Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कति छन् सातै प्रदेशमा आइसियु र भेन्टिलेटर?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र २६, २०७६
- यो हप्ता, समाचार, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा पुगिसकेको छ। संक्रमण फैलिन नदिन ‘लकडाउन’ गरिए पनि महामारी फैलिहालेको अवस्थामा त्यसको सामना गर्न आवश्यक सरकारको पूर्वतयारी कमजोर छ।

    अधिकांश बिरामीमा श्वासप्रश्वासजन्य समस्या निम्त्याउने यो रोगको उपचारका लागि अतिआवश्यक उपकरणतर्फ ‘इन्टेन्सिभ केयर युनिट’(आइसियु) र भेन्टिलेटर सबैभन्दा महत्वपूर्ण साबित भइसकेको छ।युरोप, अमेरिकाका विकसित देशले पनि भेन्टिलेटरको जोहो गर्न नसक्दा धेरैको ज्यान गइरहेको छ। सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियु र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको हाम्रो देशमा महामारी सामना गर्न तयारी अभाव देखिएको छ।
    सरकारले तत्कालका लागि २० वटा भेन्टिलेटर खरिद प्रक्रियामा रहेको जनाएपछि अहिलेसम्म निजी अस्पताललाई यो सुविधा वृद्धिका लागि कुनै आह्वानसमेत गरेको छैन।

    यतिसम्म कि तीन महिनादेखि महामारी तयारीमा जुटिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफूमातहातका अस्पताल र संरचनामा भएका आइसियु तथा भेन्टिलेटरको अवस्था के छ भन्ने अझै जानकारी छैन।केन्द्र र प्रदेश सरकारसँगका इकाई र निजी अस्पतालका दर्जनौं प्रतिनिधसँगका कुराकानीका आधारमा तयार पारेको रिपोर्टअनुसार हामीसँग करिब १ हजार १ सय ९ बेड आइसियु र ती बेडमा ६ सय ३६ भेन्टिलेटर रहेको छ।

    अहिले पनि नाम चलेका, बहुविशेष सेवा भएका र क्रिटिकल केयर स्पेसियालिस्टसमेत रहेका अधिकांश अस्पतालका भेन्टिलेटर खाली छैनन्।मुलुकमा हालसम्म नौजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये सुरुमा देखिएका एकसहित अधिकांश उपचारमै छन्।

    तीमध्ये कसैलाई पनि भेन्टिलेटरमा राख्नुपरेको छैन। तर, संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा महामारी फैलिए ठूलो संख्यामा यस्ता सुविधा र विशेषज्ञ आवश्यक पर्छ। जसतर्फ सरकारले तयारी नै सुरु गरेको छैन भन्दा अतिशयोक्ति नहोला।

    पछिल्लोपटक संक्रमित र जोखिम पनि बढी देखिएको सुदूरपश्चिम र पश्चिमाञ्चलमा नै यस्ता पूर्वाधार कम देखिएको छ। विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिसकेको अवस्था छ।

    बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा जम्मा नौवटा भेन्टिलेटर र ७० आइसोलेसन बेड रहेको सरकारी तथ्यांक छ।

    सुदूरपश्चिम प्रदेश निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीका अनुसार जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न उपकरण तथा जनशक्ति निकै कम छ। ‘सुदूरपश्चिममा ३० लाख जनसंख्या छ,’ डा.अवस्थी भन्छन्, ‘महामारी फैलिएको अवस्थामा नौ भेन्टिलेटर र ७० आइसोलेसन बेडले धान्ने अवस्था छैन।’

    आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन नभएको निर्देशनालयले जनाएको छ। विज्ञहरूका अनुसार संक्रमण फैलिँदै जाँदा भोलिका दिनमा धेरै संक्रमितलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै देशभरका अस्पतालमा त्यसको उचित व्यवस्था गर्न पनि सुझाव दिइरहेका छन्।

    नेपालमा कति आइसियु र भेन्टिलेटर छन्?

    स्वास्थ्य मन्त्रालयले केही दिनअघि देशभर २ सय ३५ आइसियु थप गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा मात्र १ सय २० आइसियु थप गर्नेसहित १ हजार बेडको आइसोलेसन तयारी अवस्थामा राखेको जनाएको छ। तर, अहिलेसम्म एउटा पनि भेन्टिलेटर थपिएको छैन।

    हालसम्म संक्रमितको अवस्था सामान्य रूपमा रहेका कारण आइसोलेसनमा मात्र राखेर उपचार भइरहेको छ। तर, भोलिका दिनमा संक्रमितको अवस्था गम्भीर भए आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

