको डर देखाई आम मानिसको दमन गर्रयो। इसाई धर्मको आडमा चर्चहरू समृद्ध भन्दै गए भने समाजको ठुलो हिस्सा धर्म र धर्मका ठेकेदारहरूका कारण प्रताडित बन्दै गयो।

    यसैबीच धर्मकै नाममा चारवटा क्रुसेड(धर्मयुद्ध)हरू भए, जहाँ लाखौँको ज्यान गयो। चर्च यति शक्तिशाली हुदै गए कि तिनले राजनितिलाई नै नियन्त्रण गर्न थाल्यो। सेन्ट अगस्टाइनले सन् ४२७ मा ‘सिटी अफ गड’ नामक पुस्तक तथा सेन्ट गिलिसियसले ‘थेरी अफ टु स्वर्ड’को माध्यमबाट दुई सत्ताको अवधारणा ल्याए, जसअनुसार चर्चको सत्तालाई ईश्वरीय सत्ता र आम मानिसलाई संसारिक सत्ता भनियो। जुन ईश्वरलाई जिससले आम मानिसको हृदयमा रहने भनेर व्याख्या गरे, चर्चका पोपहरुले ईश्वरलाई फेरि आफ्नै पोल्टामा पारे। जहाँ सांसरिक सत्तालाई इस्वरीय सत्ताको सधैँ भक्तिभाव गर्न बाध्य बनाइयो।

    जिससको ध्येय राजनिति र सत्ता कहिल्यै थिएन। तर जिससको उपदेश क्रुससँगै समाधिस्थ गरियो। इसाई धर्म युरोपियन साम्राज्यबादको सबैभन्दा ठुलो राजनैतिक अस्त्रमा परिणत भइसकेको थियो जसले रेनेसा सम्मको युगलाई एक स्थिर र प्रगतिशुन्य बनायो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.