    मन्त्रालयका अनुसार देशभर सरकारी तहमा साना र ठूला गरेर १ सय २२ सरकारी अस्पताल छन्।

    उपत्यकाका अस्पतालमा ५१७ आइसियु र २८७ भेन्टिलेटर

    नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले केही समय पहिले काठमाडौंमा रहेका सरकारी तथा निजी अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरको संख्याबारे सर्वेक्षण गरेको थियो।

    सोसाइटीका महासचिव डा. हेमराज पनेरुका अनुसार काठमाडौं उपत्यकामा ५ सय १७ आइसियु बेड, २ सय ८६ भेन्टिलेटर र प्राइभेट रुमसहितका आइसियु ५८ वटा छन्।

    सर्वेक्षण क्रममा निजी अस्पतालमा आइसियु र भेन्टिलेटर संख्या धेरै देखिएको उनले बताए। उक्त सर्वेक्षणमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा १८ र ह्याम्स अस्पतालमा १२ बेडको भेन्टिलेटरसहित आइसियु बेड छन्।

    प्रदेशमा ५९२ आइसियु र ३४९ भेन्टिलेटर

    प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांकअनुसार सात प्रदेशमा ५ सय ९२ आइसियु र ३ सय ४९ भेन्टिलेट छन्। जसमा सबैभन्दा बढी बागमती प्रदेशमा ६ सय ४२ आइसोलेसन बेड र १ सय ४८ आइसियुसहित भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

    सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले दिएको तथ्यांकअनुसार नौ भेन्टिलेटर र ७० आइसियु बेड छन्।प्रदेश १ मा ४ सय ३१ आसोलेसन बेड र ४४ आइसियुसहित भेन्टिलेटर तयारी अवस्थामा रहेको स्वास्थ्य निर्देशनालयको भनाइ छ।

    त्यसैगरी प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार सातवटा भेन्टिलेटर र चार आइसियु बेड छन्। मन्त्रालयले संकलन गरेको तथ्यांकमा निजी अस्पतालमा रहेका आइसियु तथा भेन्टिलेटरको तथ्यांक अपडेट हुन बाँकी छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ सय ३३ आइसियु बेड र ५४ भेन्टिलेटर तयारी अवस्थामा छन्।त्यस्तै प्रदेश ५ मा १ सय ५० आइसियुसहित ४३ भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।उता कर्णाली प्रदेशमा ४ सय ३८ आइसोलेसन बेड र ४४ आइसियुसहित भेन्टिलेटर रहेको निर्देशनालयले जनाएको छ।

    किन चाहिन्छ आइसियु र भेन्टिलेटर?

    विश्वमा हाल कोरोना भाइरसबाट १३ लाख ५० हजारभन्दा बढी संक्रमित भइसेकका छन् भने झन्डै ७५ हजारको मृत्यु भइसकेको छ।चिकित्सकहरूका अनुसार संक्रमण देखिएका सबै बिरामीलाई आइसियु वा भेन्टिलेटर आवश्यक पर्दैन। संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई मात्र आइसियुमा राख्नुपर्ने हुनसक्छ।

    विश्वमा फैलिएको भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने डा. पनेरु बताउँछन्।उनका अनुसार अस्पताल भर्ना भएका बिरामीमध्ये पनि पाँच प्रतिशतलाई आइसियुमा राख्नुपर्ने अवस्था आउँछ। आइसियुमा भर्ना भएकामध्ये दुई प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ।

    ‘जुन बिरामीमा श्वासप्रश्वासमा समस्या, शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, त्यस्ता बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ,’ डा. पनेरु भन्छन्, ‘सबै आइसियुमा भएका बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्दैन। जो बिरामीलाई श्वाश्प्रश्वासमा समस्या हुन्छ, त्यस्ता बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।’

    के भन्छन् विज्ञ?
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी महामारी फैलिएको खण्डमा देशमा भएका आइसियु तथा भेन्टिलेटर असाध्यै न्यून भएको बताउँछन्।

    ‘महामारी फैलिएमा हामीसँग भएको उपकरणले पुग्दैन,’ डा. मरासिनी भन्छन्, ‘यसका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्छ।’ उनका अनुसार ३ करोड जनतालाई लक्ष्य गरेर हेर्दा कम्तिमा पनि ३ हजारभन्दा बढी आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने हुन्छ।

    ‘अन्य बिरामीका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्छ। त्यसकारण अस्पतालमा भएका उपकरणको गणनामात्र गरेर हुँदैन,’ डा. मरासिनीले भने, ‘सरकारले कोेरोनाका लागि लक्ष्य गरेर उपकरणको व्यवस्था गर्नुपर्छ।’हेल्थपोस्ट नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.